“वार्तालापका समूहका लागि मैले कसरी तयारी गर्छु?” शिक्षकका लागि EnglishConnect (२०२३)
“वार्तालापका समूहका लागि मैले कसरी तयारी गर्छु?” शिक्षकहरूको लागि EnglishConnect
वार्तालापका समूहका लागि मैले कसरी तयारी गर्छु?
वार्तालापको समूह EnglishConnect अनुभवका लागि आवश्यक छ । वार्तालापका समूहमा, सिकारूहरूसँग अर्थपूर्ण वार्तालाप अभ्यास गर्ने अवसरहरू छन् । जब तिनीहरूले भेटघाट गर्छन्, सिकारूहरूले आत्मविश्वास प्राप्त गर्न सक्छन्, आत्माबाट सिक्न सक्छन् र एकअर्कालाई सहयोग गर्न सक्छन् ।
अङ्ग्रेजी बोल्नुले सिकारूहरूलाई प्रगति गर्न सहयोग गर्छ र यो भाषान्तरणहरूको उपहार अन्वेषण गर्ने एउटा महत्त्वपूर्ण तरिका हो । तपाईं साधारण अङ्ग्रेजी प्रयोग गरेर वार्तालापका समूहको नेतृत्व गर्न सक्नुहुन्छ । यदि आवश्यक भएमा, सिकारूहरूले आफ्ना मातृभाषाहरूमा EnglishConnect का सिकारू पुस्तिकाहरूका अनुवादहरू सन्दर्भ गर्न सक्छन् । उद्देश्यहरू, सिकाइका सिद्धान्तहरू, शब्दावली र निर्देशनहरूका लागि अनुवाद प्रदान गरिएको छ ।
तपाईंहरूका वार्तालाप समूह भेट्नुपूर्व, EnglishConnect का सिकारूका पुस्तिकाहरूमा प्रत्येक खण्डको समीक्षा गर्नुहोस् । तयार गर्नका लागि तपाईंलाई सहयोग गर्न निम्न केही चरणहरू छन्:
-
प्रार्थना गर्नुहोस् र परमेश्वरको सहयोग खोज्नुहोस् ।
-
तपाईंले आस्था, साहचर्य र प्रगतिलाई समूहमा कसरी प्रोत्साहित गर्नुहुन्छ भनेर विचार गर्नुहोस् ।
-
म कसरी आत्मालाई आमन्त्रण गर्न सक्छु?
-
म कसरी सिकारूहरूलाई परमप्रभुको सहयोग खोज्न र पहिचान गर्नका लागि सहयोग गर्न सक्छु?
-
म कसरी सिकारूहरूलाई एकअर्कालाई प्रेम र सहयोग गर्नका लागि सहयोग गर्न सक्छु?
-
म कसरी सिकारूहरूलाई अङ्ग्रेजी बोल्न र सुधार गर्नका लागि सहयोग गर्न सक्छु?
-
-
सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।
-
मैले यो सिद्धान्त कसरी अनुभव गरेको छु?
-
म कसरी सिकारूहरूलाई यो सिद्धान्त उपयोग गर्न सहयोग गर्न सक्छु?
-
म कसरी मेरो शिक्षामा सिद्धान्त उपयोग गर्न सक्छु?
-
-
शब्दावली र नमूनाहरू समीक्षा गर्नुहोस् ।
-
के म वार्तालापमा शब्दावली र नमूनाहरू विश्वस्त रूपमा प्रयोग गर्न सक्छु?
-
-
क्रियाकलापहरू १–३ पढ्नुहोस् ।
-
मैले प्रत्येक क्रियाकलापलाई कसरी प्रदर्शन गर्ने छु?
-
म कसरी अभ्यासका लागि सिकारूहरूलाई जोडी बनाउन सक्छु?
-
सिकारूहरूले अभ्यास गर्दा म कसरी सहयोग गर्ने छु?
-
-
“मूल्याङ्कन” खण्डको समीक्षा गर्नुहोस् ।
-
म कसरी सिकारूहरूलाई सफलता महसुस गर्न सहयोग गर्ने छु?
-
सिकारूका पुस्तिकामा “व्यक्तिगत अध्ययन ट्र्याकर” प्रयोग गर्न मैले सिकारूहरूलाई कसरी सहयोग गर्ने छु?
-
-
“अङ्ग्रेजी दैनिक अभ्यास गर्न आस्थामा कार्य गर्ने” खण्डको समीक्षा गर्नुहोस् ।
-
सिकारूहरूलाई समूहमा एकत्रित गराउनुपूर्व “व्यक्तिगत अध्ययन” खण्ड गर्न र दैनिक अङ्ग्रेजी अभ्यास गर्न मैले कसरी प्रोत्साहन गर्ने छु?
-
सिकारूहरूलाई परमप्रभुमा निर्भर रहन मैले कसरी प्रोत्साहन गर्ने छु?
