लियाहोना
पसन्नतादायी करारको मार्ग
फेब्रूवरी २०२६ लियाहोना


“प्रसन्नतादायी करारको मार्ग,” लियाहोना, फेब २०२६ ।

मासिक लियाहोना सन्देश, फेब्रूवरी २०२६

प्रसन्नतादायी करारको मार्ग

पिता र पुत्रको उपस्थितिमा एकसाथ बाँधिएका परिवारका सदस्यहरूको आश्चर्य र वैभवले मेरो आत्मामा अतुलनीय श्रद्धायुक्त विस्मय र प्रसन्नता ल्याउँछ र मलाई कृतज्ञताको भावनाले भरिपूर्ण बनाउँछ ।

एल्डर प्याट्रिक केरोन र उहाँकी श्रीमती, जेनिफर

एल्डर प्याट्रिक केरोन र उहाँकी श्रीमती, जेनिफर

जब इजरयल र एलिजाबेथ हेभन बार्लो १८४८ मा इलिनोइसको नाभू छोडेर सल्ट लेक उपत्यकातर्फ गए, तिनीहरूले नाभूको चिहानमा दफानाइएको एक सानो बालकलाई छोडे । मे १८४१ मा जन्मेको केही समयपछि नै उनीहरूको पहिलो सन्तति, सानो जेम्स नथानियल बार्लोको मृत्यु भएको थियो ।

सल्ट लेक उपत्यकाका लागि प्रस्थान गरेपछि, इजरयल र एलिजाबेथले आफ्नो छोराको चिहान पुनः हेर्ने अपेक्षा कहिल्यै गरेका थिएनन् । परन्तु केही वर्षपछि जब इजरयललाई इङ्ल्याण्डको सुसमाचार क्षेत्रमा बोलावट गरियो, उनी नाभू हुँदै पूर्वतर्फको यात्रामा गए । एलिजाबेथको अनुरोधमा, उनी आफ्नो छोराको चिहान पत्ता लगाउन र उनको अवशेष शहरको पूर्वमा रहेको मुख्य चिहानमा सार्न रोकिए ।

एक दिनको निष्फल खोजी पछि, इजरयलले स्थानीय हेरचाहकर्ताबाट सहयोग मागे । भोलिपल्ट, उनीहरूले जेम्सकी भतिजी मेरीको छेउमा रहेको चिहान भेट्टाए । दुर्भाग्यवस, कफनहरू कुहिएका र भाँचिएका थिए । आफ्नी श्रीमतीलाई लेखेको पत्रमा, इजरयलले लेखे, “त्यसैले म फर्किएँ र भविष्यसम्म पनि तिनीहरूलाई त्यहीँ छोड्ने निष्कर्षमा पुगेँ ।”

उनले आवाज सुन्दासम्म उनी चिहानबाट धेरै टाढा पुगेका थिएनन् । अनुभव सम्झँदै, उनले लेखे, “यो सुन्न नसकिने थियो तर मेरो मस्तिष्कमा यति स्पष्ट थियो कि म यसलाई अस्वीकार गर्न सक्दिनथेँ: ‘बुबा, मलाई यहाँ नछोड्नुहोस् ।’” इजरयल चिहानमा फर्किए, अन्तत: उनले आफ्नो सानो छोरालाई त्यहाँबाट लैजाने निष्कर्षमा पुगे । “मैले अति नै अनौठो शान्त र मानसिक शान्ति महसुस गरेँ जुन मैले यसपूर्व कहिल्यै महसुस गरेको थिइनँ । … म यति मात्रै भन्छु: म मेरो जीवनमा गरिएको कुनै पनि कर्तव्यप्रति म यति सचेत कहिल्यै थिइनँ । ”

सेप्टेम्बर २, १८५३ मा, इजरयल बार्लो र हेरचाहकर्ताले जेम्स र मेरीको शवलाई नाभूको मुख्य चिहानमा सारेका थिए, “टाउको र खुट्टातर्फ ढुङ्गाले” त्यस स्थानलाई सङ्केत गरेका थिए ।

