“अतिरिक्त मार्गदर्शन,” EnglishConnect कार्यान्वयन निर्देशिका (२०२३)
“अतिरिक्त मार्गदर्शन,” EnglishConnect कार्यान्वयन निर्देर्शिका
अतिरिक्त मार्गदर्शन
आस्था, साहचर्य र प्रगति
आस्था, साहचर्य र प्रगतिको प्रोत्साहन गर्ने सिकारूहरूले आफ्नो आस्था वृद्धि गर्न, साहचर्यको अनुभव गर्न र आफ्नो क्षमता वृद्धि गर्न सक्ने वातावरण सिर्जना गर्न सहयोग गर्नुहोस् । तपाईंहरूले शिक्षकहरूलाई बोलावट गरेर, सुविधा उपलब्ध गराएर र सिकारूहरू र शिक्षकहरूसँग आवश्यक स्रोतहरू छन् भनी सुनिश्चित गरेर यसो गर्न सक्नुहुन्छ । तपाईंहरूले सुसमाचार प्रचारकहरू र अन्य आत्मनिर्भरताका समूहहरू जस्ता सिकारूहरूलाई सहयोग गर्न सक्ने अरूहरूसँग पनि समन्वय गर्न सक्नुहुन्छ ।
पादरित्व अगुवाहरू
पादरित्व अगुवाहरूसँग सल्लाह गर्नुहोस् । तपाईंहरूको कार्यक्रममा पादरित्व अगुवाहरूको अनुमोदन र निरीक्षण छ भनेर सुनिश्चित गर्नुहोस् । पादरित्व अगुवाहरूमा आत्मनिर्भरता, सेमिनरी र इष्टिच्यूटहरू र सुसमाचार प्रचारका प्रयासहरू गर्ने अगुवाहरू समावेश हुन्छन् । पादरित्व अगुवाहरूसँग सल्लाह गर्नुहोस्:
-
लक्ष्य र सफलताहरू निर्धारण र अभिलेख गर्न (हेर्नुहोस् EnglishConnect ले मुक्ति र उन्नयनका परमेश्वरका कार्यलाई समर्थन गर्छ ।
-
कार्यक्रमको परिणाम सुधार गर्न ।
-
नयाँ शिक्षकहरूलाई बोलावट गर्न (हेर्नुहोस् “शिक्षकहरू” ) ।
-
थप सिकारूहरूलाई सहभागी हुन आमन्त्रण गर्न (हेर्नुहोस् “निमन्त्रणा र जागरूकता”) ।
-
पहुँच विस्तार गर्न (हेर्नुहोस् “स्थान र आवृत्ति”) ।
-
अतिरिक्त चर्च स्रोतहरू अन्वेषण गर्न शिक्षार्थीहरूलाई आमन्त्रित गर्न (हेर्नुहोस् “चर्चका अन्य स्रोतहरूसँग जोड्ने”) ।
पादरित्व अगुवाहरूलाई जानकारी गराउनुहोस् । EnglishConnect का समूहहरूको सफलता र चुनौतीहरूका सम्बन्धमा पादरित्व अगुवाहरूलाई जानकारी गराउनुहोस् ।
कानुनको पालना सुनिश्चित गर्नुहोस् । englishconnect.org/leader/approved-locations मा प्राप्त स्थानीय कानुनी आवश्यकताहरू अनुरुप EnglishConnect कार्यक्रम गरिन्छ भनेर सुनिश्चित गर्नुहोस् ।
नोट: EnglishConnect का स्रोतहरू प्रतिलिपि गर्ने अधिकारका कानुनद्वारा सुरक्षित छन् र अनुमति बिना परिमार्जन गरिनु हुँदैन ।
सुसमाचार प्रचार सहकार्य
सुसमाचार बाँढ्न EnglishConnect प्रयोग गर्ने योजना बनाउनुहोस् । EnglishConnect वार्ड सुसमाचार प्रचार योजनाको महत्त्वपूर्ण अंश बन्न सक्छ । EnglishConnect समूहहरूले गर्न सक्छन्:
