साधारण सम्मेलन
उहाँका उपहार प्राप्त गर्नुहोस्
अप्रिल २०२५ को साधारण सम्मेलन


14:5

उहाँका उपहार प्राप्त गर्नुहोस्

तपाईंहरू परमेश्वरका प्रिय छोरी, बहुमूल्य छोरा हुनुहुन्छ अनि आधारित हुनुहुन्छ र उहाँले तपाईंहरूलाई परिपूर्ण पुत्र उपहारमा दिनुभएको छ ।

उपहार दिने

उपहार दिने भनेको सबै संस्कृति, सभ्यता र इतिहासभरि प्रचलित सामाजिक प्रचलन हो । समयको दौडान, मानिसहरूले सम्बन्ध मजबुत बनाउन, प्रेम र कृतज्ञता व्यक्त गर्न र विवाह, जन्मदिन र बिदा जस्ता महत्त्वपूर्ण अवसरहरूको पहिचान गर्न एकअर्कालाई उपहार दिएका छन् । अनि परमेश्वरका सृष्टिहरूमध्येका केवल मानिसहरू मात्रै एकअर्कालाई उपहार दिने प्राणी होइनन्! हामीले औँल्याउन सक्ने अन्य धेरै उदाहरणहरू मध्येका केही हुन्, आफ्ना सम्भावित जोडीहरूलाई चम्किला ढुङ्गाहरू दिने भनेर पेनगुइनहरूलाई चिनिन्छ, बोनोबोहरू (चिम्पान्जीका परिवारका)ले आफ्नो मित्रताको परिधि विस्तार गर्नका लागि फल दिन्छन् ।

पेनगुइनहरू ढुङ्गा दिँदै ।
बोनोबोहरू फल बाँड्दै ।

तपाईंले के उपहार दिनुभएको छ ? आफूले प्रेम गर्ने कुनै व्यक्तिका लागि उत्तम उपहार भेट्नुभएको—वा बनाउनुभएको—समयका सम्बन्धमा सोच्नुहोस् । तपाईंलाई थाहा थियो कि यो उपहार यस प्रियजनले चाहना गरेको विषय थियो र उहाँले यसको कदर गर्नुहुने छ । उपहार के थियो ? के यो तपाईंकी आमाको लागि थियो? साठीका लागि थियो? तपाईंका बालबालिकाका लागि थियो ? शिक्षकका लागि थियो ? तपाईंका हजुरबुबाका लागि थियो ? यो उपहार पत्ता लगाउनुहुँदा तपाईंलाई कस्तो महसुस भयो ? यी व्यक्तिले यो उपहार खोल्नुभएको महसुस गरिरहनुहुँदा तपाईंले कस्तो महसुस गर्नुभयो ? त्यस्तै गरी, कसैले तपाईंलाई कहिले उत्तम उपहार दिनुभयो र यो प्राप्त गर्दा कस्तो महसुस भयो ?

मलाई मेरा बुबाबाट उपहार

म करीब सात वर्षको हुँदा अरबमा मेरा आमाबाबुसँग बस्दै गर्दा, चिट्टी चिट्टी ब्याङ ब्याङ नामक बाल चलचित्र रिलिज भएको थियो । यो चलचित्र एक मनोहर कारका सम्बन्धमा छ जुन यो स्वयम् चल्न सक्छ, पानीमा तैरन सक्छ र उड्न पनि सक्छ! मेरो घर इङ्गल्याण्डमा मानिसहरूले चिट्टी चिट्टी ब्याङ ब्याङ जस्तो सानो खेलौना कार बनाउँथे भनेर मलाई थाहा थियो र अहो, मलाई त्यसको कस्तो चाहना थियो! तपाईंले त्यसको लिभर तान्न सक्नुहुन्छ र त्यो खेलौना कारको पखेटा निस्कन्थ्यो! मेरा बुबा इङ्गल्याण्डको व्यापारिक यात्रामा जानुभयो र उहाँले मेरा लागि के ल्याइदिनुहोस् भन्ने म चाहन्छु भनेर मलाई सोध्नुभयो अनि मैले उहाँलाई चिट्टी चिट्टी ब्याङ ब्याङ कारहरू मध्येको एक ल्याइदिन आग्रह गरेँ ।

