“शिक्षकको भूमिका के हो?,” शिक्षकका लागि EnglishConnect (२०२३)
“शिक्षकको भूमिका के हो?,” शिक्षकका लागि EnglishConnect
शिक्षकको भूमिका के हो?
EnglishConnect शिक्षकका रूपमा तपाईंहरूको भूमिका सिकारूहरूलाई आस्था, साहचर्य र प्रगतिको वातावरणमा अङ्ग्रेजी वार्तालाप सीपको विकास गर्न सहयोग गर्नु हो । आत्मा नै सत्य शिक्षक हो । तपाईंले सिकारूहरूलाई आत्माको अनुभूति गर्न, आफू सम्बन्धित भएको महसुस गर्न र स्वर्गका पिताको सहयोगले तिनीहरूले अङ्ग्रेजी सिक्न सक्छन् भन्ने विश्वस्त महसुस गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ । तपाईंले निम्न विषयहरूमा ध्यान केन्द्रित गर्दा सिकारूहरूलाई सहयोग गर्नुहुने छ:
आस्थालाई प्रोत्साहन गर्नुहोस्
अङ्ग्रेजी सिक्नका लागि परमप्रभुको सहयोग अन्वेषण र पहिचान गर्न सिकारूहरूलाई प्रोत्साहन गर्नुहोस् । तिनीहरूलाई “अध्ययनद्वारा र आस्थाद्वारा पनि” सिक्ने सिद्धान्तहरू लागू गर्न प्रोत्साहन गर्नुहोस् (सिद्धान्त र करार ८८:११८) । सिकारूहरूलाई तिनीहरूको जीवनमा परमप्रभुको प्रेम, शक्ति र करुणा पहिचान गर्न सहयोग गर्नुहोस् । तिनीहरूलाई आस्था निर्माण गर्ने अनुभवहरू बाँढ्न लगाउन आमन्त्रण गर्नुहोस् । परमप्रभुको सहयोग प्राप्त गर्ने सम्बन्धमा आफ्ना अनुभवहरू बाँढ्नुहोस् । (मुक्तिदाताको तरिकामा सिकाउने [२०२२] बाट “सिकारूहरूलाई येशू ख्रीष्टमा आउन सहयोग गर्नुहोस्” खण्ड हेर्नुहोस् ।)
साहचर्य बढाउन प्रोत्साहन गर्नुहोस्
सिकारूहरूलाई एकअर्कालाई प्रेम र सहयोग गर्न मद्दत गरेर आत्मालाई आमन्त्रण गर्नुहोस् । तिनीहरूलाई परमेश्वरको प्रेम महसुस गर्न सहयोग गर्नुहोस् । एक स्वागत् योग्य वातावरण सिर्जना गर्नुहोस् जहाँ सबै सिकारूहरूले आफू सम्बन्धित भएको महसुस गर्छन् । सिकारूहरूलाई चिन्नुहोस् र तिनीहरूलाई एकअर्कालाई चिन्न सहयोग गर्नुहोस् । अभ्यास गर्दा, गल्तीहरू गर्दा र सँगै सुधार गर्दा तिनीहरूलाई आत्मविश्वासमा वृद्धि गर्न सहयोग गर्नुहोस् । (मुक्तिदाताको तरिकामा सिकाउने [२०२२] को खण्ड “तपाईंहरूले सिकाउनेहरूलाई प्रेम गर्नुहोस्” बाट हेर्नुहोस् ।)
वृद्धि गर्न प्रोत्साहन गर्नुहोस्
सिकारूहरूलाई अङ्ग्रेजी अभ्यास गर्न र सुधार गर्न आस्थामा कार्य गर्न सहयोग गर्नुहोस् । केही सिकारूहरूलाई अङ्ग्रेजी सिक्ने तिनीहरूको क्षमतामा विश्वास नहुन सक्छ । तपाईंले सहयोग गर्न सक्नुहुन्छ । जब तपाईं तिनीहरूसँग अङ्ग्रेजी बोल्नुहुन्छ, तपाईंहरूले परमेश्वरले तिनीहरूलाई सिक्न सहयोग गर्नुहुन्छ भनेर आफ्नो आस्था देखाउनुहुन्छ । सिकारूहरूलाई अङ्ग्रेजी बोल्न प्रोत्साहन गर्नुहोस् । तिनीहरूको प्रयासको प्रशंसा गर्नुहोस् । सिकारूहरूलाई तिनीहरूले किन अङ्ग्रेजी सिक्दैछन् भनेर सम्झन सहयोग गर्नुहोस् । तिनीहरूलाई लक्ष्यहरू निर्धारण गर्न र दैनिक अङ्ग्रेजी अभ्यास गर्न प्रोत्साहन गर्नुहोस् । (मुक्तिदाताको तरिकामा सिकाउने [२०२२] को खण्ड “लगनशील शिक्षाको आमन्त्रण गर्नुहोस्” बाट हेर्नुहोस् ।)
मेरो भूमिका
-
म अङ्ग्रेजी सिकारूका लागि परमप्रभुको सहयोग अन्वेषण र पहिचान गर्न सिक्नेहरूलाई सहयोग गरेर आस्था वृद्धि गर्न प्रोत्साहन गर्छु ।
-
म साहचर्य वृद्धि गर्छु र सिकारूहरूलाई एकअर्कालाई प्रेम र सहयोग गरेर आत्मालाई आमन्त्रण गर्न प्रोत्साहन गर्छु ।
-
मैले सिकारूहरूलाई अङ्ग्रेजी अभ्यास गर्न र सुधार गर्न आस्थामा कार्य गर्न सहयोग गरेर वृद्धि गर्न प्रोत्साहन गर्छु ।