-
पूर्ण-कालिन सुसमाचार प्रचारकहरूका लागि खोजी गर्ने र शिक्षणका अवसरहरू वृद्धि गर्ने ।
-
सदस्यहरू, चर्चका साथीहरू र सुसमाचार प्रचारकहरू बीचको सम्बन्धलाई मजबुत बनाउने ।
-
फर्कने सदस्यहरू वा सुसमाचार प्रचारकहरूद्वारा सिकाइएका मानिसहरूलाई वार्डमा एकीकृत हुन सहयोग गर्ने ।
-
सदस्यहरूलाई प्रेम, सहकार्य र आमन्त्रणका सिद्धान्तहरू लागू गर्न सहयोग गर्ने (हेर्नुहोस् साधारण पुस्तिका, २३.१ ) ।
सदस्यले नेतृत्व गरेका, सुसमाचार प्रचारकले-सहयोग गरेका प्रयासहरूले यी परिणामहरू पूरा गर्न सहयोग गर्ने छन् । जब सदस्यहरूले EnglishConnect का समूहहरूको नेतृत्व गर्छन्, सहभागीहरूले सदस्यहरूसँग मित्रता र आस्था निर्माण गर्ने अनुभवहरू बाँढ्ने सम्भावना बढी हुन्छ । सुसमाचार प्रचारकहरू, सुसमाचार प्रचारक अगुवाहरू र आत्मनिर्भरताका समितिहरूले EnglishConnect का समूहहरूलाई सरल र प्राकृतिक रूपमा सुसमाचार बाँढ्ने र जिउने स्थान निर्माण गर्न सँगै सल्लाह गर्नु पर्छ ।
सुसमाचार प्रचारकहरूलाई सहयोगका लागि आमन्त्रण गर्नुहोस् । स्टेक वा वार्डहरूले EnglishConnect का समूहहरू उपलब्ध गराउने क्षेत्रहरूमा, निम्न तरिकाद्वारा सहयोग गर्न सुसमाचार प्रचारकहरूलाई आमन्त्रण गर्नुहोस्:
-
समूहहरूमा सहभागी हुन र क्रियाकिलापहरूका क्रममा अभ्यास गर्न ।
-
वार्तालाप गर्ने समूहहरू बीच सिकारूहरूसँग अभ्यास गर्न ।
-
आवश्यकताअनुसार केही पाठ सिकाउन ।
शिक्षकहरू
शिक्षकहरूको भूमिका
शिक्षकहरूले आत्मालाई आमन्त्रण गर्न र आस्था, सङ्गठन र EnglishConnect का समूहहरू वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । तिनीहरूलाई अङ्ग्रेजीमा विशेषज्ञ हुन वा शिक्षण अनुभवको आवश्यकता हुनु आवश्यक छैन । उनीहरूले सिकारूको जस्तै भाषा बोल्नु आवश्यक छैन । EnglishConnect का पाठहरू भाषा सिक्ने प्रमाणित सिद्धान्तहरू प्रयोग गरी डिजाइन गरिएको हो र शिक्षकहरू सफल हुने छन् जब उनीहरूले पाठहरूद्वारा सिकारूहरूलाई प्रेमपूर्ण रूपमा मार्गदर्शन गर्छन् । शिक्षकहरूले अङ्ग्रेजी सिक्ने माध्यमद्वारा सिकारूहरूलाई परमेश्वरको नजिक आउन सहयोग गर्छन् ।
शिक्षकका विशेषताहरू
असल शिक्षकहरूसँग हुन्छन्:
-
उत्साह, उत्प्रेरणा र अङ्ग्रेजी सिकाउने अभिलाषा ।
-
सिकारूहरूका लागि प्रेम र धीरता अनि तिनीहरूलाई सफल भएको देख्ने दृढ चाहना ।
-
एक सकारात्मक र एक आशावादी मनोवृत्ति
-
समूहहरूको नेतृत्व गर्न निर्भरता र उपलब्धता
