“प्रायः जसो सोधिने प्रश्नहरू,” EnglishConnect कार्यान्वयन निर्देशिका (२०२२)
“प्रश्नहरू,” EnglishConnect कार्यान्वयन निर्देर्शिका
प्रायः जसो सोधिने प्रश्नहरू
मैले सिकाइ र प्रवर्द्धनात्मक स्रोतहरूमा के परिमार्जन गर्न सक्छु?
मलाई कति शिक्षकहरू आवश्यक पर्छन्?
EnglishConnect का लागि सिकारू र शिक्षक सामग्रीहरू के-के हुन्?
समूहहरू सफल भएको म कसरी थाहा पाउन सक्छु?
सिकारूले EnglishConnect १ वा २ कुन लिनु पर्छ भनेर मैले कसरी जानकारी प्राप्त गर्न सक्छु?
मैले सिकाइ र प्रवर्द्धनात्मक स्रोतहरूमा के परिमार्जन गर्न सक्छु?
EnglishConnect का स्रोतहरूको प्रतिलिपि अधिकार कानुनद्वारा सुरक्षित छन् र अनुमति बिना परिमार्जन गरिनु हुँदैन । स्रोतहरू परिमार्जन गर्न अनुमति अनुरोध गर्ने सम्बन्धि जानकारीका लागि “परिशिष्ट क: कानुनी जानकारी” खण्ड हेर्नुहोस् ।
मलाई कति शिक्षकहरू आवश्यक पर्छ?
प्रत्येक समूहमा कम्तिमा पनि दुई जना शिक्षकहरू हुन पर्छ भनेर सिफारिस गरिएको छ । यसरी यदि कोही टाढा गएको छ वा बिरामी छ भने तिनीहरूले एक अर्कालाई सिकाउन वा समेट्न सक्छन् ।
महत्त्वपूर्ण: EnglishConnect का समूहहरूले चर्चको नीति पालना गर्नु पर्छ ताकि प्रत्येक समूहका वैठकमा न्यूनतम दुई जिम्मेवार वयस्कहरू सदैव उपस्थित हुन पर्छ । यदि त्यहाँ एक मात्र शिक्षक छन् भने, प्रत्येक पाठमा सहभगी हुनका लागि एक वयस्क समूह सदस्य नियुक्त गर्नुहोस् । यदि न्यूनत दुई जिम्मेवार वयस्कहरू सहभागी छैनन् भने समूहहरू सञ्चालन नगर्नुहोस् ।
EnglishConnect का लागि सिकारू र शिक्षक सामग्रीहरू के-के हुन्?
सिकारूका सामग्रीहरू
सिकारूहरूलाई सिकारूहरूका लागि EnglishConnect १ मा वा सिकारूहरूका लागि EnglishConnect २ मा पहुँच आवश्यक हुने छ । सिकाइ अभिवृद्धि गर्नका लागि अतिरिक्त सामग्रीहरू पनि उपलब्ध छन् । शिक्षार्थीहरूका लागि उपलब्ध सबै स्रोतहरूको विवरणका लागि तलको सूची हेर्नुहोस्:
-
सिकारूहरूलाई सिकारूहरूका लागि EnglishConnect १ मा वा सिकारूहरूका लागि EnglishConnect २ सिकारूहरूले वार्तालाप समूहका लागि तयारी गर्न र सहभागी हुनका लागि यी पुस्तिकाहरू प्रयोग गर्छन् । प्रत्येक सिकारू पुस्तिकालाई चार देखि पाँच पाठको छ इकाइमा विभाजन गरिएको छ । प्रत्येक पाठमा “व्यक्तिगत अध्ययन” र “वार्तालाप समूह” खण्डहरू समावेश छन् । वार्तालाप समूहमा आउनुपूर्व सिकारूहरूलाई “व्यक्तिगत अध्ययन” का क्रियाकलापहरू पूरा गर्न प्रोत्साहित गरिन्छ । तपाईंहरू Gospel Library मा सिकारूहरूका लागि पुस्तिकाहरू र समावेश गरिएका अडियो स्रोतहरूमा पहुँच राख्न सक्नुहुन्छ वा तिनीहरूलाई store.ChurchofJesusChrist.org (वस्तु नम्बरहरू १८४८९&१९५६३) मा मगाउन सक्नुहुन्छ ।
-
EnglishConnect १ कार्यपुस्तिका र EnglishConnect २ कार्यपुस्तिका: EnglishConnect १ र २ समूहहरू प्रत्येकको आफ्नै कार्यपुस्तिका छ । सिकारूहरूले यी कार्यपुस्तिकाहरूमा भएका क्रियाकलापहरूलाई आफ्नै वा सहकर्मीसँग वार्तालाप समूहका अतिरिक्त थप अभ्यासका रूपमा प्रयोग गर्छन् । तपाईंहरूले सुसमाचार पुस्तकालयमा कार्यपुस्तिकाहरूमा पहुँच राख्न सक्नुहुन्छ वा store.ChurchofJesusChrist.org (वस्तु नम्बर १७१४० & १७३२३)मा तिनीहरूलाई मगाउन सक्नुहुन्छ ।
-