उहाँ आफ्नो यात्राबाट फर्कनुभयो र त्यहाँ कुनै पनि कार थिएन । म धेरै दु:खी भएँ र उहाँले बिर्सेको हुनु पर्छ भनेर विचार गरेँ । परन्तु, करीब १० दिन पछि मेरो जन्मदिन थियो र राम्रो तरिकाले प्याक गरिएको, एउटा सानो बाकस मेरो प्रतिक्षा गरिरहेको थियो । धेरै उत्सुकता सहित, असाधारण वस्तुको अपेक्षा नगरी, मैले उपहार खोलेँ र मेरो कार भेट्टाएँ । म यति खुसी भएँ कि म रोएँ । मैले लिभर तानेँ र चलचित्रमा देखाइको कार जस्तै पखेटाहरू बाहिर निस्किए! मैले यो सबैभन्दा बहुमूल्य उपहारका लागि मेरो बुबालाई धेरै धन्यवाद दिएँ । मैले त्यो कारसँग वर्षौँसम्म खेलेँ र यसलाई धेरै समयसम्म राखेँ । मेरा बुबाले मलाई त्यो कार दिन जति मन पराउनुभयो त्यति नै मलाई त्यो लिन मन पर्थ्यो भनेर मलाई महसुस हुन्छ ।

दिने, स्वीकार गर्ने र खोल्ने अनि प्राप्त गर्ने

हामी उपहार दिने विषयलाई तीन भागमा विभाजित भएको मनन गर्न सक्छौँ ।

  1. उपहार दिने, जहाँ दाताले उपहार छनोट गर्छन्, निर्माण गर्छन् वा तयार पार्छन् र प्रियजनलाई प्रदान गर्छन् । यसमा दाताको अर्थपूर्ण कुनै वस्तु दिने विचार गरेर गरिने अभिप्राय समावेश हुन्छ ।

  2. उपहार स्वीकार गर्ने र खोल्ने कार्य, जब प्राप्तकर्ताले दाताबाट उपहार स्वीकार गर्छन्—प्रायश: आश्चर्य, कृतज्ञता र उत्साहको अभिव्यक्ति सहित—यसलाई खोल्नुपूर्व, उपहार के हो भनेर पत्ता लगाउन यसलाई खोल्दै, गाँठो फुकाउँदै अनि बेरेको कागज हटाउँदै बाकस खोल्छन् ।

  3. अनि त्यसपछि, उपहार प्राप्त गर्नु सम्भवत: यसमा सबैभन्दा महत्त्वपूर्ण अंश हो । इमानदारितापूर्वक दिइएको उपहार प्राप्त गर्नु भनेको यसलाई स्वीकार गर्नु र त्यसपछि खोल्नु भन्दा धेरै अधिक हुन्छ । यो उपहारको मूल्य पहिचान गर्नु र दिने व्यक्तिप्रति कृतज्ञता व्यक्त गर्नु भन्दा पनि अधिक हुन्छ । वास्तवमा नै उपहार प्राप्त गर्नका लागि हामी आफूस्वयम् ले यसको सम्मान गर्छौँ यसलाई हाम्रो जीवनमा पूर्ण रूपमा प्रयोग गर्छौँ र कृतज्ञता सहित दिने व्यक्तिलाई सम्झन्छौँ ।

यो अभिप्रायपूर्वक गरिएको अर्थपूर्ण कार्य हो, जसमा केवल प्याकेट खोल्नुभन्दा धेरै बढी कार्य समावेश हुन्छ । प्राप्त गर्नु भनेको उपहार र उपहार दिने व्यक्तिको निष्कपट चाहना दुबैलाई यसरी प्रशंसा गर्नु र जोड्नु हो जसले दिने र प्राप्त गर्ने दुबै व्यक्ति बीचको बन्धनलाई मजबुत बनाउँछ । त्यो खेलौना कारका सम्बन्धमा मनन गर्दा बहुमूल्य सुन्दर स्मरणहरू ताजा हुन्छन् किनकि म पुनः एक पटक त्यो उपहारबाट प्रदर्शित हुने मेरा बुबाको गहिरो प्रेम र हेरचाह महसुस गर्छु ।

