अनन्तकालका महान् उपहारहरू: येशू ख्रीष्टको प्रायश्चित्त, पुनरुत्थान, पुनर्स्थापना
येशू ख्रीष्टको शान्ति, उहाँ जस्तै बन्ने र उहाँसँग आवद्ध हुने —सदाका लागि अनन्त रूपमा वास्तविक र आनन्ददायी खुसी र अनन्ततामा हामीले इष्टर भेटाउँछौँ ।
धेरै वर्ष अगाडि, बिहान सबेरैको हाम्रो सुसमाचार कक्षामा बाइबलका पदहरू कण्ठ पारिन्थ्यो । स्वभाविक रूपमा म छोटा खण्डहरूमा आकर्षित हुन्थेँ । यसमा समावेश थियो यूहना ११:३५—धर्मशास्त्रमा सबै भन्दा छोटो पद, मात्र दुई शब्दहरू—“येशू रुनुभयो ।”
अहिले मेरा लागि, येशू सन्ताप र प्रसन्नतामा रुनुहुन्छ भन्ने वास्तविकताले आश्चर्यजनक यथार्तताको गवाही दिन्छ: परमेश्वरका दैवी पुत्र भौतिक मरणशीलतामा आउनुभयो र शरीरअनुसार हामीसँग कसरी सदैव रहने र हामीलाई आशीर्वाद दिने भनेर सिक्नुभयो ।
जब हामी शोक र प्रसन्नतामा आवाज उठाउँछौँ, येशू ख्रीष्टले परिपूर्ण रूपमा बुझ्नुहुन्छ । उहाँ ती क्षणहरूमा उपस्थित हुन सक्नुहुन्छ जब हामीलाई अनन्तताका महान् उपहारहरू: येशू ख्रीष्टको प्रायश्चित्त, पुनरुत्थान, पुनर्स्थापनाको आवश्यकता हुन्छ ।
मरियम र मार्था आफ्ना मृतक भाइ लाजरसका लागि रुन्छन् । दयाले व्याकुल भएर, येशू रुनुभयो । यहाँले लाजरसलाई जीवित पार्नुहुन्छ ।
येशूले निस्तार-चाडको साँझमा यरूशलेम हेर्नुहुन्छ । कुखुरीले आफ्ना चल्लाहरूलाई बटुले जस्तै उहाँका जनहरूलाई एकत्रित गर्न असक्षम हुनुभएकोमा उहाँ रुनुहुन्छ । आज उहाँको प्रायश्चित्तले हामीलाई आशा दिन्छ जब हामी के हुन सक्ने थियो भन्ने सम्बन्धमा दुःखित हुन्छौँ ।
अङ्गुरको बगैँचाका मालिक रुनुहुन्छ जब उहाँले आफ्ना सेवकहरूलाई सोध्नुहुन्छ, जसमा सेवागर्ने दाजुभाइहरू र दिदीबहिनीहरूका रूपमा हामी समावेश हुन सक्छौँ, “मैले मेरो अङ्गुरको बगैँचाका लागि थप के गर्न सक्ने थिएँ ?”
