अनि अब म देख्छु
मेरो जीवनमा मोर्मोनको पुस्तकको प्रभाव अन्धा मानिसको आँखामा थुक र माटो हाल्नु भन्दा कम चमत्कारपूर्ण छैन ।
हामी सबैले अध्यक्ष रसल एम्. नेल्सनको निधनमा अध्यक्ष ओक्सको निष्कपट प्रेम सहितको श्रद्धाञ्जलीलाई दोहोर्याउँछौँ । अनि हामी सबैले त्यत्तिकै प्रेम र गहिरो शोकका सहित हालसालै मिशिगनमा र करिब नियमित रूपमा विश्वभर भएका त्रासदीहरूलाई स्वीकार गर्छौँ । हामी परमप्रभु येशू ख्रीष्टमा प्रेम र विश्वासका साथ यी चीजहरू स्वीकार गर्छौँ ।
यूहन्नाको नवौँ अध्यायले येशू र उहाँका शिष्यहरू जन्मदेखि नै अन्धा रहेका भिखारीको नजिकबाट जाँदै गरेको अनुभवलाई अभिलेख गर्छ । यस अनुभवले येशूलाई यी मानिसका सीमितताको स्रोत र परिवर्तनका सम्बन्धमा धेरै जटिल धार्मिक प्रश्नहरू सोध्नका लागि शिष्यहरूलाई प्रेरित गऱ्यो । गुरुले धेरै सरल र आश्चर्यजनक कार्य गरेर प्रतिक्रिया दिनुभयो । उहाँले माटोमा थुक्नुभयो र मुछेर थोरै मिश्रण तयार पार्नुभयो । त्यसपछि उहाँले त्यो मानिसको आँखामा लगाउनुभयो, सिलोआमको तलाउमा गएर उनलाई धुन निर्देशन दिनुभयो । धर्मशास्त्रले बताउँछ, दृष्टिहीन मानिसले आज्ञाकारी रूपमा यी सबै कार्य गरे र “दृष्टि सहित [बाहिर आए]” । सत्यको विरोधमा इच्छा वा तर्क वा द्वेषको विपरीत प्रमाण कति महत्त्वपूर्ण हुन्छ ।
ठीक छ, खतरालाई पुनः निम्त्याउने भयले येशूले पहिले नै तिनीहरूको अनुमानित अधिकारलाई कमजोर पारिदिनुभयो, शत्रुहरूले भर्खरै देख्ने मानिसको सामना गरे र क्रोधमा भने, “हामीलाई जानकारी छ [येशू] पापी हुन् ।” ती मानिसले केही क्षणसम्म सुने, त्यसपछि भने, “उहाँ पापी हुनुहुन्छ कि [हुनुहुन्न] … , म जान्दिनँ: [तर] एउटै कुरा मात्र म [जान्दछु] कि म अन्धो थिएँ, अब देख्छु ।”
येशूले आफ्ना शिष्यहरूलाई “परमेश्वरका कार्यहरूलाई प्रकट गरिनु पर्छ” भनेर भन्नुहुँदै येशूले यस दृश्यको पहिलो अर्थ बताउनुभयो ।” स्मरण रहोस् कि यस आख्यानमा मुक्तिदाताको कार्यलाई अन्धा मानिसको आँखालाई दुई पटक “अभिषेक” भनेर उल्लेख गरिएको थियो जुन धोएर पूरा गर्नुपर्ने कार्य हो । “परमेश्वरका कार्यहरू प्रकट [गरिँदै] छ यस वर्णनले सम्भवतः कुनै विधि प्रदर्शन गर्ने विषयलाई सङ्केत गर्छ ।
यहाँ स्पष्ट हुने अर्को सत्य भनेको स्वर्ग र पृथ्वीका सृष्टिकर्ताले यो चमत्कार प्रदान गर्न प्रयोग गर्ने उपकरणहरू: थुक र मुट्ठीभरको माटो हुन् ! परमेश्वरले हामीलाई उहाँले छनोट गर्नुभएको कुनै पनि तरिकामा आशीर्वाद दिन सक्नुहुन्छ भनेर यी धेरै असम्भव सामग्रीहरूले बताउँछ । नामानले यर्दन नदीको प्रतिरोध गरे जस्तै वा इस्राएलका सन्ततिहरूले छडमा रहेको सर्पलाई हेर्न अस्वीकार गरे जस्तै, हाम्रो उद्धारको स्रोतलाई खारेज गर्न हामीलाई कति सजिलो छ किनकि त्यसलाई औंल्याउने उपकरणहरू लज्जास्पद रूपमा सरल देखिन्छन् ।
