लियाहोना
येशू ख्रीष्टको प्रायश्चितको शक्तिमा पहुँच
April 2026 Liahona


एशिया क्षेत्रका अगुवाइका सन्देश

येशू ख्रीष्टको प्रायश्चितको शक्तिमा पहुँच

धर्मशास्त्रमा कति मानिसहरू येशू ख्रीष्टको चङ्गाइको शक्तिमा पहुँच प्राप्त गर्न सक्षम थिए भनेर हेर्नु प्रेरणादायी हुन्छ । व्यक्तिहरू मुक्तिदाताको नजिक आउँदा र उहाँमा आस्था राख्दै गर्दा बारम्बार चमत्कारहरू भए । मर्कूस ५:२५-३४ मा, धेरै वर्षदेखि रगत बग्ने समस्याबाट पीडित एक महिलाले येशूको वस्त्रको छेउ छोइन् र चङ्गाइ प्राप्त गरिन् । येशूले उनलाई भन्नुभयो, "छोरी, तिम्रो आस्थाले तिमीलाई निको पारेको छ । "त्यस्तै गरी, मर्कूस १०:४६-५२ मा, जब एक अन्धा मानिसले येशू नजिकै हुनुहुन्छ भनेर बुझेा, उनी करायो, "येशू, दाऊदका पुत्र, ममाथि कृपा गर्नुहोस् ।" उनलाई दृष्टि दिएपछि, मुक्तिदाताले घोषणा गर्नुभयो, "आफ्नो बाटो लाग; तिम्रो आस्थाले तिमीलाई निको पारेको छ ।" उहाँको चङ्गाइको शक्ति प्राप्त गर्न येशू ख्रीष्टमा आस्था हुनु आवश्यक छ भनेर यी विवरणहरूले स्पष्ट रूपमा सिकाउँछन् ।

अब येशू भौतिक रूपमा पृथ्वीमा हामी बीचमा हिँडिरहनुभएको छैन । आज हामी कसरी उहाँको नजिक आउन सक्छौँ र उहाँको प्रायश्चितको शक्तिमा पहुँच प्राप्त गर्न सक्छौँ ? मोर्मोनको पुस्तकले अल्मा ७:२१ मा सिकाउँछ "न त फोहोर वा अशुद्ध कुनै पनि चीज परमेश्वरको अधिराज्यमा प्रवेश गर्न नै सक्छ ।" हामीले पापबाट फर्किएर पश्चात्ताप गर्ने सचेत निर्णय गर्नु पर्छ भनेर यसले हामीलाई सम्झाउँछ । पश्चात्तापका लागि येशू ख्रीष्टलाई अनुसरण गर्ने निष्कपट चाहनासहित--हृदय परिवर्तन गर्नु आवश्यक छ । पानीद्वारा बप्तिस्मा र पवित्र आत्माको प्रमाणीकरणद्वारा हाम्रा शरीर र आत्माहरू शुद्ध र पवित्र हुन सक्छन् । यी पवित्र करारहरू गरेर हामी हाम्रा मुक्तिदातासँग प्रत्यक्ष र व्यक्तिगत सम्बन्ध स्थापित् गर्छौँ ।

