एशिया क्षेत्रका अगुवाइका सन्देश
हाम्रो जीवनको उद्देश्य र अर्थ पत्ता लगाउने
आत्मिक सन्ततिका रूपमा पूर्व-अस्तित्वमा स्वर्गको परिषद् मा हामीले स्वर्गका पिताको योजना पालना गर्ने निर्णय गर्यौँ । हामीलाई मुक्तिदाता, येशू ख्रीष्ट दिइएको थियो, जसको प्रायश्चितले सबैका लागि पुनरुत्थान प्रदान गर्ने छ । हामी सदासर्वदा हाम्रा मुक्तिदाता र हाम्रा उद्धारकर्ता येशू ख्रीष्टप्रति ऋणी छौँ । धेरै आत्मिक सन्ततिहरूले सैतान र उसको योजनालाई समर्थन गरे र तिनीहरूलाई परमेश्वरको उपस्थितिबाट निष्कासन गरियो । हाम्रो समयमा सैतानले आफ्ना अनुयायीहरूलाई निरन्तर रूपमा पापमा अगुवाइ गरिरहेको छ ।
आदम र हब्बालाई दिइएको पहिलो आज्ञा प्रजनन गर्ने र पृथ्वीलाई भर्ने थियो । (उत्पत्ति १:२८, अब्राहाम ४:२८) शरीर प्राप्त गर्नु परमेश्वरको योजनाको एक महत्त्वपूर्ण अंश हो र यसले हामीलाई उन्नति गर्न र हाम्रो जीवनको अर्थ पत्ता लगाउन सक्षम बनाउँछ । कहिलेकाहीँ परिवारको पालनपोषण गर्नु चुनौतीपूर्ण हुन सक्छ तरपनि यो सिक्ने र परिपूर्णताको दैवी स्रोत हो ।
स्वर्गका पिताले आफ्ना सबै सन्तानहरूलाई तिनीहरूको जीवनमा प्रसन्नता दिन चाहनुहुन्छ । मुक्तिको योजनाले खुसीका लागि उत्तम मार्ग प्रदान गर्छ । मोशा ५:११ मा हब्बाले खुसीसाथ घोषणा गरिन्, “यदि हाम्रो अपराध नभएको भए हामीले कहिल्यै सन्तान जन्माउने थिएनौँ र असल र खराब कहिल्यै चिन्ने थिएनौँ , हाम्रो उद्धारको प्रसन्नता र परमेश्वरले सबै आज्ञाकारीहरूलाई दिनुहुने अनन्त जीवनका सम्बन्धमा कदापि जानकारी प्राप्त गर्ने थिएनौँ ।” आजको संसारमा खुसीलाई प्रायश: गलत रूपमा बुझिन्छ । येशू ख्रीष्टको सुसमाचारले स्पष्ट दृष्टिकोण प्रदान गर्छ ।
प्रविधिमा कसैले परिकल्पना गर्न सक्नेभन्दा धेरै बढी परिवर्तन भएको छ, असङ्ख्य मानिसहरू यी सुधारहरूबाट विचलित भएको महसुस गर्छन् । केही मानिसहरूले अत्यधिक रूपमा प्रविधिको प्रयोग गर्छन् र परिवार अनि आध्यात्मिकता जस्ता महत्त्वपूर्ण विषयहरूलाई बेवास्ता गर्छन् । प्रायश: खुसी शब्दको प्रयोग गरिन्छ तर यसले आफ्नो अर्थ गुमाएको जस्तो महसुस हुन्छ । धनले खुसीको निर्धारण गर्छ भनेर धेरै मानिसहरू विश्वास गर्छन्, सत्य प्रसन्नता प्रेम र धार्मिक जीवनबाट आउँछ भनेर हामीलाई जानकारी छ ।
केही आर्थिक तथ्याङ्कहरू अध्ययन गर्दा प्रायश: समूहका क्रियाकलापहरूमा संलग्न हुँदा मानिसहरूले खुसीमा वृद्धि भएको अनुभव गर्छन् भनेर मैले पढेँ । उहाँहरूले सँगै वार्तालाप गर्नुहुन्छ, एकअर्कालाई सहयोग गर्नुहुन्छ र साहचर्यको आनन्द लिनुहुन्छ । सन्तुष्टि र मनको शान्ति व्यक्तिको धर्म केन्द्रित र अरूहरूलाई सहभागी गराउने चाहनामा निर्भर रहन्छ भनेर मैले महसुस गरेँ । मेरा लागि यो “पारिवारिक प्रयास” हो जसका लागि सबैको सहभागिता आवश्यक पर्छ ।