परन्तु केही चीजहरू सरल र बहुमूल्य छन् भनेर हामी मोर्मोनको पुस्तकबाट स्मरण गर्छौँ अनि “उहाँको कुनै रूप र सुन्दरता [छैन]; र जब हामीले उहाँलाई देख्ने छौँ उहाँमा हामीले चाहना गरेको कुनै सुन्दरता हुने छैन भनेर येशूको जन्महुनुभन्दा पूर्व नै यो भविष्यवाणी गरिएको थियो ।” कति पटक परमेश्वरले आफ्नो महिमित सन्देश भर्खरै बोलाइएकी र धेरै चिन्तित राहत समाजकी अध्यक्ष, न्यूयोर्क फार्ममा अशिक्षित बालक, नयाँ सुसमाचार प्रचारक वा चरनमा सुतिरहेको बालकका माध्यमद्वारा पठाउनुभएको छ ।
त्यसोभए यदि हाम्रा प्रार्थनाहरूको जवाफ स्पष्ट वा जटिल तरिकाले आउँछन् भने के हुन्छ ? ख्रीष्टको सुसमाचारमा जिउने प्रयास गरिरहन के हामी दृढ रहन इच्छुक छौँ जतिसुकै थुक र माटो किन आवश्यक नपरोस् ? के गरिँदै छ वा किन गरिँदै छ भन्ने विषय हामीलाई सधैँ स्पष्ट नहुन सक्छ र समय-समयमा, हामी सबैले ती वयस्क दिदी जस्तै महसुस गर्ने छौँ जसले भन्नुभयो, “परमप्रभु, छद्मभेषी नभएको आशीर्वाद कस्तो होला ?”
अर्को सत्यको प्रमाणलाई विचार गर्नुहोस्, यो पवित्र पादरित्वको सम्बन्धमा छ । येशू ख्रीष्टद्वारा सङ्गठित चर्चको दस्तावेज गर्दा, लूकाको पहिलो पङ्क्तिमा यस्तो लेखिएको छ: “त्यसपछि उहाँले आफ्ना बाह्र शिष्यहरूलाई एकसाथ बोलावट दिनुभयो र तिनीहरूलाई शक्ति र अधिकार दिनुभयो,” उपहारहरू महत्त्वपूर्ण प्रमाणहरूका आधारमा प्रदान गरिएको होइन न त परम्परा वा जन्मसिद्ध अधिकारद्वारा निर्धारण गरिएका नै हुन् । कुनै दैवी विद्यालय वा धर्मशास्त्रीय सेमिनरीद्वारा तिनीहरू प्रदान गरिएको होइन । सबै दैवी अधिकारका स्रोत परमप्रभु येशू ख्रीष्टसम्म अविछिन्न अनुक्रममा रहने गरी अधिकार भएका व्यक्तिले केवल हातहरू राखेर तिनीहरूलाई प्रदान गरिन्छ ।
अनि कृपाको उपहार बुझ्ने चर्चमा के यी आशीर्वाद र करारहरू हाम्रा मृतक कुटुम्बहरू, हामीभन्दा पहिला गएका हाम्रा परिवारका ती व्यक्तिहरूलाई गएको देख्नु अर्को अद्भुत प्रमाण हुने छैन र ? सुसमाचारमा पहुँच नभएका कारण वा दैवी विधि र करारहरू उपलब्ध नभएका समय र स्थानमा जन्मिएका कारण के उहाँहरूले दण्डित हुनु पर्छ र ? पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा परमप्रभुका पवित्र, समर्पण गरिएका गृहहरू छन् जहाँ यी मृतकहरूका लागि दिनरात दयालु, उद्धार कार्य भइरहेका छन् साथै जीवितहरूका लागि आराधनाका अवसरहरू र विधिहरू प्रदान गरिँदै छन् । मेरो बुझाइमा, जीवित र मृतकहरूप्रति परमेश्वरको यो विश्वव्यापी प्रेम र कृपाको प्रमाण संसारमा अन्यत्र कतै देखिँदैन—एक चर्च बाहेक जसले यस सन्दर्भमा सत्यता प्रदर्शन गर्दछ: पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च ।
