अङ्ग्रेजी सिक्ने
उद्देश्य


“उद्देश्य,” EnglishConnect कार्यान्वयन निर्देशिका (२०२३)

“उद्देश्य,” EnglishConnect कार्यान्वयन निर्देशिका

मानिसहरू बोल्दै र हाँस्दै

उद्देश्य

EnglishConnect पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चद्वारा प्रदान गरिएको अङ्ग्रेजी-सिक्ने कार्यक्रम हो । EnglishConnect को उद्देश्य आस्था, साहचर्य र प्रगतिको वातावरणमा अङ्ग्रेजीका सीपहरू विकास गरेर व्यक्तिहरूलाई आध्यात्मिक र भौतिक रूपमा आत्मनिर्भरता अभिवृद्धि गर्न सहयोग गर्नु हो ।

EnglishConnect ले परमेश्वरको मुक्ति र उन्नयनको कार्यलाई समर्थन गर्छ

EnglishConnect ले परमेश्वरका सन्ततिहरूलाई यी विषयहरूमा सहयोग गर्न सक्छ:

  • येशू ख्रीष्टको सुसमाचार अनुरुप जिउन । EnglishConnect मा, सहभागीहरूले “अध्ययन र आस्थाद्वारा पनि” सिक्ने सिद्धान्तहरू लागू गर्छन् सिद्धान्त र करार ८८:११८) । शिक्षक र सिकारूहरूले परमप्रभुको सहयोग खोज्ने र प्राप्त गर्ने गर्दा तिनीहरूको आस्थालाई मजबुत बनाउँछ । (उदाहरणहरू)

  • आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने । अङ्ग्रेजी भाषाको सीपले आत्मनिर्भरता र सेवाका लागि अवसरहरू विस्तार गर्न सक्छ । EnglishConnect ले सहभागीहरूलाई सेवा, रोजगारी र शैक्षिक अवसरहरूका लागि तयारी गर्न सहयोग गर्छ । यसका अतिरक्त, सहभागीहरूले एकअर्कालाई सेवा र प्रेम गर्छन् जब उनीहरू सँगै सिकाउँछन् र सिक्छन् । (उदाहरणहरू)

  • सुसमाचार ग्रहण गर्न सबैलाई आमन्त्रण गर्नुहोस् । EnglishConnect का समूहहरूमा, सहभागीहरूले सुसमाचारका सिद्धान्तहरू सिक्छन् र लागू गर्छन् र मित्रता निर्माण गर्छन् । EnglishConnect भरी, सहभागीहरूसँग आत्मालाई अनुशरण गर्ने धेरै अवसरहरू छन् जब उनीहरूले प्रेम गर्छन्, बाँढ्छन् र अरूहरूलाई सुसमाचारका आशीर्वादहरू अनुभव गर्न आमन्त्रण गर्छन् । (उदाहरणहरू)