अङ्ग्रेजी सिक्ने
प्रायः जसो सोधिने प्रश्नहरू


“प्रायः जसो सोधिने प्रश्नहरू,” शिक्षकहरूका लागि EnglishConnect (२०२३)

“प्रायः जसो सोधिने प्रश्नहरू,” शिक्षकहरूका लागि EnglishConnect

प्रायः जसो सोधिने प्रश्नहरू

EnglishConnect का सम्बन्ध तल केही सामान्य प्रश्नहरू छन् । सिकारूहरू, शिक्षकहरू र अगुवाहरूका लागि प्रायः जसो सोधिने प्रश्नहरू englishconnect.org/help मा उपलब्ध छन् ।

के मलाई EnglishConnect शिक्षक हुन शिक्षण अनुभव आवश्यक छ?

यदि मलाई तिनीहरूको भाषा थाहा छैन भने मैले सिकारूहरूलाई कसरी सिकाउँछु?

के हामी समूह वार्तालापको समयमा मातृभाषा बोल्न सक्छौँ?

बहु-भाषी समूहलाई मैले कसरी सिकाउँछु?

सिकारूहरूलाई दैनिक रूपमा अङ्ग्रेजी अभ्यास गर्न कसरी मैले सहयोग गर्छु?

मैले EnglishConnect का समूह कसरी व्यवस्थित गर्छु?

EnglishConnect का समूह वैठक कति लामा हुन्छन्?

मेरो समूहले कति पटक भेट्नु पर्छ?

के म समूह वैठकमा एक भन्दा बढी पाठ सिकाउन सक्छु?

EnglishConnect को कुन तहमा सिकारू सहभागी हुनु पर्छ भनेर म कसरी जान्न सक्छु?

EnglishConnect ३ भनेको के हो?

यसपूर्व नै प्रगति गरिरहेको सिकारूलाई समूहमा सहभागी हुन ममैले कसरी सहयोग गर्छु?

यदि कुनै सिकारूले सामूहिक वैठक छुटाएका वा आउन छोडेका छन् भने के हुन्छ?

समूहका अन्य व्यक्तिहरू भन्दा सुस्त गतिमा सिकिरहेका सिकारूहरूलाई मैले कसरी सहयोग गर्छु?

द्रुत गतिमा सिकिरहेका सिकारूहरूलाई मैले कसरी सहयोग गर्छु?

अङ्ग्रेजी बोल्ने विभिन्न क्षमता भएका सिकारूहरूलाई मैले कसरी सहयोग गर्छु?

विद्यार्थीले व्याकरणका सम्बन्धमा प्रश्न सोध्दा मैले के गर्छु?

के मैले उच्चारण सच्याउनु पर्छ?

मैले मेरो EnglishConnect का समूह कसरी दर्ता र व्यवस्थापन गर्छु?

सिकारूहरूले EnglishConnect का प्रमाणपत्रहरू कसरी प्राप्त गर्छन्?

के मलाई EnglishConnect शिक्षक हुन शिक्षण अनुभव आवश्यक छ?

तपाईंहरूलाई EnglishConnect को शिक्षक हुनका लागि शिक्षण अनुभव आवश्यक पर्दैन । संभवत: तपाईंहरूले यसपूर्व कहिल्यै अङ्ग्रेजी सिकाउनु भएको छैन र कसरी सुरू गर्ने भनेर अनिश्चित महसुस गर्नुहुन्छ । ठीकै छ । EnglishConnect का पाठहरू तपाईंहरूलाई सफल हुनका लागि सहयोग गर्न भाषा-शिक्षण सिद्धान्तहरू र आध्यात्मिक सिद्धान्तहरू प्रयोग गरेर सावधानी र संयमतापूर्वक तयार पारिएका छन् । तपाईंहरू विशेषज्ञ हुन आवश्यक छैन । तपाईंहरूलाई हरेक प्रश्नको उत्तर थाहा हुनु आवश्यक छैन । तपाईंहरूको भूमिका भाषा अभ्यासको अवसर प्रदान गरेर विकासका लागि सहजीकरण गर्नु हो । तपाईंहरूले व्याकरण सिकाउनु पर्दैन वा अङ्ग्रेजीका सम्बन्धमा सबै कुरा बुझ्नु आवश्यक छैन । बरु, सिकारूहरूले अङ्ग्रेजी बोल्न र आफ्ना गल्तीहरूबाट सिक्न सहज महसुस गर्ने वातावरण सिर्जना गर्नमा ध्यान केन्द्रित गर्नुहोस् ।

यदि मलाई तिनीहरूको भाषा थाहा छैन भने मैले सिकारूहरूलाई कसरी सिकाउँछु?

