“सिंहावलोकन,” EnglishConnect कार्यान्वयन निर्देशिका(२०२३)
“सिंहावलोकन,” EnglishConnect कार्यान्वयन निर्देशिका
सिंहावलोकन
EnglishConnect मा सिकारूहरूलाई प्रगति गर्नका लागि सहयोग गर्न धेरै तहहरू छन् । EnglishConnect १ र २ ले सिकारूहरूलाई आधारभूत अङ्ग्रेजी-भाषाका सीपहरू विकास गर्न सहयोग गर्छन् । EnglishConnect ३ ले सिकारूहरूलाई रोजगार, सेवा र शैक्षिक अवसरहरू—विशेष गरी बिवाइयू–पाथवे विश्वव्यापी का लागि इन्टरमिडिएट अङ्ग्रेजी-भाषाका सीपहरू विकास गर्न सहयोग गर्छ ।
सबै तहहरू सिकारूहरूका लागि उपलब्ध हुँदा EnglishConnect सबैभन्दा प्रभावकारी हुन्छ ।
सहभागिताका लागि आवश्यकताहरू
EnglishConnect का समूहहरूमा सहभागी हुनका लागि सिकारूहरूले आफ्नो मातृभाषामा साक्षर हुनै पर्छ र कम्तीमा ११ वर्षको हुनु पर्छ ।
तल अङ्ग्रेजी-भाषाका क्षमताहरू छन् जुन सिकारूहरूलाई प्रत्येक तह सुरू गर्नु आवश्यक छ ।
EnglishConnect १: अक्षर पढ्नुहोस् र आधारभूत शब्दहरू भन्नुहोस्
EnglishConnect २: आधारभूत वाक्यहरू बनाउनुहोस्
EnglishConnect ३: सहज वार्तालापहरू गर्नुहोस्; आधारभूत वाक्यहरू पढ्नुहोस् र लेख्नुहोस्*
*सिकारूहरूले EnglishConnect ३ मा सहभागी हुन अङ्ग्रेजी-भाषाको मूल्याङ्कनमा उत्तीर्ण गर्नु आवश्यक छ ।