EnglishConnect for Missionaries
पाठ २०: स्वास्थ्य र अस्वस्थता


“पाठ २०: स्वास्थ्य र अस्वस्थता,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ २०,” सिकारूहरूका लागि EnglishConnect २

नदीको किनारमा मुस्कुराउँदै युवा

Lesson 20

Health and Sickness

उद्देश्य: म कसैको स्वास्थ्यको वर्णन गर्न र सोध्न अनि सल्लाह दिन सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Love and Teach One Another

एकअर्कालाई प्रेम गर्नुहोस् र सिकाउनुहोस्

I can learn by the Spirit as I love, teach, and learn with others.

जब म अरूहरूलाई प्रेम गर्छु, सिकाउँछु र तिनीहरूसँग सिक्छु म पवित्र आत्माबाट सिक्न सक्छु ।

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ । उहाँ तपाईंलाई बढ्न र प्रगति गर्न मद्दत गर्न चाहनुहुन्छ । उहाँले तपाईंहरूलाई नयाँ क्षमताहरू विकास गर्न र धेरै राम्रा विषयहरू सिक्न सहयोग गर्न चाहनुहुन्छ । सिक्ने एउटा महत्त्वपूर्ण तरिका अरू कसैलाई सिकाउनु हो । तपाईंहरूले कुनै अर्को व्यक्तिलाई सिकाउँदा तपाईंहरूको आफ्नै समझमा वृद्धि हुन सक्छ । परमेश्वरले तपाईंहरूलाई एउटा अद्भुत प्रतिज्ञा दिनुभएको छ:

“अनि म तिमीहरूलाई एक आज्ञा दिन्छु ताकि तिमीहरूले एकअर्कालाई अधिराज्यका सिद्धान्त सिकाउने छौ ।

“तिमीहरूले लगनशीलताका साथ सिकाओ र मेरो अनुग्रहले तिमीहरूलाई साथ दिने छ, ताकि तिमीहरूलाई पूर्ण रूपमा निर्देशन दिन सकिन्छ, …

“ताकि तिमीहरू सबै विषयमा तयार रहन सक्ने छौ” (सिद्धान्त र करार ८८: ७७–७८, ८०) ।

जब हामी एकअर्कालाई सिकाउँछौँ र सेवा गर्छौँ, हामी आत्मालाई हामीसँग रहन आमन्त्रण गर्छौँ । आत्माले हामीलाई राम्रोसँग बुझ्न र छिटो सिक्न सहयोग गर्न सक्छ । अरूहरूलाई सिकाउनु भनेको परमेश्वरले हाम्रो सिक्ने क्षमतालाई वृद्धि गर्नुहुने एउटा तरिका हो । कहिलेकाहीँ हामी अरूहरूलाई सिकाउन डराउँछौँ । कहिलेकाहीँ हामी सोच्दैनौँ कि हामीसँग बाँढ्नका लागि केही छ । परन्तु परमेश्वर बुझ्नुहुन्छ कि तपाईंहरू सँग अरूलाई बाँढ्नका लागि धेरै राम्रा विषयहरू छन् । जब हामी आफूहरूले सिकिरहेका विषयहरू बाँढ्छौँ, हामी एकअर्कालाई सिकाइरहेका हुन्छौँ । जब तपाईंहरू अरूहरूलाई सिकाउनुहुन्छ र आफ्ना अनुभवहरू बाँढ्नुहुन्छ, आत्माले तपाईंहरूलाई अझै धेरै सिक्न सहयोग गर्ने छ ।

अङ्ग्रेजी कक्षामा मुस्कुराउँदै तीन जना

Ponder

  • अन्य कसैलाई सिकाउँदा तपाईंहरूको सिकाइमा वृद्धि गर्न कसरी सहयोग गर्न सक्छ?

  • तपाईंहरूले आफ्नो EnglishConnect समूहमा भएकाहरूलाई सिकाउन र समर्थन गर्नका लागि सहयोग गर्न सक्ने केही तरिकाहरू के-के हुन्?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूह अघि प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । आफ्नो दैनिक अभ्यासमा “Memorize Vocabulary” खण्डका शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

feel/feeling

महसुस गर्नु/महसुस गर्दै

You should …

तपाईंले गर्नु पर्छ…

You shouldn’t …

तपाईंले गर्नुहुँदैन…

Adjectives

anxious

चिन्तित

dizzy

रिङ्गटा लाग्नु

sick

बिरामी

tired

थकित

Nouns

cold

रुघा

cough

खोकी

fever

ज्वरो

flu

कडा रुघा

headache

टाउको दुख्ने

sore throat

घाँटी दुख्ने

stomachache

पेट दुख्ने

Verbs

drink water

पानी पिउनुहोस्

exercise

व्यायाम

go home

घर जानुहोस्

go to the doctor

डाक्टरकहाँ जानुहोस्

put ice on it

यसमा बरफ राख्नुहोस्

rest

विश्राम गर्नुहोस्

take some medicine

केही औषधि लिनुहोस्

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: How are you feeling?A: I feel (adjective). I have a (noun).