अङ्ग्रेजी मात्र प्रयोग गरेर अङ्ग्रेजी सिकाउनु संसारभर अति नै सामान्य भएको छ । वास्तवमा, यो एक आशीर्वाद हुन सक्छ किनभने यसले अङ्ग्रेजीको मात्रा बढाउँछ जुन सिकारूले सुन्ने र प्रयोग गर्ने गर्छन् । सरल अङ्ग्रेजीमा बोल्न सम्झनुहोस् । सिकारूहरूलाई नयाँ शब्दावलीका शब्दहरू र नमूनाहरू बुझ्नका लागि सहयोग गर्न दृश्यहरू, हातका इशाराहरू र शारीरिक भाषा प्रयोग गर्नुहोस् । तपाईंहरूले फोटो देखाउन सक्नुहुन्छ, चित्र कोर्न सक्नुहुन्छ वा अभिनय गर्न सक्नुहुन्छ । तपाईंहरूले सिकारूहरूलाई सिकारूहरूका लागि EnglishConnect १ वा सिकारूहरूका लागि EnglishConnect २ मा अनुवादित स्रोतहरू देखाउन सक्नुहुन्छ वा तपाईंहरूले अनलाइन शब्दकोश प्रयोग गर्न सक्नुहुन्छ । यसले उत्तर खोज्नका लागि उपलब्ध स्रोतहरू कसरी प्रयोग गर्ने भनेर पनि सिकाउने छ । लामो व्याख्या नगर्नुहोस् । बरु, प्रदर्शन गरेर के गर्ने भनेर शिक्षार्थीहरूलाई देखाउनुहोस् ।

तपाईंहरू सँगै सिक्दै हुनुहुन्छ भनेर ध्यान दिनुहोस् । नियमित रूपमा सिकारूहरूलाई सहयोगका लागि परमप्रभुमा फर्कन आमन्त्रण गर्नुहोस् । तिनीहरूको शिक्षकका रूपमा, तपाईंहरू आस्था र प्रयासको उदाहरण हुन सक्नुहुन्छ । सिकारूहरूसँग अङ्ग्रेजी बोल्नु आस्थाको कार्य हो । अङ्ग्रेजी बोल्ने विश्वासका साथ कार्य गर्दा परमप्रभुले तपाईंहरू र सिकारूहरूलाई आशीर्वाद दिनुहुने छ ।

के हामी समूह वार्तालापको समयमा मातृभाषा बोल्न सक्छौँ?

तपाईंहरूले वार्तालाप समूहमा अङ्ग्रेजी बोल्नमा ध्यान केन्द्रित गर्दा तपाईंहरूले सिकारूहरूलाई सबैभन्दा धेरै सहयोग गर्नुहुने छ । तपाईंहरूले उदाहरण निर्धारण गरेर यसो गर्न सक्नुहुन्छ । अङ्ग्रेजी मात्र बोल्न सम्भव भएसम्म प्रयास गर्नुहोस् । सरल शब्द र छोटो वाक्य प्रयोग गर्नुहोस् । बिस्तारै बोल्नुहोस् र बारम्बार वाक्यांश दोहोर्याउनुहोस् । बोर्डमा मुख्य शब्द र वाक्यांशहरू लेख्नुहोस् । तपाईंहरूले दृश्य सामग्री पनि प्रयोग गर्न सक्नुहुन्छ, चित्र कोर्न सक्नुहुन्छ वा नाटक प्रर्दशन गर्न सक्नुहुन्छ । लामो व्याख्या र तपाईंहरूले भन्नुभएको सबैलाई अनुवाद गर्ने विषयलाई परित्याग गर्नुहोस् । यदि तपाईंहरूले मातृभाषा प्रयोग गर्नु पर्छ भने, त्यसपूर्व नै अनुमति लिनुहोस् र सम्भव भएसम्म कम मातृभाषा प्रयोग गर्नुहोस् र त्यसपछि पुन: अङ्ग्रेजीमा बोल्नुहोस् । सिकारूहरूलाई सम्भव भएसम्म धेरै अङ्ग्रेजी बोल्न र गल्ती गर्न नडराउन प्रोत्साहन गर्नुहोस् । तिनीहरूलाई सफलताको अनुभव गर्न सहयोग गर्नुहोस् र हरेक प्रयासको प्रशंसा गर्नुहोस् । यदि सिकारूहरूलाई अतिरक्त सहयोग आवश्यक छ भने, तिनीहरूलाई सिकारूका पुस्तिकाहरूमा देखाउनुहोस्, जहाँ तिनीहरूले आफ्नो मातृभाषामा सामग्री पत्ता लगाउन सक्छन् । तपाईंहरूले सिकारूहरूलाई सिक्नका लागि सहयोग गर्नमा ध्यान केन्द्रित गर्दा, तपाईंहरूले मातृभाषा प्रयोग गर्न कम गर्नु आवश्यक हुने छ ।

बहु-भाषी समूहलाई मैले कसरी सिकाउँछु?