शिक्षकहरूको बोलावट गर्नुहोस् । किनभने EnglishConnect का सिकारूहरूले नाबालिगहरू समावेश गर्न सक्छन्, स्थानीय पादरित्व अगुवाहरूले प्रत्येक सम्भावित प्रशिक्षकको अन्तर्वार्ता लिनु पर्छ र बोलावटलाई विस्तार गर्नुपूर्व जानकारीका लागि उनीहरूको सदस्यता अभिलेखको समीक्षा गर्नु पर्छ । नाबालिगहरू भएका समूहहरूमा दुई वयस्कहरू उपस्थित हुनु पर्छ र युवाहरूको सुरक्षाका लागि चर्चका नीतिहरू पालना गर्नु पर्छ । गैह्र-युवा समूहहरूमा पनि दुई शिक्षकहरू हुनपर्छ ताकि तिनीहरूले मिलेर पढाउन वा यदि कुनै एक उपलब्ध छैनन् वा बिरामी छन् भने एकअर्कालाई सहयोग गर्न सक्छन् ।
शिक्षकहरूलाई तालीम दिनुहोस् । शिक्षकहरूका लागि EnglishConnect र englishconnect.org/teacher मा भएका स्रोतहरू प्रयोग गरेर तपाईंहरूले शिक्षकहरूलाई तालिम दिन सक्नुहुन्छ । तपाईंहरूले शिक्षकहरूलाई सिकाउने पुस्तिका र कार्यपुस्तिकाका प्रतिलिपि पनि दिनु पर्छ (हेर्नुहोस् “सामग्रीहरू”) । शिक्षकहरूलाई सँगै सल्लाह गर्न, उत्कृष्ट अभ्यासहरू बाँढ्न, एकअर्काका प्रश्नहरूको जवाफ दिन र प्रशिक्षण सामग्रीहरूको समीक्षा गर्नका लागि नियमित रूपमा भेट्न पनि प्रोत्साहन गरिन्छ ।
सिकारूहरूलाई शिक्षक बन्नका लागि प्रगति गर्न सहयोग गर्नुहोस् । शिक्षकहरूले समूहमा सिकारूहरूको पहिचान गर्न सक्छन् जसले भविष्यमा समूहलाई सिकाउनका लागि तयार रहन सक्छन् । शिक्षणसिकाइले सिकारूहरूलाई निरन्तर उन्नति गर्न र कार्यक्रममा पहुँच विस्तार गर्न सहयोग गर्छ ।
सामग्रीहरू
विद्यार्थीहरूलाई सामग्रीहरू प्रदान गर्नुहोस् । सिकारूहरूलाई या त डिजिटल रूपमा Gospel Library मा वा store.ChurchofJesusChrist.org मा वा चर्चको अनलाइन स्टोरद्वारा छापिएको सिकारूहरूका लागि EnglishConnect १ सिकारूहरूका लागि EnglishConnect २ मा पहुँच आवश्यक हुन्छ । कार्यपुस्तिकाहरू र अनलाइनका क्रियाकिलापहरू सहित तिनीहरूको सिकाइ अभिवृद्धि गर्न अतिरिक्त स्रोतहरू पनि उपलब्ध छन् । सिकारूहरूका लागि उपलब्ध सबै स्रोतहरूको विवरणका लागि, “EnglishConnect का लागि शिक्षार्थी र शिक्षक सामग्रीहरू के हुन्?” “प्राय: जसो सोधिने प्रश्नहरू मा हेर्नुहोस् ।
छपाइका स्रोतहरू
यदि तपाईंहरूले छपाइका स्रोतहरू उपलब्ध गराउनुभयो भने, स्थानीय एकाइहरूले तिनीहरूको विद्यमान बजेटबाट यस प्रयासलाई सहयोग गर्छन् । यदि तपाईंहरूलाई रकम आवश्यक छ भने, किला अध्यक्षहरूले रकम अनुरोध गर्न अनुमोदित प्रक्रियाको पालना गर्नु पर्छ । सिकारूहरूलाई कुनै पनि सहभागिता शुल्क नलिनुहोस् । यदि सिकारूहरूले आफ्ना लागि छापिएका स्रोतहरू खरीद गर्ने अपेक्षा गर्छन् भने, तिनीहरूले स्थानीय वितरण केन्द्रहरू वा चर्चको अनलाइन स्टोरद्वारा त्यसो गर्न सक्छन् ।
