युवा
प्रेरित छनोटहरू गर्नुहोस्


प्रेरित छनोटहरू गर्नुहोस्

युवाहरूको शक्तिका लागि, तपाईंहरूले येशू ख्रीष्ट र उहाँका अगमवक्ताहरूको शिक्षा भेट्टाउनुहुने छ । यी सत्यहरूलाई तपाईंहरूको मार्गदर्शकका रूपमा लिएर तपाईंहरूले प्रेरित छनोटहरू गर्न सक्नुहुन्छ जसले तपाईंहरूलाई अहिले र अनन्तसम्म आशीर्वाद दिने छन् ।

तपाईंहरू परमेश्वरको प्रिय आत्मिक सन्तति हुनुहुन्छ । उहाँको खुसीको महान् योजनाले तपाईंहरूलाई आत्मिक रूपमा उन्नति गर्न र तपाईंहरूको दैवी क्षमता विकास गर्न सम्भव बनाउँछ । उहाँले येशू ख्रीष्टलाई तपाईंहरूका मुक्तिदाता हुनका लागि पठाउनुभयो ।

स्वर्गमा रहनुहुने तपाईंहरूका पिताले तपाईंहरूलाई भरोसा गर्नुहुन्छ । उहाँले तपाईंहरूलाई सुसमाचारको पूर्णता अनि पवित्र विधि र करारहरूसहित महान् आशीर्वादहरू दिनुभएको छ जसले तपाईंहरूलाई उहाँमा बाँध्छन् र उहाँको शक्तिलाई तपाईंहरूको जीवनमा ल्याउँछन् । यी करारहरूसँगै थप प्रसन्नता र जिम्मेवारी आउँछ । तपाईंहरूले संसारमा परिवर्तन ल्याउन सक्नुहुन्छ र अधिकांश अवस्थामा त्यसका लागि संसारभन्दा भिन्न हुनु आवश्यक हुन्छ भनेर उहाँलाई जानकारी छ । तपाईंहरूले छनोटहरू गर्नुहुँदा आफ्ना स्वर्गका पिताको मार्गदर्शन खोज्नुहोस् । पवित्र आत्माद्वारा प्रेरणादायी विचारद्वारा उहाँले तपाईंहरूलाई आशीर्वाद दिनुहुने छ ।

येशू ख्रीष्ट अनन्त प्रसन्नताको मार्ग हुनुहुन्छ । जब तपाईंहरू येशू ख्रीष्टलाई अनुसरण गर्ने छनोट गर्न आफ्नो स्वतन्त्रता प्रयोग गर्नुहुन्छ, तपाईंहरू अनन्त खुसीतर्फ अगुवाइ गर्ने मार्गमा हुनुहुन्छ । येशू ख्रीष्टलाई आफ्नो स्तर, आफ्नो चट्टानयुक्त आधार बनाउनुहोस् । उहाँका शिक्षाहरूमा आफ्नो जीवन निर्माण गर्नुहोस् र तिनीहरूद्वारा आफ्ना छनोटहरू मापन गर्नुहोस् । बप्तिस्माको समयमा, प्रभुभोजको समयमा र मन्दिरमा तपाईंहरूले गर्ने करारहरू ख्रीष्टमा तपाईंहरूको दृढ आधार निर्माण गर्ने भवन निर्माणका ढुङ्गाहरू हुन् । तपाईंहरूले अझै पनि सङ्घर्ष र प्रलोभनहरूको सामना गर्नुहुने छ तर स्वर्गका पिता र मुक्तिदाताले ती सबैद्वारा तपाईंहरूलाई सहयोग गर्नुहुने छ ।

युवाहरूको शक्तिका लागिको उद्देश्य तपाईंहरूले सामना गर्न सक्ने हरेक सम्भावित छनोटका सम्बन्धमा तपाईंहरूलाई “हो” वा “होइन” भनिदिनु होइन । बरु, परमप्रभुले तपाईंहरूलाई—अनन्त सत्य र परमप्रभुको प्रतिज्ञा गरिएका आशीर्वादहरूमा केन्द्रित उच्च र पवित्र तरिकाले जीवन जिउन आमन्त्रण गरिरहनुभएको छ । यो उहाँको मार्ग हो । यो मार्गदर्शनले तपाईंहरूलाई उहाँको मार्गका सम्बन्धमा सिकाउने छ । यसले उहाँले प्रकट गर्नुभएको सत्यको वर्णन गर्छ । यी सत्यहरूलाई—ठूला छनोटहरू, जस्तै मन्दिरमा करार गर्ने र सुसमाचार प्रचार सेवा गर्ने, साथै दैनिक छनोटहरू, जस्तै मानिसहरूसँग कसरी व्यवहार गर्ने वा आफ्नो समय कसरी बिताउने जस्ता छनोट गर्नका लागि आफ्नो मार्गदर्शन बनाउनुहोस् ।

अरूले तपाईंहरूलाई सहयोग गर्न सक्छन्, तर तपाईंहरूको आध्यात्मिक वृद्धि व्यक्तिगत हो । यो तपाईंहरूको जिम्मेवारी हो । प्रत्येक दिन सुधार गर्न, परमेश्वरका आज्ञाहरू पालना गर्न र आफ्ना करारहरूको सम्मान गर्न अनि अरूलाई मुक्तिदाताको नजिक आउनका लागि सहयोग गर्न आफ्नो सर्वोत्तम प्रयास गर्नुहोस् ।

मोसीयाह ४:२९-३० हेर्नुहोस् (पाप गर्ने तरिकाहरू अनगिन्ती छन्, त्यसैले हामीले आफैँलाई निगराहनी गर्नु पर्छ); हेलामान ५:१२ (ख्रीष्टमा आफ्नो आधार निर्माण गर्नुहोस्); सिद्धान्त र करार ४५:५७ (पवित्र आत्मालाई आफ्नो मार्गदर्शकका रूपमा लिनुहोस्); २५:१३ (आफ्ना करारहरूमा समाहित हुनुहोस्) ।

यो मार्गदर्शनलाई कसरी व्यवस्थित गरिएको छ

प्रत्येक विषयमा तीन अंशहरू छन्:

  1. अनन्त सत्यहरू वा येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचारको सिद्धान्त

  2. ती सत्यहरूमा कार्य गर्नका लागि आमन्त्रणहरू

  3. उहाँका शिक्षाहरूअनुसार जिउनेहरूलाई परमप्रभुले प्रदान गर्ने प्रतिज्ञा गरिएका आशीर्वादहरू