इजरयलले एलिजाबेथलाई चिहानको छेउमा बस्दाको अनुभव सुनाए, “मलाई आफू र मेरा भनिने सबै वस्तु परमप्रभुको हातमा समर्पित गर्ने चाहना महसुस भयो, ताकि म पहिलो पुनरुत्थानको बिहान [जेम्स] सँगै बाहिर आउन योग्य मानिन सकूँ ।

पवित्र करारहरूको सम्मानसहित येशू ख्रीष्टको सुसमाचारप्रति इजरयलको समर्पणले, , ख्रीष्टलाई —सबै आशीर्वादहरूमध्ये सबैभन्दा महान् अनन्त जीवन—उहाँ, उहाँका पुर्खाहरू र उहाँका वंशजहरूका लागि सम्भव बनाउन अनुमति दिन्छ ।

हामी सबैका लागि यही सत्य हो ।

प्रभुभोजका ट्रेहरू

जेरी गार्न्सद्वारा लिइएको तस्वीर चर्चको प्रयोगका लागि मात्र प्रतिलिपि गर्न सकिन्छ

पवित्र प्रतिज्ञाहरू

हाम्रा स्वर्गका पिता र उहाँका पुत्र, येशू ख्रीष्टले हामी प्रत्येकलाई हामीले कल्पना गर्न सक्ने भन्दा बढी प्रेम गर्नुहुन्छ । बप्तिस्मामा र परमप्रभुको गृहमा हामीलाई प्रदान गरिएका करारहरूसँग सम्बन्धित प्रतिज्ञा गरिएका आशीर्वादहरूद्वारा भन्दा बढी उहाँहरूको प्रेम अरू कतै प्रकट हुँदैन ।

अध्यक्ष रसल एम. नेल्सन (१९२४-२०२५) ले सिकाउनुभयो, “प्रकट गरिएका धर्मका सबैभन्दा महत्त्वपूर्ण अवधारणाहरू मध्येको एक पवित्र करार हो” । कानुनी भाषामा करारले सामान्यतया दुई वा बढी पक्षहरू बीचको सम्झौतालाई जनाउँछ । परन्तु धार्मिक सन्दर्भमा करार धेरै महत्त्वपूर्ण हुन्छ । यो परमेश्वरसँगको पवित्र प्रतिज्ञा हो ।”

हामीले निर्माण र पालना गर्ने प्रत्येक पवित्र प्रतिज्ञाले हामीलाई आशीर्वाद दिन्छन् । स्वर्गका पिता र हाम्रा मुक्तिदाता येशू ख्रीष्टले हामीलाई उहाँको नजिक ल्याउन चाहनुहुन्छ । उहाँहरूले हामीलाई आस्था र बुझाइमा सिक्न र उन्नति गर्नका लागि सहयोग गर्न चाहनुहुन्छ । उहाँहरूले हामीलाई स्वर्गको शक्ति प्रदान गर्न चाहनुहुन्छ । हामीले यस्तो संसारमा चङ्गाइ र शान्ति पत्ता लगाउन सकौँ भनेर उहाँहरू चाहनुहुन्छ जहाँ यस्ता आशीर्वादहरू मायावी नै रहन्छन् । हामीले यस जीवनमा र आउने जीवनमा प्रसन्नता अनुभव गरौँ भनेर उहाँहरू चाहनुहुन्छ । यस पूर्ण प्रेमबाट प्रवाहित हुँदै उहाँहरूले हामीलाई उहाँहरूसँग करारको बन्धनमा प्रवेश गर्ने अवसर प्रदान गर्नुहुन्छ । हामीसँग प्रभुभोज सभाको समयमा साप्ताहिक रूपमा ती करारहरूमा पुनः प्रतिबद्ध हुने आशीर्वाद छ ।