हामीले पालना गर्न प्रतिज्ञा गरेका आज्ञाहरू पालना गर्दा यस करार सम्बन्धले हामीलाई सुरक्षा प्रदान गर्छ र मजबुत बनाउँछ । परन्तु जीवन परीक्षा र प्रलोभनहरूले भरिपूर्ण हुन्छ र कहिलेकाहीँ हामी चुक्छौँ । जब हामीले गल्ती गर्छौँ, मुक्तिदाताको अनन्त प्रायश्चितले पुनरागमनको मार्ग प्रदान गर्छ । सबैजना तृप्त भएर बाँकी रहेको खानाले, यूहन्ना ६ मा, येशूले पाँच हजार मानिसहरूलाई केवल पाँच रोटी र दुई साना माछाले खुवाउनुभयो । यो चमत्कारले उहाँको प्रायश्चितको शक्ति सांसारिक बाधाव्यवधानहरूद्वारा सीमित गारिएको छैन--यो असीम छ भनेर देखाउँछ । येशूले पछि सिकाउनुभयो, “जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, उसको अनन्त जीवन हुन्छ; र म उसलाई अन्तिम दिनमा जीवित पार्ने छु । किनकि मेरो मासु वास्तवमा नै मासु हो र मेरो रगत वास्तवमा नै पिउने हो । जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊ ममा बास गर्छ र म उसमा” (यूहन्ना ६:५४-५६) । उहाँको बलिदानद्वारा, सबैले क्षमा, चङ्गाइ, आध्यात्मिक नवीकरण र मृत्युमाथि विजय प्राप्त गर्न सक्छन् भनेर उहाँका शब्दहरूले स्पष्ट रूपमा बताउँछन् ! प्रत्येक हप्ता जब हामी प्रभुभोजमा सहभागी हुन्छौँ, हामी नयाँ रूपमा पवित्र हुन्छौँ र येशू ख्रीष्टको नजिक आउँछौँ । करार मार्गमा रहेर हामी निरन्तर रूपमा उहाँको प्रायश्चितको शक्तिमा पहुँच राख्न सक्छौँ ।

किनभने हामीसँग यस्तो पवित्र शक्तिमा पहुँच छ, हामी अरूलाई आशीर्वाद दिनका लागि यसलाई प्रयोग गर्न पनि उत्तरदायी छौँ । उहाँले स्वर्गको अधिराज्यका साँचोहरू दिनुहुने छ, जसमा पृथ्वी र स्वर्गमा बाँध्ने/खुल्ला गर्ने शक्ति हुने छ भनेर येशूले मत्ती १६:१९ मा सिकाउनुभयो । पादरित्वका आशीर्वादहरू, मन्दिरका विधिहरू र जीवित र मृतकहरूका लागि पवित्र कार्यद्वारा हामी आत्माहरूलाई परमेश्वरको नजिक ल्याउन सहयोग गर्छौँ । यी विधिहरूले हामीलाई येशू ख्रीष्टको प्रायश्चितको शक्तिलाई गहन र अर्थपूर्ण तरिकाले अनुभव गर्न अनुमति दिन्छन् । हामीले यस पवित्र शक्तिका सम्बन्धमा अरूलाई हाम्रो गवाही दिनु पर्छ । यदि हामी मुक्तिदाताकहाँ आउँछौँ भने, हामीले जे गरे पनि, हामीले जतिसुकै भारी बोक्नु परे तापनि र हामी जतिसुकै पटक लडे तापनि, येशू ख्रीष्टको प्रायश्चितको शक्तिले हामी सबैलाई सुरक्षित गर्न सक्छ ।

येशू ख्रीष्टको प्रायश्चितको शक्तिमा पहुँच गर्नु स्वर्गबाट आएको एक अविश्वसनीय आशीर्वाद हो जसले अनन्ततामा पुर्‍याउँछ । यो आस्था, पश्चात्ताप, पवित्र करारहरू र विधिहरूका माध्यमद्वारा निरन्तर नवीकरण मार्फत् प्राप्त हुन्छ । जब हामी ख्रीष्टलाई अनुसरण गर्छौँ र अरूलाई पनि त्यसै गर्न सहयोग गर्छौँ, उहाँको अनन्त शक्तिले हामीलाई चङ्गाइ दिन्छ, हामीलाई मजबुत बनाउँछ र हामीलाई हाम्रा स्वर्गका पिताकहाँ फिर्ता लैजान्छ । हाम्रा प्रिय परिवारका सदस्यहरूसँग हामीले सदैव परम खुसीको अनुभव गर्ने छौँ । ■