अङ्ग्रेजी सिक्ने
परिशिष्ट ख: EnglishConnect १ र २ का समूहहरूमा नियुक्तिका लागि मौखिक प्रवीणताका अन्तर्वार्ता


“परिशिष्ट ख: EnglishConnect १ र २ का समूहहरूमा नियुक्तिका लागि मौखिक प्रवीणता अन्तर्वार्ता,” शिक्षकहरूका लागि EnglishConnect (२०२३)

“परिशिष्ट ख,” शिक्षकहरूका लागि EnglishConnect

परिशिष्ट ख

EnglishConnect का समूहहरूमा नियुक्तिका लागि मौखिक प्रवीणता अन्तर्वार्ता

मौखिक अन्तर्वार्ता लिनेहरूका लागि

यो परीक्षणका लागि छोटो अन्तर्वार्ता हो जसका लागि पाँच मिनेट भन्दा बढी समय लाग्दैन । यो मौखिक अन्तर्वार्ताले सिकारूलाई EnglishConnect १ वा EnglishConnect २ मा राख्नु पर्छ भनेर निर्धारण गर्न सहयोग गर्ने छ । अन्तर्वार्ता सञ्चालन गर्न र अन्तर्वार्ता लिनेहरूको प्रतिक्रियालाई मूल्याङ्कन गर्न यो कार्यपत्र प्रयोग गर्नुहोस् ।

छाप्न सकिने “मौखिक प्रवीणताका अन्तर्वार्ता

मौखिक अन्तर्वार्ताको परिणामको व्याख्या

प्रत्येक प्रतिक्रिया निम्न मापनमा मूल्याङ्कन गरिनु पर्छ:

  • 0 = कुनै पनि प्रश्नको जवाफ दिन सक्दैनन्

  • १ = जवाफ दिन कम वा कुनै क्षमता छैन; एकल शब्दहरूले मात्रै जवाफ दिन्छन्

  • २ = स्मरण गरिएका वाक्यांशहरू र धेरै त्रुटिहरूको साथ प्रतिक्रिया दिन सक्छन्

  • ३ = त्रुटिहरू हुन सक्ने भए तापनि स्मरण-नगरिएका वाक्यांशहरूसँग सम्बन्धित प्रतिक्रिया दिन्छन्

  • ४ = केही त्रुटिहरू सहित सम्बन्धित प्रतिक्रिया दिन्छन्

  • कुल अङ्क: ०–७ = EnglishConnect १

  • कुल अङ्क: ८–११ = EnglishConnect २

  • कुल अङ्क: १२+ = EnglishConnect २ र EnglishConnect ३ मा आवेदन दिन आमन्त्रण गर्नुहोस्

यदि सिकारूहरूले प्रायः १ प्राप्त गर्छन् भने, तिनीहरूलाई EnglishConnect १ मा राखिनु पर्छ । यदि सिकारूहरूले प्रायः २ वा ३ प्राप्त गर्छन् भने, तिनीहरूलाई EnglishConnect २ मा राखिनु पर्छ । यदि सिकारूहरूले प्रायश: ३ वा ४ प्राप्त गरे भने, तिनीहरूले चाहना गरेमा EnglishConnect २ मा उपस्थित हुन सक्छन् तर EnglishConnect ३ मा आवेदन दिन आमन्त्रण गरिन पनि सक्छन् (englishconnect.org/join हेर्नुहोस्) ।

मौखिक अन्तर्वार्ता

एक सहज वातावरण स्थापना गरेर सम्भव भएसम्म अन्तर्वार्ता लिनेलाई सहज महसुस गर्न सहयोग गर्नुहोस् । अन्तर्वार्ता दिनेलाई अभिवादन गर्नुहोस् र सरल रूपमा आफूस्वयम् लाई परिचित गराउनुहोस् । उदाहरणका लागि: “Hi. My name is . What’s your name?”

निम्न तालिकामा सूचीवद्ध गरिएका प्रश्नहरू उनलाई सोध्नुहोस् ।

प्रश्न

अङ्क (०–४)

प्रश्न

१. Tell me about yourself. What do you like to do?

(यदि सिकारूले यो बुझ्दैनन् भने, तपाईंले सोध्न सक्नुहुन्छ, “What are your hobbies?”)

प्रश्न

२. Tell me about your family. Who is in your family?

प्रश्न

३. Where are you from? Tell me about your city.

प्रश्न

४. What did you do last weekend?

(भूत कालमा बोल्न धेरै कठीन छ, त्यसैले यदि सिकारूले अन्य सबै प्रश्नहरूमा राम्रो गरे भने मात्रै यो प्रश्न सोध्नुहोस् ।)

प्रश्न

कूल अङ्क