“उदाहरणहरू,” , EnglishConnect कार्यान्वयन निर्देशिका(२०२३)
“उदाहरणहरू,” , EnglishConnect कार्यान्वयन निर्देशिका
उदाहरणहरू
स्थानीय आवश्यकताहरू पूरा गर्न समूहहरूलाई कसरी व्यवस्थित गर्ने भनेर तल केही उदाहरणहरू छन् ।
सुसमाचार प्रचारकले-नेतृत्व गरेका समूहहरू
सञ्चालित समूहहरू
किला परिषद्ले EnglishConnect समूहहरू प्रदान गर्न चाहन्छ जुन किला र समुदायका सदस्यहरू जुनसुकै समयमा सहभागी हुन सक्छन् । तिनीहरूले EnglishConnect का समूहहरूले चर्चका सदस्यहरूलाई सेवा गर्ने अवसरहरू प्रदान गर्ने छन् भनेर अपेक्षा गर्छन् । तिनीहरूले यी समूहहरूले समुदायका सदस्यहरूलाई येशू ख्रीष्टका सम्बन्धमा थप बुझ्न र चर्चका सदस्यहरूको प्रेम अनुभव गर्ने अवसरहरू प्रदान गर्ने छन् भनेर पनि अपेक्षा गर्छन् ।
तिनीहरूले कुनै एक भवन छनोट गर्छन् जुन उपस्थित हुन सक्ने धेरैजसो मानिसहरूको नजिक छ । तिनीहरूले मङ्गलबार साँझ ७:०० देखि ८:३० बजे सम्म समूहहरू भेट्ने निर्णय गर्छन् । तिनीहरूले दुई जना EnglishConnect १ का लागि र दुई जना EnglishConnect २ का लागि गरी चार जना शिक्षकहरूलाई बोलावट गर्छन् । तिनीहरूले एक जना शिक्षकलाई सम्पूर्ण कार्यक्रमको संयोजक बन्न र ती शिक्षकलाई अगुवा र कारिन्दाका स्रोतहरूमा कल्याण र आत्मनिर्भरता विशेषज्ञका रूपमा बोलावट गर्न आग्रह गर्छन् । यस बोलावटसँगै, संयोजकले QuickReg मा समूहहरू दर्ता गर्न सक्छन् ।
किला परिषद्ले त्यसपछि चर्चमा पर्चाहरू हस्तान्तरण गरेर, सामाजिक सञ्जालका प्लेटफर्महरूमा यसका सम्बन्धमा पोस्ट गरेर र सुसमाचार प्रचारकहरूलाई तिनीहरूले भेट्ने मानिसहरूलाई आमन्त्रण गर्न आग्रह गरेर समूहहरूको विज्ञापन गर्छन् । प्रारम्भमा, किलाले सिकारूहरूलाई आफ्नो क्षेत्रका लागि भर्चुअल EnglishConnect ३ का समूहमा सहभागी हुनका लागि प्रोत्साहन गर्छन् जब तिनीहरू EnglishConnect २ बाट अगाडि बढ्न तयार हुन्छन् । समयसँगै, किलासँग एउटै चर्च भवनमा EnglishConnect १ र २ समूहहरूलाई जस्तै EnglishConnect ३ का सहभागीहरूलाई सहयोग गर्न पर्याप्त सहभागीहरू हुन्छन् । PathwayConnect सुसमाचार प्रचारकहरूलाई EnglishConnect ३ समूहको निरीक्षण गर्नका लागि बोलावट गर्न तिनीहरूले आफ्नो बिवाइयू-पाथवे विश्वव्यापीसँग कार्य गर्छन् ।
दुई एकाइ समूहहरू
कुनै वडा परिषद्ले वार्ड र समुदायका सदस्यहरूलाई अङ्ग्रेजी सिक्ने अवसर प्रदान गर्न चाहन्छ । तिनीहरूले यसभन्दा अगाडि EnglishConnect समूह सञ्चालन गर्ने प्रयास गरेका छन्, तर धेरैजसो सहभागीहरूले पूर्ण रूपमा २५-हप्ता सम्म उपस्थित हुने प्रतिवद्धता गर्न कठीन महसुस गरे । तिनीहरूले समूहहरू प्रस्ताव गर्ने निर्णय गर्छन् जसले दुई एकाइहरू मात्र समेट्छ ।
अगुवाहरूले मङ्गलबार र शुक्रबार बेलुका ७:३० देखि ९:०० बजे सम्म समूहहरू भेट्ने निर्णय गर्छन् । तिनीहरूले दुई जना EnglishConnect १ का लागि र दुई जना EnglishConnect २ का लागि गरी चार जना शिक्षकहरूलाई बोलावट गर्छन् । तिनीहरूले QuickReg मा समूहहरू दर्ता गर्छन् र चर्चका भवन बाहिर एउटा सङ्केत राखेर समूहहरूको विज्ञापन गर्छन् । तिनीहरूले पर्चाहरू पनि बनाउँछन् जुन सदस्यहरूले आफ्ना साथीहरूलाई हस्तान्तरण गर्न सक्छन् वा सामाजिक सञ्जालद्वारा बाँढ्न सक्छन् ।