हाम्रा स्वर्गका पिताका उपहारहरू

हाम्रा स्वर्गका पितासँग हामी प्रत्येक उहाँका बहुमूल्य सन्ततिहरू माथि प्रकाश र सत्यका अङ्सख्य उपहारहरू प्रवाह गर्नका लागि हुनुहुन्छ । तिनीहरू प्रशस्त मात्रामा दिनुहुने हाम्रा दाताबाट उजाडस्थानमा झरना जस्तै उहाँको परोपकारी हृदयबाट प्रवाहित हुन्छन् । “हरेक असल उपहार र हरेक उत्तम उपहार माथिबाट आउँछ र ज्योतिहरूका पिताबाट तल आउँछ ।” पितासँगको हाम्रो करारका बन्धनमा, उहाँ सदैव दाता हुनुहुन्छ र हामी विनम्र प्राप्तकर्ता ।

पिताका सबै उपहारहरूमध्येको सबैभन्दा महान् जसका माध्यमद्वारा अरू सबै प्रवाहित हुन्छन्

परन्तु पिताका सबै उपहारहरूमध्येको सबैभन्दा महान्, उहाँका प्रिय थुमा, उहाँका पुत्र येशू ख्रीष्ट बिना हामीले केही पनि प्राप्त गर्न सक्दैनौँ । हाम्रा पिताका सबै उपहारहरू गेतसेमनेमा र क्रूसमा मुक्तिदाताको स्वेच्छाले दिइएको भेटी र उहाँको विजयी पुनरुत्थानबाट प्रभावित र सक्रिय हुन्छन् । येशू ख्रीष्ट, हाम्रा दयालु उद्धारकर्ता, हाम्रा ज्योतिहरूका पिताबाट सर्वोच्च उपहार हुनुहुन्छ । “आफ्ना पुत्रको उपहारमा परमेश्वरले [हाम्रा लागि] अझै उत्तम मार्ग तयार पार्नुभएको छ ।”

अनन्त सत्यको एउटा सर्वव्यापी उपहार

म एक सर्वव्यापी अनन्त सत्यको उपहारका सम्बन्धमा बताउन चाहन्छु जसले हाम्रा पिताले हामीलाई प्रदान गर्न चाहनुभएका सबै चीज प्राप्त गर्ने हाम्रो क्षमताको आधारशिला निर्माण गर्छ—ज्ञानको एक महत्त्वपूर्ण उपहार जुन पूर्ण रूपमा स्वीकार र आत्माको गहिराइमा प्राप्त भएमा, जीवनका प्रसन्नता र कठिनाइहरू अनि हाम्रा अनुत्तरित प्रश्नहरूलाई सन्दर्भका रूपमा प्रस्तुत गर्छ: जुन हो हामी वास्तवमा नै परमेश्वरका सन्तति हौँ त्यो सत्य आश्चर्यजनक छ! अद्भुत छ! अनि यो शाब्दिक अर्थ हो ।

कल्पना गर्नुहोस्, तपाईंले यो पहिलो पटक सुन्दै हुनुहुन्छ! तपाईं वास्तवमा नै उहाँकी अति नै प्यारो पुत्री हुनुहुन्छ । तपाईं वास्तवमा नै उहाँको बहुमूल्य पुत्र हुनुहुन्छ । अनि तपाईं जुन मार्गमा हुनुहुन्छ त्यो उहाँको खुसीको योजना हो । उहाँको सर्वज्ञ प्रेमका कारण, उहाँलाई पृथ्वीमा पठाइनुभन्दापूर्व तपाईं को हुनुहुन्थ्यो भन्ने विषय राम्ररी जानकारी छ तपाईंले आफ्नो मरणशील जीवनमा अहिलेसम्म के अनुभव गर्नुभएको छ र उहाँले तपाईंको भविष्यका लागि दयापूर्वक योजना बनाउनुभएको छ । अनि ओहो, एक दिन तपाईं उहाँकहाँ फर्कनुहुने छ, उहाँका सबै सुन्दर उपहारहरूको सर्वोत्तम उद्देश्य उहाँसँग अनन्त जीवन प्राप्त गर्नुहुने छ भनेर उहाँ कति उत्सुक हुनुहुन्छ ।

सत्यको यो उपहार वास्तविक हो कि होइन भन्ने प्रश्न होइन तर हामीले यसलाई पत्ता लगाउने र प्राप्त गर्ने छौँ कि छैनौँ भन्ने हो । पिताद्वारा यो उपहार यसपूर्व नै प्रसस्ततामा हामीलाई दिइएको छ । यस उपहारको परम उद्देश्यको मूल्य मुक्तिदाताद्वारा पहिले नै उपहारको मूल्य चुकाइसक्नु भएको छ । परन्तु यदि तपाईंलाई यो वर्षौंदेखि सिकाइएको छ भने, सम्भवत: यसको अद्भुत आश्चर्य धेरै पहिले नै फिका भइसकेको छ र तपाईंले अब यसको शक्ति र शान्ति महसुस गर्नुहुन्न ।

