युवा
११. सत्यले तपाईंहरूलाई स्वतन्त्र बनाउने छ


प्राचीन समयमा एक युवकले सूचीपत्रबाट पढ्दै

Feast Upon the Word(वचनमा भोज गर्नुहोस्) लिज लेमन स्विन्डलद्वारा । हेभनलाइटको सौजन्य

११.

सत्यले तपाईंहरूलाई स्वतन्त्र बनाउने छ

यूहन्ना ८:३२

तपाईंहरूका स्वर्गका पिता सत्यका परमेश्वर हुनुहुन्छ । उहाँ सर्वज्ञ हुनुहुन्छ । सबै सत्य उहाँबाट आउँछन् र उहाँतर्फ अगुवाइ गर्छन् । तपाईंहरूले सिक्ने प्रयास गर्दा, इमानदारिताका साथ जिउँदा र आफूलाई सही महसुस भएका कार्यका लागि—एक्लै उभिनु परे तापनि साहसपूर्वक खडा हुँदा तपाईंहरूले सत्यलाई महत्त्व दिनुहुन्छ भनेर प्रदर्शन गर्नुहुन्छ ।

अनन्त सत्यहरू

स्वर्गका पिताले आफ्ना छोरीहरू र छोराहरू सदैव सिकिरहेको चाहनुहुन्छ । तपाईंहरूसँग सिक्न प्रयास गर्ने र प्रेम गर्ने भौतिक र आत्मिक दुबै कारणहरू छन् । शिक्षा भनेको पैसा कमाउने सम्बन्धमा मात्रै होइन । यो स्वर्गका पिता जस्तै बन्ने तपाईंहरूको अनन्त लक्ष्यको अंश हो ।

इमानदारीका साथ जिउनु भनेको तपाईंहरूले व्यक्तिगत आराम, लोकप्रियता वा सुविधालाई भन्दा बढी परमेश्वरको नजरमा सही कार्यलाई प्रेम गर्नुहुन्छ भन्ने हो । यसको अर्थ सही कार्य गर्नु हो किनभने यो सही छ ।

तपाईंहरूसँग बाँड्नका लागि केही बहुमूल्य वस्तु छ । येशू ख्रीष्टको सुसमाचारमा जीवनका प्रश्नहरूको उत्तर छ । यो शान्ति र खुसीको मार्ग हो । तपाईंहरूलाई सबै जानकारी नहुन सक्छ तर आफ्ना छिमेकीलाई प्रेम गर्न, उहाँहरूसँग सत्य सिद्धान्तहरू बाँड्न र उहाँहरूलाई थप सिक्नका लागि आमन्त्रण गर्न तपाईंहरूसँग पर्याप्त ज्ञान छ ।

आमन्त्रणहरू

सदैव सिकिरहनुहोस् । आफ्नो मस्तिष्क र आफ्नो सीप विस्तार गर्ने अवसरहरू खोज्नुहोस् । यी अवसरहरूमा विद्यालयमा औपचारिक शिक्षा वा व्यावसायिक तालीम, साथै तपाईंहरूले भरोसा गर्ने स्रोतहरूबाट अनौपचारिक शिक्षा समावेश हुन सक्छन् । आफ्ना प्रयासमा परमप्रभुलाई संलग्न गर्नुहोस् र उहाँले तपाईंहरूलाई मार्गदर्शन गर्नुहुने छ ।

आध्यात्मिक सत्यहरू सिक्नुहोस् । आफ्नो वरपरको संसारका सम्बन्धमा सिक्दै जाँदा, संसार सृष्टि गर्ने मुक्तिदाताका सम्बन्धमा पनि सिक्नुहोस् । उहाँको जीवन र शिक्षाहरूको अध्ययन गर्नुहोस् । सेमिनरी, इन्टिच्यूट र व्यक्तिगत सुसमाचार अध्ययनलाई आफ्नो जीवनभरको सिकाइको अंश बनाउनुहोस् । यसले तपाईंहरूलाई जीवनभर सुसमाचार प्रचार सेवा गर्न र सुसमाचार बाँड्नका लागि तयार पार्न सक्छ ।

इमानदारिताका साथ जिउनुहोस् । विद्यालयमा, कार्यमा, अनलाइनमा, जताततै चोरी नगर्नुहोस्, झूट बोल्नुहोस्, ठगी नगर्नुहोस् वा कुनै पनि तरिकाले धोका नदिनुहोस् । सार्वजनिक र निजी रूपमा येशू ख्रीष्टको समान आस्थावान् अनुयायी बन्नुहोस् ।

पुनरुत्थान हुनुभएका येशू ख्रीष्टका अगाडि घुँडा टेक्दै मानिसहरू

प्रतिज्ञा गरिएका आशीर्वादहरू

सुसमाचार प्रचारकका रूपमा सहित शिक्षाले परमप्रभुको सेवा गर्ने तपाईंहरूको क्षमता वृद्धि गर्छ । यसले अरूलाई, विशेष गरी तपाईंको परिवारलाई आशीर्वाद दिनका लागि तपाईंहरूलाई सक्षम बनाउँछ । तपाईंहरूले जति धेरै सिक्नुहुन्छ, त्यति नै तपाईंहरूले परमेश्वरको अधिराज्य निर्माण गर्न र संसारलाई असल कार्यका लागि प्रभाव पार्न सहयोग गर्न सक्नुहुन्छ ।