हामी कृतज्ञताको भावनामा प्रभुभोजमा सहभागी हुन्छौँ किनभने हामीसँग येशू ख्रीष्टको नाम लिने, उहाँलाई सम्झने र उहाँको प्रायश्चितको उपहारद्वारा प्रकट गरिएको उहाँको प्रेमलाई सम्झने प्रसन्नतादायी आशीर्वाद छ—जुन उहाँले हाम्रा लागि पीडा भोग्नुभयो रगत बगाउनुभयो र बित्नुभयो । यस प्रभुभोजले हामीलाई उहाँका आज्ञाहरू पालना गर्न, हाम्रा करारहरू नवीकरण गर्न र नयाँ करार निर्माण गर्ने हाम्रो चाहना प्रकट गर्नका लागि साप्ताहिक अवसरका साथ आशीर्वाद दिन्छ (सिद्धान्त र करार २०:७७, ७९ हेर्नुहोस्) ।

प्रायशः, म बप्तिस्मामा गरिएका करारहरू नवीकरण गर्न हामी प्रभुभोजमा सहभागी हुन्छौँ भन्ने अभिव्यक्ति सुन्छु । यद्यपि यो सत्य हो, यो त्यो भन्दा धेरै बढी हो,’ अध्यक्ष नेल्सनले भन्नुभयो । “मैले नयाँ करार निर्माण गरेको छु । तपाईंहरूले नयाँ करार निर्माण गर्नुभएको छ । … अब जसको बदलामा हामीसँग उहाँको आत्मा सदैव हुने छ भनेर [परमप्रभुले] प्रतिज्ञा गर्नुहुन्छ । कस्तो आशीर्वाद !”

जब हामी पश्चात्ताप गर्छौँ र विशुद्ध हृदयले प्रभुभोजमा सहभागी हुन्छौँ, हामीले पवित्र आत्मा प्राप्त गर्छौँ र “हामीले पुनः बप्तिस्मा लिए जस्तै गरी पापबाट शुद्ध हुन्छौँ । ” यो येशूले हामी प्रत्येकलाई दिनुहुने आशा र कृपा हो । ”

ख्रीष्टको उद्धार गर्ने प्रेमद्वारा पश्चात्ताप गर्नु र क्षमा प्राप्त गर्नु कति प्रसन्नदायी विषय हो !

नाभू इलिनोइ मन्दिर

नाभू इलिनोइ मन्दिरको तस्वीर जेनिफर रोज म्याडीद्वारा

उहाँको प्रसन्नताको घर

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका अध्यक्ष बनेपछि, अध्यक्ष नेल्सनले चर्चको अध्यक्षका रूपमा आफ्नो पहिलो सार्वजनिक सन्देशबाट सुरु गर्दै, प्रयशः करार मार्गका सम्बन्धमा बोल्नुभयो । हामी त्यो मार्गमा “पश्चात्ताप र पानीद्वारा बप्तिस्मा” (२ नफी ३१:१७)द्वारा प्रवेश गर्छौँ, पछिल्ला अवसरमा उहाँले भन्नुभयो र “त्यसपछि हामी मन्दिरमा यसमा पूर्ण रूपमा प्रवेश गर्छौँ ।”

जसरी प्रभुभोजमा सहभागी हुनुले हामीलाई हाम्रा करारहरू र तिनीहरूसँगका संवद्ध आशीर्वादहरूको स्मरण गराउँछ, त्यसरी नै मन्दिरमा प्रत्यधिकृत कार्य गर्नुले पनि हामीलाई हाम्रा करारहरू र तिनीहरूसँगका संवद्ध आशीर्वादहरूको स्मरण गराउँछ । जब हामी बितिसक्नुभएकाहरूका लागि प्रतिनिधिका रूपमा विधिहरू गर्छौँ, हामी हामीले गरेका पवित्र प्रतिज्ञाहरू र हामीले प्राप्त गर्ने प्रतिज्ञा गरिएका आशीर्वादहरू स्मरण गर्छौँ ।

