अङ्ग्रेजी सिक्ने
मैले कसरी वार्तालापका समूहको नेतृत्व गर्छु?


“मैले कसरी वार्तालापका समूहको नेतृत्व गर्छु?”, शिक्षकका लागि EnglishConnect (२०२३)

“मैले कसरी वार्तालापका समूहको नेतृत्व गर्छु?” शिक्षकहरूको लागि EnglishConnect

EnglishConnect का सिकारूहरूले एकअर्कालाई अभिवादन गर्छन्

मैले कसरी वार्तालापका समूहको नेतृत्व गर्छु?

तपाईंले समूहको नेतृत्व गर्न सिकारूहरूका लागि EnglishConnect १ वा सिकारूहरूका लागि EnglishConnect २ प्रयोग गर्नुहुने छ । प्रत्येक पाठले यही नमूना अनुशरण गर्छ:

स्वागत्: सिकारूहरूलाई हार्दिक स्वागत् गर्नुहोस् र नयाँ सहभागीहरूलाई परिचय दिन लगाउनुहोस् । तपाईंले अङ्ग्रेजी बोल्नुहुने छ भन्ने अपेक्षा स्थापित् गर्नुहोस् र सम्भव भए सम्म सबैलाई अङ्ग्रेजी प्रयोग गर्न आमन्त्रण गर्नुहोस् । पाठको विषयका सम्बन्धमा संक्षिप्त परिचय दिनुहोस् ।

प्रार्थना: सिकारूलाई ठूलो स्वरमा प्रार्थना गर्न आमन्त्रण गर्नुहोस् । अङ्ग्रेजीमा प्रार्थना गर्न सहज महसुस गर्ने सिकारू छनोट गर्ने प्रयास गर्नुहोस् । सिकारूका पुस्तिकाहरूको परिशिष्टमा रहेको “अङ्ग्रेजीमा प्रार्थना गर्ने” पढेर तपाईंले व्यक्तिलाई पूर्व रूपमा तयारी गर्न आमन्त्रण गर्न सक्नुहुन्छ ।

सिकाइका सिद्धान्त: “Personal Study” सिकारूको पुस्तिकाकाको (व्यक्तिगत अध्ययन) खण्डमा रहेका सिकाइका सिद्धान्त पढ्नुहोस् र छलफल गर्नुहोस् । सिकाइका सिद्धान्तको लक्ष्य भनेको तपाईंले “अध्ययन र आस्थाद्वारा पनि” सहकार्य गरेर र सँगै सिकेर (सिद्धान्त र करार ८८:११८) आत्मालाई आमन्त्रण गर्नु हो ।

तपाईंले छलफलका प्रश्नहरू मध्ये एउटालाई कसरी जवाफ दिनुहुने छ भनी संक्षिप्त रूपमा बताएर सिद्धान्तलाई कसरी छलफल गर्ने भन्ने नमूना प्रस्तुत गर्नुहोस् । सरल शब्द र वाक्यांशहरू प्रयोग गर्नुहोस् ।

विद्यार्थीहरूलाई आफ्ना विचार र अनुभवहरू एकअर्कासँग बाँढ्नका लागि आमन्त्रण गर्नुहोस् । सिकारूहरूले आफ्नो मातृभाषामा छलफल गर्न सक्छन् । यदि तिनीहरूले सहज महसुस गर्छन् भने, सिकारूहरूले छलफल गर्दा अङ्ग्रेजीमा शब्दहरू वा वाक्यांशहरू प्रयोग गर्ने छनोट गर्न सक्छन् ।

क्रियाकलाप–१: सिकारूका पुस्तिकाका”Conversation Group” (वार्तालाप समूह) खण्डमा रहेका क्रियाकलापहरूद्वारा सिकारूहरूलाई नेतृत्व गर्नुहोस् । प्रत्येक क्रियाकलापले सिकारूहरूलाई अर्को क्रियाकलाप गर्नका लागि तयार गर्छ । क्रियाकलापहरूले सिकारूहरूलाई पुनरावृत्ति अभ्यासबाट तिनीहरूका आफ्नै वार्तालापहरू सिर्जना गरी प्रगति गर्न सहयोग गर्छन् ।

