2025
कर्टल्याण्ड मन्दिर निर्माण गर्ने
जुन २०२५


मासिक साथी सन्देश, जुन २०२५

कर्टल्याण्ड मन्दिर निर्माण गर्ने

बाँझो खेतबारीलाई हेर्दै जोसेफ स्मिथ र अरूहरू

अमेरिकाको ओहायोको कर्टल्याण्डमा मन्दिर निर्माण गर्ने समय आएको छ भनेर परमप्रभुले जोसेफ स्मिथलाई भन्नुभयो । यो एक विशेष स्थान हुने छ जहाँ परमप्रभुले आफ्ना मानिसहरूलाई भेट गर्नुहुने छ र उहाँहरूसँग प्रतिज्ञाहरू गर्नुहुने छ ।

कर्टल्याण्ड मन्दिर निर्माण गर्न सुरु गर्दै मानिसहरू

सन्तहरूले मन्दिर निर्माण गर्न सुरु गर्नुभयो । यसमा धेरै पैसा खर्च भयो र धेरै काम गर्नुपर्ने आवश्यकता भयो । परन्तु उहाँहरू परमप्रभुको आशीर्वाद प्राप्त गर्न उत्साहित हुनुहुन्थ्यो ।

प्रार्थना गरिरहेका मानिस र नजिकैका कामदारहरू

सन्तहरूले मन्दिरमा काम गर्दै गर्दा, उहाँहरूसँग भएको पैसा सकिँदै गयो । उहाँहरूले सहयोगका लागि परमेश्वरलाई प्रार्थना गर्नुभयो ।

गाडामा यात्रा गर्दै सम्पन्न नभएको कर्टल्याण्ड मन्दिर हेरिरहेकी महिला

क्यारोलिन टिपेट्स नाम गरेकी एक महिला र उहाँको परिवारले धेरै पैसा बचत गरेका थिए । मन्दिर निर्माणमा सहयोग गर्नको लागि उहाँहरूले त्यो पैसा चर्चलाई ऋण लिन दिनुभयो ।

आंशिक रूपमा निर्मित कर्टल्याण्ड मन्दिर अगाडि टोकरीमा सिसा सङ्कलन गर्दै बालबालिकाहरू

सन्तहरूले कडा परिश्रम गर्नुभयो । केहीले ढुङ्गाहरूले भरिएका गाडाहरू चलाउनुभयो । अरूहरूले कामदारहरूका लागि लुगा र खाना तयार पार्नुभयो ।

बालबालिकाहरूले पीसेर मन्दिरको भित्तामा राख्नका लागि फुटेका सिसाका टुक्राहरू सङ्कलन गरे ताकि तिनीहरू सूर्यको प्रकाशमा चम्कन्छन् ।

सम्पन्न भएको कर्टल्याण्ड मन्दिरलाई हेर्दै मानिसहरू

छिट्टै नै मन्दिरको निर्माण कार्य सम्पन्न भयो! उहाँले प्रतिज्ञा गर्नुभएको आशीर्वाद प्राप्त गर्न सन्तहरू परमप्रभुको गृहमा जान उत्साहित हुनुहुन्थ्यो ।

रङ्ग भर्ने पाना

परमप्रभुले म को हुँ भनेर जान्नुहुन्छ र मलाई प्रेम गर्नुहुन्छ

Alt text

कोरी एगबर्टद्वारा चित्रण

अण्डाकृतिमा आफ्नो अनुहारको चित्र कोर्नुहोस् । येशू ख्रीष्टले तपाईंलाई प्रेम गर्नुहुन्छ भनेर तपाईंलाई कसरी जानकारी हुन्छ?