EnglishConnect for Missionaries
पाठ १८: बिदाका समयहरू


“पाठ १८: बिदाका समयहरू,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ १८,” सिकारूहरूका लागि EnglishConnect २

परिवार खरबूजा खाँदै

Lesson 18

Holidays

उद्देश्य: मैले बिदाका समयका परम्पराहरू र योजनाहरू वर्णन गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: You Are a Child of God

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ

I am a child of God with eternal potential and purpose.

म अनन्त सम्भाव्यता र उद्देश्य भएको परमेश्वरको सन्तति हुँ ।

तपाईंहरू परमेश्वरका प्रिय सन्तति हुनुहुन्छ । तपाईंहरू सँग अनन्त योग्यता र क्षमता छ । हामी मोर्मोनको पुस्तकबाट यस सम्बन्धमा थप सिक्छौँ । येशू ख्रीष्टले मानिसहरूलाई सिकाउनुभएको र आशीर्वाद दिनुभएको समयका सम्बन्धमा हामीले पढ्छौँ । उहाँले प्रत्येक व्यक्तिलाई एक-एक गरी आशीर्वाद दिन समय लिनुभयो । उहाँले तिनीहरूका छोराछोरीहरूलाई आशीर्वाद दिन र सिकाउन समय बिताउनुभयो ।

उहाँले साना बालबालिकाहरूलाई आशीर्वाद दिनुहुँदा, केही आश्चर्यकर्म भयो: “[येशू ख्रीष्ट]ले तिनीहरूका जिब्राहरूलाई खोल्नुभयो र तिनीहरूले आफ्ना पिताहरूसामु महान् र अद्भुत कार्यहरू बोले, … र उहाँले तिनीहरूका जिब्राहरू खोलिदिनुभयो ताकि तिनीहरूले उच्चारण गर्न सक्छन् ।” (३ नफी २६:१४) ।

साना बालबालिकाहरूले मानिसहरूलाई महान् र अद्भुत विषयहरू सिकाए । यी साना बालबालिकाहरूमा ठूलो क्षमता थियो र येशू ख्रीष्टले उनीहरूलाई तिनीहरूको क्षमता हेर्न सहयोग गर्नुभयो । आफ्ना क्षमताहरू हेर्न परमेश्वरले तपाईंहरूलाई सहयोग गर्न सक्नुहुन्छ । तपाईंहरू सँग दिनका लागि प्रशस्त छ । तपाईंहरू सँग एउटा उद्देश्य छ र तपाईंहरूले परमेश्वरको सहयोग खोज्दा के सम्भव छ भनी उहाँले तपाईंहरूलाई देखाउन सक्नुहुन्छ । जसरी येशू ख्रीष्टले बालबालिकाहरूलाई बोल्ने क्षमता दिनुभयो, परमेश्वरले तपाईंहरूको जिब्रो पनि खोल्न सक्नुहुन्छ । उहाँले तपाईंहरूलाई बोल्न सहयोग गर्न सक्नुहुन्छ । उहाँले तपाईंहरूलाई आफ्नो अनन्त क्षमतामा विश्वास गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ ।

बालबालिका सँगै ख्रीष्ट

Ponder

  • तपाईंको अनन्त क्षमतामा विश्वास गर्न तपाईंलाई के ले सहयोग गर्छ?

  • कुन भयले तपाईंहरूलाई अङ्ग्रेजी बोल्न सक्छु भन्ने विश्वास गर्नबाट रोकिरहेको छ?

  • आफ्नो भयलाई जित्न र धेरै पटक बोल्ने साहसका लागि कसरी तपाईंहरू परमेश्वरको सहयोग खोज्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्ना वार्तालाप समुहसामु प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूले नमूनाहरूमा प्रयोग गर्न सक्ने थप शब्दहरू सिक्न प्रयास गर्नुहोस् ।

Nouns

Christmas

क्रिसमस

Diwali

तिहार

Easter

इष्टर

Independence Day

स्वतन्त्रता दिवस

Lunar New Year

चन्द्रमाको नयाँ वर्ष

New Year’s Eve

नयाँ वर्षको पूर्वसन्ध्या

Ramadan

रमजान

Yom Kippur

योम किप्पुर

Verbs

give gifts

उपहारहरू दिनुहोस्

go to a party

पार्टीमा जानुहोस्

go to bed early

छिट्टै ओछ्यानमा जानुहोस्

have a big meal

धेरै खाना खानुहोस्

make a cake

केक बनाउनुहोस्

spend time with family

परिवार सँग समय बिताउनुहोस्

stay home

घरमा बस्नुहोस्

visit friends

साथीहरूलाई भेट्नुहोस्

watch fireworks

पटाका पड्काएको हेर्नुहोस्

Adverbs

always

सदैव

usually

प्रायश:

sometimes

कहिले काहीँ

never

कदापि होइन

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: What do you (adverb) do for (noun)?A: I (adverb) (verb).

