साधारण सम्मेलन
तिनीहरू आफूस्वयम् का न्यायकर्ताहरू हुन्
अक्टोबर २०२५ को साधारण सम्मेलन


14:26

तिनीहरू आफूस्वयम् का न्यायकर्ताहरू हुन्

(अल्मा ४१:७)

यदि हामीले येशू ख्रीष्टमा आस्था राखेका छौँ, परमेश्वरसँग करार गरेका छौँ र पालना गरेका छौँ र हाम्रा पापहरूको पश्चात्ताप गरेका छौँ भने फैसलाको न्यायालय मनमोहक हुने छ ।

मोर्मोनको पुस्तक मोरोनीको “ख्रीष्टकहाँ आउनुहोस्”, “उहाँमा परिपूर्ण हुनुहोस्”, “सबै अभक्तिबाट [आफूस्वयम् लाई] अस्वीकार गर्नुहोस्” र “सबै [हाम्रो] शक्ति, मन र सामर्थ्यले परमेश्वरलाई प्रेम गर्नुहोस्” जस्ता प्रेरणादायी आमन्त्रणहरूसँगै समाप्त हुन्छ । रोचक प्रसङ्ग के छ भने, उहाँको निर्देशनको अन्तिम वाक्यले पुनरुत्थान र अन्तिम फैसला दुबैको पूर्वानुमान गर्दछ ।

उहाँले भन्नुभयो, “म छिट्टै नै परमेश्वरको परमधाममा आराम गर्न जान्छु, महान् यहोवाको मनमोहक न्यायालय अगाडि, जीवित र मृत दुबैको अनन्त न्यायकर्ताका अगाडि हजुरलाई भेट्नका लागि जबसम्म मेरा आत्मा र शरीर पुनः एक हुँदैनन् र मलाई हावाका माध्यमबाट विजयी बनाएर ल्याइँन्छ ।”

अन्तिम फैसलाको वर्णन गर्न मोरोनीले “मनमोहक” शब्दको प्रयोग गरेकोमा म उत्सुक भएको छु । मोर्मोनको पुस्तकका अन्य अगमवक्ताहरूले पनि त्यसै गरी फैसलालाई “महिमामय दिन”का रूपमा वर्णन गर्छन् र हामीले “आस्थाको दृष्टिबाट [यसको] प्रतीक्षा गर्नु पर्छ ।” परन्तु प्रायश: जब हामी फैसलाको दिनको अपेक्षा गर्छौँ, अन्य अगमवाणीय विवरणहरू मस्तिष्कमा आउँछन् जस्तै “लज्जा र भयानक अपराध,” “त्रास र भय,” र “अन्तहीन दुःख ।”

भाषाका यो स्पष्ट भिन्नताले सङ्केत गर्छ कि ख्रीष्टको सिद्धान्तले मोरोनी र अन्य अगमवक्ताहरूलाई आध्यात्मिक रूपमा तयार नभएकाहरूका लागि चेतावनी दिइएको भयको सट्टा उत्सुकता र आशावादी प्रत्याशाका साथ त्यो महान् दिनको अपेक्षा गर्न सक्षम बनायो भनेर म विश्वास गर्छु । मोरोनीले के बुझे जुन तपाईं र मैले सिक्नु आवश्यक छ ?

स्वर्गका पिताको खुसीको योजना र कृपा, पिताको योजनामा मुक्तिदाताको प्रायश्चितको भूमिका र हामी कसरी “फैसलाको दिनमा [हाम्रा] आफ्नै पापहरूका लागि जवाफदेही हुने छौँ” भन्ने विषय विचार गर्दा म पवित्र आत्माको सहयोगका लागि प्रार्थना गर्छु ।

पिताको खुसीको योजना

पिताको योजनाको प्रमुख उद्देश्य भनेको उहाँका आत्मिक सन्ततिहरूलाई भौतिक शरीर प्राप्त गर्ने, मरणशील अनुभवका माध्यमद्वारा “खराबबाट असल” बुझ्ने, आध्यात्मिक रूपमा वृद्धि हुने र अनन्त रूपमा प्रगति गर्ने अवसरहरू प्रदान गर्नु हो ।

सिद्धान्त र करारले छनोटको नैतिक स्वतन्त्रता भनेर उल्लेख गरेको विषय परमेश्वरले आफ्ना छोराछोरीहरूको अमरत्व र अनन्त जीवनलाई साकार पार्ने योजनामा केन्द्रित छ । यो महत्त्वपूर्ण सिद्धान्तलाई धर्मशास्त्रमा छनोटको स्वतन्त्रता र छनोट र कार्य गर्ने स्वतन्त्रताका रूपमा पनि वर्णन गरिएको छ ।