यदि बुझाइको यो अमूल्य उपहार—र यसबाट प्रवाहित हुने सबै भलाइ, शान्ति र आशा—अस्वीकार नगरी, नखोली र प्राप्त नगरी छोडियो भने, हाम्रालागि त्यो कस्तो भयानक क्षति हो! दाताका लागि कस्तो दुःखद! “मानिसलाई उपहार दिइयो र उसले त्यो उपहार ग्रहण गरेन भने के लाभ हुन्छ ? हेर, उसलाई दिइएकोमा ऊ खुसी हुँदैन, न त उपहार दिने व्यक्तिसँग नै खुसी हुन्छ ।”

म तपाईंलाई पहिलो पटक वा यसपूर्वभन्दा पनि अधिक, तपाईं वास्तवमा नै परमेश्वरको प्रिय सन्तति हुनुहुन्छ भन्ने प्रभावशाली अनुभूति प्राप्त गर्न आमन्त्रण गर्छु । तपाईंले गाँठो खोल्नु पर्छ, यो बेरेको कागजलाई च्यात्नु पर्छ, बाकस खोल्नु पर्छ र सक्रिय रूपमा विनम्रताको कृतज्ञता सहित यो आधारभूत सत्यको, एक साँचो अनि विशुद्ध बुझाइ प्राप्त गर्नु पर्छ । तपाईं वास्तवमा नै सर्वोच्चको सन्तति हुनुहुन्छ भनेर पवित्र आत्माले तपाईंको हृदयमा गवाही दिन सक्छ ।

जब तपाईं यो महिमित वास्तविकतालाई आफ्नो आत्मामा स्वागत गर्नुहुन्छ र यसको सान्त्वना र रोमाञ्च दुबै महसुस गर्नुहुन्छ, तपाईंको सम्पूर्ण आदर्श परिवर्तन हुन्छ! तपाईंले उहाँको प्रेम महसुस गर्न सक्नुहुन्छ, उहाँको वाणी सुन्न सक्नुहुन्छ र उहाँको बाहु पहिचान गर्न सक्नुहुन्छ, तपाईंको जीवनमा के भइरहेको छ वा छैन भन्ने विषयले केही फरक पार्दैन । तपाईं आफूलाई र अरूलाई कसरी हेर्नुहुन्छ भनेर पुनः परिभाषित गर्न सक्नुहुन्छ । तपाईंको मुक्तिदातासँगको तपाईंको करारको बन्धन अझै मजबुत हुन्छ र यो सुन्दर उपहारको हेराइको माध्यमद्वारा, जीवनले नयाँ चमक, सुन्दरता र आशा लिन्छ ।

कृपया, के तपाईं यो परिवर्तनकारी ज्ञान वास्तवमा नै आफ्नो आत्माको गहिराइमा प्राप्त गर्दै हुनुहुन्छ भनेर बुझ्नका लागि प्रार्थना गर्नुहुन्छ ? कृपया के तपाईं उपहार स्वीकार गर्नुहुन्छ ? के तपाईं पहिलेको भन्दा पनि अझै गहन रूपमा, अझै स्वतन्त्र रूपमा, प्रशस्त मात्रामा यसो गर्नुहुन्छ—अनि त्यसो गर्दा यससँग आउने अन्य सबै उपहारहरूले भरिनुहुन्छ ?

अनन्त सत्यको यो उपहार प्राप्त गर्दै

तपाईंले सोचिरहनुभएको हुन सक्छ, परमेश्वरबाट उपहार प्राप्त गर्नका लागि मैले के गर्नु पर्छ ?” वास्तवमा त्यस्तो विशेष केही पनि होइन यो दाताबाट एक उपहार हो । यो केवल एक तथ्य हो । यसलाई हुन दिनुहोस् तपाईंहरू उहाँका सन्तति हुनुहुन्छ । तपाईं उहाँको प्रिय हुनुहुन्छ । यसलाई जटिल नबनाउनुहोस् । कुनै न कुनै रूपमा तपाईं अयोग्य हुनुहुन्छ भन्ने विचारहरूले यो उपहार प्राप्त गर्नबाट नरोक्नुहोस् । वास्तविकता यो हो कि हामी मध्ये कोही पनि “योग्य” छैनौँ—पिताका सबै उपहारहरू केवल पवित्र मसीहको गुण, कृपा र अनुग्रहबाट मात्र प्राप्त हुन्छन्, तर उहाँको उदार हृदय आफ्ना प्रत्येक सन्ततिले तिनीहरूलाई प्राप्त गरेको चाहनुहुन्छ । अनि, तपाईंको नयाँ वा नवीकरण गरिएको बुझाइ तपाईंमा आउँछ यो उपहार दातालाई धन्यवाद दिनमा प्रसन्न हुनुहोस् ।