क्रियाकलाप–१ मा, सिकारूको पुस्तिकाको “व्यक्तिगत अध्ययन” खण्डमा शब्दावली र नमूनाहरू समीक्षा गर्न सिकारूहरूलाई सहयोग गर्नुहोस् । लक्ष्य भनेको सिकारूहरूलाई केही प्रमुख शब्दहरू बुझ्न र नमूनाहरू भन्न सहयोग गरेर क्रियाकलापहरू–२ र ३ का लागि तयार पार्नु हो ।

क्रियाकलाप २: क्रियाकलाप २ मा, सिकारूहरूले प्रदान गरिएको जानकारी प्रयोग गरेर सहकर्मीसँग प्रश्न सोध्ने र जवाफ दिने अभ्यास गर्न शब्दावली र नमूनाहरूको प्रयोग गर्छन् । लक्ष्य भनेको सिकारूहरूले सम्भव भएसम्म अङ्ग्रेजीमा धेरैभन्दा धेरै वाक्यहरू सिर्जना गरून् भन्ने हो ।

अभ्यासका अवसरहरू वृद्धि गर्नका लागि सहकर्मीहरू परिवर्तन गर्न सिकारूहरूलाई प्रोत्साहन गर्नुहोस् । तपाईंले सिकारूहरूसँग अन्तरक्रिया गर्दा, थप सहयोग आवश्यक हुनेहरूलाई पत्ता लगाउने प्रयास गर्नुहोस् । प्रोत्साहन र सुधार गर्ने व्यक्ति बन्नुहोस् ।

क्रियाकलाप ३: क्रियाकलाप ३ मा सिकारूहरूसँग वास्तविक जीवनको परिदृश्यमा पूर्ण रूपमा वार्तालाप गर्न शब्दावली र नमूनाहरू प्रयोग गर्ने अवसर हुन्छ । अङ्ग्रेजीमा अर्थपूर्ण वार्तालापहरू गर्नु सिकारूहरूको लक्ष्य हो ।

तिनीहरूलाई थप अभ्यासका अवसरहरू प्रदान गर्न सिकारूहरूलाई प्रायश: सहकर्मीहरू परिवर्तन गर्न बारम्बार प्रोत्साहन गर्नुहोस् । क्रियाकिलाप ३ को अन्त्यमा, सबै सिकारूहरूले तिनीहरूका पुस्तिकाको प्रयोग नगरी आदर्श रूपमा अङ्ग्रेजी बोलिरहेका हुन्छन् । समूहमा ऊर्जा र गति हुनु पर्छ किनभने सिकारूहरू सँगै अन्तरक्रिया र अभ्यास गर्छन् । जब तपाईं सिकारूहरूसँग संलग्न हुनुहुन्छ,तपाईंले कोहीले राम्रोसँग बुझेका छन् र यो क्रियाकलापमा उत्कृष्ट भइरहेका छन् भनेर देख्न सक्नुहुन्छ । थप विवरणहरू समावेश गरेर वा फरक सन्दर्भमा उही क्रियाकलाप गरेर यी सिकारूहरूलाई तिनीहरूको सिकाइलाई अझै गहन बनाउनका लागि चुनौती दिने सम्बन्धमा ध्यान दिनुहोस् । उदाहरणका लागि, जब सिकारूहरूले कसैलाई भेट्ने अभ्यास गर्छन्, तिनीहरूलाई नयाँ साथी वा नयाँ मान्यजनलाई भेट्ने जस्ता विभिन्न परिदृश्यहरू अभ्यास गर्न भन्नुहोस् ।

प्रत्येक क्रियाकलापका लागि:

  • क्रियाकलाप कसरी गर्ने भनेर प्रदर्शन गर्नुहोस् ।

  • अभ्यास गर्नका लागि जोडी वा साना समूहहरूमा सिकाकारूहरूलाई विभाजन गर्नुहोस् ।

  • प्रत्येक समूहलाई अवलोकन गर्नुहोस् र सहयोग प्रदान गर्नुहोस् ।

मूल्याङ्कन गर्नुहोस्: सिकारूहरूलाई तिनीहरूका प्रगति र प्रयासहरूको मूल्याङ्कन गर्न सहयोग गर्नुहोस् । सुधार गर्नका लागि तिनीहरूले के गर्न सक्छन् भनेर औंल्याएर उनीहरूलाई सफल महसुस गर्न सहयोग गर्नुहोस् । सिकारूहरूलाई दैनिक अभ्यासका लागि लक्ष्यहरू निर्धारण गर्न “Personal Study Tracker” (व्यक्तिगत अध्ययन ट्र्याकर) को प्रयोग गर्न सहयोग गर्नुहोस् ।