कुनै बहु-भाषिक समूहलाई सिकाउनु भनेको अङ्ग्रेजी बोल्न प्रोत्साहन गर्ने एक राम्रो अवसर हो किनभने अङ्ग्रेजी समूहको साझा भाषा हो । शिक्षकका रूपमा, सिकारूको पुस्तिकाको अङ्ग्रेजी संस्करण प्रयोग गर्नुहोस् । यदि यो उपलब्ध छ भने, सिकारूहरूलाई तिनीहरूको मातृभाषामा सिकाउने पुस्तिका प्रयोग गर्न सहयोग गर्नुहोस् ताकि तिनीहरूले अनुवादहरूबाट लाभ उठाउन सक्छन् । यदि सम्भव छ भने, सिकारूहरूलाई तिनीहरूको मातृभाषाहरूमा सिकाइका सिद्धान्त छलफल गर्न साना समूहहरूमा राख्नुहोस् तर कसैलाई पनि बहिष्कृत गरिएको छैन भनेर सुनिश्चित गर्नुहोस् । यदि समूहमा कुनै विशेष भाषाको एक मात्र वक्ता छन् भने, त्यो समूहलाई सरल अङ्ग्रेजी सिकाइका सिद्धान्तका सम्बन्धमा छलफल गराउनुहोस् ताकि सबै समावेश गरिन्छन् ।

मैले कसरी सिकारूहरूलाई दैनिक रूपमा अङ्ग्रेजी अभ्यास गर्न सहयोग गर्छु?

अङ्ग्रेजी सिक्नका लागि सिकारूहरूले दैनिक अभ्यास गर्ने बानी विकास गर्नु पर्छ । अङ्ग्रेजीलाई तिनीहरूका दैनिक क्रियाकलापहरूमा प्रयोग गर्ने सरल तरिकाहरू खोजेर यो बानी स्थापित गर्न सिकारूहरूलाई प्रोत्साहन गर्नुहोस् (“दैनिक अभ्यास” खण्ड हेर्नुहोस्) । उदाहरणका लागि, सिकारूहरूले अङ्ग्रेजीमा कार्यक्रमहरू हेर्ने वा सङ्गीत सुन्ने छनोट गर्न सक्छन् । तपाईंहरूले सिकारूहरूलाई सिकारूको पुस्तिकाको परिचयमा “Personal Study Tracker” पछाडि रहेको दैनिक अध्ययनलाई सुधार गर्नका लागि विचारहरूको सूचीको प्रयोगका लागि प्रोत्साहन गर्न सक्नुहुन्छ । दैनिक अभ्यास गर्ने रचनात्मक, अर्थपूर्ण तरिकाहरू पत्ता लगाउन सिकारूहरूलाई प्रेरित गर्न यो सूची प्रयोग गर्नुहोस् ।

समूह वैठकको समयमा, सिकारूहरूलाई दैनिक अङ्ग्रेजी अध्ययन गर्न र अभ्यास गर्न आमन्त्रण गर्नुहोस् र तिनीहरूको प्रयासहरूको अनुगमन गर्नुहोस् । तपाईंहरूले केही सिकारूहरूलाई तिनीहरूले दैनिक अभ्यासमा गरेका विशेष कार्यहरू बाँढ्न लगाउन सक्नुहुन्छ । तपाईंहरूले समूहमा सिकारूहरूका लागि समूह च्याट जस्ता भर्चुअल स्पेस सिर्जना गर्नका लागि विचार गर्न सक्नुहुन्छ । समूह सन्देश वा अन्य तरिकाहरूद्वारा समूहलाई हप्ताभरि सम्पर्कमा रहन सहयोग गर्न उपयुक्त तरिकाहरू खोज्नका लागि आफ्ना अगुवाहरूसँग सल्लाह गर्नुहोस् । तपाईंहरूले सिकारूहरूलाई तिनीहरूको लक्ष्यमा पुग्न कार्य गर्दा सहयोग गर्न सक्नुहुन्छ, तर ध्यान दिनुहोस्, तिनीहरू अन्ततः तिनीहरूकोआफ्नो सिकाइका लागि उत्तरदायी हुन्छन् ।

मैले EnglishConnect का समूह कसरी व्यवस्थित गर्छु?

