Family Looking Towards the Light (प्रकाशतर्फ हेर्दै परिवार), लेवाटा रेयस काइरोद्वारा । हेभनलाइटको सौजन्य
१०.
तपाईंहरूको शरीर पवित्र छ
१ कोरिन्थी ६:१८-२०
तपाईंहरूको शरीर तपाईंहरूका स्वर्गका पिताबाट प्राप्त एक अद्भुत उपहार हो । शरीर हुनाले तपाईंहरूलाई सही र गलत बीच छनोट गर्ने स्वतन्त्रता प्रयोग गर्न उन्नत शक्ति प्रदान गर्छ । येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचारले तपाईंहरूलाई आफ्नो शरीरलाई परमेश्वरको दृष्टिकोणबाट हेर्नका लागि सहयोग गर्न सक्छ । अनि यसले तपाईंहरूको शरीरलाई के गर्ने र यसको हेरचाह कसरी गर्ने भन्ने सम्बन्धमा तपाईंहरूका छनोटहरूमा ठूलो भिन्नता ल्याउँछ ।
अनन्त सत्यहरू
तपाईंहरूको शरीर परमेश्वरको स्वरूपमा छ—ब्रह्माण्डमा सबैभन्दा महिमित प्रभावशाली प्राणी । धर्मशास्त्रहरूले हाम्रो शरीरलाई पवित्र मन्दिरसँग तुलना गर्छन्, एक स्थान जहाँ आत्माले बास गर्न सक्छ । अवश्य पनि तपाईंहरूको शरीर अहिले पूर्ण छैन । परन्तु तपाईंहरूले आफ्नो शरीर हुँदाको अवस्थामा महसुस गर्नुभएका अनुभवहरूले तपाईंहरूलाई एक दिन पूर्ण, पुनरुत्थान भएको, महिमित शरीर प्राप्त गर्नका लागि तयार हुन सहयोग गर्न सक्छ ।
तपाईंहरूको प्राण तपाईंहरूको शरीर र तपाईंहरूको आत्मा मिलेर बनेको छ । यस कारण शारीरिक स्वास्थ्य र आध्यात्मिक स्वास्थ्यको अन्तरसम्बन्ध छ । मुक्तिदाताले तपाईंहरूको शरीरको हेरचाह गर्ने सिद्धान्तहरू सिकाउन अनि शारीरिक र आत्मिक आशीर्वादहरूको प्रतिज्ञा गर्न ज्ञानका वचन प्रकट गर्नुभयो ।
खुसी विवाह र अनन्त परिवारहरू सिर्जना गर्ने यौन भावनाहरू परमेश्वरको योजनाका एक महत्त्वपूर्ण अंश हुन् । यी भावनाहरू पापपूर्ण छैनन्—तिनीहरू पवित्र छन् । यौन भावनाहरू यति पवित्र र शक्तिशाली भएकाले परमेश्वरले तपाईंहरूलाई यी भावनाहरूलाई उहाँको चाहनाअनुसार प्रयोग गर्नका लागि तयार पार्न पवित्रताको आफ्नो नियम दिनुभएको छ । परमेश्वरले विवाहित पुरुष र महिला बीच मात्र यौन क्रियाकिलापलाई अनुमोदन गर्नुहुन्छ भनेर पवित्रताको नियमले बताउँछ । धेरै मानिसहरूले परमेश्वरको नियमलाई बेवास्ता गर्छन् वा खिल्ली उडाउँछन् तर परमप्रभुले हामीलाई उहाँका शिष्य बन्न र उच्च मापदण्डमा जिउन आमन्त्रण गर्नुहुन्छ ।
आमन्त्रणहरू
आफ्नो शरीर—र अरूको शरीर—लाई सम्मानपूर्वक व्यवहार गर्नुहोस् । तपाईंहरूले आफ्नो लुगा, कपालको शैली र स्वरूपका सम्बन्धमा निर्णय लिँदा आफूलाई सोध्नुहोस्, “के मैले मेरो शरीरलाई परमेश्वरको पवित्र उपहारका रूपमा सम्मान गर्दै छु ?” स्वर्गका पिताले केवल भौतिक शरीरहरूका रूपमा मात्रै नभई दैवी गन्तव्य भएका उहाँका प्रिय सन्तानहरूका रूपमा पनि हामीले वास्तवमा नै हामी को हौँ: भनेर एकअर्कालाई अवलोकन गर्न सक्षम बनौँ भन्ने चाहनुहुन्छ । अनन्त भविष्य भएका परमेश्वरका सन्ततिका रूपमा तपाईंहरू को हुनुहुन्छ भन्ने विषयको सट्टा अनुपयुक्त रूपमा तपाईंहरूको भौतिक शरीरमा जोड दिने वा ध्यान दिने शैलीहरू परित्याग गर्नुहोस् । नैतिक स्वच्छता र परमेश्वरप्रतिको प्रेमले तपाईंहरूका छनोटहरूलाई मार्गदर्शन गर्न दिनुहोस् । आफ्नो परिवारबाट सल्लाह लिनुहोस् ।
