अङ्ग्रेजी सिक्ने
EnglishConnect मा स्वागत् छ


“EnglishConnect मा स्वागत् छ,” शिक्षकहरूका लागि EnglishConnect (२०२३)

“EnglishConnect मा स्वागत् छ,” शिक्षकहरूका लागि EnglishConnect

बाहिर सानो समूहमा मुस्कुराउँदै महिला

EnglishConnect मा स्वागत् छ

EnglishConnect को शिक्षकका रूपमा सेवा गर्ने तपाईंको चाहनाका लागि धन्यवाद । तपाईंले सेवा गर्दा तपाईंहरूले आफ्ना स्वर्गका पिताको प्रेम महसुस गर्नुहुने छ भनेर हामी अपेक्षा गर्छौं । अरूहरूलाई अङ्ग्रेजी सिक्नका लागि सहयोग गर्नाले शिक्षा, रोजगारी र सेवाका अवसरहरू विस्तार गर्न सकिन्छ । तपाईंको प्रयासले अहिले र भविष्यमा सिकारूहरूको जीवनलाई आशीषित गर्ने छ ।

जब तपाईंले परमेश्वरको मार्गदर्शन र सामर्थ्य अन्वेषण गर्नुहुन्छ, उहाँले तपाईंलाई आफ्नो समूहका सिकारूहरूलाई प्रेम र सेवा गर्न सहयोग गर्नुहुन्छ । तपाईंले सिकाउनुहुनेहरूले बोल्ने जस्तै भाषा तपाईंहरूले बोल्नु आवश्यक छैन । EnglishConnect समूहको नेतृत्व गर्नका लागि तपाईंहरू अङ्ग्रेजीमा विशेषज्ञ हुन वा शिक्षण अनुभव हुनु आवश्यक छैन । EnglishConnect का सामग्रीहरूमा तपाईंहरू सफल बन्न आवश्यक पर्ने विषयहरू छन् । जब तपाईं आत्माको अन्वेषण गर्नुहुन्छ र पाठहरूद्वारा सिकारूहरूलाई प्रेमपूर्वक मार्गदर्शन गर्नुहुन्छ, तपाईंले तिनीहरूलाई अङ्ग्रेजी सिक्ने माध्यमबाट परमेश्वरको नजिक आउन सहयोग गर्न सक्नुहुन्छ ।