अङ्ग्रेजी दैनिक रूपमा अभ्यास गर्न आस्थामा कार्य गर्नुहोस्: आफ्नो समूहसँग ठूलो स्वरमा उद्धरण पढ्नुहोस् । परमप्रभुले तिनीहरूलाई अङ्ग्रेजी सिक्नका लागि सहयोग गर्न सक्नुहुन्छ भनी आफ्नो आस्था व्यक्त गर्नुहोस् । तिनीहरूलाई दैनिक रूपमा अङ्ग्रेजी अभ्यास गर्न आमन्त्रण गर्नुहोस् र “Personal Study” (व्यक्तिगत अध्ययन) का क्रियाकलापहरू पूरा गरेर अर्को पाठका लागि तयारी गर्नुहोस् ।

प्रार्थना: अङ्ग्रेजीमा समापन प्रार्थना गर्नका लागि सिकारूलाई आमन्त्रण गर्नुहोस् । विश्वस्त भएको महसुस गर्ने वा तपाईंले यसपूर्व नै आमन्त्रण गरेका सिकारूलाई छनोट गर्नुहोस् ।

EnglishConnect पाठहरू भाषा सिकाइका प्रमाणित सिद्धान्तहरू प्रयोग गरी तयार गरिएका छन् । तपाईंले पाठहरू अनुशरण गर्न र आस्था, साहचर्य र वृद्धिको वातावरण सिर्जना गर्दा तपाईंहरू सफल हुनुहुने छ ।

भर्चुअल समूहहरू

यदि आवश्यक छ भने, रिमोट वैठक प्लेटफर्म प्रयोग गरेर समूहहरूले अनलाइन भेट्न सक्छन् । सबै सिकारूहरूले अन्तरक्रिया र वार्तालापहरूको अभ्यास गर्दा EnglishConnect अति नै सफल हुन्छ भनेर बुझ्नुहोस् । अनुभूतिको समयावधिभरी अन्तरक्रिया भएको छ भनेर सुनिश्चित गर्नुहोस् । सिकारूहरूलाई जोडी वा साना समूहहरूमा राख्नु नै अन्तरक्रियालाई सहज बनाउने उत्तम तरिका हो । सिकारूहरूलाई सकेसम्म एकअर्कासँग बोल्नका लागि सहयोग गर्न ब्रेकआउट कक्ष र अन्य उपकरणहरूको प्रयोग गर्नुहोस् । उदाहरणका लागि, पूरै समूहले सुनिरहेको समयमा एकजना सिकारूले बोल्नुको सट्टा, वार्तालापहरू गर्नका लागि सिकारूहरूलाई दुई वा सोभन्दा बढीको समूहमा विभाजन गर्नुहोस् । त्यसपछि अर्को क्रियाकलापका लागि पुन: समूह बनाउनुहोस् । सम्भव भएसम्म हरेकलाई भिडियो प्रयोग गर्नका लागि प्रोत्साहन गर्नुहोस् ।

तपाईंले अनलाइन EnglishConnect समूहहरू तयार र नेतृत्व गर्दा “नेतृत्व गर्ने भर्चुअल समूहहरूका लागि निर्देशिका” को प्रयोग गर्नुहोस् ।

तपाईंहरूका वैठकहरूमा च्याटमा लिङ्क राखेर तपाईंहरूका सिकारूहरूसँग “भर्चुअल समूह सहभागी निर्देशिका” बाँढ्नुहोस् । आवश्यकताअनुसार यसलाई सन्दर्भ गर्नुहोस् ।

englishconnect.org/resources/teaching-materials मा स्वीकृत EnglishConnect १ र २ “वार्तालाप समूह प्रस्तुतीकरण” प्रयोग गर्नुहोस् । तपाईंले प्रत्येक पाठमा भएका क्रियाकलापहरूद्वारा सिकारूहरूलाई मार्गदर्शन गर्नका लागि सहयोग गर्न प्रस्तुतीकरण प्रदर्शन गर्न सक्नुहुन्छ ।