त्यसलाई हानि पुर्याउने वा क्षति पुर्याउने कार्यहरू नगरी त्यस्ता कार्यहरू गर्नुहोस् जसले तपाईंहरूको शरीरलाई मजबुत बनाउने छ । परमेश्वरले प्रदान गर्नुभएका धेरै असल वस्तुहरूको कृतज्ञताका साथ आनन्द लिनुहोस् । स्मरण रहोस् कि रक्सी, सुर्ती, कफी, चिया र अन्य हानिकारक वस्तु र पदार्थहरू तपाईंहरूको शरीर वा तपाईंहरूको आत्माका लागि होइनन् । डाक्टरदारा स्वीकृत औषधि जस्ता उपयोगी पदार्थहरू पनि सही तरिकाले प्रयोग नगरिएमा विनाशकारी हुन सक्छन् ।
यौन र यौन भावनाहरूलाई पवित्र राख्नुहोस् । तिनीहरूलाई उपहास वा मनोरञ्जनका विषय बनाउनु हुँदैन । पुरुष र महिला बीचको विवाह बाहेक, अर्को व्यक्तिको शरीरको निजी, पवित्र अङ्गहरू छुनु गलत हो, चाहे त्यो लुगामाथि नै किन नहोस् । तपाईंहरूले के गर्नुहुन्छ, के पढ्नुहुन्छ, के सुन्नुहुन्छ, के सोच्नुहुन्छ, के पोस्ट गर्नुहुन्छ वा के सन्देस पठाउनुहुन्छ भन्ने सम्बन्धमा आफ्ना छनोटहरूमा अरूमा वा आफूमा जानाजानी कामुक भावना जगाउने कुनै पनि कार्य परित्याग गर्नुहोस् । यसले कुनै पनि रूपमा अश्लील साहित्य समावेश गर्छ । यदि तपाईंले परिस्थिति वा क्रियाकलापहरूले प्रलोभनहरूलाई मजबुत बनाउँछ भन्ने महसुस गर्नुभयो भने त्यसलाई परित्याग गर्नुहोस् । यी परिस्थिति र क्रियाकिलापहरू के हुन् भनेर तपाईंहरूलाई जानकारी छ । अनि यदि तपाईंहरू निश्चित हुनुहुन्न भने यसलाई बुझ्नका लागि आत्मा, तपाईंहरूको परिवार र तपाईंहरूका अगुवाहरूले तपाईंहरूलाई सहयोग गर्न सक्नुहुन्छ । तपाईंहरू जीवन सिर्जना गर्ने पवित्र शक्तिलाई सम्मान र आदर गर्नुहुन्छ भनेर स्वर्गमा रहनुहुने तपाईंहरूका पितालाई देखाउनुहोस् ।
प्रतिज्ञा गरिएका आशीर्वादहरू
तपाईंहरूले आफ्नो व्यवहार, स्वरूप र पहिरनद्वारा आफ्नो शरीरलाई सम्मान गर्दा आफू र अरूका लागि तपाईंहरूको सम्मान वृद्धि हुने छ ।
ज्ञानका वचन पालना गर्नेहरूलाई परमप्रभुले ज्ञानको ठूलो खजानाको प्रतिज्ञा गर्नुभएको छ । लतबाट मुक्त स्वस्थ शरीरले व्यक्तिगत प्रकाश प्राप्त गर्ने, स्पष्ट रूपमा सोच्ने र परमप्रभुको सेवा गर्ने तपाईंहरूको क्षमतालाई पनि वृद्धि गर्छ ।
पवित्रताको नियम पालना गर्नाले परमेश्वरको अनुमोदन र व्यक्तिगत आत्मिक शक्ति प्राप्त हुन्छ । यसले तपाईंहरू र तपाईंहरूका भावी परिवारको सुरक्षा गर्छ । जब तपाईंहरू विवाहित हुनुहुन्छ, यो नियमले तपाईंहरूको विवाहमा अझै बढी प्रेम, विश्वास र एकता ल्याउने छ । यो नियम पालना गर्नाले तपाईंहरूलाई अनन्त रूपमा प्रगति गर्न र तपाईंहरूका स्वर्गका पिता जस्तै बन्न सम्भव हुने छ । येशू ख्रीष्टका शिष्यका रूपमा जीवन बिताउँदा तपाईंहरूको आत्मविश्वास वृद्धि हुने छ ।
प्रश्न र उत्तरहरू
पहिरन, आफ्नो हेरचाह, ट्याटू र छेड्ने सम्बन्धमा परमप्रभुको मापदण्ड के हो ? परमप्रभुको मापदण्ड भनेको तपाईंहरूले आफ्नो शरीरको पवित्रताको सम्मान गर्नु हो, चाहे यसको अर्थ अरू मानिसहरूभन्दा भिन्न हुनु नै किन नहोस् । निर्णयहरू—विशेष गरी तपाईंहरूको शरीरमा स्थायी प्रभाव पार्ने निर्णयहरू गर्दा यो सत्य र आत्मालाई तपाईंहरूको मार्गदर्शक बनाउनुहोस् । बुद्धिमानी र आस्थावान् बन्नुहोस् र आफ्ना परिवार र अगुवाहरूबाट सल्लाह लिनुहोस् ।