EnglishConnect.org: EnglishConnect वेबसाइटले प्रत्येक पाठका लागि अन्तरक्रियात्मक अभ्यासका क्रियाकिलापहरू समावेश गर्छ ।
-
सुसमाचार पुस्तकालय एप: सिकारूहरूले साधारण सम्मेलनका व्यक्तव्यहरू, मोर्मोनको पुस्तक र भजनहरू पढ्न वा सुन्न सक्छन् ।
-
अन्य पुस्तकहरू र एपहरू: मानिसहरूलाई अङ्ग्रेजी सिक्नका लागि सहयोग गर्न धेरै स्रोतहरू विकसित गरिएका छन् । सिकारूहरूले “… उत्तम पुस्तकहरूबाट ज्ञानका वचनहरू अन्वेषण गर्नु पर्छ ; अध्ययनद्वारा पनि र आस्थाद्वारा पनि” सिकाइको खोजी गर्नु पर्छ सिद्धान्त र करार ८८:११८) ।
शिक्षकहरूले सिकारूहरूलाई विभिन्न स्रोतहरू प्रयोग गर्न र तिनीहरूका लागि हरेकले कति राम्रोसँग कार्य गर्छ भनेर मूल्याङ्कन गर्न प्रोत्साहन गर्नु पर्छ ।
चर्चका भण्डारका वस्तु नम्बरहरू
|
सिकारूहरूका लागि EnglishConnect १ |
१८४८९ |
|
सिकारूहरूका लागि EnglishConnect २ |
१९५६३ |
|
EnglishConnect १ कार्यपुस्तिका |
१७१४० |
|
EnglishConnect 2 कार्यपुस्तिका |
१७३२३ |
शिक्षकका सामग्रीहरू
शिक्षकहरूले Gospel Library मा शिक्षकहरूका लागि EnglishConnect र साथै प्रशिक्षणका अन्य स्रोतहरूenglishconnect.org/teacher/trainingमा अध्ययन गर्नु पर्छ । शिक्षकहरूले वार्तालाप समूहका क्रियाकिलापहरू मार्गदर्शन गर्न EnglishConnect का प्रस्तुतीकरण स्रोतहरू पनि प्रयोग गर्न सक्छन् । प्रस्तुतीकरणका स्रोतहरू englishconnect.org/resources/teaching-materials मा उपलब्ध छन् ।
म कसरी समूहहरू सफल भएको जानकारी प्राप्त गर्न सक्छु?
EnglishConnect को उद्देश्य सिकारूहरूलाई तिनीहरूको आध्यात्मिक र भौतिक आत्मनिर्भरता वृद्धि गर्नका लागि सहयोग गर्नु हो । अङ्ग्रेजी सिक्नाले तिनीहरूको शैक्षिक र रोजगारीका अवसरहरूमा पनि विस्तार गर्न सक्छ । EnglishConnect पाठ्यक्रमहरू सिक्नेहरूलाई तिनीहरूका सिकाइ लक्ष्यहरू प्राप्त गर्नका लागि सँगै कार्य गर्दा सुसमाचारका सिद्धान्तहरू लागू गर्नका लागि सहयोग गर्न तयार पारिएको हो ।
तपाईंहरूले थाहा पाउनुहुने छ कि शिक्षकहरू सफल भइरहेका छन् जब तिनीहरूले:
-
गवाही, प्रार्थना, प्रेम र प्रोत्साहनको अभिव्यक्तिद्वारा आत्मालाई आमन्त्रण गर्छन् ।
-
पाठबाट सिक्ने सिद्धान्तका सम्बन्धमा छलफल गर्न समूहको २० देखि ३० मिनेट समय लिन्छन् ।
-
सहभागीहरूलाई अन्तरक्रियात्मक बोल्ने अभ्यासका क्रियाकलापहरूमा संलग्न हुनका लागि सहयोग गर्न समूहको अधिकांश समय खर्च गर्छन् ।
तपाईंहरूले थाहा पाउनुहुने छ कि सिकारूहरू सफल भइरहेका छन् जब तिनीहरूले:
-
नियमित रूपमा उपस्थित हुन्छन् र साप्ताहिक समूह सत्रहरूमा सक्रिय रूपमा सहभागी हुन्छन् ।
-
एकअर्कालाई सिकाउँछन्, आस्था व्यक्त गर्छन् र गवाही बाँढ्छन् ।
-
समूह बाहिर दैनिक अङ्ग्रेजी अध्ययन र अभ्यास गर्न आस्थाले कार्य गर्छन् ।
सिकारूले EnglishConnect १ वा २ लिनु पर्छ भनेर मैले कसरी जानकारी प्राप्त गर्न सक्छु?
तपाईंहरूले सिकारूलाई EnglishConnect १ मा वा EnglishConnect २ मा राख्ने भनेर निर्धारण गर्न “परिशिष्ट ख: EnglishConnect समूहहरूमा नियुक्तिका लागि मौखिक दक्षता अन्तर्वार्ता” मा रहेको छोटो मौखिक मूल्याङ्कन प्रयोग गर्न सक्नुहुन्छ । यदि त्यहाँ एक मात्र समूह प्रस्ताव गरिएको छ भने, दुबै तहका सिकारूहरूले समर्थन प्रदान गर्न र प्राप्त गर्न सँगै कार्य गर्न सक्छन् ।