मरियम चिहान छेउमा उभिन्छिन् । येशूले विनम्र भएर सोध्नुहुन्छ, “तिमी किन रुन्छेऊ ?” उहाँलाई जानकारी छ “रुवाइ पूरै रात रहन सक्छ तर प्रसन्नता बिहान आउँछ ।” पुनर्स्थापनाले सबैका लागि बिहानी ल्याउँछ ।
मोर्मोनको पुस्तकका भूमिहरूमा, आस्थावान भिड उहाँकहाँ उठ्दा, येशूको प्रसन्नता भरिपूर्ण हुन्छ । उहाँ रुनुहुन्छ ।
“अनि उहाँले तिनीहरूका साना बालबालिकाहरूलाई, एक एक गरेर लिनुभयो र उनीहरूलाई आशीर्वाद दिनुभयो र तिनीहरूका लागि पितालाई प्रार्थना गर्नुभयो ।
“अनि जब उहाँले यसो गर्नुभएको थियो उहाँ पुनः रुनुभयो ।”
यो येशू ख्रीष्टको पुनरुत्थान हो: उहाँले हाम्रो हृदयको चाहना पूरा गर्नुहुन्छ र हाम्रा अन्तरआत्माका प्रश्नहरूको उत्तर दिनुहुन्छ । उहाँले हाम्रो प्रसन्नताको आँसु बाहेक, हाम्रो आँसु पुछ्नुहुन्छ ।
जब हाम्रो आँसु बग्छ, हामी कहिलेकाहीँ लज्जित भएर क्षमा माग्छौँ । परन्तु येशू ख्रीष्टले जीवनको पीडा र प्रसन्नता बुझ्नुहुन्छ भन्ने जानेर हामीलाई हाम्रो आफ्नै सामर्थ्य भन्दा बढी दिन सक्छ जब हामी तितो र मिठोको अनुभव गर्छौँ ।
दक्षिण अमेरिकामा, एक पिता रुनुहुन्छ । उहाँको जीवनको महान् खुसीकी स्रोत, उहाँकी सानी छोरीको मृत्यु भयो । “म उनलाई पुनः हेर्नका लागि जे पनि दिन्छु,” उहाँ मेरो बाहुमा रुनुहुन्छ । म पनि रोएँ ।
पुएब्ला मेक्सिकोको मन्दिर समर्पणमा, एक प्रिय बहिनीको मुहार प्रसन्नताका आँसुले भिज्छ । उहाँका विशेषताहरूले आस्था र बलिदान प्रकट गर्थे । उहाँले भन्नुभयो, “टोडोस मिस हियोस एस्टन आक्वी एन एल टेम्प्लो होइ”—“मेरा सबै सन्ततिहरू आज यहाँ मन्दिरमा छन् ।” परमप्रभुको गृहमा एकत्रित भएका पिँढीहरूले प्रसन्नता र कृतज्ञताका आँशुहरू ल्याउँछन् ।
क्रूर गृहयुद्धमा, परिवारहरू र छिमेकीहरूले एकअर्कालाई बोल्नै नसकिने विषयहरू गरे । तिता आँसुहरूको स्थानमा बिस्तारै आशाको भावना आइरहेको छ । सानो गाउँकी एक महिलाले कापिरहेको उहाँको आवजमा भन्नुहुन्छ, “छिमेकी, मेरो मृत्युपूर्व, म चाहन्छु कि तपाईंहरूले गुमाउनुभएका परिवारका सदस्यहरूलाई कहाँ खोज्ने भनेर जान्नुहोस् ।”
एक अति नै सुन्दर दिलही र सुन्दर दुलहा परमप्रभुको गृहमा बाँधिदै हुनुहुन्छ । उहाँ जस्तै उहाँ ७० पनि बर्षकी हुनुहुन्छ । एक सुन्दर दुलही, उहाँले यस दिनका लागि योग्यतापूर्वक प्रतीक्षा गर्नुभएको थियो । उहाँले आफ्ना दुलहीको पोशाक लाज मान्दै यताउता फर्काउनुहुन्छ । हामी खुसीका आँसु झार्छौँ । परमेश्वरका प्रतिज्ञाहरू पूरा हुन्छन् । उहाँका करारहरूले आशीर्वादहरू ल्याउँछन् ।
एक विधवा दिदीलाई गृह शिक्षण गर्ने क्रममा, युवा बोइड के. प्याकरले एक संवेगात्मक शिक्षा सिक्नुभयो । आफ्ना श्रीमानसँगको असहमति पश्चात, ती दिदीले अन्तिम पटक चोट पुर्याउने टिप्पणी गर्नुभएको थियो । त्यस दिन अप्रत्याशित दुर्घटनाले उहाँको श्रीमानको जीवन लियो । ती विधवाले रुँदै भन्नुभयो, “५० वर्ष सम्म” “म नरकमा जिएको थिएँ यो जान्दै कि उहाँले मेरो मुखबाट सुन्नुभएका अन्तिम शब्दहरू पनि कटु, द्वेषपूर्ण टिप्पणीहरू थिए ।”