करार मार्गद्वारा हामी अब्राहाम, इसहाक, याकूब र तिनीहरूका सन्ततिहरूलाई प्रतिज्ञा गरिएका सबै आशीर्वादहरूको उत्तराधिकारी बन्छौँ । ती प्रतिज्ञा गरिएका आशीर्वादहरूका बावजुद, अब्राहाम, इसहाक र याकूबले सहज जीवन यापन गरेनन् र न त हामीले नै यापन गर्छौँ । तिनीहरू जस्तै, हामी “सबै विषयवस्तुमा परीक्षण गरिएका” हुनाले हामीले पनि कठिनाइ, हप्काइ र क्षतिको सामना गर्छौँ (सिद्धान्त र करार १३६:३१; १०१:४-५ पनि हेर्नुहोस्) । परन्तु प्राचीन समयका अगमवक्ताहरू र धर्मी सन्तहरू जस्तै, हामी कसमाथि भरोसा गर्न सक्छौँ भनेर जान्दछौँ (२ नफी ४:१९ हेर्नुहोस्) ।

हाम्रो मरणशील जीवन हाम्रो अस्तित्वमा केवल एक क्षण हो तर त्यो क्षण—कहिलेकाहीँ—अनन्त महत्त्वको धेरै कठिन क्षण हुन्छ । हो, हाम्रा स्वर्गका पिताले हामीलाई सिकून् र उन्नति गरून् भनेर चाहनुहुन्छ । अनि हो, कहिलेकाहीँ त्यो उन्नतिले निराशा र पीडा निम्त्याउँछ । परन्तु उहाँले हाम्रो जीवन सुन्दर र आशावादी भएको चाहना राख्नुहुन्छ । त्यस उद्देश्य र उहाँकहाँ फर्कने हाम्रो यात्रालाई सहज बनाउनका लागि उहाँले मुक्तिदाता प्रदान गर्नुभएको छ, जो आफ्ना पितासँग हाम्रा करारहरूको “जमानत दिने व्यक्ति” हुनुहुन्छ । येशू ख्रीष्टको प्रायश्चित्तका माध्यमद्वारा पिताले मन्दिरमा आफ्ना सन्ततिहरूलाई गरिएका प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ ।

उहाँको प्रेम र प्रायश्चितको बलिदानका माध्यमद्वारा हाम्रा मुक्तिदाताले जीवनमा हामीले सामना गर्ने सबैको सामना गर्नुभएको छ र चङ्गाइ दिनुभएको छ । अनि उहाँको पवित्र गृह—उहाँको प्रसन्नताको गृह—का कारण—प्रतिकूलताका बावजुद पनि सबै सही हुने छ । करार पालनाको मलमले दुःख, पीडा, शोक र निराशालाई हटाउँछ । हामी चिन्तित वा भयभीत हुनु पर्दैन । बरु, हाम्रो उद्धारको मूल्य चुकाइएको छ भनेर हामी प्रफुल्लित हुन सक्छौँ (१ कोरिन्थी ६:२० हेर्नुहोस्) र अनन्त जीवनका लागि करार मार्ग राखिएको छ ।

करार मार्ग वास्तवमा नै उद्धारदायी प्रेमको मार्ग हो । जब हामी मन्दिरमा हामीले गर्ने करारहरूको सम्मान गर्छौँ, हामीले महान् शक्ति, महान् प्रेम, महान् कृपा, महान् समझ र महान् आशाको आशीर्वाद प्राप्त गर्छौँ । अनन्तका लागि प्रेममा बाँधिएका परिवारका सदस्यहरूको आश्चर्य र वैभवले मेरो आत्मामा अतुलनीय श्रद्धायुक्त विस्मय र प्रसन्नता ल्याउँछ र मलाई कृतज्ञताको भावनाले भरिपूर्ण बनाउँछ ।

