अङ्ग्रेजी सिक्ने
अगुवाहरू


“अगुवाहरू” कोEnglishConnect कार्यान्वयन निर्देशिका(२०२३)

“अगुवाहरू” कोEnglishConnect कार्यान्वयन निर्देशिका

अगुवाहरू सँगै वार्तालाप गर्दै र हाँस्दै

अगुवाहरू

EnglishConnect ले परमेश्वरको उद्धार र उन्नयनको कार्यमा सहयोग गर्न पादरित्वको निर्देशनमा कार्य गर्छ । EnglishConnect वार्ड, किला, समन्वय परिषद्, सुसमाचार प्रचार क्षेत्रहरू र क्षेत्रहरूद्वारा लागू गर्न सकिन्छ ।

निम्न सिद्धान्तहरूले तपाईंहरूलाई सुरू गर्नका लागि सहयोग गर्ने छ:

  • एक योजनाको स्थापना गर्नुहोस् । परिषद्हरूमा, परमेश्वरको उद्धार र उन्नयनको कार्यमा व्यक्ति र परिवारहरूलाई सहयोग गर्न तपाईंहरूले EnglishConnect लाई कसरी प्रयोग गर्नुहुन्छ भनेर निर्धारण गर्नुहोस् ।

  • उत्तरदायित्व प्रत्यायोजन गर्नुहोस् । EnglishConnectलाई अन्य आत्मनिर्भरता वा शैक्षिक कार्यक्रमहरू जस्तै सङ्गठित गरिन सक्छ । EnglishConnect को कार्यान्वयन उच्च परिषद् वा आत्मनिर्भरता विशेषज्ञलाई सुम्पन सकिन्छ ।

  • जवाफदेहिता सुनिश्चित गर्नुहोस् । कार्यक्रमको प्रभावमा आवधिक अद्यावधिकहरूका तालिका तयार पार्नुहोस् । व्यक्तिहरू र परिवारहरूमा जोड दिनुहोस् ।

सुसमाचार प्रचार अगुवाहरू

किला वा वार्डहरूमा EnglishConnect का समूहहरू नभएका क्षेत्रहरूमा, सुसमाचार प्रचार अगुवाहरूले स्थानीय पादरित्व अगुवाहरूसँग मिलेर सुसमाचार प्रचारकहरूद्वारा सिकाउने योजना बनाउन सक्छन् जबकि चर्चका स्थानीय अगुवाहरूले यो भूमिका पूरा गर्न सदस्यहरूलाई तयार पार्छन् । सुसमाचार प्रचार अगुवाहरू र सुसमाचार प्रचारकहरूले यस निर्देशिकामा भएको जानकारीको प्रयोग गर्नु पर्छ र तिनीहरूको प्रयासलाई स्थानीय अगुवाहरू र सदस्यहरूसँग समायोजन गर्नु पर्छ (हेर्नुहोस् “सुसमाचार प्रचार सहकार्य”) ।