नोट: निर्देशिकाहरू आइपुग्न छ हप्ता लाग्न सक्छ ।
शिक्षकहरूलाई सामग्री उपलब्ध गराउनुहोस् । शिक्षकहरूले Gospel Library मा शिक्षकहरूका लागि EnglishConnect का साथै Englishconnect.org/teacher मा प्रशिक्षणका अन्य स्रोतहरू अध्ययन गर्नु पर्छ ।
भर्चुअल पाठका प्रस्तुतिहरू
भर्चुअल वार्तालाप गर्ने समूहहरूलाई मार्गदर्शन गर्न शिक्षकहरूले EnglishConnect प्रस्तुतीकरणका स्रोतहरू प्रयोग गर्न सक्छन् । पाठका प्रस्तुतीकरणहरू englishconnect.org/resources/teaching-materials मा उपलब्ध छन् ।
स्थान र आवृत्ति
यदि तपाईंहरूले व्यक्तिगत वा भर्चुअल समूहहरू प्रस्ताव गर्नुहुन्छ भनेर निर्णय गर्नुहोस् । चर्चका भवनहरूमा व्यक्तिगत समूहहरूलाई साहचर्यका अवसरहरू प्रदान गर्न सुझाव गरिन्छ । सहभागीहरूका लागि यदि चर्चका भवनहरूमा आउन चुनौतीपूर्ण छ भने, अनलाइन समूहहरू उपलब्ध गराउनका लागि विचार गर्नुहोस् । “अगुवाइ गर्ने भर्चुअल समूहहरूका लागि निर्देशिका” र “भर्चुअल समूहमा सहभागी हुने निर्देशिका” ले अगुवाहरू, शिक्षकहरू र सिकारूहरूलाई अनलाइनमा सिकाउने वातावरण सिर्जना गर्न सहयोग गर्न सक्छ । englishconnect.org/resources/teaching-materials मा भर्चुअल पाठका प्रस्तुतिहरू उपलब्ध छन् ।
समूहहरूमा कति पटक भेट्ने भनेर निर्णय गर्नुहोस् । अधिकांश समूहहरू हप्तामा एक वा दुई पटक भेट्छन्, तरपनि पाठहरू लेखिएका हुन्छन् ताकि समूहहरू धेरै पटक भेट्न सक्छन् । स्मरण रहोस् कि प्रत्येक पाठपूर्व सिकारूहरूलाई व्यक्तिगत अध्ययन क्रियाकिलापहरू पूरा गर्न समय आवश्यक हुन्छ ।
समूहहरू कहिले र कति समय सम्म भेट्ने भनेर निर्णय गर्नुहोस् । कुनैएक दिन र समय छनोट गर्नुहोस् जुन सिकारूहरू र शिक्षकहरूका लागि उपयुक्त हुने छ । अधिकांश समूहहरू ९० मिनेटका लागि भेट्छन्, तरपनि समूहहरूले चाहेमा समयको फरक मात्रामा पनि भेट्न सक्छन् ।
समूहहरूको समयावधि र तिनीहरूले समेट्ने एकाइहरूका सम्बन्धमा निर्णय गर्नुहोस् । धेरै समूहहरू सञ्चालनमा छन्, यसको अर्थ तिनीहरूले पुस्तिका समाप्त गरेपछि पाठ १ बाट सुरू गर्छन् । अन्य समूहहरूले एक पटक पुस्तिकाकाअनुसार जान्छन् वा पुस्तिकाका एकाइहरूको कुनै अंशहरू मात्रै समेट्छन् ।
अगुवाहरूले समूहहरूलाई व्यवस्थित गर्ने तरिकाहरूका लागि खण्ड “उदाहरणहरू” हेर्नुहोस् ।
