अङ्ग्रेजी सिक्ने
EnglishConnect लाई के ले विशिष्ट बनाउँछ?


“EnglishConnect लाई के ले विशिष्ट बनाउँछ?” शिक्षकका लागि EnglishConnect (२०२३)

“EnglishConnect लाई के ले विशिष्ट बनाउँछ?” शिक्षकका लागि EnglishConnect

EnglishConnect का पुस्तिकाबाट तीन जनाले सँगै अध्ययन गर्छन्

EnglishConnect लाई के ले विशिष्ट बनाउँछ?

EnglishConnect मा, हामी “अध्ययन गरेर र आस्थाद्वारा पनि सिक्ने प्रयास गर्छौँ,” (सिद्धान्त र करार ८८:११८) । आस्था, साहचर्य र वृद्धिको वातावरणमा हामी सँगै अङ्ग्रेजीका सीपहरू विकास गर्छौं ।

आस्था

EnglishConnect मा, हामी अङ्ग्रेजी सिक्नका लागि परमप्रभुको सहयोग अन्वेषण गर्न आस्थामा कार्य गर्छौं । जब हामी अङ्ग्रेजी सिक्न परमप्रभुको सहयोग अन्वेषण गर्छौँ, हामी परमेश्वरको नजिक हुन सक्छौँ र मुक्तिदाताको सक्षम शक्तिको अनुभव गर्न सक्छौँ । प्रत्येक पाठमा, हामी सिकाइको आध्यात्मिक सिद्धान्तको अध्ययन र उपयोग गर्छौँ । आत्मा नै सत्य शिक्षक हो र हामीले सिक्नका लागि सहयोग प्राप्त गर्न भाषाको उपहार सहित आत्माको उपहार अन्वेषण गर्न सक्छौँ (सिद्धान्त र करार ४६:८–२६ हेर्नुहोस्) ।

2:7

साहचर्य

EnglishConnect मा, हामी एक अर्कालाई प्रेम गर्ने, सिकाउने र सहयोगीका रूपमा आत्मालाई आमन्त्रण गर्छौं । हामी मित्रता निर्माण गर्छौं र एक अर्कालाई उत्प्रेरित गर्न सहयोग गर्छौं । हामी हाम्रो आत्मविश्वास सँगै अभिवृद्धि गर्छौँ, हाम्रा गल्तीहरूबाट सिक्छौँ र हाम्रो प्रगतिको उत्सव मनाउँछौँ । जब हामी आत्माबाट सिक्छौँ, हामीले “एकअर्कालाई बुझ्ने छौँ र सन्तुष्ट [हुने छौँ] र सँगै प्रसन्न हुने छौँ (सिद्धान्त र करार ५०:२२) ।

1:55

प्रगति

EnglishConnect मा, हामी अङ्ग्रेजी मात्रै सिक्ने भन्दा पनि बढी गर्छौं; हामीले सिक्ने र सिकाउने क्षमता पनि वृद्धि गर्छौँ । हामीले जहाँबाट सुरू गरे तापनि, हामी कडा परिश्रम गर्छौं र हाम्रा लक्ष्यहरू प्राप्त गर्न परमेश्वरसँग सहकार्य गर्छौं । हामी दैनिक अङ्ग्रेजी अभ्यास गर्न आस्थासहित कार्य गर्छौँ । हामी हाम्रो जीवनका सबै क्षेत्रहरूमा “अध्ययन र आस्थाद्वारा” (सिद्धान्त र करार ८८:११८) सिक्ने प्रयास गर्छौँ ।

2:26