सत्यको वास्तविक प्रमाणसँग मेरो जीवनदायी प्रथम वार्तालाप अभिषेक गरिएको माटो वा सिलोआमको तलाउमा भएको थिएन । होइन, परमप्रभुबाट मलाई चङ्गाइ दिने सत्यको उपकरण एउटा पुस्तकको पानाबाट आयो, हो, मोर्मोनको पुस्तक: येशू ख्रीष्टको अर्को करार ! यस पुस्तकका सम्बन्धमा गरिएका दाबीहरूलाई केही अविश्वासीहरूले आक्रमण र खारेज गरेका छन्, रिस प्रायः ती व्यक्तिहरूको आक्रोशसँग मेल खान्छ जसले चङ्गाइ प्राप्त गरेका मानिसलाई भनेका थिए कि उनले सम्भवतः आफूले अनुभव गरेका विषय अनुभव नै नगरेका हुन सक्छन् ।
यो पुस्तक प्राप्त भएका माध्यमहरू अव्यावहारिक, अविश्वसनीय, लज्जास्पद, अपवित्र पनि थिए भनेर मानिसहरूले मलाई भनेका छन् । त्यो पुस्तक कुन माध्यमबाट आयो भनेर जान्ने अनुमान गर्ने व्यक्तिको कठोर भाषा हो किनकि ती माध्यमहरूका सम्बन्धमा दिइएको एक मात्र विवरण यो हो कि यसलाई “परमेश्वरको वरदान र शक्तिद्वारा” अनुवाद गरिएको थियो । यति नै हो । सबै यति नै हो । जे भए तापनि, मेरो जीवनमा मोर्मोनको पुस्तकको प्रभाव अन्धा मानिसको आँखामा थुक र माटो हाल्नु भन्दा कम चमत्कारपूर्ण छैन । यो मेरा लागि, मेरो आत्माका लागि सुरक्षाको छड भएको छ, प्रकाशको एक उत्कृष्ट र भेदक प्रकाश, अन्धकारको तुवाँलो आउँदा मैले हिँड्नुपर्ने बाटोमा उज्यालो भएको छ जसरी तिनीहरूसँग निश्चित रूपमा छ र जसरी तिनीहरू निश्चित रूपमा आउने छन् । अनि पक्कै पनि तिनीहरूसँग छ र पक्कै पनि तिनीहरूसँग हुने छन् ।
अनि यसले मलाई मेरा मुक्तिदाताको विश्वव्यापी प्रेम र उद्धारको अनुग्रहका सम्बन्धमा प्रदान गरेको दृष्टिकोणलाई मध्यनजर गर्दै, म तपाईंहरूसँग मेरो गवाही बाँड्छु, जुन यहाँ उपयुक्त मानिएको छ किनकि भर्खरै आशीषित मानिसका आमाबाबुले भन्नुभए जस्तै उहाँहरूको छोरा “उमेरको” भएकाले उहाँको कुरा सुनिनु पर्छ । ठीक छ, म पनि त्यस्तै छु । उहाँ तिनलाई गम्भीरतापूर्वक लिन सकिने उमेरको हुनुहुन्थ्यो । ठीक छ, म पनि त्यस्तै छु । मेरो ८५ औँ जन्मदिन आउन दुई महिना बाँकी छ । म मृत्युको मुखसम्म पुगेर फर्किएको छु । मैले राजा अगमवक्ताहरू, राष्ट्रपतिहरू र प्रेरितहरूसँगै समय बिताएको छु । सबैभन्दा राम्रो विषय त म कहिलेकाहीँ परमेश्वरको पवित्र आत्माबाट अभिभूत भएको छु । मलाई भरोसा छ मेरो गवाहीलाई कम्तिमा यहाँ केही ध्यान दिइनु पर्छ ।
अब, दाजुभाइ तथा दिदीबहिनीहरू, पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च नयाँ नियमको चर्चको वास्तविक पुनर्स्थापना हो—र अझै बढी—किनभने म त्यो पुनर्स्थापनाको प्रमाणलाई अस्वीकार गर्न सक्दिनथेँ भनेर म मेरो पूर्ण हृदयले दृढ विश्वासमा आएको छु । ती प्रथम अनुभवहरूदेखि मसँग हजारौँ—दशौँ हजार ?—अन्य प्रमाणहरू छन् जुन मैले आज बोलेका सत्य हुन् भनेर मलाई महसुस हुन्छ । त्यसैले म अब यरूशलेमको सडकमा एकिकृत भएका मेरा साथीसँग सहभागी हुन पाउँदा खुसी छु जहाँ म मेरो मधुरो आवाजमा गाउँछु:
येशू ख्रीष्टको नाममा, आमीन ।