अङ्ग्रेजी सिक्ने
आत्मनिर्भर विशेषज्ञ र समितिहरू


“आत्मनिर्भरता विशेषज्ञ र समितिहरू,” EnglishConnect कार्यान्वयन निर्देशिका (२०२३)

“आत्मनिर्भरता,” EnglishConnect कार्यान्वयन निर्देशिका

मानिसहरू बोल्दै र हाँस्दै

आत्मनिर्भर विशेषज्ञ र समितिहरू

EnglishConnect ले आस्था, साहचर्य र प्रगतिको वातावरणमा अङ्ग्रेजीका सीपहरू विकास गरेर व्यक्तिहरूलाई आध्यात्मिक र भौतिक रूपमा आत्मनिर्भरता अभिवृद्धि गर्न सहयोग गर्छ । विशेषज्ञ, शिक्षक वा सिकारूका रूपमा सहभागी हुँदा कसले लाभ उठाउन सक्छ भनी प्रार्थनापूर्वक विचार गर्नुहोस् ।

तपाईंहरूले सेवा गर्न बोलावट गरिएकाहरूका आवश्यकताहरू पूरा गर्न तपाईंहरूले EnglishConnect समायोजन गर्न सक्नुहुन्छ । तलका चरणहरू पूरा गर्दा तपाईंहरूले सेवा गर्नेहरूका आवश्यकतालाई प्रार्थनापूर्वक विचार गर्नुहोस् ।

EnglishConnect १ र २ समूहहरू प्रदान गर्ने

EnglishConnect समूहहरू अन्य आत्मनिर्भर समूहहरू जस्तै सङ्गठित र प्रशासित गरिन सकिन्छ । यसको अर्थ सामान्यतया EnglishConnect १ र २ को प्रशासन आत्मनिर्भरता वा अन्य तोकिएका समितिलाई सुम्पिएको हुन्छ ।

एकै नजरमा

EnglishConnect १ र २ मा निःशुल्क सहभागी हुन सकिन्छ र यसमा समावेश छन्:

  • स्थानीय सदस्यहरू वा सुसमाचार प्रचारकहरूको नेतृत्वमा एक साप्ताहिक वार्तालाप समूह ।

  • ९० मिनेटको पाठ ।

  • एकाइहरूमा व्यवस्थित गरिएका २५ पाठहरू ।

  • सिकाइका सिद्धान्तहरू “अध्ययनद्वारा र आस्थाद्वारा” (सिद्धान्त र करार ८८:११८) ।

  • दैनिक अभ्यासका स्रोतहरू ।

  • सुसमाचार पुस्तकालयमा अडियो र अनुवादमा पहुँच ।

पाठको लम्बाइ र गतिलाई स्थानीय परिस्थितिहरूमा समायोजन गर्न सकिन्छ (हेर्नुहोस् “उदाहरणहरू” ) ।

समूह सुरू गर्नुपूर्व

  • दर्शन र लक्ष्यहरूमा पादरित्व अगुवाहरूसँग सल्लाह गर्नुहोस् (थप) ।

  • बोलावट गर्नुहोस् र शिक्षकहरूलाई तालीम दिनुहोस् (थप) ।

  • सामग्रीहरू प्रदान गर्नुहोस् (थप) ।

  • स्थान र आवृत्तिमा निर्णय गर्नुहोस् (थप) ।

  • QuickReg मा समूह दर्ता गर्नुहोस् (थप) ।

  • सहभागीहरूलाई आमन्त्रण र स्वागत् गर्नुहोस् (थप) ।

समूहको समयमा

  • आस्था, साहचर्य र प्रगतिको वातावरणको प्रोत्साहन गर्नुहोस् (थप) ।

  • शिक्षकको प्रगतिमा सहयोग गर्नुहोस् (थप) ।

  • सिकारूहरूलाई EnglishConnect को अर्को तहका लागि तयारी गर्न सहयोग गर्नुहोस् (थप) ।

  • चर्चका अन्य स्रोतहरू परिचित गराउनुहोस् (थप) ।

  • QuickReg मा आफ्नो समूहको व्यवस्थापन गर्नुहोस् (थप) ।

समूहको समापन

  • समूहको अन्त्यमा प्रमाणपत्रहरू छाप्नुहोस् र वितरण गर्नुहोस् (थप) ।

  • सिकारूहरूलाई अर्को EnglishConnect तह वा बिवाइयू-पाथवे विश्वव्यापीमा परिवर्तन गर्न सहयोग गर्नुहोस् (थप) ।

  • शिक्षकका रूपमा बोलावट गर्न सकिने सिकारूहरूको पहिचान गर्नुहोस् (थप) ।

  • चर्चका अन्य कार्यक्रमहरूमा सहभागी हुन सिकारूहरूलाई आमन्त्रण गर्नुहोस् (थप) ।

  • QuickRegमा समूह समापन गर्नुहोस् (थप) ।

  • पादरित्व अगुवाहरूलाई प्रतिवेदन दिनुहोस् (थप) ।

सिकारूहरूलाई EnglishConnect ३ समूहहरूमा जोड्दै

EnglishConnect ३ ले सिकारूहरूलाई रोजगारी र शैक्षिक अवसरहरू दुबैमा इन्टरमिडिएट अङ्ग्रेजी-भाषाका सीपहरू विकास गर्न—विशेष गरी बिवाइयू–पाथवे विश्वव्यापीका लागिसहयोग गर्छ । चर्चका सेवा गर्ने सुसमाचार प्रचारकहरूले EnglishConnect ३ समूहहरूको सहयोग गर्छन् ।

तपाईंहरूले सिकारूहरूलाई EnglishConnect ३ मा पहुँच गर्नका लागि सहयोग गर्न सक्ने दुई तरिकाहरू छन्:

  1. सिकारूहरूलाई सञ्चालित समूहमा सहभागी हुन सहयोग गर्नुहोस् । विश्वका अधिकांश क्षेत्रहरूमा EnglishConnect ३ का समूहहरू छन् । तपाईंहरूले सिकारूहरूलाई englishconnect.org/join मा आवेदन प्रक्रियाद्वारा मार्गदर्शन गरेर EnglishConnect ३ समूहमा भर्ना हुनका लागि सहयोग गर्न सक्नुहुन्छ । थप प्रश्नहरू वा भर्नासम्बन्धि विषयहरूका लागि सिकारूहरूलाई byupathway.org/help/contact-us सन्दर्भ गर्नुहोस् ।

  2. EnglishConnect ३ समूह प्रस्ताव गर्नुहोस् । यदि तपाईंहरू EnglishConnect ३ समूह सुरू गर्न चाहनुहुन्छ भने, learn@englishconnect.org मा इमेल गर्नुहोस् । चर्चका सेवा गर्ने सुसमाचार प्रचारकले तपाईंहरूलाई सम्पर्क गर्ने छन् ।