महिनाको अन्त्यमा, अगुवाहरूले QuickReg मा समूहहरू समाप्त गर्छन् र निकट भविष्यमा अर्को दुई एकाइहरू समेट्ने योजना निर्माण गर्छन् ।
युवा समूहहरू
किला परिषद्ले युवा कार्यक्रम समाप्त गरेपछि र आफ्नो सुसमाचार प्रचार क्षेत्रबाट घर फर्किएपछि युवाहरूलाई शैक्षिक र रोजगारीका अवसरहरूमा पहुँच प्राप्त गर्नका लागि सहयोग गर्न चाहन्छ । EnglishConnect द्वारा अङ्ग्रेजी सिक्नुले युवाहरूलाई सार्थक लक्ष्यहरू प्राप्त गर्न कसरी परमेश्वरसँग सहकार्य गर्ने भनेर सिक्न सहयोग गर्ने छ भनेर पनि अगुवाहरूले अपेक्षा गर्छन् । तिनीहरूले आफ्नो किलाका युवाहरूको लागि EnglishConnect समूहहरू सुरू गर्ने निर्णय गर्छन् ।
युवाहरू एकअर्काबाट टाढा बस्छन्, त्यसैले अगुवाहरूले मङ्गलबार बेलुका ८:०० देखि ९:०० बजे सम्म समूहहरूलाई भर्चुअलरूपमा भेट्न निर्णय गर्छन् । तिनीहरूले समूहलाई सिकाउन सेवा सकेर फर्केका सुसमाचार प्रचारक र अङ्ग्रेजी जान्ने युवालाई बोलावट गर्छन् । अगुवाहरूले तिनीहरूलाई Church policies for protecting youth अनुशरण गर्छन् भनेर सुनिश्चित गर्छन् । उदाहरणका लागि, तिनीहरूले प्रत्येक भर्चुअल वैठकमा युवा सुरक्षा प्रशिक्षण पूरा गरेका दुई वयस्कहरू उपस्थित छन् र प्रत्येक युवासँग हस्ताक्षर गरिएको अभिभावकको सहमति फारम छ भनी सुनिश्चित गर्छन् ।
अगुवाहरूले एक शिक्षक- वा अगुवाद्वारा-निगरानी गरिएको व्हाट्सएप समूह पनि सुरू गर्छन् ताकि युवाहरूले आफ्नो अङ्ग्रेजी दैनिक अभ्यास गर्न सक्छन् । व्हाट्सएप समूहले मङ्गलबारको वैठकमा सहभागी हुन नसक्ने युवाहरूलाई सहभागी गराउन सहयोग गर्छ ।
अगुवाहरूले EnglishConnect २ भन्दा माथिको अङ्ग्रेजी भाषाको क्षमता भएकाहरूका लागि आफ्नो क्षेत्रमा EnglishConnect ३ युवा समूह सुरू गर्न तिनीहरूको क्षेत्रका कल्याण र आत्मनिर्भरता प्रवन्धकसँग कार्य गर्छन् ।
सुसमाचार प्रचारकले-नेतृत्व गरेका समूहहरू
सुसमाचार प्रचारक अगुवाहरूले येशू ख्रीष्टको सुसमाचार बाँढ्नका लागि EnglishConnect प्रयोग गर्न चाहन्छन् । EnglishConnect का समूहहरूले राम्रो कार्य गर्छन् जब तिनीहरू सदस्यद्वारा सञ्चालन गरिएका र सुसमाचार प्रचारकद्वारा समर्थन गरिएका हुन्छन् भनेर तिनीहरूलाई जानकारी छ । सुसमाचार प्रचार क्षेत्रका किला अध्यक्षहरूसँगको परिषद् मा, तिनीहरूले सुसमाचार प्रचार क्षेत्रले EnglishConnect का समूहहरू सुरू गर्ने र तिनीहरूलाई किलामा सुम्पने कार्य गर्ने निर्णय गर्छन् ।
सुसमाचार प्रचारकहरूले समूहहरूका लागि वैठकको समय निर्धारण गर्छन् जसले तिनीहरूलाई आफ्नो सुसमाचारको तालिकामा कार्य गर्न र समुदायका मानिसहरूको पहुँचलाई अधिकतम बनाउन सहयोग गर्छ । जब सुसमाचार प्रचारकहरूले EnglishConnect शिक्षकहरूका रूपमा सुरू गर्छन्, तिनीहरूले आफूहरूलाई प्रतिस्थापन गर्नका लागि स्थानीय सदस्यहरू खोज्नका लागि पादरित्व अगुवाहरूसँग कार्य गर्छन्, जसमध्ये केही पूर्व EnglishConnect १ र २ सिकारूहरू पनि हुन सक्छन् । समयसँगै, सुसमाचार प्रचारकहरूले सहयोगीको भूमिका निर्वाह गर्छन् । सुसमाचार प्रचारकहरूले नियमित रूपमा उपस्थित भई समूहहरूलाई सहयोग गर्न निरन्तरता दिन्छन्, नयाँ सिकारूहरूलाई परिचय गराउँदै र सिकारूहरूलाई अङ्ग्रेजी सिक्नका लागि परमेश्वरको सहयोगको अन्वेषण गर्न प्रोत्साहन दिन्छन् ।