अङ्ग्रेजी सिक्ने
सन्दर्भका लागि उदाहरणहरू


“सन्दर्भका लागि उदाहरणहरू,” EnglishConnect कार्यान्वयन निर्देशिका (२०२३)

“सन्दर्भका लागि उदाहरणहरू,” EnglishConnect कार्यान्वयन निर्देशिका

सन्दर्भका लागि उदाहरणहरू

तल केही उदाहरणहरू छन् जुन अन्य कागजातहरूद्वारा सन्दर्भ गर्न सकिन्छ र—सुसमाचार पुस्तकालय “ड्रएर(drawer)” मा पूर्ण रूपमा लोड गरिएको हुन सक्छ ।

उदाहरण सेट १

कथा १ - मरिया

मरियाले अङ्ग्रेजी सिक्न परमेश्वरको सहयोग कसरी प्राप्त गर्ने भनेर सिकिन् । परमेश्वरमा उनको आस्था र भरोसा बढेको छ र उनी आफ्नो जीवनका अन्य स्थितिहरूमा उहाँको सहयोग खोज्छिन् । उनले अब आफ्नो सुसमाचार अध्ययनलाई वृद्धि गर्न सिकाइका सिद्धान्तहरू प्रयोग गर्छिन् ।

कथा २—कोफी

एक सदस्यले कोफीलाई EnglishConnect समूहमा आमन्त्रण नगर्दा सम्म उनी चर्चमा सक्रिय थिएनन् । अन्य सहभागीहरूसँगका अनुभवहरूले उनलाई ख्रीष्टसँग नजिक हुने चाहनालाई पुन: जगाउन सहयोग गरे । अब उनी नियमित रूपमा चर्च जान्छन्, कुनै बोलावटमा आस्थावान् भएर सेवा गर्छन् र अरूहरूलाई सेवा गर्छन् ।

उदाहरणहरू सेट २

कथा १—एक्सलेन्ट

एक्सलेन्टले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा EnglishConnect २ पूरा गर्यो र अन्तर्राष्ट्रिय पर्यटकहरूलाई सेवा दिन आफ्नो व्यवसाय विस्तार गर्यो, जसले उसको आम्दानी दोब्बर बनायो । एक्सलेन्टले EnglishConnect को शिक्षकका रूपमा सेवा गरेर पनि अरूहरूको हेरचाह गर्न सहयोग गर्छ ।

कथा २—जेङ मिन

जेङ मिनले EnglishConnect द्वारा आफ्नो अङ्ग्रेजी क्षमतामा सुधार ल्याइन् र BYU-Pathway Worldwide मा भर्ना भइन् । उनले अङ्ग्रेजी बुझेका कारण उनले BYU-Pathway Worldwide मा पढ्दै गर्दा राम्रो कमाइ हुने काम खोज्न सक्षम भइन् ।

उदाहरणहरू सेट ३

कथा १—लुकास

लुकासले सामाजिक सञ्जालमा आफ्ना साथीहरूलाई EnglishConnect समूहमा सहभागी हुन आमन्त्रण गरे । मरियाले उनको पोस्ट देख्छिन् र उनीसँग जाने निर्णय गरिन् । मरिया आफूले महसुस गरेको आस्था र साहचर्यबाट प्रेरित भइन् र सुसमाचार प्रचारकहरूबाट चर्चका सम्बन्धमा थप बुझ्ने निर्णय गरिन् । उनले बप्तिस्मा लिने निर्णय गरिन् र अहिले EnglishConnect १ को शिक्षकका रूपमा सेवा गरिरहेकी छिन् ।