Questions

नमूना १ प्रश्न तपाईं कस्तो महसुस गर्दै हुनुहुन्छ

Answers

नमूना १ उत्तर मलाई विशेषण महसुस हुन्छ

Examples

ओछ्यानमा बिरामी महिला

Q: How are you feeling?A: I feel sick.

चक्कर आइरहेको महसुस गर्दै महिला

Q: How is she feeling?A: She feels dizzy.

ज्वरो आएकी महिला

Q: How are you feeling?A: I have a fever.

Q: How is he feeling?A: He has the flu.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको समूह भेट्नुपूर्व वार्तालाप समूहका क्रियाकलापहरू १ र २ को अभ्यास गर्नुहोस् ।

Q: What should I do?A: You should (verb).

Questions

नमूना 2 प्रश्न मैले के गर्नु पर्छ

Answers

नमूना 2 उत्तर तपाईंले क्रिया गर्नु पर्छ

Examples

बिरामीसँग बोल्दै डाक्टर

Q: What should I do?A: You should go to the doctor.

Q: What shouldn’t she do?A: She shouldn’t exercise.

ओच्छ्यानमा सुतिरहेका मानिस

Q: What should he do?A: He should go home and rest.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिकामा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Love and Teach One Another

(20–30 minutes)

अङ्ग्रेजी कक्षामा मुस्कुराउँदै तीन जना
  • यस पाठका लागि सिकाइका सिद्धान्तलाई ठूलो स्वरमा पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमाछलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

तस्वीरहरूमा हेर्नुहोस् । प्रत्येक व्यक्तिका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।

New Vocabulary

exhausted

थकित भएको

go to work

काम गर्न जानुहोस्

stuffy nose

बन्द भएको नाक

Example: Andrea

“I have a fever.”

ज्वरो आएकी महिला
  • A: How is she feeling?

  • B: She has a fever.

  • A: What should Andrea do?

  • B: She should take some medicine.

  • A: What shouldn’t Andrea do?

  • B: She shouldn’t go to work.

Image 1: Tasha

“I feel sick. I have a stuffy nose.”

ओछ्यानमा बिरामी महिला

Image 2: Becca

“I feel exhausted.”

डेस्कमा आराम गर्दै महिला

Image 3: Ramesh

“I have a headache.”

चोट लागेको टाउको समात्दै मानिस

Image 4: Jean

“I have a stomachache.”

पेटमा चोट लागेको व्यक्ति पेटमा समात्दै

Image 5: Lupe

“I feel tired. I don’t want to eat.”

प्लेटमा राखिएको खाना हेर्दै महिला

Image 6: Marcus

“I feel anxious. I’m worried about work.”

छातीमा दु:खाइ महसुस गर्दै मानिस

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

भूमिका-अभिनय । सहपाठी ख लाई स्वास्थ्य समस्या छ । सहपाठी क ले प्रश्न सोध्नुहुन्छ र सल्लाह दिनुहुन्छ । सही र गलत सल्लाह दिनुहोस् । भूमिकाहरू परिवर्तन गर्नुहोस् ।

New Vocabulary

Do you have a fever?

के तपाईलाई ज्वरो आएको छ?

I think I ate some bad food.

मेरो विचारमा मैले केही खराब खाना खाएको थिएँ ।

Example

  • A: How are you feeling?

  • B: I feel very sick.

  • A: Do you have a fever?

  • B: Yes, and I also have a headache.

  • A: Do you have a stomachache?

  • B: Yes, I have a stomachache. I think I ate some bad food. What should I do?

  • A: OK. You shouldn’t go to work today. You should go to bed and rest. You shouldn’t eat a lot. You should drink a lot of water.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask how others are feeling.

    अरूहरूले कस्तो महसुस गरिरहेका छन् भनेर सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about how I and others are feeling.

    म र अरूहरूले कस्तो महसुस गरिरहेका छौँ भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask for health advice.

    स्वास्थ्य सम्बन्धि सल्लाह लिनुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Give health advice.

    स्वास्थ्य सम्बन्धि सल्लाह दिनुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“यदि हामीले परमप्रभुले तोक्नुभएको तरिकामा सिकायौँ र सिक्यौँ भने, हामीले त्यसो गरेमा हामीलाई सन्तुष्ट पार्न र ज्ञान प्रदान गर्न उहाँले आफ्नो आत्मा पठाउनुहुने छ” (ड्यालिन एच्. ओक्स, “Teaching and Learning by the Spirit,” Ensign, मार्च १९९७, ६) ।