अङ्ग्रेजी सिक्ने
सिकारूले के गर्छन्?


“सिकारूले के गर्छन्?” शिक्षकका लागि EnglishConnect (२०२३)

“सिकारूले के गर्छन्?” शिक्षकका लागि EnglishConnect

समूहको वार्तालापका क्रममा EnglishConnect पुस्तिकाबाट पुरुष र महिलाले अध्ययन गर्छन्

सिकारूले के गर्छन्?

EnglishConnect को शिक्षकका रूपमा, तपाईंले तिनीहरूलाई सफल हुनका लागि सहयोग गर्न सिकारूहरूले के गर्ने छन् भनेर बुझ्नु आवश्यक छ । सिकारूहरू धेरै सफल हुन्छन् जब तिनीहरूले व्यक्तिगत अध्ययनका क्रियाकिलापहरू पूरा गर्छन्, वार्तालापका समूहमा सहभागी हुन्छन् र दैनिक रूपमा अङ्ग्रेजी अभ्यास गर्ने बानी विकास गर्छन् । सिकारूका लागि EnglishConnect १ सिकारूहरूका लागि EnglishConnect २ Personal Study(व्यक्तिगत अध्ययन) र Conversation Group(वार्तालाप समूह) मा प्रत्येक पाठलाई दुई खण्डमा विभाजन गरिएको छ । तपाईंलाई सिकारूका अनुभव बुझ्नका लागि सहयोग गर्न EnglishConnect सिकारूका पुस्तिकाहरूमा “परिचय” को समीक्षा गर्नुहोस् ।

व्यक्तिगत अध्ययन र वार्तालापको समूह एक चक्रीय प्रक्रिया हो भनेर देखाउने ग्राफिक

अध्ययन र आस्थाद्वारा सिकाइ खोज्नुहोस्

EnglishConnect को अनुभवको आधारशिलाले सिकारूहरूलाई “अध्ययन र आस्थाद्वारा पनि सिक्न प्रयास गर्न” (सिद्धान्त र करार ८८:११८) सहयोग गरिरहेको छ । EnglishConnect मा प्रत्येक पाठ सिकाइको सिद्धान्तमा केन्द्रित छ । यी आध्यात्मिक सिद्धान्तहरू हुन् जसले हामीलाई सिक्ने र सिकाउने क्षमता अभिवृद्धि गर्न परमप्रभुमा निर्भर रहन सहयोग गर्छ । सिकाइका सिद्धान्तहरूले हामीलाई हाम्रो वास्तविक क्षमता र हामीलाई सहयोग गर्ने मुक्तिदाताको क्षमता बुझ्नका लागि सहयोग गर्न सक्छन् । हामीले EnglishConnect अनुभवमा अध्ययन गर्ने र उदाहरण दिने सिकाइका सिद्धान्तहरूले यी समावेश गर्छन्:

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ

म अनन्त सम्भाव्यता र उद्देश्य सहित परमेश्वरको सन्तति हुँ ।

(हेर्नुहोस् रोमी ८:१६-१७; “परिवार: संसारका लागि एक घोषणा।”)

येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्

येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्था राख्छु ।

(हेर्नुहोस् फिलिप्पी ४:१३; एतेर १२:२७; मोरोनी ७:३३ ।)

उत्तरदायित्व लिनुहोस्

मसँग छनोट गर्ने शक्ति छ र म आफ्नै सिकाइका लागि उत्तरदायी छु ।

(हेर्नुहोस् २ नफी २:१४, १६; सिद्धान्त र करार ५८:२७–२८।)

एकअर्कालाई प्रेम गर्नुहोस् र सिकाउनुहोस्

जब म प्रेम गर्छु, सिकाउँछु र अरूहरूसँग सिक्छु म पवित्र आत्माबाट सिक्न सक्छु ।

(हेर्नुहोस् यूहन्ना १३:३४–३५; यूहन्ना १४:२६-२७; सिद्धान्त र करार ८४:१०६; ८८:७७, १२२– २३ ।)

अगाडि बढ्नुहोस्

परमेश्वरको सहयोगले, म अवरोधहरू सामना गर्दा पनि अगाडि बढ्न सक्छु ।

(हेर्नुहोस् २ नफी ३१:२०; ३२:९; सिद्धान्त र करार ५०:४१–४२ ।)

