2025
यस जीवन पश्चात्: केही प्रश्नहरूको उत्तर
जुलाई २०२५


मासिक युवाहरूको शक्तिका लागि सन्देश, जुलाई २०२५

यस जीवन पश्चात्

केही प्रश्नहरूको उत्तर

स्वर्गका पिताको योजनाले हामीलाई मृत्यु पछिको जीवनका सम्बन्धमा दृष्टिकोण र शान्ति दिन सक्छ ।

बादलहरूमा भर्‍याङ

थमस अर्नडद्वारा चित्रण

हाम्रो मृत्यु पछि के हुन्छ?

सम्भवत: यो सबै धर्ममा सोधिने प्रश्न हो । येशू ख्रीष्ट र उहाँको सुसमाचारद्वारा हामीसँग भएका उत्तरहरू प्रभावकारी छन् । यो जीवन अन्त्य होइन । येशू ख्रीष्ट पुनरुत्थान हुनुभएको हुनाले, हाम्रा आत्माहरू हाम्रो शरीरसँग पुनर्मिलन हुने छन् र हामी सबै कुनै दिन पुनरुत्थान हुने छौँ ।

निस्सन्देह, मृत्यु पछिको जीवनका सम्बन्धमा अन्य विवरणहरू छन् जुन आधुनिक प्रकाशद्वारा हामीकहाँ आएका छन् जसले हामीसँग हुन सक्ने अन्य प्रश्नहरूको उत्तर दिन सक्छ । यहाँ केही त्यस्ता प्रश्नहरू सहित केही संक्षिप्त उत्तरहरू पनि छन् ।

आत्मिक शरीरहरू कस्ता हुन्छन् ?

आत्मा एक प्रकारको पदार्थ हो, केवल “अझ राम्रो वा विशुद्ध” (सिद्धान्त र करार १३१:७) । आत्मिक शरीरहरू वयस्क मानव शरीरहरू जस्तै देखिन्छन् ।

आत्मिक संसार कहाँ छ ?

यहाँ, हाम्रो वरिपरि ।

आत्मिक संसारमा के हुन्छ ?

अन्य विषयहरूका बीचमा, सुसमाचार स्वीकार नगर्ने आत्माहरूलाई सुसमाचार प्रचार गर्न सुसमाचार स्वीकार गरेका आत्माहरूलाई व्यवस्थित गरिन्छ । ती आत्माहरूले यसलाई स्वीकार गर्ने वा अस्वीकार गर्ने छनोट गर्न सक्छन् ।

पुनरुत्थान गरिएका शरीरहरू कस्ता हुन्छन् ?

पुनरुत्थान भएका शरीरहरूको मृत्यु हुन सक्दैन, तिनीहरू मासु र हड्डीका हुन्छन् र परिपूर्ण हुन्छन् । तिनीहरू महिमित र सुन्दर हुन्छन् । “दृष्टिगत रूपमा पुनरुत्थान भएका पुरुष वा महिला भन्दा अन्य कुनै चीज सुन्दर हुँदैन ।”

सेलेस्टियल अधिराज्यमा के हुन्छ ?

सेलेस्टियल अधिराज्यको उच्चतम स्तरमा रहेकाहरू स्वर्गका हाम्रा पिता जस्तै बन्छन् र प्रसन्नताको पूर्णता अनुभव गर्छन् । तिनीहरूले पितासँग भएका सबै चीज प्राप्त गर्छन् । तिनीहरू उहाँको कार्य र महिमामा सहभागी हुन्छन् । उनीहरूलाई अनन्तकालका लागि विवाहमा सिल गरिएको थियो र अब उनीहरू उनीहरूका आफ्नै अनन्त आत्मिक सन्तानहरूका साथ अनन्त परिवारसँग बस्छन् ।

यस जीवनमा कहिल्यै विवाह नगर्ने मानिसहरूको के हुन्छ ?

स्वर्गका पिता पूर्ण रूपमा न्यायी र दयालु हुनुहुन्छ । “अनन्तकालमा आज्ञाहरू पालना गर्ने, आफ्ना करारहरूप्रति सत्य हुने र जे सही हो त्यसको चाहना गर्ने उहाँका सन्ततिहरूलाई कुनै पनि आशीर्वादबाट वञ्चित गरिने छैन भनेर परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ ।”

मेरा आमाबाबुहरू मन्दिरमा सिल हुनुभएको थियो तर अहिले उहाँहरूको सम्बन्ध विच्छेद भइसकेको छ । म कोसँग सिल भएको छु ?

तपाईं “करारमा जन्मनुभएको” हुन सक्छ (अर्थात्, तपाईंका आमाबुबा मन्दिरमा सिल हुनुभए पछि जन्मनुभएको) वा तपाईंका आमाबाबु एकअर्कासँग सिल हुनुभए पछि तपाईं आफ्ना अभिभावकहरूसँग सिल हुनुभएको हुन सक्छ । तपाईंका आमाबाबुले सम्बन्ध विच्छेद गर्ने र सिल गरिएको आफ्नो सम्बन्धलाई रद्द गर्ने छनोट गरेको कुनै पनि अवस्थामा तपाईंका आशीर्वादहरू लागू भइरहन्छन् ।

तपाईंका आमाबाबुको छनोटले तपाईंका आशीर्वादलाई असर गर्दैन । तपाईं आस्थावान् रहनु र आफूस्वयम् ले मन्दिरका आशीर्वादहरू खोज्नु महत्त्वपूर्ण विषय हो । “स्वर्गका पिताले प्रत्येक व्यक्तिले उसको चाहना र छनोटले अनुमति दिने हरेक आशीर्वाद प्राप्त गर्ने छ” भन्ने बुझेर तपाईंको पारिवारिक सम्बन्धका सन्दर्भमा, तपाईंले “परमप्रभुमा भरोसा राख्नु र उहाँको सान्त्वना अन्वेषण गर्नु पर्छ ।”

आत्महत्या गरेर मृत्यु भएका मानिसहरूको के हुन्छ ?

आत्महत्या गरेर मृत्यु भएका मानिसहरूको के हुन्छ भनेर हामीलाई जानकारी छैन र (अन्ततः सबै मानिसहरूलाई जस्तै) हामीले तिनीहरूलाई न्याय गर्न हुँदैन । “प्रियजनहरू, अगुवाहरू र पेशेवरहरूको उत्कृष्ट प्रयासका बावजुद पनि आत्महत्यालाई सदैव रोक्न सकिँदैन । …

“मानिसले आफूस्वयम् को प्राण लिनु सही हुँदैन । यद्यपि, केवल परमेश्वरले व्यक्तिको विचार, कार्य र जवाफदेहिताको स्तरमा न्याय गर्न सक्नुहुन्छ (हेर्नुहोस् १ शमूएल १६:७; सिद्धान्त र करार १३७:९) । …

“आत्महत्याको कारणले प्रियजन गुमाएकाहरूले येशू ख्रीष्ट र उहाँको प्रायश्चितमा आशा र चङ्गाइ प्राप्त गर्न सक्छन् ।”