येशू ख्रीष्टमा इस्टरले पर्दाको दुबै तर्फका हामीलाई हाम्रा सम्बन्धहरू संशोधन, सुधार गर्न, सामान्जस्यता कायम गर्न, सहयोग गर्छ । येशूले शोकमा चङ्गाइ दिन सक्नुहुन्छ; उहाँले क्षमापनलाई सक्षम बनाउन सक्नुहुन्छ । उहाँले हामीलाई र अरूहरूलाई हामीले वा उनीहरूले भनेका वा गरेका विषयहरूबाट मुक्त गर्न सक्नुहुन्छ जसले अन्यथा हामीलाई बन्धी बनाउँछ ।
येशू ख्रीष्टमा इस्टरले हामीलाई परमेश्वरको स्वीकृतिको महसुस गराउँछ । यो समाजले हामीलाई हामी धेरै अग्लो छौँ, धेरै होचो छौँ, धेरै उदार छौँ, धेरै सङ्कुचित छौँ—बुद्धिमान छैनौँ, सुन्दर वा पर्याप्त आध्यात्मिक छैनौँ भनेर महसुस गराउँछ । येशू ख्रीष्टमा आध्यात्मिक रुपान्तरणका माध्यमद्वारा हामी पूर्णतालाई कमजोर पार्ने वस्तुबाट छुट्कारा प्राप्त गर्न सक्छौँ ।
इस्टरको प्रसन्नता सँगै, हामी गाउँछौँ, “मत्युमाथि विजय प्राप्त भएको छ; मानिस स्वतन्त्र भएको छ । ख्रीष्टले विजय प्राप्त गर्नुभएको छ ।” ख्रीष्टको पुनरुत्थानले हामीलाई मृत्युबाट, प्रौढावस्थाका कमजोरीहरूबाट र शारीरिक अपूर्णताहरूबाट मुक्ति दिन्छ । येशू ख्रीष्टको प्रायश्चित्तले हामीलाई आत्मिक रूपमा पनि पुनर्स्थापित गर्छ । उहाँका प्रत्येक रोमकुपबाट रगत बग्यो, हामीलाई पाप र बिछोडबाट मुक्त गर्नका लागि उहाँले रक्तश्रावका अश्रु बगाएको जस्तै थियो । उहाँले हामीलाई एकअर्कासँग र परमेश्वरसँग, पूर्ण र पवित्र पुनर्मिलन गराउनुहुन्छ । सबै असल कार्यहरूमा, येशू ख्रीष्टले—उहाँले हामीलाई यसपूर्व हामी जस्तो थियौँ त्यस्तै अवस्थामा मात्रै पुनर्स्थापना गर्नुहुन्न परन्तु हामी जे बन्न सक्छौँ त्यसको पूर्ण क्षमता पनि पुनर्स्थापना गर्नुहुन्छ ।
येशूको जीवन र ज्योतिले उहाँका सबै सन्ततिहरूका लागि परमेश्वरको प्रेमको गवाही दिन्छ । परमेश्वर हाम्रा पिताले हेरक उमेरका र भूमिका आफ्ना सबै सन्ततिहरूलाई प्रेम गर्नुहुन्छ, त्यसैले हामी धेरै परम्पराहरू र संस्कृतिहरूका भए तापनि हामीले आऊ शान्ति र खुसी प्राप्त गर भन्ने उहाँको प्रेमपूर्ण आमन्त्रण प्राप्त गर्छौँ । हामी जो, जहाँ, जहिले भए तापनि, एउटै सृष्टिकर्ताका सन्ततिका रूपमा दैवी पहिचानको अंश बन्छौँ । सोही आत्माअनुसार, इस्लाम, यहूदी र ईसाइका अनुयायीहरूले पिता अब्राहमका धार्मिक सम्पदा बाँढ्छन् र प्राचीन मिश्रदेशका कार्यहरूद्वारा करारका अंश बन्छन् ।
पिता अब्राहम मिश्रदेशमा आउनुभएको थियो र आशीषित हुनुभएको थियो ।