दर्ता र प्रमाणपत्रहरू (QuickReg)
QuickReg मा समूहहरू सिर्जना र व्यवस्थापन गर्नुहोस् । QuickReg आत्मनिर्भरता समूहहरूको व्यवस्थापन गर्न चर्चद्वारा-अनुमोदन गरिएको उपकरण हो । Quickreg.englishconnect.org मा गएर QuickReg समूहहरू सिर्जना गर्नुहोस् । त्यसपछि यी विषयहरू गरेर QuickReg प्रयोग गर्न निरन्तरता दिनुहोस्:
-
समूहहरूको विज्ञापन गर्न ।
-
समूहहरूको मिति, समय र स्थान परिवर्तन गर्न ।
-
सहभागीका प्रमाणपत्रहरू छाप्न ।
-
सिकारूको स्थिति परिवर्तन गर्न ।
-
समूहहरूको समापन गर्न ।
प्रशिक्षणका लागि englishconnect.org/leader मा QuickReg ट्यूटोरियल हेर्नुहोस् ।
नोट: QuickReg प्रयोग गर्नका लागि, सदस्यसँग (1) चर्च बोलावट हुनु पर्छ र (2) अगुवा र कारिन्दाका स्रोतसाधनहरूमा तिनीहरूको बोलावटलाई अभिलेख गरिएको हुनु पर्छ ।
QuickReg बाट प्रमाणपत्रहरू छाप्नुहोस् र पुरस्कार दिनुहोस् । शिक्षक र आत्मनिर्भरता विशेषज्ञहरूले QuickReg मा भर्ना भएका सिकारूहरूलाई सहभागिता प्रमाणपत्रहरू छाप्न र पुरस्कार दिन सक्छन् ।
आमन्त्रण र सचेतना
सचेतनामूलक सामग्रीहरू प्रयोग गर्नुहोस् । प्रचार सामग्रीहरू चर्चको अनलाइन स्टोर store.ChurchofJesusChrist.org र englishconnect.org/resources/leader#publicity मा उपलब्ध छन् ।
सिकारूहरूलाई आमन्त्रण गर्नुहोस् । EnglishConnect का समूहहरूको विज्ञापन गर्न तपाईंहरूले सेवा गर्ने दिदीबहिनीहरू र दाजुभाइहरू, सुसमाचार प्रचारकहरू, वार्ड बुलेटिनहरू, पर्चाहरू र अन्य यस्तै सामान्य संचारका माध्यमहरू प्रयोग गर्न सक्नुहुन्छ । स्थानीय एकाइहरूद्वारा अधिकार प्रदान गरिएका र वित्तीय सहयोग प्रदान गरिएका स्थानमा, समूहहरूले सामाजिक सञ्जाल वा स्थानीय वार्ड वा किलाका वेब पृष्ठमा विज्ञापनहरूदिने पनि विचार गर्न सक्छन् । यी मध्ये कुनै पनि विज्ञापन विधिहरू प्रारम्भ गर्नुपूर्व englishconnect.org/leader/approved-locations मा स्थानीय कानुनी मार्गनिर्देशनहरूको समीक्षा गर्नुहोस् ।
सिकारूहरूलाई स्वागत् गर्नुहोस् । सिकारूहरू समूहमा दर्ता हुँदा तपाईंहरूले उनीहरूलाई कसरी स्वागत् गर्नुहुन्छ भनेर योजना निर्माण गर्नुहोस् ।
भिन्दै आस्थाका साथीहरूलाई आमन्त्रण गर्नुहोस् । विभिन्न आस्थाका पृष्ठभूमिका मानिसहरूलाई समावेश गर्न तपाईंहरूलाई प्रोत्साहन गरिन्छ । परमेश्वरले सहभागीहरूलाई अङ्ग्रेजी सिक्नका लागि सहयोग गर्न सक्नुहुन्छ भन्ने आफ्नो आस्थालाई स्पष्ट रूपमा बाँढ्दा सदैव अरूहरूको आस्थाको सम्मान गर्नुहोस् ।