“जब तपाईंको जीवनमा कुनै पनि प्रकारको उथलपुथल हुन्छ, आध्यात्मिक रूपमा रहनका लागि सबैभन्दा सुरक्षित स्थान तपाईंले गर्नुभएका मन्दिरका करारहरू भित्र रहनु हो ! अध्यक्ष नेल्सनले सल्लाह दिनुभयो । मलाई मेरा आफ्नै मिठा र कहिलेकाहीँका तिती मरणशील अनुभवबाट ती शब्दहरूको सत्यता जानकारी छ ।

शिशु बोकेको जोडीको चित्रण

इजरयल र एलिजाबेथ बार्लोको पहिलो सन्तति जेम्स नथानिएल बार्लोको जन्म भएको केही समयपछि मे १८४१ मा मृत्यु भयो । वर्षौँ पछि, उनलाई लोगन यूटा मन्दिरमा प्रतिनिधिद्वारा उनका आफ्ना आमाबाबुसँग बाँधियो ।

एलेन गार्न्सद्वारा चित्रण

तिनीहरूलाई घरमा जम्मा गर्नुहोस्

आफ्नो सानो छोरालाई अन्तिम बिदाइ गरेपछि इजरयल बार्लोले उनकी आफ्नी श्रीमतीलाई लेखे, “जीवनमा कहिल्यै पनि [जेम्सको] चिहानमा नफर्कने गरी आफूलाई टाढा राख्ने विचारहरूले मेरो स्नेहको अन्तिम धागोलाई थिचेको थियो जबसम्म मैले हृदयविदारक रूपमा उनको चिहानमा आँसुले बगाइन ।”

डिसेम्बर ४, १८८९ मा धेरै आँसु—यस पटक खुसीका आँसु—बगेका थिए भनेर म कल्पना गर्छु । त्यस दिन, सानो जेम्स नथानिएल बार्लोलाई लोगन यूटा मन्दिरमा प्रतिनिधिद्वारा आफ्ना आमाबाबुसँग बाँधिएको थियो । त्यस समयसम्म, इस्राएल बितिसकेका थिए, त्यसैले उनी र जेम्सका लागि अरू कोही प्रतिनिधिका रूपमा खडा भएका थिए ।

सिस्टर केरोन र ममा इजरयल र एलिजाबेथप्रति विशेष संवेदनशीलता र महान् करुणा छ । हाम्रो पहिलो सन्तति, सोन नामको बालकको तीन हप्ताको उमेरमा मुटुको शल्यक्रियाका क्रममा मृत्यु भयो । यो हाम्रा लागि हाम्रो संसार नै ध्वस्त भएको क्षति थियो । त्यस समयमा, हामी जिउन सक्छौँ त भनेर हामीले सोच्यौँ । हामीले उसलाई इङल्याण्डको पीडादायी सानो चिहानमा दफनायौँ । पन्ध्र वर्ष पछि, हाम्रो परिवारलाई चर्चमा पूर्णकालीन सेवा गर्न संयुक्त अधिराज्यको हाम्रो घरबाट सर्न भनियो र हामीले त्यो सानो चिहानलाई छोड्यौँ ।

पश्चिमको यात्रामा हामीले हाम्रो सन्तति गुमाएनौँ र हामीले बार्लोहरूको बुझ्न नसकिने कठिनाइहरू भोगेनौँ तर हामीले उनीहरूले के भोगे भन्ने विषयको बुझाइको सुरुवात गरेका छौँ । हाम्रो बालकको चिहान धेरै टाढा छ तैपनि बार्लोहरू जस्तै हामीसँग येशू ख्रीष्टको पुनरुत्थापना र पवित्र बन्धनयुक्त करारद्वारा हाम्रो परिवारको अनन्त प्रकृतिमा निरन्तर आस्था छ ।

हामी सबैका पुर्खाहरू र चिहानभन्दा बाहिर अन्य प्रियजनहरू छन् जसले हामीलाई भनिरहेका छन्, “मलाई यहाँ नछोड ।” मन्दिरका करारहरूका कारण कसैलाई पनि पछाडि छोड्नु पर्दैन । हाम्रो आह्वान उनीहरूलाई प्रेम गर्नु, उनीहरूको सेवा गर्नु र उनीहरूलाई घरमा एकत्रित गर्नका लागि सहयोग गर्नु हो ।

