“म कसरी मेरो शिक्षणमा सुधार गर्न सक्छु?” शिक्षकहरूका लागि EnglishConnect (२०२३)
“म कसरी मेरो शिक्षणमा सुधार गर्न सक्छु?” शिक्षकहरूका लागि EnglishConnect
म कसरी मेरो शिक्षणमा सुधार गर्न सक्छु?
जसरी समयसँगै सिकारूहरूले सुधार गर्ने छन्, तपाईंले पनि आत्मविश्वासमा वृद्धि गर्नुहुने छ र समयसँगै सुधार गर्नुहुने छ । तपाईंले सेवा गर्दा र तपाईंको समूहका सिकारूहरूलाई सहयोग गर्दा परमप्रभुले तपाईंलाई समर्थन गर्नुहुने छ । उहाँले तपाईंलाई “हरफमाथि हरफ, शिक्षामाथि शिक्षा” सिकाउनुहुने छ (२नफी २८:३०) । आत्माको अन्वेषण गर्दा र सुधार गर्न कार्य गर्दा स्वर्गका पिताले तपाईंलाई सहयोग गर्नुहुने छ भनेर विश्वास गर्नुहोस् ।
भाषा सिकाउने रणनीतिहरू
तल अङ्ग्रेजी सिकाउने केही रणनीतिहरू छन् । व्याकरण निर्देशन, शब्दावली अभ्यास वा उच्चारण अभ्यासमा केन्द्रित हुने भाषाका कक्षाहरू भन्दा भिन्न रूपमा EnglishConnect वार्तालाप समूहहरू सिकारूहरूलाई अर्थपूर्ण तरिकामा भाषा प्रयोग गर्नका लागि सहयोग गर्नमा केन्द्रित हुन्छन् । तपाईंले यी रणनीतिहरू लागू गर्दा, सिकारूहरूलाई अझै राम्ररी सहयोग गर्न तपाईं सक्षम हुनुहुने छ ।
अङ्ग्रेजी बोल्नुहोस्
अङ्ग्रेजी बोल्नाले सिकारूहरूलाई प्रगति गर्न सहयोग गर्छ र यो भाषाहरूको उपहार खोज्ने एउटा महत्त्वपूर्ण तरिका हो । सम्भव भए सम्म अङ्ग्रेजी मात्रै बोल्न प्रयास गर्नुहोस् र सिकारूहरूलाई त्यसै गर्न आमन्त्रण गर्नुहोस् । सरल शब्दावली र छोटो वाक्यहरू प्रयोग गर्नुहोस् । बिस्तारै बोल्नुहोस् र आवश्यकताअनुसार शब्दहरू र वाक्यांशहरू दोहोर्याउनुहोस् । तपाईंले प्रश्न सोधेपछि, सिकारूहरूलाई सोच्न र जवाफ दिन प्रशस्त समय दिनुहोस् । हाल सिकारूहरूले अभ्यास गरिरहेका शब्दहरू र ढाँचाहरू प्रयोग गर्नुहोस् । तपाईंले क्रियाकिलापहरूको नेतृत्व गर्दा, तपाईंले सिकारूहरूलाई EnglishConnect को सिकारू पुस्तिकाहरूमा उपलब्ध भएका अनुवाद गरिएका निर्देशनहरूमा सन्दर्भ गर्न सक्नुहुन्छ ।
क्रियाकलापहरू प्रदर्शन गर्नुहोस्
सिकारूहरूलाई के गर्ने भनेर देखाउनु प्रायश: तिनीहरूलाई के गर्ने भनेर बताउनु भन्दा बढी उपयोगी हुन्छ । सिकारूहरूले अभ्यास गर्दा तिनीहरूले के गर्ने छन् भन्नका लागि प्रत्येक क्रियाकिलापको सुरूमा वार्तालापको उदाहरण प्रयोग गर्नुहोस् । वार्तालापमा तपाईंले दुबै भूमिका निर्वाह गर्न सक्नुहुन्छ वा प्रदर्शन गर्नका लागि तपाईंलाई सहयोग गर्न तपाईंले सिकारूहरूलाई आग्रह गर्न सक्नुहुन्छ ।
वार्तालाप गर्न प्रोत्साहन गर्नुहोस्