“छनोटको नैतिक स्वतन्त्रता” शब्द शिक्षाप्रद छ । “नैतिक” शब्दको पर्यायवाची शब्दमा “असल,” “इमानदार,” र “सद्गुणी” समावेश छन् । “छनोटको स्वतन्त्रता” शब्दको पर्यायवाची शब्दमा “कार्य,” “क्रियाकलाप” र “कर्म” समावेश छन् । त्यसकारण, “छनोटको नैतिक स्वतन्त्रता”लाई असल, इमानदार, सद्गुणी र सत्य तरिकाले आफ्ना लागि छनोट गर्ने र कार्य गर्ने क्षमता र विशेषाधिकारका रूपमा बुझ्न सकिन्छ ।

परमेश्वरको सृष्टिमा “गर्नुपर्ने चीजहरूका कार्य र कार्य गर्ने चीजहरू” दुबै समावेश छन् । अनि छनोटको नैतिक स्वतन्त्रता भनेको दैवी रूपमा रचना गरिएको “स्वतन्त्र कार्यको शक्ति” हो जसले हामीलाई परमेश्वरको सन्ततिका रूपमा कार्य गर्न प्रतिनिधि बन्न र केवल कार्य गर्नु पर्ने वस्तु नहुन सशक्त बनाउँछ ।

पृथ्वीलाई कुनै स्थानका रूपमा सिर्जना गरिएको थियो जहाँ स्वर्गका पिताका सन्ततिहरूलाई “परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई आज्ञा दिनुभएका सबै चीज” गर्न सक्छन् कि सक्दैनन् भनेर परीक्षण गर्न सकिन्छ । सृष्टि र हाम्रो मरणशील अस्तित्वको प्राथमिक उद्देश्य भनेको हामीलाई परमप्रभुले आमन्त्रण गर्नुभएको विषयमा कार्य गर्ने र बन्ने अवसर प्रदान गर्नु हो ।

परमप्रभुले हनोकलाई निर्देशन दिनुभयो:

“हेर, यी तिम्रा भाइहरू; तिनीहरू मेरा आफ्नै बाहुका शिल्प हुन् र मैले तिनीहरूलाई सृष्टि गरेको दिनमा तिनीहरूलाई ज्ञान दिएँ; र अदनको बगैंचामा, मैले मानिसलाई उसको छनोटको स्वतन्त्रता दिएँ;

“अनि तिम्रा भाइहरूलाई मैले भनेको छु र आज्ञा पनि दिएको छु ताकि तिनीहरूले एकअर्कालाई प्रेम गर्नु पर्छतिनीहरूले तिनीहरूका पिता मलाई छनोट गर्नु पर्छ ।”

एकअर्कालाई प्रेम गर्नु र परमेश्वरलाई छनोट गर्नु छनोटको स्वतन्त्रताको अभ्यासका लागि आधारभूत उद्देश्यहरू हुन् । अनि यी दुई उद्देश्यहरू पहिलो र दोस्रो महान् आज्ञाहरूसँग ठ्याक्कै मिल्छन् कि परमेश्वरलाई हाम्रो सम्पूर्ण हृदय, आत्मा र मस्तिष्कले प्रेम गर्नू र हाम्रा छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू हो ।

केवल चेतावनी वा सल्लाह दिइएको होइन तर आज्ञा दिइएको छ—एकअर्कालाई प्रेम गर्न र परमेश्वरलाई छनोट गर्न हाम्रो छनोटको स्वतन्त्रता प्रयोग गर्न हामीलाई आज्ञा दिइएको छ—भनेर ध्यान दिनुहोस् । धर्मशास्त्रहरूमा परिमार्जन गर्ने शब्द “नैतिक” केवल एक विशेषण मात्र होइन तर संभवतः हाम्रो छनोटको स्वतन्त्रता कसरी प्रयोग गर्नु पर्छ भन्ने सम्बन्धमा दैवी निर्देशन पनि हो भनेर म सुझाव दिन्छु ।