फारोको सपनाले सात वर्षसम्म प्रसस्त उब्जनी र त्यसपछिका सात वर्ष अनिकाल हुने अर्थ बताएको थियो भनेर मिश्रदेशमा दासत्वमा बेचिएका योसेफलाई जानकारी थियो । योसेफले आफ्नो परिवार र आफ्ना जनहरूलाई बचाउनुभयो । योसेफ रूनुभयो जब उहाँले परमेश्वरको महान् योजना बुझ्नुभयो, जहाँ सबै चीजहरूले आफ्नो करार पालना गर्नेहरूको सुनिश्चित रूपमा एकसाथ सँगै कार्य गर्छन् ।
मिश्रदेशमा फारोको घरमा हुर्केका मोशाले, परमेश्वरका सन्ततिलाई एकत्रित गर्नका लागि साँचाहरू प्राप्त गर्नुभयो र पछि पुनर्स्थापित गर्नुभयो ।
आगमवाणीलाई पूर्ण गर्दै, योसेफ, मरियम र शिशु येशू बालकले मिश्रदेशमा आश्रय खोज्नुभयो । काइरोमा, एक मुस्लिम भक्तले श्रद्धापूर्वक भन्नुभयो: “योसेफ, मरियम र बालक येशूले मेरो देशमा सुरक्षा र बास पाउनुभयो भनेर कुरानले सिकाउँछ । मेरो भूमिमा, येशू सानो हुँदा हाम्रो खाना खानुभयो, आफ्ना प्रथम पाइलाहरू चाल्नुभयो, आफ्ना पहिलो वचनहरू बोल्नुभयो । यहाँ मेरो भूमिमा, उहाँ र उहाँका परिवारलाई फल दिनका लागि रूखहरू तल झुके भनेर हामी विश्वास गर्छौँ । उहाँ मेरो भूमिमा हुँदा हाम्रा जन र भूमिलाई अशीर्वाद दिनुभयो ।”
परमेश्वरको नैतिक र मरणशील छनोटको स्वतन्त्रताको योजनाले हामीलाई हाम्रो आफ्नै अनुभवहरूबाट सिक्न अनुमति दिन्छ । हाम्रो जीवनका केही महान् शिक्षाहरू ती चीजहरूबाट आउँछन् जुन हामीले कदापि छनोट गरेका हुँदैनौँ । प्रेममा, येशू ख्रीष्ट तल अवतरण गर्नुभयो र सबै विषयहरू भन्दा माथि आरोहण गर्नुभयो । उहाँ सिर्जनशीलता र हर्ष, पुरस्कारका लागि आशा बिनाको कृपा, पश्चात्ताप र क्षमतापनको आस्थाका लागि हाम्रो दैवी क्षमतामा प्रसन्न हुनुहुन्छ । अनि—प्रायजसो मानव छनोटद्वारा सिर्जना गरिएका हाम्रा मानवीय पीडा, क्रूरता, अनन्याको प्रचुरतामा उहाँ पीडामा रुनुहुन्छ—जसरी स्वर्गहरू र स्वर्गका परमेश्वरले उनीहरूसँग गर्नुहुन्छ ।
इस्टरको हरेक बसन्त ऋतुले आत्मिक अनुक्रम र संयोजन दुबै येशू ख्रीष्टका माध्यमद्वारा प्रायश्चित्त, पुनरुत्थान र पुनर्स्थापनाका दैवी नमूनाका अंश हुन् भनेर गवाही दिन्छ । यो पवित्र र प्रतीकात्मक संयोजन कुनै आकस्मिक वा संयोगात्मक रूपमा आउँदैन । पाम आइतबारको पवित्र हप्ता र इस्टरले ख्रीष्टको प्रायश्चित्त र पुनरुत्थानको उत्सव मनाउँछ । हरेक अप्रिल ६ मा जस्तै आज पनि हामी पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको स्थापना र सङ्ठनको स्मरण गर्छौँ । यो पुनर्स्थापनाका कारण हामी हरेक अप्रिलको पहिलो आइतबार साधारण सभामा एकत्रित हुन्छौँ ।
पुनरुत्थान हुनुभएका येशू ख्रीष्ट, मोशा, एलियास् र एलियाले पादरित्वका साँचाहरू र अधिकार भर्खरै समर्पण गरिएको कर्टल्याण्ड मन्दिरमा इस्टरको आइतबार, १८३६मा फिर्ता दिनुभएका कारण पनि पुनर्स्थापना आयो । त्यस दिन त्यो परिवेशमा येशू ख्रीष्टको पुनर्स्थापित चर्चमा परमेश्वरको अधिकार र आशीर्वाद आयो जसले उहाँका सन्ततिहरूलाई एकत्रित पार्यो, उहाँका सन्ततिहरूलाई उहाँकहाँ फर्कनका लागि तयार पार्यो र परिवारहरूलाई अनन्तकालका लागि एकताबद्ध गर्यो । इस्टर र निस्तार-चाड दुबै एकै दिनमा पारेर त्यस दिन पुनर्स्थापनाले अगमवाणी पूर्ण गर्यो ।