भाषा प्रयोग गर्ने अभ्यास गर्दा सिकारूहरूले आत्मविश्वास प्राप्त गर्ने छन् र अझै छिटो सिक्ने छन् । हरेक गल्ती सच्याउने सम्बन्धमा चिन्ता नगर्नुहोस्; केवल सिकारूहरूलाई वार्तालापमा संलग्न हुन सहयोग गर्नुहोस् । आफ्नो समय व्यवस्थापन गर्नुहोस् ताकि समूहको अधिकांश समय सहकार्य वार्तालापहरूमा बिताउन सकियोस् ।
दोहोर्याउनमा सहयोग गर्नुहोस्
दोहोर्याइने अभ्यासले आत्मविश्वास र प्रवाहमा वृद्धि गर्छ । सिकारूहरूलाई सहपाठीहरू परिवर्तन गर्न र पुन: अभ्यास गर्न प्रोत्साहन गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नाले नयाँ विषयहरू सुन्न र भन्नका लागि सिकारूहरूलाई थप अवसरहरू मिल्छन् । जब सिकारूहरूले आफूले प्राप्त गरेका जानकारीहरू विभिन्न व्यक्तिहरूसँग प्रयोग गर्छन्, यसले तिनीहरूलाई आफूले सिकेका विषयलाई मजबुत बनाउन सहयोग गर्छ । यसले तिनीहरूको आत्मविश्वास र साहचर्य पनि वृद्धि गर्छ ।
सिकारूहरूलाई सशक्तीकरण गर्नुहोस्
सिकारूहरूले तपाईंको प्रेम र प्रोत्साहन महसुस गर्नु आवश्यक छ । अङ्ग्रेजी बोल्ने हरेक प्रयासमा खुसी मनाएर सिकारूहरूलाई त्रास हटाउन सहयोग गर्नुहोस् । प्रत्येक समूहलाई अवलोकन गर्नुहोस् र सहभागी हुनुहोस् र सिकारूहरूले एकअर्कासँग अभ्यास गरिरहेको समयमा सुन्नुहोस् । बारम्बार तिनीहरूको प्रशंसा गर्नुहोस् । तिनीहरूसँग अभ्यास गर्नुहोस् र तिनीहरूलाई सफलताको अनुभव गर्न सहयोग गर्नुहोस् । तिनीहरूले सिकेका र सुधार गरेका सबै तरिकाहरू औँल्याउनुहोस् । जब तपाईंले सिकारूहरूलाई प्रेम गर्नुहुन्छ र प्रोत्साहन गर्नुहुन्छ, तपाईंले आस्था, साहचर्य र प्रगतिको वातावरण सिर्जना गर्नुहुन्छ ।
ख्रीष्ट जस्तो शिक्षकका रूपमा सुधार गर्ने
EnglishConnect शिक्षकका रूपमा, तपाईंसँग अरूहरूलाई सेवा गर्ने विशिष्ट अवसर छ । ख्रीष्टका जस्ता शिक्षाका सिद्धान्तहरू तपाईंमा लागू हुन्छ । तपाईंले मुक्तिदाताको तरिकामा सिकाउने (२०२२) स्रोतबाट सिद्धान्तहरू सिक्न र लागू गर्न सक्नुहुन्छ । तपाईंका पादरित्व अगुवाको निर्देशनमा, तपाईंले शिक्षक परिषद्को वैठकहरूमा सहभागी हुन सक्नुहुन्छ । आवधिक रूपमा आफूले कसरी गरिरहेको छु भनेर तपाईंले मूल्याङ्कन गर्न सक्नुहुन्छ र “ख्रीष्ट जस्तै शिक्षकका रूपमा सुधार गर्ने—व्यक्तिगत मूल्याङ्कन” (मुक्तिदाताको तरिकामा सिकाउने, ३७) लाई प्रयोग गरेर सुधार गर्न सक्ने क्षेत्रहरूको पहिचान गर्न सक्नुहुन्छ) । तपाईंले के राम्रो गरिरहनुभएको छ भनेर पहिचान गर्नुहोस् । तपाईंले सुधार गर्न चाहनुभएका क्षेत्रहरू पहिचान गर्नुहोस् र तपाईंले सिकेका विषयहरू लागू गर्न विशेष योजनाहरू बनाउनुहोस् ।
स्मरण रहोस्, तपाईंले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण विषय भनेको सिकारूहरूलाई प्रेम गर्नु हो र तपाईंले आस्था, साहचर्य र प्रगतिलाई प्रोत्साहन दिँदा आत्माद्वारा मार्गनिर्देशित हुन खोज्नु हो ।