EnglishConnect का समूहहरू व्यवस्थित र सञ्चालान गर्ने निर्णयहरू गर्न चर्चका स्थानीय अगुवाहरूसँग सल्लाह गर्नुहोस् । विशेष रूपमा, प्रत्येक समूहमा दुई वयस्क शिक्षकहरू नियुक्त गरिएका हुन्छन् । तपाईंहरूले स्थान, तालिका र नियमन छनोट गर्दा सिकारूहरूको आवश्यकता र स्थानीय क्षमतालाई विचार गर्नुहोस् ।

EnglishConnect का समूह वैठक कति लामा हुन्छन्?

EnglishConnect का पाठहरू ६० देखि ९० मिनेट सम्मका हुन सक्छन् । प्रत्येक क्रियाकलापका लागि सूचीवद्ध समय सीमाहरू पालना गर्नुहोस् । कुनै पनि क्रियाकलापहरू नहटाउनुहोस्; केवल छोटो समूह वैठकका लागि सुझाव गरिएको न्यूनतम समय प्रयोग गर्नुहोस् र यदि समयले अनुमति दिन्छ भने लामो समयको प्रयोग गर्नुहोस् ।

सूची: कार्यक्रमको निरीक्षण गर्नेहरूसँग परामर्श गर्नुहोस् र तपाईंहरूले यी निर्णयहरू गर्दा सिकारूहरूको आवश्यकता र स्थानीय क्षमतालाई विचार गर्नुहोस् ।

मेरो समूहले कति पटक भेट्नु पर्छ?

सामान्यतया, समूहहरू हप्तामा एक पटक भेट्छन् । यदि आवश्यक भएमा समूहहरूले धेरै पटक भेट्न सक्छन् । समूह वैठकहरू सबैभन्दा प्रभावकारी बनाउनका लागि, सिकारूहरूसँग “Personal Study” खण्ड पूरा गर्न वैठकहरूका बीचमा पर्याप्त समय हुनु पर्छ ।

English Connect १ र २ हरेकमा २५ पाठहरू छन् । यदि समूहहरू हप्तामा एक पटक भेट्छन् भने, यो एक तह पूरा गर्न छ महिना लाग्ने छ । यदि समूहहरू हप्तामा दुई पटक भेट्छन् भने, यो तीन महिना लाग्ने छ । यदि आवश्यक भएमा तपाईंहरूले कार्यक्रमलाई साना खण्डहरू वा मोड्युलहरूमा विभाजन गर्न सक्नुहुन्छ । उदाहरणका लागि, तपाईंहरूले एकाइ १ देखि ३ पूरा गर्न हप्तामा एक पटक मात्र तीन महिनाका लागि भेट्ने समूह सुरू गर्ने छनोट गर्न सक्नुहुन्छ । यस दृष्टिकोणको प्रयोगले सिकारूहरूलाई प्रतिवद्ध रहनका लागि सहयोग गर्न सक्छ ।

सूची: एकाइ–१ बाट सुरू नहुने समूह वैठकको समयतालिका तय गर्दा, पाठ–१ बाट आफ्नो समूहको पाठ तालिका सुरू गर्न ध्यान दिनुहोस् । यसले पुस्तिका कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा सिकारूहरूलाई उन्मुख गर्न सहयोग गर्ने छ । कार्यक्रमको निरीक्षण गर्नेहरूसँग परामर्श गर्नुहोस् र तपाईंहरूले यी निर्णयहरू गर्दा सिकारूहरूको आवश्यकता र स्थानीय क्षमतालाई विचार गर्नुहोस् ।

के म समूह वैठकमा एक भन्दा बढी पाठ सिकाउन सक्छु?

यदि आवश्यक भएमा समूहहरूले समूह वैठकमा एक भन्दा बढी पाठहरू समावेश गर्न सक्छन् । समूह वैठकहरू सबैभन्दा प्रभावकारी बनाउन, प्रत्येक पाठका लागि “Personal Study” खण्ड पूरा गर्न समूह वैठकपूर्व सिकारूहरूसँग पर्याप्त समय हुनु पर्छ ।

पाठ तालिका र गतिका सम्बन्धमा थप जानकारीका लागि “मेरो समूह कति पटक भेट्नु पर्छ?” हेर्नुहोस् ।

EnglishConnect को कुन तहमा सिकारू सहभागी हुनु पर्छ भनेर म कसरी जान्न सक्छु?

