2025
तपाईंको सुसमाचारको यात्रामा प्रसन्नता प्राप्त गर्नुहोस्
जुलाई २०२५


“तपाईंको सुसमाचारको यात्रामा प्रसन्नता प्राप्त गर्नुहोस्,” लियाहोना जुलाई २०२५ ।

मासिक लियाहोना सन्देश, जुलाई २०२५

तपाईंको सुसमाचारको यात्रामा प्रसन्नता प्राप्त गर्नुहोस्

उहाँका आज्ञाहरू पालना गरेर परमप्रभुप्रतिको हाम्रो प्रेम देखाउने अन्तिम परिणाम भनेको खुसी र प्रसन्नता ल्याउने आशीर्वादहरू हुन् ।

मुस्कुराउँदै गरेका थाइल्याण्डका चर्चका सदस्यहरू

थाइल्याण्डका हर्षित चर्चका सदस्यहरूको तस्वीर क्रिष्टिना स्मिथद्वारा

केही वर्षपूर्व जापानमा सुसमाचार प्रचार अगुवाका रूपमा सेवा गर्दा, म हाम्रो सुसमाचार प्रचार क्षेत्रको कुनै ग्रामीण क्षेत्रमा रहेको ग्रामीण शहरमा सप्ताहान्तको सम्मेलनमा सहभागी भएँ । जिल्ला अध्यक्षले मलाई एक वर्षपूर्व चर्चमा आवद्ध हुनुभएका र मन्दिरको सिफारिस प्राप्त गर्न खोजिरहनुभएका एक व्यक्तिसँग अन्तर्वार्ता लिने व्यवस्था मिलाउनुभएको थियो । उहाँले आफ्नो बप्तिस्माको एक वर्षको वार्षिकोत्सवमा वा त्यसको नजिकैको समयमा आफ्नो इन्डावमेन्ट प्राप्त गर्ने अपेक्षा राख्नुभएको थियो ।

हाम्रो वार्तालापका क्रममा, यी नयाँ सदस्यले बप्तिस्मा लिएको वर्षमा प्राप्त गरेका प्रशस्त आशीर्वादहरूका लागि उहाँ कति गहन रूपमा कृतज्ञ हुनुहुन्थ्यो भनेर वर्णन गर्नुभयो । उहाँले साप्ताहिक प्रभुभोज र अन्य सभाहरूमा सहभागी भएर आनन्द लिनुभयो । उहाँ आफ्नो शाखाका क्रियाकलापहरूमा गहन रूपमा संलग्न हुनुभयो । मेरा लागि, उहाँले सुसमाचारको आफ्नो उद्देश्य बुझेका कारणले गर्दा करारको आत्मविश्वास व्यक्त गर्नुभयो जुन अब उहाँको अभिन्न अङ्ग बनिसकेको थियो । उहाँ ख्रीष्टका एक परिवर्तित शिष्य हुनुहुन्थ्यो जसले हृदयको एक शक्तिशाली परिवर्तन अनुभव गर्नुभएको थियो (मोसीयाह ५:२) हेर्नुहोस् ।

हाम्रो बाँकी वार्तालाप आशावादी रह्यो । हामीले उहाँको मन्दिर अनुभवको अंश बन्ने विधि र करारहरूका सम्बन्धमा छलफल गर्यौँ । उहाँले मन्दिर अनुमति-पत्र प्राप्त गर्नेसँग सम्बन्धित प्रत्येक मानक प्रश्नहरूको सकारात्मक उत्तर दिनुभयो ।

अन्तर्वार्ता पछि, म यस्तो उत्कृष्ट व्यक्तिलाई भेट्न पाउँदा कति आभारी छु भनेर जिल्ला अध्यक्षलाई बताएको सम्बन्धमा मलाई स्मरण छ । सुसमाचार प्रचारकहरूले र सदस्यहरूले आध्यात्मिक रूपमा पोषित यस्तो क्षमता र सम्भावना भएका व्यक्ति भेट्टाएकोमा म कति प्रभावित भएँ भनेर मैले उहाँलाई बताएँ ।