Questions

नमूना १ प्रश्न संज्ञाका लागि तपाईं क्रियाविशेषण के गर्नुहुन्छ

Answers

नमूना १ उत्तर म क्रियाविशेषण क्रिया गर्ने छु

Examples

पटाका पड्काउने उत्सव

Q: What do you usually do for New Year’s Eve?A: We usually watch fireworks.

परिवार सँगै खाँदै

Q: What does he always do for Christmas?A: He always spends time with family.

Q: What do you never do for Lunar New Year?A: I never stay home for Lunar New Year.

Q: What does she do for Easter?A: She sometimes makes a cake.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको दैनिक अभ्यासको समयमा यी नमूनाहरूलाई ध्यान दिने प्रयास गर्नुहोस् ।

Q: What will you do on (noun)?A: I will probably (verb) on (noun).

Questions

नमूना २ प्रश्नका तपाईंले संज्ञामा के गर्नुहुने छ

Answers

नमूना २ उत्तर सम्भवत: म संज्ञामा क्रिया गर्ने छु ।

Examples

ओच्छ्यानमा सुतिरहेका मानिस

Q: What will you do on New Year’s Eve?A: I will probably go to bed early on New Year’s Eve.

Q: What will she do on Christmas?A: She will visit friends on Christmas.

Q: What will they do on Independence Day?A: They probably won’t go to a party.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: You Are a Child of God

(20–30 minutes)

बालबालिका सँगै ख्रीष्ट
  • यो पाठका सिकाइका सिद्धान्त ठूलो स्वरले पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमा छलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

निम्न व्यक्तिहरूको सूची र उहाँहरूलाई मनपर्ने बिदाका समयहरूबारे हेर्नुहोस् । प्रत्येक व्यक्तिले बिदाको त्यो समयमा के गर्नुहुन्छ र उहाँहरूले यस वर्ष के गर्दै हुनुहुन्छ भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सिर्जनशील हुनुहोस् । पालैपालो गर्नुहोस् ।

Example: Adriana: New Year’s Eve

साथीहरू जमघटमा रमाउँदै र उत्सव मनाउँदै
  • A: What does Adriana usually do for New Year’s Eve?

  • B: She usually goes to a party.

  • A: What else does Adriana do for New Year’s Eve?

  • B: She always goes to bed late.

  • A: What will she do on New Year’s Eve this year?

  • B: She will probably stay home and play games with her family.

People and Holidays

Nora: Independence Day

Jin: Christmas

Mei: Lunar New Year

Avi: Easter

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

आगामी बिदाका समयहरूका लागि तपाईंका योजनाहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

Do you usually have turkey?

के तपाईं प्रायश: टर्की खानुहुन्छ?

Yes, we do.

हो, हामीले खान्छौँ ।

No, we don’t.

होइन, हामीले खाँदैनौँ ।

buy a Christmas tree

क्रिसमसको रूख किन्नुहोस्

Example

क्रिसमसको रूख
  • A: What will you do on Christmas this year?

  • B: I will probably visit my family.

  • A: Will you buy a Christmas tree?

  • B: No, I probably won’t buy a Christmas tree.

  • A: Will you have a special dinner?

  • B: Yes, we will probably have a special dinner.

  • A: Do you usually have turkey?

  • B: No, we don’t. We always make tamales.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Talk about what I and others usually do on holidays.

    म र अरूहरूले बिदाको समयमा प्रायश: के गर्छौँ भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about what I and others plan to do on a holiday.

    म र अरूहरूले बिदाको समयमा के गर्ने योजना बनाउँछौँ भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“हामी परमेश्वरका आत्मिक सन्तति भएका हुनाले, सबैको दैवी उत्पत्ति, प्रकृति र क्षमता छ । हामी हरेक ‘स्वर्गका मातापिताका प्रेमपूर्ण आत्मिक छोरा वा छोरी हौँ’ [“परिवार:संसारको लागि एक घोषणा,” ChurchofJesusChrist.org] । यही नै हाम्रो परिचय हो! हामी वास्तवमा नै यही हौँ । (एम्. रसल ब्यालर्ड, “Hope in Christ,” Liahona, मे २०२१, ५४ ) ।