“EnglishConnect भनेको के हो?” शिक्षकहरूका लागि EnglishConnect (२०२३)
“EnglishConnect भनेको के हो?” शिक्षकहरूका लागि EnglishConnect
EnglishConnect भनेको के हो?
EnglishConnect पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चद्वारा प्रदान गरिएको अङ्ग्रेजी-सिक्ने कार्यक्रम हो । EnglishConnect को उद्देश्य व्यक्तिहरूलाई आस्था, साहचर्य र वृद्धिको वातावरणमा अङ्ग्रेजीका सीपहरू विकास गर्न सहयोग गर्नु हो ।
EnglishConnect मा धेरै तहहरू समावेश छन् । EnglishConnect १ र २ ले सिकारूहरूलाई आधारभूत अङ्ग्रेजी-भाषाका सीपहरू विकास गर्न सहयोग गर्छन् । थप विवरणहरूका लागि EnglishConnect सिकारूका पुस्तिकाहरूमा “परिचय” हेर्नुहोस् । EnglishConnect ३ ले —विशेष गरी बिवाइयू-पाथवे विश्वव्यापीका लागि सिकारूहरूलाई शैक्षिक अवसरहरूका लागि तयार गर्छ । तपाईंले बिवाइयू–पाथवे विश्वव्यापीका सम्बन्धमा byupathway.org/englishconnect मा थप बुझ्न सक्नुहुन्छ ।
EnglishConnect ले सिकारूहरूलाई रोजगारी, शिक्षा र सेवाका लागि तयारी गर्दा प्रगति गर्न सहयोग गर्ने मार्ग प्रदान गर्छ । englishconnect.org मा थप जानकारी लिनुहोस् ।