हाम्रा स्वर्गका पिताले हामीलाई, तपाईं र मलाई प्रेम गर्नुहुन्छ । उहाँले हामीलाई मन्दिरहरू दिनुभएको छ ताकि “[हामीले] पृथ्वीमा बाँध्ने जे पनि स्वर्गमा बाँधिने छ” (सिद्धान्त र करार १२८:८; मत्ती १८:१८ पनि हेर्नुहोस्) । उहाँले आफ्ना पुत्रलाई मृत्युको बन्धन तोड्न पठाउनुभयो, अनन्त सम्बन्ध र अनन्त पारिवारिक पुनर्मिलनका लागि मार्ग प्रशस्त गर्नुभयो ।

त्यसैले हामीसँग करारहरू छन् । त्यसैले हामी करारहरू गर्छौँ । त्यसैले हामी मन्दिरहरू निर्माण गर्छौँ । त्यसैले हामी परमेश्वरको कार्य र महिमामा आफूलाई समर्पित गर्छौँ (मोशा १:३९ हेर्नुहोस्) । अनि त्यसैले पिता र पुत्रको उपस्थितिमा पुनर्मिलनले हामी र हाम्रा प्रियजनहरूको अनन्त प्रतिक्षा गरिरहेको छ भनेर बुझ्दा पनि हामी खुसीका आँसु बगाउँछौँ ।

हामी हाम्रा करारहरू पालना गर्दा र उहाँका उद्धारका महिमित कार्यमा परमप्रभुसँग सहभागी हुँदा हामी प्रसन्नता र शान्ति प्राप्त गर्न सकौँ ।

सूचीहरू

  1. ओरा एच. बार्लो, The Israel Barlow Story and Mormon Mores (१९६८), ३०६–८ हेर्नुहोस्; हिज्जे र विराम चिह्न आधुनिकीकरण गरिएको; ब्रेन्ट ए. बार्लो, “Daddy, Do Not Leave Me Here,” Ensign, जुलाई २००९, ३४–३६ पनि हेर्नुहोस् ।

  2. रसल एम्. नेल्सन, “सेलेस्टियल सोच राख्नुहोस्!,” Liahona, नोभेम्बर, २०११, ८६ ।

  3. I Stand All Amazed,” Hymns, भजन, नं. १९३ हेर्नुहोस् ।

  4. रसल एम. नेल्सन, डेल जी. रेनलन्डमा, “Unwavering Commitment to Jesus Christ,” Liahona, नोभेम्बर २०१९, २५, नोट १८ ।

  5. Jesus Christ Asked Us to Take the Sacrament,” Liahona, मार्च २०२१, ७ ।

  6. रसल एम्. नेल्सन, “As We Go Forward Together,” Liahona, अप्रिल २०१८, ७ ।

  7. रसल एम्. नेल्सन, “The Everlasting Covenant,” Liahona, अक्टोबर २०२२, 6 ।

  8. ती प्रतिज्ञा गरिएका आशीर्वादहरूको सूचीका लागि रसेल एम. नेल्सन, “Covenants,” Liahona, नोभेम्बर २०११, ८७ हेर्नुहोस् ।

  9. हेर्नुहोस् रसल एम्. नेल्सन, “Overcome the World,” १० ।

  10. हेर्नुहोस् रसल एम्. नेल्सन, “Overcome the World,” ७ ।

  11. रसेल एम. नेल्सन, “मन्दिर र तपाईंको आध्यात्मिक आधार,” लियाहोना, नोभेम्बर २०२१, ९६ ।

  12. इजरयल बार्लो, ओरा एच. बार्लोमा, The Israel Barlow Story, ३०८; हिज्जे र विरामलाई चिह्न आधुनिकीकरण गरिएको ।

  13. चर्चको इतिहास पुस्तकालयद्वारा बाँधिएको मिति प्रदान गरिएको ।