कर्टल्याण्ड मन्दिर सहित, हालसालै मैले ओहायोका धेरै पवित्र स्थानहरूको भ्रमण गरेँ जहाँ अगमवक्ता जोसेफ र अरूहरूले दर्शनमा परमेश्वर हाम्रा पिता र उहाँका पुत्र, येशू ख्रीष्टलाई देख्नुभएको थियो । अगमवक्ता जोसेफले स्वर्ग कस्तो हुन्छ भनेर देख्नुभयो । येशू ख्रीष्टका माध्यमद्वारा, स्वर्गका पिताले, स्वर्गमा, “उहाँका बाहुहरूका सबै कार्यहरूको मुक्ति गर्नुहुन्छ” महिमाको अधिराज्यमा । केवल तिनीहरू बाहेक जसले स्वेच्छाले “पिताले पुत्रलाई प्रकट गरिसक्नुभए पछि पनि उहाँलाई अस्वीकार गर्छन् ।
उहाँको मरणशील सेवा सुरु हुँदा, येशूले हामीलाई—हरेक समय, भूमि र परस्थितिमा हामीले प्राप्त गर्न चाहेका सबै वस्तुहरू प्रदान गराउने उहाँको लक्ष्य घोषणा गर्नुभयो । ४० दिनसम्म उपवास बसेपछि, येशू सभा-गृहमा जानुभयो र पढ्नुभयो, “परमप्रभुको आत्मा ममाथि छ किनभने गरिबहरूलाई सुसमाचार सुनाउनका लागि उहाँले मलाई अभिषेक गर्नुभएको छ; उहाँले मलाई चूर्ण हृदय भएकाहरूलाई चङ्गाइ दिन, बन्दीहरूलाई उद्धारको घोषणामा प्रवचन दिन र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्रता प्रदान गर्न पठाउनुभएको छ ।”
गरिब, चूर्ण हृदय भएकाहरू, बन्दी, अन्धा, थिचोमिचोमा परेका—त्यो हामी हरेक हौँ ।
यशैयाको पुस्तकले आशाको, उद्धारको, निश्चितताको मसीहबाट आएको प्रतिज्ञालाई निरन्तरता दिन्छ: “सियोनमा विलाप गर्नेहरूलाई नियुक्त गर, …तिनीहरूलाई खरानीको सट्टा सुन्दरता, शोकको सट्टा प्रसन्नताको तेल, निराश मनको सट्टा प्रशंसाको पोशाक देऊ ।
यसरी हामी आवाज उठाउँछौँ, “म परमप्रभुमा धेरै आनन्दित हुन्छु, मेरो आत्माले मेरा परमेश्वरमा आनन्द मनाउने छ; किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, उहाँले मलाई धार्मिकताको बस्त्रले ढाक्नुभएको छ ।”
हरेक इस्टरको समयमा हामी येशू ख्रीष्टका माध्यमद्वारा: उहाँको प्रायश्चित्त; उहाँको (र प्रतिज्ञा गरिएको हाम्रो पनि) वास्तविक पुनरुत्थान; पादरित्वका साँचाहरू र अधिकार सहित परमेश्वरका सबै सन्ततिहरूलाई आशीर्वाद दिने पछिल्ला दिनका उहाँको चर्चको पुनर्स्थापना, अनन्तकालका महान् उपहारहरूलाई प्रतीकात्मक रूपमा मनाउँछौँ । हामी मुक्तिको पोशाकमा र धार्मिकताको वस्त्रमा रमाउँछौँ । हामी “परमेश्वर र थुमामा होसन्ना!“ चिच्याउँछौँ ।
“किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने जो कोही पनि नाश नहोस् तर अनन्त जीवन पाओस् ।”
हामी हरेकले येशू ख्रीष्टमा—शान्ति, उहाँ जस्तै हुने र आवद्ध हुने प्रायश्चित्त, पुनरुत्थान र पुनर्स्थापना—सदासर्वदा वास्तविक र हर्षपूर्ण रहने खुसी र अनन्तता प्राप्त गर्न सकौँ, म उहाँ येशू ख्रीष्टको, पवित्र नाममा, प्रार्थना गर्छु, आमीन ।