२५ वर्षको उमेरमा मैले मेरो आस्था प्राप्त गरेदेखि, म वास्तवमा नै परमेश्वरको पुत्र हुँ भन्ने अनुभूतिमा सचेत भएको छु । म यो उपहारलाई जति पूर्ण रूपमा आत्मसात गर्छु, त्यति नै म को हुँ र मलाई कति पूर्ण रूपमा प्रेम गरिन्छ भनेर म उत्सुकतापूर्वक जान्दछु । धर्मशास्त्रका शब्दहरू, मेरो कूलपिताको आशीर्वाद, मन्दिरको आराधना, अरूहरूको सेवा गर्ने र कृतज्ञता व्यक्त गर्ने र मेरा पितासँगको पवित्र प्रार्थनाहरू नै हुन् जसले मलाई मेरो विकास हुन सहयोग गरेको छ । यस सुन्दर सत्यलाई बुझेको भए मेरो जीवन धेरै पहिले नै दु:ख, पीडा र शोक कसरी रूपान्तरण र शान्त हुन्थ्यो भनेर मलाई आश्चर्य महसुस हुन्छ ।

ख्रीष्टमा आउनुहोस् र प्राप्त गर्नुहोस्

मोरोनीले हामीलाई “परमेश्वरका उपहारहरूलाई अस्वीकार नगर्नुहोस्” तर “ख्रीष्टकहाँ आउनुहोस् र हरेक असल उपहारलाई दृढतापूर्वक आत्मसात गर्नुहोस्” भनेर आग्रह गर्नुहुन्छ । तपाईंले आफ्नो शिर माथि उठाएर, बाहु फैलाएर अनि प्राप्त गर्नका लागि हातहरू खोलेर—उहाँको प्रेमपूर्ण दया र उहाँको प्रसन्नता, शान्ति, आशा, ज्योति, सत्य, प्रकाश, ज्ञान र बुद्धिका सबै उपहारहरू प्राप्त गर्न तपाईं तयार हुनुहुन्छ भन्ने दृढता सहित ख्रीष्टकहाँ आउन सक्नुहुन्छ । अनि तपाईंहरूले यी उपहारहरूलाई प्राप्त गर्न सक्नुहुन्छ किनभने तपाईंहरू परमेश्वरका प्रिय छोरी, बहुमूल्य छोरा हुनुहुन्छ भन्ने ज्ञानमा सुरक्षित अनि आधारित हुनुहुन्छ र उहाँले तपाईंहरूको उद्धार गर्नका लागि, तपाईंलाई सफाइ दिन र पवित्र पार्न आफ्ना पवित्र परिपूर्ण पुत्र उपहारमा दिनुभएको छ ।

तपाईं परमेश्वरको सन्तति हुनुहुन्छ यो केवल हामीले गाउने सुन्दर गीत मात्रै होइन । कृपया के तपाईं उहाँबाट ज्ञान र बुझाइको यो उपहार स्वीकार गर्नुहुन्छ, खोल्नुहुन्छ र प्राप्त गर्नुहुन्छ ? के तपाईं यसलाई बहुमूल्य सम्पत्तिका रूपमा यसलाई आफूसँगै नजिक राख्नुहुन्छ ? यो उपहारलाई पुनः प्राप्त गर्नुहोस् अथवा सम्भवत: वास्तवमा नै पहिलो पटक यसलाई प्राप्त गर्नुहोस् र यसलाई तपाईंको जीवनका हरेक पक्षलाई रूपान्तरण गर्न दिनुहोस् । यो परमेश्वरले आफ्ना पुत्रको उपहारका माध्यमद्वारा तपाईंका लागि तयार पार्नुभएको उत्तम तरिका हो । तपाईं प्रसन्नता प्राप्त गर्नका लागि हुनुहुन्छ! येशू ख्रीष्टको नाममा, आमीन ।