परमप्रभुसँग सल्लाह गर्नुहोस्

म मेरा प्रयासहरूका सम्बन्धमा दैनिक रूपमा परमेश्वरसँग सल्लाह गरेर मेरो सिकाइलाई सुधार गर्छु ।

(हेर्नुहोस् हितोपदेश ३:५-६; मत्ती ७:७-८; अल्मा ३७:३७।)

व्यक्तिगत अध्ययन

वार्तालाप समूहमा सहभागी हुनुपूर्व, सिकारूहरूले सिकारूका पुस्तिकामा “Personal Study” (व्यक्तिगत अध्ययन) खण्ड पूरा गर्छन् । यस खण्डमा, सिकारूहरूले सिकाइका सिद्धान्तको अध्ययन गर्छन्, शब्दावली कण्ठ गर्छन् र वाक्य संरचनाहरू प्रयोग गरेर अभ्यास गर्छन् ।

शब्दावली स्मरण गर्ने र नमूनाहरू अभ्यास गर्ने विषय व्यक्तिगत अध्ययनका सबै भन्दा उत्तम क्रियाकिलापहरू हुन् । यसले सिकारूहरूलाई आफ्नै गतिमा अवधारणाहरूमा विशिष्टता प्राप्त गर्न अनुमति दिन्छ ।

वार्तालापका समूह

वार्तालापका समूहमा, सिकारूहरूले सिकारूका पुस्तिकामा “Conversation Group” (वार्तालाप समूह) का क्रियाकिलापहरू पूरा गर्छन् । साना समूह वा जोडीहरूमा कार्य गर्ने, सिकारूहरूले सिकाइका सिद्धान्तका सम्बन्धमा छलफल गर्छन्, शब्दावली र वाक्यका संरचनाहरू समीक्षा गर्छन् र वार्तालापहरूको अभ्यास गर्छन् । प्रत्येक क्रियाकिलापले सिकारूहरूलाई अर्को क्रियाकिलापका लागि तयार गर्छ । प्रत्येक वार्तालाप समूहको अन्त्यमा, सिकारूहरूले आफ्नो प्रगतिको मूल्याङ्कन गर्छन् र दैनिक अभ्यासका लागि लक्ष्यहरू निर्धारण गर्छन् ।

दैनिक अभ्यास

अङ्ग्रेजी राम्रोसँग सिक्नका लागि, सिकारूहरूले दैनिक अभ्यास गर्ने बानी विकास गर्नु आवश्यक हुन्छ । यो बानी बसाल्न, सिकारूहरूले आफ्ना दैनिक क्रियाकिलापहरूमा अङ्ग्रेजीलाई प्रयोग गर्ने तरिकाहरू पत्ता लगाउनु आवश्यक हुन्छ । उदाहरणका लागि, जब तिनीहरू सङ्गीत सुन्छन्, तिनीहरूले अङ्ग्रेजीमा सुन्न सक्छन् । सिकारूहरूले घरमा, काममा वा चर्चमा पनि अङ्ग्रेजीमा सामान्य वार्तालापहरू गर्न सक्छन् । (EnglishConnect सिकारूका पुस्तिकामा रहेका “अध्ययन सुझावहरू” खण्डमा थप अवधारणाहरू हेर्नुहोस् ।) दैनिक अभ्यासको कुञ्जी भनेको सिकारूहरूलाई तिनीहरूको सामान्य दिनचर्यामा अङ्ग्रेजी प्रयोग गर्ने तरिकाहरू पत्ता लगाउन सहयोग गर्नु हो ।

आफ्नो दैनिक अभ्यासको अंशका रूपमा, सिकारूहरूले सिकारूका पुस्तिकामा सम्बन्धित “Personal Study” (व्यक्तिगत अध्ययन) खण्ड पूरा गर्न सक्छन् । तिनीहरूले englishconnect.org/learner/resources मा र EnglishConnect १ कार्यपुस्तिकाEnglishConnect २ कार्यपुस्तिका मा अनलाइनमा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू पूरा गर्न सक्छन् ।