अनन्त दृष्टिकोणको विकासले हाम्रो जीवनलाई परिवर्तन गर्ने छ र त्यसले हामीलाई परमेश्वरको नजिक पुर्याउने छ । कहिलेकाहीँ मानिसहरू मुख्यतया भौतिक सम्पत्ति निर्माण गर्ने सम्बन्धमा चिन्तित हुन्छन् । हाम्रो जीवनमा यस जीवन र हाम्रो अर्को जीवनका लागि हामीले आध्यात्मिक सम्पत्ति निर्माणलाई प्राथमिकता दिनु पर्छ । अनन्त दृष्टिकोणलाई आत्मसात् गर्दा हाम्रो जीवन परिवर्तन हुने छ र त्यसले हामीलाई परमेश्वरको नजिक ल्याउने छ । हामीले पृथ्वीमा धनसम्पत्ति थुपार्नु हुँदैन तर स्वर्गमा धनसम्पत्ति थुपार्नु पर्छ भनेर मुक्तिदाताले सिकाउनुभयो । (मत्ती ६:१९-२१)
मेरो जीवनमा खुसीले केवल मरणशील जीवनलाई मात्रै समावेश गर्दैन परन्तु अनन्त दृष्टिकोण राख्ने र थप कुनै महान् विषयवस्तुसँग जोडिएको अझै महत्त्वको विषयलाई समावेश गर्छ । खुसी भनेको हामीलाई परमप्रभुको सल्लाह पालना गर्ने उच्च लक्ष्यमा पुर्याउनु हो भनेर म विश्वास गर्छु । हाम्रा अगमवक्ताहरू र परमप्रभुका वचनहरूबाट हामी खुसीको योजना बुझ्न सिक्छौँ र परिणामस्वरूप महान् प्रसन्नताको अनुभव गर्छौँ । हाम्रो जीवन येशू ख्रीष्ट र उहाँका शिक्षाहरूमा केन्द्रित हुँदा हाम्रो प्रसन्नता बढ्छ । तपाईंहरूका कार्यहरू र जीवनशैलीका कारण तपाईंहरूले प्रभावित पार्न सक्ने व्यक्तिहरूका सम्बन्धमा विचार गर्नुहोस् । परमेश्वरको उद्देश्य र सबैप्रतिको उहाँको प्रेम बुझ्नका लागि येशू ख्रीष्टकहाँ आउन हामीले अरूहरूलाई उत्प्रेरित र प्रोत्साहन गर्नु पर्छ । हामी ती माध्यमहरू हौँ जसका माध्यमद्वारा परमेश्वरको प्रसन्नताको योजना हाम्रो परिवार, हाम्रा मित्रहरू र छिमेकीहरूमा फैलिन सक्छ ।
यस वर्ष हाम्रो परिवार बैङ्कक थाइल्याण्ड मन्दिरमा सँगै जाँदा हाम्रो जीवनमा उद्देश्य र शान्ति प्राप्त गर्ने विषय हाम्रा मुक्तिदातासँगको हाम्रो सम्बन्धसँग सम्बन्धित छ भन्ने गहन बुझाइ मैले प्राप्त गरेँ । सत्य प्रेम र प्रसन्नताले हाम्रो परिवारलाई हाम्रो अनन्त उद्देश्य खोज्न मार्गदर्शन गर्ने छ भनेर मन्दिरमा मैले महसुस गरेँ । मन्दिरमा मेरो परिवारसँगै हुनु मेरा लागि मेरो जीवनका सबैभन्दा अविस्मरणीय र आध्यात्मिक समयहरूमध्येको एक थियो । मन्दिरका विधिहरू निर्वाह गर्दा हामीले परमप्रभुको प्रेम महसुस गर्न सक्थ्यौँ । अध्यक्ष नेल्सनले भन्नुभयो, “तपाईंहरूका परिस्थितिहरूले अनुमति दिँदासम्म परमेश्वरका वचनहरूलाई धारण गर्नका लागि नियमित रूपमा मन्दिरमा आराधना गर्नुले बाहेक अन्य कुनै पनि चीजले तपाईंहरूलाई सहयोग गर्ने छैन ।”परमेश्वरको खुसीको योजना प्राप्त गर्न र मन्दिरका हाम्रा करारहरूको पालना गर्नका लागि हामीले परमेश्वरको अधिराज्य निर्माण गर्न हाम्रो समय र क्षमताहरू प्रयोग गर्नु पर्छ जसले हामीलाई उहाँको अनन्त अधिराज्यमा प्रवेश गर्न सक्षम बनाउने छ ।
येशू ख्रीष्ट यस संसारका उद्धारकर्ता र मुक्तिदाता र परमेश्वरका जन्माइएका एकमात्र पुत्र हुनुहुन्छ भनेर मसँग गवाही छ । हामीले उहाँद्वारा मुक्ति प्राप्त गरेका छौँ । ■