इमानदारिताले शान्ति र आत्मसम्मान ल्याउँछ । जब तपाईंहरूका वचन र कार्यहरू सत्यसँग समान्जस्य हुन्छन्, तपाईंहरू अरू मानिसहरू र परमप्रभुद्वारा भरोसायोग्य हुन सक्नुहुन्छ भनेर तपाईंहरूले प्रदर्शन गर्नुहुन्छ ।

जब तपाईंहरू येशू ख्रीष्टको शिक्षाका लागि खडा हुनुहुन्छ, उहाँ तपाईंहरूको साथमा उभिनुहुन्छ । येशू ख्रीष्ट तपाईंहरूको समार्थ्य हुनुहुन्छ ! अरूहरू तपाईंहरूको विश्वाससँग सहमत नहुन सक्छन् तर तपाईंहरूको साहस र इमानदारितालाई स्मरण गरिने छ । अरूले तपाईंहरूको उदाहरण अनुसरण गर्छन् वा गर्दैनन्, तपाईंहरूको गवाही, विश्वास र ख्रीष्टप्रतिको आस्था वृद्धि हुने छ ।

प्रश्न र उत्तरहरू

के चर्चका सम्बन्धमा प्रश्नहरू हुनु गलत हो ? मैले उत्तर कसरी पत्ता लगाउन सक्छु ? प्रश्नहरू हुनु कमजोरी वा आस्थाको कमीको सङ्केत होइन । वास्तवमा, प्रश्नहरू सोध्नाले आस्था निर्माणका लागि सहयोग गर्न सक्छ । १४ वर्षीय जोसेफ स्मिथले आस्थाका साथ प्रश्नहरू सोध्दा सुसमाचारको पुनर्स्थापना सुरु भयो । धर्मशास्त्रहरूमा, परमेश्वरका अगमवक्ताहरूको वचनहरूमा, तपाईंहरूका अगुवाहरू र आस्थावान् परिवारका सदस्यहरूबाट र परमेश्वर आफैँबाट जवाफ खोज्नुहोस् । यदि उत्तरहरू तत्कालै आएनन् भने भरोसा गर्नुहोस् कि तपाईंहरूले हरफमाथि हरफ सिक्नुहुने छ । तपाईंहरूले पहिले नै जानकारी पाएका विषयहरूद्वारा जिइरहनुहोस् र सत्यको खोजी गरिरहनुहोस् ।

फरक विश्वास भएकाहरूलाई अपमान नगरी म कसरी सही कार्यका लागि खडा हुन सक्छु ? तपाईंहरूका वचन र कार्यहरू परमेश्वर र उहाँका सन्ततिहरूप्रतिको प्रेमबाट प्रेरित छन् भनी सुनिश्चित गरेर सुरु गर्नुहोस् । सुसमाचार बाँड्नु विवादको भावनामा नभई तर स्पष्टता, नम्रता र कृपाका साथ गर्नु पर्छ । अरूको विचारसँग सहमत नभए पनि तपाईं उनीहरूसामु प्रेमपूर्वक प्रस्तुत हुन सक्नुहुन्छ । तपाईंहरूको जीवनशैलीबाट येशू ख्रीष्टका अनुयायीको असल उदाहरण बन्नुहोस् ।

मत्ती ५:१४-१६ हेर्नुहोस् (तपाईंहरूको ज्योति चम्कियोस्); यूहन्ना १४:६ (येशू सत्य हुनुहुन्छ); १ पत्रुस ३:१५ (ख्रीष्टमा आफ्नो आशा बाँड्न सदैव तयार रहनुहोस्); सिद्धान्त र करार ८८:७७-८० (परमप्रभुले हामीलाई सिकाउन चाहनुभएका विषयहरू); ८८:११८ (उत्तम पुस्तकहरूबाट ज्ञान खोज्नुहोस्); ९३:३६ (परमेश्वरको महिमा बुद्धि हो); १२४:१५ (इमान्दारिता भनेको सही कुरालाई प्रेम गर्नु हो); १३०:१८ (हामी पुनरुत्थान हुँदा हाम्रो बुद्धि हामीसँगै पुनरुत्थान हुने छ) ।

मन्दिर अनुमति-पत्रका लागि प्रश्नहरू

  • के तपाईंहरू आफूले गर्ने सबै कार्यमा इमानदार हुन सम्भव भएसम्म प्रयास गर्नुहुन्छ ?

  • के तपाईंहरू पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको सिकाइ विपरितका कुनै पनि शिक्षा, अभ्यास वा सिद्धान्तलाई समर्थन वा प्रोत्साहन गर्नुहुन्छ ?