EnglishConnect १ का लागि व्यक्तिको मातृभाषामा साक्षरता र अङ्ग्रेजी वर्णमाला र आधारभूत अङ्ग्रेजी शब्दहरू पढ्ने क्षमता आवश्यक हुन्छ । EnglishConnect २ आधारभूत वाक्यहरू भन्न र अङ्ग्रेजीमा आधारभूत प्रश्नहरूको जवाफ दिन सक्ने सिकारूहरूका लागि हो । सिकारूले EnglishConnect १ वा EnglishConnect २ मा समावेश हुनुपर्ने निर्णय गर्न, तपाईंहरूले परिशिष्ट ख को मौखिक प्रवीणता अन्तर्वार्ताको प्रयोग गर्न सक्नुहुन्छ ।

EnglishConnect ३ एक मध्यवर्ती पाठ्यक्रम हो जसले सिकारूहरूलाई अङ्ग्रेजी भाषाको शैक्षिक सीपहरू विकास गर्न सहयोग गर्छ । EnglishConnect ३ मा सहभागी हुन, सिकारूहरूले आवेदन दिनु पर्छ र प्लेसमेन्ट परीक्षामा योग्यता अङ्क प्राप्त गर्नु पर्छ । सिकारूहरूले englishconnect.org/join मा आवेदन दिन सक्छन् ।

EnglishConnect ३ भनेको के हो?

सहभागीहरूलाई प्रगति गर्नका लागि सहयोग गर्न EnglishConnect सँग धेरै तहहरू छन् । EnglishConnect १ र २ ले सिकारूहरूलाई आधारभूत अङ्ग्रेजी-भाषाका सीपहरू विकास गर्न सहयोग गर्छन् । EnglishConnect ३ एक मध्यवर्ती पाठ्यक्रम हो जसले सिकारूहरूलाई अङ्ग्रेजी भाषाको शैक्षिक सीपहरू विकास गर्न सहयोग गर्छ । यसले सिकारूहरूलाई बिवाइयू-पाथवे विश्वव्यापीका लागि तयारी गर्न सहयोग गर्छ । (बिवाइयू-पाथवे विश्वव्यापीका सम्बन्धमा byupathway.org मा थप जानकारी प्राप्त गर्नुहोस् ।)

EnglishConnect ३ एक कम लागतको, अनलाइन पाठ्यक्रम हो जसमा भर्चुअल वा स्थानीय सभागृहमा वार्तालाप भेला हुन सक्छ । EnglishConnect ३ ले सुन्ने, बोल्ने, पढ्ने र लेख्नमा व्यक्तिगत प्रतिक्रिया सहितको सिकाइका अनलाइन स्रोतहरू समावेश गर्छ । सिकारूहरू पाठ्यक्रममा आफ्नै गतिमा अगाडि बढ्न सक्छन् । सिकारूहरूले आफ्ना लक्ष्यहरू पूरा गर्न चाहेको जति पटक EnglishConnect ३ दोहोर्याउन सक्छन् । EnglishConnect ३ पूरा गर्नाले बिवाइयू-पाथवे विश्वव्यापीमा आवेदन दिँदा सिकारूहरूलाई अङ्ग्रेजी मूल्याङ्कनलाई बेवासता गर्न अनुमति दिन्छ ।

कार्यपुस्तिकाका क्रियाकलापहरू, विशेष गरी पठन र लेखनका क्रियाकलापहरू सहित— EnglishConnect ३ का लागि तयारी गर्न सिकारूहरूले EnglishConnect १ र २ पूरा गर्नु पर्छ । EnglishConnect २ सिकारूहरूलाई englishconnect.org/join मा EnglishConnect ३ मा आवेदन दिन प्रोत्साहन गर्नुहोस् ।

EnglishConnect ३ स्थानीय अगुवाहरू र चर्चका सेवा सुसमाचारहरूसँगको सहकार्यमा बिवाइयू-पाथवे विश्वव्यापीद्वारा प्रस्ताव गरिएको छ । इच्छुक अगुवाहरूले आफ्नो क्षेत्रमा EnglishConnect ३ उपलब्ध गराउन कल्याणकारी र आत्मनिर्भर व्यवस्थापकहरूसँग कार्य गर्न सक्छन् ।

यसपूर्व नै प्रगति गरिरहेको समूहमा सहभागी हुन कुनै सिकारूलाई म कसरी सहयोग गर्छु?