युवाहरूलाई आमन्त्रण गर्ने विषयमा विचार गर्नुहोस् । तपाईंहरूले केवल युवाहरूका लागि समूहहरू व्यवस्थित गर्न सक्नुहुन्छ वा तपाईंहरूले युवाहरूलाई वयस्कहरूसँग उपस्थित हुन आमन्त्रण गर्न सक्नुहुन्छ । अङ्ग्रेजी सिक्न परमेश्वरको सहयोग कसरी प्राप्त गर्ने भनेर हुर्कदो पिँढीले EnglishConnect मा सिक्छन् । यी पाठहरूले तिनीहरूलाई आस्था प्राप्त गर्नका लागि सहयोग गर्न सक्छ कि परमेश्वरले तिनीहरूलाई उनीहरूको जीवनका सबै स्थितिहरूमा सहयोग गर्नुहुन्छ ।
युवाहरूको सुरक्षाका लागि चर्चका नीतिहरू पालना गर्नुहोस् । नाबालिग (१८ वा सोभन्दा कम उमेरका र घरमा बस्ने) हरूसँग समूहमा उपस्थित हुनुपूर्व अभिभावकको सहमतिमा हस्ताक्षर गरिएको फारम हुनु पर्छ । फारमहरू englishconnect.org/resources/leader मा विभिन्न भाषाहरूमा उपलब्ध छन् । थप रूपमा, EnglishConnect का समूहहरूले सदैव चर्चको नीति पालना गर्नु पर्छ कि न्यूनतम दुई जिम्मेवार वयस्कहरू समूह वैठकहरूमा सधैँ उपस्थित हुनु पर्छ । यदि समूह भर्चुअल रूपमा भेटिरहेको छ भने पनि यी नीतिहरू अनुशरण गरिनु पर्छ ।
अर्को तहमा प्रगति गर्ने
EnglishConnect र बिवाइयू-पाथवे विश्वव्यापी शिक्षा र जीवनवृतिको मार्गमा सिकारूहरूलाई शिक्षित गर्नुहोस् । EnglishConnect र बिवाइयू–पाथवे विश्वव्यापीले सिकारूहरूलाई साहचर्य र आस्थाको वातावरणमा नयाँ सीपहरू प्राप्त गर्न मार्ग प्रदान गर्छ । तपाईंहरूले byupathway.org/englishconnect मा स्रोतहरू पाउन सक्नुहुन्छ ।
EnglishConnect ३ मा भर्ना हुन सिकारूहरूलाई सहयोग गर्नुहोस् । “सिकारूहरूलाई EnglishConnect ३ समूहहरूमा जोड्ने खण्ड हेर्नुहोस् ।”
आफ्ना स्थानीय बिवाइयू–पाथवे विश्वव्यापी सेवाका सुसमाचार प्रचारकहरूसँग जोडिनुहोस् । EnglishConnect ३ बाट बिवाइयू–पाथवे विश्वव्यापीमा परिवर्तन गर्दा सिकारूहरूलाई सहयोग गर्ने तरिकाहरूका सम्बन्धमा छलफल गर्नुहोस्।
चर्चका अन्य स्रोतहरूसँग जोड्ने
चर्चका अतिरिक्त स्रोतहरूसँग जोड्नुहोस् । थप जानकारी लिने अवसरहरूका लागि सहभागीहरूलाई आत्मनिर्भरताका अन्य समूहहरू, युवाका क्रियाकिलापहरू र येशू ख्रीष्टको सुसमाचारका सम्बन्धमा जस्ता चर्चका अतिरिक्त स्रोतहरूसँग जोड्ने योजनाहरू निर्माण गर्नुहोस् । थप जानकारीका लागि ChurchofJesusChrist.orgमा रहेको पृष्ठ “Emotional, Educational, and Employment Resources” हेर्नुहोस् ।