जिल्ला अध्यक्षले यी व्यक्तिले एक वर्षभन्दा पहिले सुसमाचार प्रचारकहरूबाट पाठ सिक्न र चर्च जान सुरु गर्ने क्रममा, उहाँ घरबारविहीन र अत्यन्तै कठिन—लगभग निराशाजनक—परिस्थिमा रहेको विषय बाँढ्दा म अत्यन्तै आश्चर्यचकित भएँ । त्यसपछि कसरी यी बन्धुको सुसमाचारको अध्ययन र महिनौँ पछिको उहाँको परिवर्तनले उहाँमा चामत्कारिक परिवर्तन ल्यायो, उहाँलाई आध्यात्मिक र सांसारिक आत्मनिर्भरताको मार्गमा पुर्यायो र उहाँलाई उद्देश्य र प्रसन्नताको भावना प्रदान गर्यो भनेर जिल्ला अध्यक्षले वर्णन गर्नुभयो ।

सुसमाचारले उहाँलाई उहाँको जीवनका उद्देश्यको स्पष्ट चित्रण दियो । सरल र बहुमूल्य सुसमाचारका सत्यहरूले मरणशीलताका महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिए, यो ज्ञानबाट सुरु हुँदै कि “परमेश्वर हाम्रा स्वर्गका पिता हुनुहुन्छ र हामी उहाँका सन्तति हौँ । … परमेश्वरले हामीलाई व्यक्तिगत रूपमा चिन्नुहुन्छ र हामीलाई प्रेम गर्नुहुन्छ ।” उहाँको योजनामा, “स्वर्गका पिताले … हामीलाई उहाँको उपस्थितिमा फर्कनका लागि सहयोग गर्न धेरै उपहारहरू र मार्गदर्शकहरू प्रदान गर्नुभएको छ ।”

यस मानिसका लागि त्यस्तो आशीर्वाद थियो, जुन येशू ख्रीष्टको सुसमाचारका माध्यमद्वारा परमेश्वरका सबै सन्ततिहरूलाई समान रूपमा उपलब्ध छ ।

जीवनको उद्देश्य

किनभने येशू ख्रीष्टले अगमवक्ता जोसेफ स्मिथका माध्यमद्वारा आफ्नो सुसमाचारको पुनर्स्थापना गर्नुभयो, “हामीसँग जीवनको उद्देश्य, हामी को हौँ भन्ने विषयको बुझाइ छ” भनेर अध्यक्ष एम. रसल ब्यालर्ड (१९२८-२०२३) ले घोषणा गर्नुभयो । चर्चलाई दिइएको आफ्नो अन्तिम गवाहीमा, बाह्र प्रेरितहरूको गणका तत्कालीन कार्यवाहक अध्यक्ष, अध्यक्ष ब्यालर्डले भन्नुभयो:

“हामीलाई परमेश्वर को हुनुहुन्छ भनेर जानकारी छ; हामीलाई मुक्तिदाता को हुनुहुन्छ भनेर जानकारी छ किनभने हामीसँग जोसेफ हुनुहुन्छ, जो एक बालकका रूपमा वास्तवमा नै आफ्ना पापहरूको क्षमापन खोज्दै रूखहरूको बगैँचामा जानुभयो । …

“म आश्चर्यचकित हुन्छु र तपाईंहरू मध्ये अधिकांश पनि आश्चर्यचकित हुनुहुन्छ भनेर म निश्चित छु, जीवनमा हाम्रो उद्देश्यका सम्बन्धमा हामीलाई के जानकारी छ, हामी किन यहाँ छौँ, हामीले हाम्रो दैनिक जीवनमा के गर्न र पूरा गर्न कोशिस गर्नु पर्छ भनेर जान्न पाउँदा हामी कत्ति धन्य छौँ ।”

पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्यहरूका लागि त्यो ज्ञानमा मुक्तिका सम्बन्धमा परमेश्वरको “परिपूर्ण योजना”को बुझाइ समावेश छ । “खुसीको महान योजना,” “मुक्तिको योजना” र “दयाको योजना” (अल्मा ४२:८, ११, १५) का रूपमा पनि चिनिने, यसले “जीवनको रहस्य र हाम्रो भविष्यको अनिश्चिततालाई बाहिर ल्याउँछ ।” “ख्रीष्टको सिद्धान्त” त्यो योजनाका लागि आवश्यक छ, जुन जीवनको उद्देश्यको केन्द्रबिन्दु हो ।