नयाँ सिकारूहरूले कुनै पनि समयमा EnglishConnect समूहमा सहभागी हुन सक्ने गरी पाठहरू तयार गरिएका छन् । यदि समूहहरू सुरू भइसकेपछि सिकारूहरू सहभागी हुन चाहन्छन् भने, तिनीहरूलाई स्वागत् गर्नुहोस्, तिनीहरूलाई शिक्षकहरूका लागि EnglishConnect १ वा शिक्षकहरूका लागि EnglishConnect २ उपलब्ध गराउनुहोस् । (वा तिनीहरूलाई सुसमाचार पुस्तकालयमा रहेको त्यो पुस्तिकामा कसरी पहुँच राख्ने भनेर देखाउनुहोस्) र तिनीहरूलाई सहभागी हुन सहयोग गर्नुहोस् । तपाईं वा अर्को सिकारूले नयाँ सिकारूहरूलाई अर्को पाठका लागि कसरी तयारी गर्ने भनेर देखाएर समूहसँग मिल्न सहयोग गर्न सक्नुहुन्छ । साथै, यदि तिनीहरूलाई अतिरिक्त अभ्यास आवश्यक छ भने सिकारूहरूले सोही तह दोहोर्याउन छनोट गर्न सक्छन् ।

यदि कुनै सिकारूले सामूहिक वैठक छुटाएका वा आउन छोडेका छन् भने के हुन्छ?

कहिलेकाहीँ सिकारूहरूसँग समूहमा उपस्थित हुन कठीन गराउने चुनौतिहरू हुन्छन् र तिनीहरू प्रायः लाज वा त्रासका कारण फर्कन हिचकिचाउँछन् । तिनीहरूले धेरै छुटाएका छन् र सोही तहमा पुग्न सक्दैनन् भनेर तिनीहरूले परिकल्पना गर्न सक्छन् । तिनीहरूले जति नै छुटाएका भएपनि सम्पर्क गर्नुहोस् र अनुपस्थित सिकारूहरूलाई अर्को पाठमा सहभागी हुनका लागि आमन्त्रण गर्नुहोस् । सहयोग र प्रोत्साहन प्रदान गर्नुहोस् । कुनै पनि समयमा तिनीहरू पुन: सहभागी हुन सक्ने गरी EnglishConnect तयार गरिएको छ भनेर सिकारूहरूलाई आश्वासन दिनुहोस् । सिकारूहरूले समूहमा भाग लिएर र अर्को पाठका लागि तयारी गरेर पुन: सुरू गर्न सक्छन् । अनुपस्थित सिकारूलाई सम्पर्क र सहयोग गर्नका लागि समूहका एक वा बढी सदस्यहरूलाई आमन्त्रण गर्ने विषयमा ध्यान दिनुहोस् ।

सूची: कुनै व्यक्तिको लिखित अनुमति बिना उसको सम्पर्क जानकारी नबाँढ्नुहोस् ।

समूहका अन्य सिकारूहरू भन्दा सुस्त गतिमा सिकिरहेका सिकारूहरूलाई मैले कसरी सहयोग गर्छु?

केही सिकारूहरूलाई भाषा बुझ्न र बोल्न बढी समय आवश्यक हुन्छ । यी सिकारूहरूले प्रत्येक वार्तालाप समूहमा सहभागी हुनुपूर्व “Personal Study” खण्ड पूरा गरेर सबैभन्दा बढी लाभ उठाउने छन् । समूह भेला हुनुपूर्व तिनीहरूलाई शब्दावली र वाक्य नमूनाहरू अभ्यास गर्न आमन्त्रण गर्नुहोस् । पाठका क्रममा, यी सिकारूहरूलाई प्रोत्साहन र सहयोग प्रदान गर्न सक्ने अन्य सिकारूहरूसँग समायोजन गराउनुहोस् । सबै सिकारूहरूलाई तिनीहरूले सम्भव भएसम्म गर्न र सिक्ने प्रक्रियाको अंशका रूपमा गल्तीहरूलाई स्वीकार गर्न प्रोत्साहन गर्नुहोस् । तपाईंले क्रियाकलाप समीक्षा गर्ने र दोहोर्याउने छनोट पनि गर्न सक्नुहुन्छ । अर्को वार्तालाप समूहमा सहभागी हुनुपूर्व “Personal Study” खण्ड पूरा गर्नु तिनीहरूको प्रगतिका लागि महत्त्वपूर्ण हुन्छ भनेर सबै सिकारूहरूलाई बुझाउनुहोस् ।

द्रुत गतिमा सिकिरहेका सिकारूहरूलाई मैले कसरी सहयोग गर्छु?