एक परिचित भजनको शीर्षक “Choose the Right(सही छनोट गर्नुहोस्)” भन्नुको पछाडि एक कारण छ । हामीले चाहेको समय जे चाहन्छौँ त्यही गर्ने छनोटको नैतिक स्वतन्त्रता हामीलाई दिइएको छैन । बरु, पिताको योजनाअनुसार हामीले अनन्त सत्यको खोजी गर्न र त्यसअनुसार कार्य गर्न छनोटको नैतिक स्वतन्त्रता प्राप्त गरेका छौँ । “[हामी स्वयम्]का लागि प्रतिनिधि”का रूपमा, हामीले असल कार्यहरूमा उत्सुकतापूर्वक संलग्न हुनु पर्छ, “[हाम्रो] आफ्नै स्वतन्त्र चाहनाले धेरै कार्य गर्नु पर्छ र धेरै धार्मिकता पूरा गर्नु पर्छ ।”

नश्वर जीवनपूर्वको परिषद्को धर्मशास्त्रीय विवरणमा छनोटको नैतिक स्वतन्त्रताको अनन्त महत्त्वलाई प्रकाश पारिएको छ । लुसिफरले आफ्ना छोराछोरीहरूका लागि पिताको योजनाका विरुद्धमा विद्रोह गर्‍यो र स्वतन्त्र कार्यको शक्तिलाई नष्ट गर्न खोज्यो । उल्लेखनीय रूपमा, सैतानले गरेको अवज्ञा छनोटको नैतिक स्वतन्त्रताको सिद्धान्तमा प्रत्यक्ष रूपमा केन्द्रित थियो ।

परमेश्वरले व्याख्या गर्नुभयो, “त्यसकारण, … सैतानले मेरा विरुद्धमा विद्रोह गर्‍यो र मानिसको छनोटको स्वतन्त्रतालाई नष्ट गर्न खोज्यो, … मैले उसलाई तल फ्याँक्न लगाएँ ।”

शत्रुको स्वार्थी योजना परमेश्वरका सन्ततिहरूबाट धार्मिकतामा कार्य गर्न सक्ने “आफूस्वयम् का लागि प्रतिनिधि बन्ने” क्षमता खोस्ने थियो । उसको उद्देश्य स्वर्गका पिताका सन्ततिहरूलाई कुनै पनि कार्य गराउन सकिने त्यस्ता वस्तुहरू बनाउनु थियो ।

गर्ने र बन्ने कार्य

येशू ख्रीष्टको सुसमाचारले हामीलाई नैतिक छनोटको स्वतन्त्रताको धार्मिक अभ्यासका माध्यमद्वारा केही बुझ्नबन्न दुबै गर्नका लागि आमन्त्रण गर्छ भनेर अध्यक्ष ड्यालिन एच. ओक्सले जोड दिनुभएको छ । उहाँले भन्नुभयो:

“धेरै बाइबल र आधुनिक धर्मशास्त्रहरूले अन्तिम फैसलाका सम्बन्धमा बताउँछन् जहाँ सबै व्यक्तिहरूलाई तिनीहरूका कर्म वा कार्य वा तिनीहरूको हृदयको चाहनाअनुसार पुरस्कृत गरिने छ । परन्तु अन्य धर्मशास्त्रहरूले हामीले प्राप्त गरेको अवस्थाद्वारा हाम्रो न्याय गरिने विषयलाई उल्लेख गरेर यसलाई विस्तार गर्छन् ।

“अगमवक्ता नफीले हामी के बनेका छौँ भन्ने सन्दर्भमा अन्तिम फैसलाको वर्णन गर्नुहुन्छ: ‘अनि यदि तिनीहरूका कार्यहरू घिनलाग्दा भएका छन् भने तिनीहरू फोहोरी हुनु पर्छ; र यदि तिनीहरू फोहोरी छन् भने तिनीहरू परमेश्वरको अधिराज्यमा बस्न सक्दैनन्’ (१ नफी १५:३३; जोड दिएर थपिएको) । मोरोनीले घोषणा गर्छन्, ‘जो फोहोरी त्यो अझै फोहोरी हुने छ; र जो धर्मी अझै धर्मी नै रहने छ’ [मोर्मोन ९:१४; जोड दिएर थपिएको] ।”

अध्यक्ष ओक्सले निरन्तरता दिनुभयो: “अन्तिम फैसला—हामीले गरेकाकेवल असल र खराब कार्यहरूको योगफलको मूल्याङ्कन मात्रै होइन भनेर यस्ता शिक्षाहरूको माध्यमबाट हामी निष्कर्षमा पुग्छौँ । यो हाम्रा कार्यहरू र अभिप्रायहरूको अन्तिम प्रभावको स्वीकृति हो—हामी के बनेका छौँ ।”