म कसरी प्रलोभनहरू र खराब बानीहरूमाथि विजयी हुन सक्छु ? स्वर्गका पिता र येशू ख्रीष्टसँग तपाईंहरूलाई सहयोग गर्ने शक्ति छ । आफ्नो जीवनलाई ती विषयहरू जस्तै प्रार्थना, धर्मशास्त्र अध्ययन र अरूका लागि सेवाले भरिपूर्ण पार्नुहोस् जसले तपाईंको जीवनमा उहाँहरूको शक्तिलाई आमन्त्रण गर्छ । येशू ख्रीष्ट र उहाँको सुसमाचारतर्फ फर्कनुहोस् र तपाईंहरूले कमजोरीहरू शक्ति बन्न सक्छन् भनेर भेट्टाउनुहुने छ । आवश्यकताअनुसार परिवार, अगुवाहरू र विश्वसनीय पेशेवर सल्लाहकारहरूबाट सहयोग लिनुहोस् । उहाँहरूले तपाईंहरूलाई आफ्नो जीवनको नियन्त्रण पुनः प्राप्त गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ । यसले समय लिन सक्छ, त्यसैले धीरता राख्नुहोस् र कहिल्यै नछोड्नुहोस् ।
म मेरो समान लिङ्गका मानिसहरूप्रति आकर्षित हुन्छु । यी मापदण्डहरू ममा कसरी लागू हुन्छन् ? समलिङ्गी आकर्षण महसुस गर्नु पाप होइन । यदि तपाईंहरूसँग यी भावनाहरू छन् र तिनीहरूलाई अनुसरण गर्नुहुन्न वा कार्य गर्नुहुन्न भने तपाईंहरू स्वर्गका पिताको पवित्रताको पवित्र नियममा जिइरहनुभएको छ । तपाईंहरू परमेश्वरका प्रिय सन्तति र येशू ख्रीष्टका शिष्य हुनुहुन्छ । स्मरण रहोस्, मुक्तिदाताले तपाईंहरूले अनुभव गर्नुभएका सबै विषयवस्तुहरू बुझ्नुहुन्छ । उहाँसँगका तपाईंहरूका करारका सम्बन्धका माध्यमबाट, तपाईंहरूले परमेश्वरका आज्ञाहरू पालना गर्न र उहाँले प्रतिज्ञा गर्नुभएका आशीर्वादहरू प्राप्त गर्न समार्थ्य भेट्टाउनुहुने छ । उहाँ र उहाँको सुसमाचारमा भरोसा गर्नुहोस् ।
म दुर्व्यवहारमा परेँ र म लज्जित महसुस गर्छु । के म पापको दोषी छु ? छैन । कुनै पनि दुर्व्यवहार वा आक्रमणको शिकार हुनुले तपाईंहरूलाई पापको दोषी बनाउँदैन । मुक्तिदाताले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ । उहाँ तपाईंहरूको समार्थ्य हुनुहुन्छ । उहाँले तपाईंहरूलाई सहयोग गर्न, चङ्गाइ र शान्ति दिन चाहनुहुन्छ । विश्वसनीय पेशेवर सल्लाहकारहरू, तपाईंहरूका परिवारका सदस्यहरू र तपाईंहरूका अगुवाहरूले पनि सहयोग गर्न सक्नुहुन्छ ।
उत्पत्ति १:२७ हेर्नुहोस् (हामी परमेश्वरको स्वरूपमा छौँ); यूहन्ना १४:१८ (मुक्तिदाताले सान्त्वनाको प्रतिज्ञा गर्नुहुन्छ); फिलिप्पी ४:७ (परमेश्वरको शान्ति समझभन्दा बाहिर छ); मोसीयाह २:४१ (परमेश्वरका आज्ञाहरू पालना गर्नेहरू भौतिक र आत्मिक रूपमा आशीषित हुन्छन्); सिद्धान्त र करार ८८:१५ (आत्मा र शरीर प्राण हुन्); ८९ (ज्ञानका वचन); १२१:४५ (सद्गुणी विचारहरूले आत्मविश्वास बढाउँछन्) ।
मन्दिर अनुमति-पत्रका लागि प्रश्नहरू
-
सबै चीजहरू उहाँ समक्ष “स्वच्छतामा” गर्नुपर्ने छ भनेर परमप्रभुले भन्नुभएको छ (सिद्धान्त र करार ४२:४१) । के तपाईंहरू आफ्नो विचार र व्यवहारमा नैतिक स्वच्छताका लागि सम्भव भएसम्म प्रयास गर्नुहुन्छ ?
-
के तपाईंहरू पवित्रताको नियम पालना गर्नुहुन्छ ?
-
के तपाईंहरूले ज्ञानका वचन बुझ्नुहुन्छ र पालना गर्नुहुन्छ ?