हामीसँग सुसमाचार भएको हुनाले हामी परमेश्वरका सन्तति हौँ, पृथ्वीमा परीक्षण गर्न, परिष्कृत बन्न र “मृत्यु भएकाहरूको पुनरुत्थान, थुमाको विजय र महिमाका माध्यमद्वारा जन्माइन” तयार हुन पठाइएका छौँ भनेर हामी बुझ्छौँ (सिद्धान्त र करार ७६:३९) । हामीलाई आज्ञाहरूका सम्बन्धमा ज्ञान छ र “[हामीलाई] असल र खराबका सम्बन्धमा ज्ञान छ भनेर पर्याप्त रूपमा” निर्देशन दिइएको छ (२ नफी २:५) । हामी पृथ्वीमा प्रेम गर्न र सेवा गर्नका लागि छौँ भनेर हामीलाई जानकारी छ । अनि उहाँको दोस्रो आगमनको तयारीमा मुक्तिदाताले हामीलाई संसारलाई जित्न र अरूहरूलाई पनि त्यसै गर्नका लागि सहयोग गर्न बोलावट गर्नुभएको छ (हेर्नुहोस् यूहन्ना १६:३३; सिद्धान्त र करार ६४:२) भनेर हामीलाई जानकारी छ ।

जब हामी उहाँमा ध्यान केन्द्रित गर्छौँ, जोसेफ स्मिथले “हाम्रा परमप्रभु येशू ख्रीष्टको सुसमाचारको जयजयकारको आवाज” भनेर सम्बोधन गरेका विषयले हामीलाई कठिन दिनहरूमा मजबुत बनाउने छन् र हाम्रो जीवन र अरूहरूको जीवनमा अर्थ र उद्देश्य ल्याउने छ ।

येशू ख्रीष्ट

ड्यान विल्सनद्वारा Every Knee Shall Bow(हरेक घुँडा टेकिने छन्), यसको प्रतिलिपि बनाउन सकिँदैन

आज्ञा पालन, आशीर्वादहरू, प्रसन्नता

परमेश्वरले हामीलाई नैतिक अधिकार दिनुभएको छ ताकि हामी हाम्रा छनोटहरूका लागि जवाफदेही हुन सक्छौँ (हेर्नुहोस् सिद्धान्त र करार १०१:७८; २ नफी २:१६) । “सबै विषयमा विपक्ष” (२ नफी २:११) को अंशका रूपमा, हाम्रो अधिकारको दुरुपयोग गर्न हामीलाई प्रलोभनमा पार्न शैतानलाई अनुमति छ ।

परन्तु परमप्रभु येशू ख्रीष्टले, हाम्रो समयमा “पृथ्वीका बासिन्दाहरूमाथि आउनुपर्ने विपत्तिलाई बुझ्नुहुँदै, अगमवक्ता जोसेफ स्मिथलाई बोलाउनुभयो “स्वर्गबाट उहाँसँग बोल्नुभयो र उहाँलाई आज्ञाहरू दिनुभयो” (सिद्धान्त र करार १:१७) । परमप्रभुले आफ्ना अगमवक्ताहरूलाई आफ्ना आज्ञाहरू र चाहना प्रकट गर्ने त्यो ढाँचा—अनि त्यही कारणले गर्दा हाम्रो समयमा पनि अध्यक्ष रसल एम्. नेल्सनसँग निरन्तर छ । परमेश्वरले हामीलाई यस जीवनमा खुसीमा र अर्को जीवनमा स्वर्गको महिमामा अगुवाइ गर्न चाहनुहुन्छ ।

परमेश्वरका आज्ञाहरूको पालना उहाँप्रतिको हाम्रो भक्ति र प्रेमबाट आउनु पर्छ । परमेश्वरलाई प्रेम गर्नु “पहिलो र महान् आज्ञा हो” भनेर परमप्रभु येशू ख्रीष्टस्वयम् ले घोषणा गर्नुभयो । (हेर्नुहोस्मत्ती २२:३७-३८) । “यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने, मेरा आज्ञाहरूको पालना गर” (यूहन्ना १४:१५) भनेर घोषणा गर्दा उहाँले थप अन्तर्दृष्टि दिनुभयो ।