जब तपाईंहरू सिकारूहरूसँग संलग्न हुनुहुन्छ, तपाईंहरूले देख्न सक्नुहुन्छ कि कोहीले राम्रोसँग बुझेका छन् र अभ्यासका क्रियाकलापहरू सजिलै पूरा गर्न सक्षम भएका छन् । यी सिकारूहरूलाई थप विवरणहरू समावेश गरेर वा फरक सन्दर्भमा उही क्रियाकलाप गराएर तिनीहरूको सिकाइलाई अझै गहन बनाउन चुनौती दिने विषयमा ध्यान दिनुहोस् । उदाहरणका लागि, जब सिकारूहरूले कसैलाई भेट्ने अभ्यास गर्छन्, तिनीहरूलाई नयाँ साथी वा नयाँ हाकिमलाई भेट्ने अभ्यास गर्नका लागि भन्नुहोस् । यी सिकारूहरूले सुस्त गतिमा सिकिरहेका सिकारूहरूलाई सहयोग गरेर अङ्ग्रेजीको आफ्नो ज्ञानलाई मजबुत बनाउन पनि सक्छन् । सबै सिकारूहरूले सहपाठीहरूलाई सिकाएर र अरूहरूलाई अङ्ग्रेजीमा शब्दावली र नमूनाहरू अभ्यास गर्न सहयोग गरेर लाभ उठाउन सक्छन् ।

अङ्ग्रेजी बोल्ने विभिन्न क्षमता भएका सिकारूहरूलाई म कसरी सहयोग गर्छु?

अङ्ग्रेजी बोल्ने क्षमताका विभिन्न स्तर भएका सिकारूहरू हुनु स्वाभाविक हो र जुन तिनीहरूका लागि एकअर्कालाई सहयोग गर्ने अवसर हो । एकअर्कालाई सहयोग गर्नाले साहचर्य र वृद्धिलाई प्रोत्साहन गर्न सक्छ । प्रदान गर्नका लागि हरेक सँग केही न केही छ । उदाहरणका लागि, केही सिकारूहरूले अरूहरूलाई आत्मविश्वास महसुस गर्नका लागि सहयोग गर्न सक्छन् किनभने तिनीहरू गल्ती गर्न इच्छुक छन् । सिकारूलाई विभिन्न तरिकामा सहपाठी बनाउनुहोस् । तपाईंले सिकारूहरूलाई तिनीहरूका क्षमताहरू सँगै विस्तार गर्नका लागि सहयोग गर्न समान तहमा भएका कसैसँग सहकर्मी बनाउन सक्नुहुन्छ । अथवा तपाईंले सिकारूहरूलाई फरक तहमा भएका कसैसँग जोड्न सक्नुहुन्छ । तल्लो तहका सिकारूहरूले प्रतिक्रिया र सहयोगबाट लाभ उठाउने छन् । उच्च-स्तरका सिकारूले साथीहरूलाई सिकाएर र अङ्ग्रेजीमा व्याख्या गरेर लाभ उठाउने छन् । ध्यान दिनुहोस्, अङ्ग्रेजी बोल्ने विभिन्न क्षमता भएको समूह हुनु सामान्य विषय हो र सिकारूहरूका लागि एकअर्कालाई सहयोग गरेर लाभान्वित हुने विषय एक राम्रो अवसर हुन सक्छ ।

सिकारूले व्याकरणका सम्बन्धमा प्रश्न सोध्दा मैले के गर्छु?

लामो व्याकरण निर्देशन प्रदान गर्नु वा नियमहरूका सम्बन्धमा बताउन धेरै समय खर्च गर्नुको सट्टा, सिकारूहरूलाई नमूनाहरू तर्फ ध्यान दिन लगाउनुहोस् । नमूनाहरू अनुशरण गर्दा सिकारूहरू धेरै गल्तीहरू गर्नबाट टाढा रहन सक्छन् । भाषा सम्बन्धि वार्तालाप गर्नुको सट्टा भाषाको अभ्यास गरेर सिक्नु बढी प्रभावकारी हुन्छ । व्याकरण सम्बन्धि कुनै पनि व्याख्या सरल, संक्षिप्त र कार्ययोग्य हुनु पर्छ । यदि तपाईंले कुनै सिद्धान्त सिकाउनुहुन्छ भने, उदाहरणका वाक्यहरू प्रदान गर्नुहोस् र सिद्धान्त उपयोग गरेर अभ्यास गर्न सिकारूहरूलाई आमन्त्रण गर्नुहोस् । अङ्ग्रेजी सुनेर र अभ्यास गरेर सिकारूहरूले सबैभन्दा धेरै लाभ लिन्छन् ।

के मैले उच्चारण सच्याउनु पर्छ?