-
यस पुस्तिकामा रहेका “सामूहिक सामग्रीहरू” खण्डको समीक्षा गर्नुहोस् । (यी सामग्रीहरू EnglishConnect का सिकारू पुस्तिकाहरूमा पनि समावेश गरिएका छन् ।) यी स्रोतहरू कसरी प्रयोग गर्नुहुन्छ भनेर तपाईंले योजना निर्माण गर्नुहोस् । “वार्तालाप समूह वाक्यांशहरू” खण्डले समूहलाई अङ्ग्रेजीमा अन्तरक्रिया गर्नका लागि सहयोग गर्न सक्ने सरल वाक्यांशहरू समावेश गर्छ । “अङ्ग्रेजीमा प्रार्थना गर्ने” मा सिकारूहरूलाई अङ्ग्रेजीमा प्रार्थना गर्नका लागि सहयोग गर्ने सरल नमूनाहरू समावेश छन् । सहभागीहरूलाई उद्घाटन वा समापन प्रार्थना गर्नका लागि आह्वान गर्न तपाईंहरूले यो खण्ड समीक्षा गर्न आमन्त्रण गर्न सक्नुहुन्छ ।
थप शिक्षण सामग्रीहरू र उदाहरणहरू सुसमाचार पुस्तकालय र englishconnect.org/teacher मा उपलब्ध छन् ।
भिन्न आस्थाका साथीहरू
आस्थामा आधारित सिकाइमा केन्द्रित हुनु भनेको EnglishConnect लाई विशिष्ट बनाउने विषयहरू मध्येको एक हो । तपाईंले सिकाइका सिद्धान्त तिनीहरूमा कसरी उपयोग हुन सक्छन् भन्ने विषयमा विचार गर्नका लागि सहयोग गरेर फरक-फरक आस्थाका पृष्ठभूमिका मानिसहरूलाई समावेश गर्न सक्नुहुन्छ । तिनीहरूलाई सुसमाचारका शब्दहरू बुझ्नका लागि सहयोग गर्न तपाईंहरूले EnglishConnect सिकारू पुस्तिकाहरूमा “शब्दावलीका सिक्ने सिद्धान्तहरू” प्रयोग गर्न सक्नुहुन्छ । आत्माद्वारा निर्देशित भई तपाईंले सिकाउने सिद्धान्तका सम्बन्धमा छलफल गर्दा तिनीहरूले के सिकिरहेका छन् भनेर बाँढ्न तिनीहरूलाई आमन्त्रण गर्ने विषयमा विचार गर्नुहोस् । परमेश्वरले तिनीहरूलाई अङ्ग्रेजी सिक्नका लागि सहयोग गर्न सक्नुहुन्छ भन्ने आफ्नो विश्वासलाई खुला रूपमा बाँढ्दै गर्दा सदैव अरूहरूको आस्थाका लागि सम्मान देखाउनुहोस् ।
तपाईंले मेरो सुसमाचारको प्रवचन दिनुहोस् पुस्तिकाको परिचयमा थप अवधारणाहरू पत्ता लगाउन सक्नुहुन्छ; “चर्चका सदस्यहरूद्वारा मेरो सुसमाचारको प्रवचन दिनुहोस्को प्रयोग खण्ड हेर्नुहोस् ।”
युवासँग कार्य गर्ने
EnglishConnect ले युवाहरूको जीवनलाई आशीषित गर्न सक्छ । किलाहरू, वार्डहरू र सुसमाचार प्रचार क्षेत्रहरूले युवाहरूका लागि मात्रै समूहहरू व्यवस्थित गर्न सक्छन् । यदि युवा र वयस्क समूहहरू संयुक्त छन् भने, अभ्यासका क्रियाकलापहरूका लागि युवाहरूलाई एकसाथ समूहवद्ध गर्न ध्यान दिनुहोस् ।
युवाहरूको सुरक्षाका लागि चर्चका नीतिहरू पालना गर्न नबिर्सनुहोस् । नाबालिगहरूसँग (१८ वा सोभन्दा मुनिका र परिवारमा बस्ने) समूहमा उपस्थित हुनुपूर्व अभिभावकको हस्ताक्षर गरिएको सहमति फारम हुनु पर्छ । अनलाइनमा बहु भाषाहरूमा फारमहरू englishconnect.org/resources/leader मा उपलब्ध छन् । थप रूपमा, EnglishConnect का पाठ्यक्रमहरूले कम्तिमा दुई उत्तरदायी वयस्कहरू समूह वैठकहरूमा सदैव उपस्थित हुन्छन् भन्ने चर्चका नीतिलाई पालना गर्नु पर्छ । समूहले भर्चुअल रूपमा भेट गरिरहेको भए तापनि तपाईंहरूले यी नीतिहरू पालना गर्नु पर्छ ।