परमप्रभुलाई प्रेम गर्नु र उहाँका आज्ञाहरू पालना गर्नुको प्रतिफल छ । यस समयावधिमा उहाँले वर्णन गर्नुभयो “स्वर्गमा अपरिवर्तनीय रूपमा निर्धारित नियम छ …, जसमा सबै आशीर्वादहरू पूर्वनिर्धारित छन्—

“अनि जब हामी परमेश्वरबाट कुनै पनि आशीर्वाद प्राप्त गर्छौँ, त्यो त्यस नियमको पालना गरेर हो जसमा यो पूर्वनिर्धारित छ” (सिद्धान्त र करार १३०:२०-२१) ।

यसकारण, उहाँका आज्ञाहरू पालना गरेर परमप्रभुप्रतिको हाम्रो प्रेम देखाउने अन्तिम परिणाम भनेको खुसी र प्रसन्नता ल्याउने आशीर्वादहरू हुन् ।

जीवनलाई पुनर्स्थापित सुसमाचार र आधुनिक प्रकाशको दृष्टिबाट हेर्दा हामीलाई स्पष्टता मिल्छ । हाम्रो दैवी उत्पत्ति र गन्तव्यको स्पष्ट दृष्टिकोण सहित हामीलाई जानकारी हुन्छ कि “जुन विषयहरूले [हाम्रो] मरणशील जीवनलाई यो हुन सक्नेसम्म सबैभन्दा उत्तम बनाउन सक्छन्, हर दृष्टिले उही विषयहरू हुन् जसले यसलाई [हाम्रो] जीवनलाई अनन्तकालसम्म उत्कृष्ट बनाउन सक्छन्!”

निष्कर्ष

जापानमा भर्खरै परिवर्तन भएका एक व्यक्तिसँगको वर्षौंपूर्वको मेरो अनुभव स्मरण गर्दै मैले प्रारम्भ गरेको स्थानबाट नै म अन्त्य गर्छु । आफ्नो लगनशीलता र सुसमाचार प्रचारकहरू र सदस्यहरूको लगनशीलताद्वारा उहाँले येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचार पत्ता लगाउनुभयो । सुसमाचार पत्ता लगाउँदा उहाँले आफ्नो उद्देश्य पनि पत्ता लगाउनुभयो जसले उहाँको दृष्टिकोणलाई विस्तार गर्‍यो । उहाँले खुसीको महान् योजना पनि पत्ता लगाउनुभयो । योजनाको सुसमाचारका करारहरूको पालनाले उहाँमा आशीर्वादहरू र प्रसन्नता ल्यायो जसले उहाँलाई सांसारिक र आध्यात्मिक रूपमा उन्नति प्रदान गर्यो ।

येशू ख्रीष्टको चर्चमा सदस्यता लिने उहाँको यात्राले उहाँलाई येशू ख्रीष्टको साक्षी बन्न अनुमति दियो । बाह्र प्रेरितहरूको गणका एल्डर प्याट्रिक किरनले निम्न प्रसन्नताको वर्णन गर्नुभएको छ:

“उहाँका प्रत्येक सन्ततिका लागि हाम्रा स्वर्गका पिताको प्रिय योजनाका कारण अनि हाम्रा मुक्तिदाता, येशू ख्रीष्टको उद्धार गर्ने जीवन र उद्देश्यका कारण हामी पृथ्वीमा सबैभन्दा आनन्दित मानिसहरू हुन सक्छौँ—र—हुनु पर्छ! समस्याग्रस्त संसारमा जीवनका आँधीबेहरीहरू प्रायश: हामीमाथि आइपर्दा पनि ख्रीष्टमा हाम्रो आशा र खुसीको सुन्दर योजनामा आफ्नो अस्तित्वका सम्बन्धमा हाम्रो बुझाइका कारण हामी प्रसन्नता र आन्तरिक शान्तिको बढ्दो र स्थायी भावना वृद्धि गर्न सक्छौँ ।”

म येशू ख्रीष्टको पुनर्स्थापित सुसमाचारका लागि कृतज्ञता व्यक्त गर्छु र गवाही दिन्छु जसमा गहन रूपमा समाहित खुसीको महान् योजना पनि समावेश छ । म तपाईंलाई सुसमाचारका फलहरू खान र अनन्त जीवनतर्फको तपाईंको यात्रामा यस जीवनमा थप प्रसन्नता महसुस गर्न आमन्त्रण गर्छु ।