उच्चारण सुधार गर्न धेरै समय खर्च नगर्नुहोस् । सही उच्चारण हुनु भन्दा बुझ्नु महत्त्वपूर्ण छ भनेर सिकारूहरूलाई बुझाउनुहोस् । सिकारूहरूलाई तिनीहरूको व्यक्तिगत अध्ययनका क्रममा उच्चारण अभ्यास गर्न प्रोत्साहन गर्नुहोस् ताकि तिनीहरूले आफ्नै गतिमा अभ्यास गर्न सक्छन् । यदि सिकारूहरू तिनीहरूको उच्चारणका सम्बन्धमा धेरै चिन्तित छन् भने, तिनीहरू वार्तालाप अभ्यास गर्न हिचकिचाउन सक्छन् भनेर ध्यान दिनुहोस् । englishconnect.org/learner/resources मा अनलाइन उच्चारण मोड्युलहरू प्रयोग गर्न सिकारूहरूलाई प्रोत्साहन गर्नुहोस् ।

मैले मेरो EnglishConnect समूह कसरी दर्ता र व्यवस्थापन गर्छु?

तपाईंहरूको EnglishConnect समूह दर्ता र व्यवस्थापन गर्न QuickReg (quickreg.englishconnect.org) उपकरण प्रयोग गर्नुहोस् । QuickReg समूह दर्ता गर्ने एउटा उपकरण हो जुन पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चद्वारा उपलब्ध गराइएको छ । तपाईंहरूले QuickReg प्रयोग गर्न सक्नुहुन्छ:

  • समूह सिर्जना गर्न: आफ्नो समूहको दिन, समय र स्थान छनोट गर्न ।

  • समूह व्यवस्थापन गर्न: सहभागीका लागि जानकारी हेर्न र समूहका जानकारी अध्यावधिक गर्न ।

  • व्यक्तिहरूलाई सहभागी हुन आमन्त्रण गर्न: तपाईंको समूहलाई अनलाइनमा englishconnect.org/join मा सूचीवद्ध गरिने छ । मानिसहरूलाई आफ्ना समूहमा दर्ता गर्नका लागि आमन्त्रण गर्न तपाईंले लिङ्क बाँढ्न सक्नुहुन्छ ।

  • प्रमाणपत्रहरू वितरण गर्न: तपाईंको समूहको अन्त्यमा, तपाईंले प्रमाणपत्रहरू प्राप्त गर्न र छाप्न सक्नुहुन्छ ।

सिकारूहरूले EnglishConnect का प्रमाणपत्रहरू कसरी प्राप्त गर्छन्?

EnglishConnect १ र २: का समूहको समापनमा, सिकारूहरूले सहभागिता प्रमाणपत्रहरू प्राप्त गर्न सक्छन् । अगुवाहरू, विशेषज्ञहरू वा शिक्षकहरूले प्रमाणपत्रहरू वितरण गर्न सक्छन् । केही देशहरूलाई EnglishConnect का प्रमाणपत्रहरू वितरण गर्न अनुमोदन नगरिएको हुन सक्छ । कृपया प्रमाणपत्रहरू प्रदान गर्नुपूर्व स्थानीय कानुनी आवश्यकताहरूको समीक्षा गर्नुहोस् (englishconnect.org/leader/approved-locations हेर्नुहोस्)।

सूची: प्रमाणपत्रहरू प्राप्त गर्न र वितरण गर्न, तपाईंको समूह QuickReg उपकरण quickreg.englishconnect.org मा दर्ता गरिएको हुनु पर्छ । ( यस FAQ खण्डमा “मैले मेरो EnglishConnect समूह कसरी दर्ता र व्यवस्थापन गर्छु?” हेर्नुहोस् ।)

EnglishConnect ३: पाठ्यक्रममा आवश्यक तहहरू पूरा गर्दा सिकारूहरूले सम्पन्नताका प्रमाणपत्रहरू प्राप्त गर्न सक्छन् । EnglishConnect ३ पूरा गर्नाले बिवाइयू-पाथवे विश्वव्यापीमा आवेदन दिँदा सिकारूहरूलाई अङ्ग्रेजी मूल्याङ्कनलाई बेवस्ता गर्न अनुमति दिइन्छ ।