मुक्तिदाताको प्रायश्चित

हाम्रा कार्यहरू र चाहनाहरूले मात्रै हामीलाई बचाउँदैनन् र बचाउन सक्दैनन् । “आखिर हामी गर्न सक्छौँ,” हामी मुक्तिदाताको असीम र अनन्त प्रायश्चितको बलिदानका माध्यमद्वारा उपलब्ध कृपा र अनुग्रहद्वारा मात्र परमेश्वरसँग मिलाप गर्छौँ ।

अल्माले घोषणा गरे, “परमेश्वरका पुत्रमा विश्वास गर्न सुरु गर ताकि उहाँ आफ्ना जनहरूलाई उद्धार गर्न आउनुहुने छ र उहाँले तिनीहरूका पापहरूको प्रायश्चित गर्न दुःख सहनुहुने छ र मर्नुहुने छ; र उहाँ मृत्युबाट पुनः ब्युँतनु हुने छ, जसले पुनरुत्थान ल्याउने छ, कि सबै मानिसहरू उहाँअगाडि त्यो अन्तिम र न्यायको दिनमा आफ्ना कार्यहरूअनुसार न्याय गरिइन, खडा हुने छन् ।”

“ख्रीष्टको प्रायश्चितका माध्यमद्वारा सबै मानवजातिले सुसमाचारका नियम र विधिहरूको पालना गरेर मुक्ति प्राप्त गर्न सक्छन् भनेर हामी विश्वास गर्छौँ ।” यदि हामी वास्तवमा नै “पुनः जन्मन्छौँ,” उद्धारकर्तामा आस्थाको अभ्यास गर्छौँ, “हृदयको इमानदारिता” र “वास्तविक अभिप्राय” मा पश्चात्ताप गर्छौँ र “अन्त्यसम्म सहन्छौँ” भने, हाम्रा पापहरू र दुष्ट कार्यहरू हाम्रा विरुद्धमा गवाहीका रूपमा खडा हुने छैनन् भनेर हामी कति आभारी हुनु पर्छ ।

ईश्वरीय भय

हामीमध्ये धेरैले अनन्त न्यायकर्ताको न्यायालय अगाडि हाम्रो उपस्थिति सांसारिक कानुनको अदालतमा भएको कार्यवाही जस्तै हुने छ भन्ने आशा गर्न सक्छौँ । एक न्यायकर्ताले अध्यक्षता गर्नुहुने छ । प्रमाण प्रस्तुत गरिने छ । फैसला सुनाइने छ । अनि हामीले अन्तिम परिणाम थाहा नपाएसम्म सम्भवतः हामी अनिश्चित र भयभीत हुने छौँ । परन्तु यस्तो विशेषता गलत छ भनेर मलाई विश्वास छ।

भिन्न तर हामीले प्रायः अनुभव गर्ने मरणशील भयसँग सम्बन्धित छ जुन भयलाई धर्मशास्त्रले “ईश्वरीय भय” वा “परमप्रभुको भय” भनेर वर्णन गरेको छ । सांसारिक भयले चिन्ता र व्याकुलता निम्त्याउँछ त्यसको विपरीत ईश्वरीय भयले हाम्रो जीवनमा शान्ति, आश्वासन र आत्मविश्वासलाई आमन्त्रण गर्छ ।

धार्मिक भयले परमप्रभु येशू ख्रीष्टप्रति श्रद्धा र विस्मयको गहिरो भावना ल्याउने, उहाँका आज्ञाहरूको पालना गर्ने, अन्तिम फैसलाको प्रत्याशा राख्ने र उहाँको बाहुमा न्याय लिने विषयलाई समावेश गर्छ । ईश्वरीय भय मुक्तिदाताको दैवी प्रकृति र उद्देश्यको सही बुझाइ, उहाँको चाहनामा हाम्रो चाहना समर्पण गर्ने तत्परता र प्रत्येक पुरुष र महिला फैसलाको दिनमा आफ्नो मरणशील चाहना, विचारहरू, शब्दहरू र कार्यहरूका लागि जवाफदेही हुने छन् भन्ने ज्ञानबाट वृद्धि हुन्छ ।

परमप्रभुको भय भनेको न्यायका लागि उहाँको उपस्थितिमा आउन हिचकिचाउनु होइन । बरु, यो अन्ततः हामीस्वयम् ले “विषयवस्तुहरूलाई वास्तवमा ती जस्ता छन् र वास्तवमा ती जस्ता हुने छन्” त्यस्तै रूपमा आफ्ना लागि स्वीकार गर्ने सम्भावना हो ।

यसपूर्व जिएका, अहिले जिइरहेका र पृथ्वीमा जिउने प्रत्येक व्यक्तिलाई “परमेश्वरको न्यायालयका अगाडि खडा हुन ल्याइने छ, [तिनका] कार्यहरूअनुसार न्याय गरिने छ, चाहे तिनीहरू असल हुन् वा खराब हुन् ।”

यदि हाम्रा चाहनाहरू धार्मिकताका लागि भएका र हाम्रा कार्यहरू असल छन् भने—अर्थात् हामीले येशू ख्रीष्टमा आस्थाको अभ्यास गरेका छौँ, परमेश्वरसँग करार गरेका छौँ र त्यसको पालना गरेका छौँ अनि हाम्रा पापहरूको पश्चात्ताप गरेका छौँ भने—तब फैसलाको न्यायालय मनमोहक हुने छ । एनोसले घोषणा गरे जस्तै, हामी “[उद्धारकर्ताका] अगाडि उभिने छौँ; त्यसपछि [हामी]ले खुसीसाथ उहाँको मुहार देख्ने छौँ ।” अनि अन्तिम दिनमा हामी “धार्मिकताका लागि पुरस्कृत हुने छौँ ।”

यसका विपरीत, यदि हाम्रा चाहनाहरू दुष्टताका लागि र हाम्रा कार्यहरू दुष्ट छन् भने फैसलाको न्यायालय भयको कारण हुने छ । हामीसँग “एक पूर्ण ज्ञान,” “गाढा सम्झना,” र “[हाम्रो] आफ्नै दोषको जीवन्त स्मरण” हुने छ। “हामीले हाम्रा परमेश्वरलाई हेर्ने साहस गर्ने छैनौँ; र यदि हामीले उहाँको उपस्थितिबाट आफूलाई लुकाउन चट्टानहरू र पहाडहरूलाई हामीमाथि खस्न आदेश दिन सक्यौँ भने हामी खुसी हुने छौँ ।” अनि अन्तिम दिनमा हामीले “[हाम्रो] दुष्टताको प्रतिफल प्राप्त गर्ने छौँ ।

अन्ततः, त्यसपछि हामी आफूस्वयम् का न्यायकर्ताहरू हुन्छौँ । कसैले हामीलाई कहाँ जाने भनेर भन्नु आवश्यक छैन । परमप्रभुको उपस्थितिमा, हामी मरणशीलतामा के बन्न छनोट गरेका छौँ भनेर स्वीकार गर्ने छौँ र अनन्तकालमा हामी कहाँ हुनु पर्छ भनेर आफूस्वयम् का लागि बुझ्ने छौँ ।

प्रतिज्ञा र गवाही

अन्तिम न्याय मनमोहक हुन सक्छ भन्ने विषय बुझ्नु मोरोनीका लागि मात्रै आरक्षित आशीर्वाद होइन ।

अल्माले मुक्तिदाताका प्रत्येक समर्पित शिष्यलाई प्रतिज्ञा गरिएका आशीर्वादहरू उपलब्ध हुने सम्बन्धमा वर्णन गरे: उहाँले भन्नुभयो:

“पुनर्स्थापना शब्दको अर्थ खराबलाई पुनः खराबमा वा पापमयलाई पापमयमा वा दुष्टलाई दुष्टतामा—असललाई असलमा; धर्मीलाई धर्मीमा; न्यायोचितलाई न्यायोचितमा; कृपालुलाई कृपालुमा ल्याउनु हो ।

“… न्यायोचित व्यवहार गर्नुहोस्, धार्मिकतापूर्वक न्याय गर्नुहोस् र निरन्तर असल कार्य गर्नुहोस्; र यदि तपाईंले यी सबै कार्यहरू गर्नुभयो भने तपाईंले आफ्नो पुरस्कार प्राप्त गर्नुहुने छ; हो, तपाईंमा पुनः कृपा पुनर्स्थापित गरिने छ; तपाईंलाई पुनः न्याय पुनर्स्थापित गरिने छ; तपाईंमा पुनः धार्मिक न्याय पुनर्स्थापित गरिने छ; अनि तपाईंहरूलाई पुनः असल प्रतिफल मिल्ने छ ।”

येशू ख्रीष्ट हाम्रा जीवित मुक्तिदाता हुनुहुन्छ भनेर म खुसीसाथ गवाही दिन्छु । अल्माको प्रतिज्ञा सत्य छ र तपाईं र ममा लागू हुन्छ—आज, भोलि र सम्पूर्ण अनन्तकालका लागि । म यो परमप्रभु येशू ख्रीष्टको पवित्र नाममा प्रमाणित गर्छु, आमीन ।