पुस्तकालय
परिशिष्ट


परिशिष्ट

तपाईंहरूका स्वर्गका पिताले तपाईंहरूलाई पवित्र विधिहरू प्राप्त गर्नका लागि आमन्त्रण गर्नुहुन्छ । यी विधिहरूमा करारहरू समावेश छन्—तपाईंहरू परमेश्वरसँग प्रतिज्ञा गर्नुहुन्छ र उहाँले तपाईंहरूसँग प्रतिज्ञा गर्नुहुन्छ । उदाहरणका लागि, जब तपाईंहरू बप्तिस्मा लिनुहुन्छ र प्रमाणीकरण गरिनुहुन्छ, जब तपाईंहरूलाई अधिकार दिइन्छ अनि जब तपाईंहरू परमप्रभुको गृहमा समय र अनन्तताका लागि बाँधिनुहुन्छ, तपाईंहरूले यी करारहरू गर्नुहुन्छ । करारहरू निर्माण गर्नाले र पालना गर्नाले तपाईंहरूमा प्रसन्नता र खुसी ल्याउने छ र तपाईंहरूलाई उहाँको उपस्थितिमा फर्कनका लागि सहयोग गर्न परमेश्वरको शक्तिमा पहुँच प्राप्त गर्ने अनुमति दिइने छ, जहाँ तपाईंहरूले उहाँसँगै अनन्त जीवनको प्रसन्नता लिन सक्नुहुन्छ ।

यी करारहरू गर्दा तपाईंहरूले परमेश्वरलाई के प्रतिज्ञा गर्नुहुन्छ—र उहाँले तपाईंहरूलाई के प्रतिज्ञा गर्नुहुन्छ भन्ने सम्बन्ध थप जान्नका लागि—सुसमाचारको पुस्तकालयमा General Handbook: Serving in The Church of Jesus Christ of Latter-day Saints, ३.५, हेर्नुहोस् ।

तलका प्रश्नहरूलाई विचार गर्नुहोस् । यी प्रश्नहरू हुन् जुन तपाईंहरूलाई मन्दिरका लागि अनुमति-पत्र प्राप्त गर्ने अन्तर्वार्ता लिँदा सोधिन्छन् तर तपाईंहरूले अन्तर्वार्ताका लागि प्रतिक्षा गर्नु पर्दैन । तपाईंहरूले चाहेको समयमा आफ्नो आत्मिक आत्म-मूल्याङ्कन गर्नुहोस् ।

युवातीका विषयवस्तु, हारुनको पादरित्वको गणका विषयवस्तु र दस आज्ञाहरू पनि तपाईंहरूको आत्म-मूल्याङ्कनमा उपयोगी उपकरणहरू हुन सक्छन् ।

युवाहरूका लागि मन्दिर अनुमति-पत्रका प्रश्नहरू

  • के तपाईंहरूसँग अनन्त पिता परमेश्वर, उहाँका पुत्र, येशू ख्रीष्ट; र पवित्र आत्माको आस्था र गवाही छ ?

  • के तपाईंहरूसँग ख्रीष्टको प्रायश्चित्त र मुक्तिदाता र उद्धारकर्ताका रूपमा उहाँको भूमिकाको गवाही छ ?

  • के तपाईंहरूसँग पुनर्त्थापित सुसमाचारको गवाही छ ?

  • के तपाईंहरू पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका अध्यक्षलाई अगमवक्ता, द्रष्टा र प्रकाशक अनि पृथ्वीमा पदारित्वका सबै साँचाहरू प्राप्त गर्न र अभ्यास गर्न अधिकार प्राप्त एक मात्र व्यक्तिका रूपमा समर्थन गर्नुहुन्छ ? के तपाईंहरू प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूको गणका सदस्यहरूलाई अगमवक्ता, द्रष्टा र प्रकाशकहरूका रूपमा समर्थन गर्नुहुन्छ? के तपाईंहरू चर्चका अन्य साधारण अधिकारीहरू र स्थानीय अधिकारीहरूलाई समर्थन गर्नुहुन्छ ?

  • सबै कार्यहरू उहाँ समक्ष “स्वच्छतामा” गर्नुपर्ने छ भनेर परमप्रभुले भन्नुभएको छ (सिद्धान्त र करार ४२:४१) । के तपाईंहरू आफ्नो विचार र व्यवहारमा नैतिक स्वच्छताका लागि सम्भव भएसम्म प्रयास गर्नुहुन्छ ? के तपाईंहरू पवित्रताको नियम पालना गर्नुहुन्छ ?

  • के तपाईंहरू आफ्नो परिवारका सदस्यहरू र अरूहरूसँग तपाईंहरूका व्यक्तिगत र सार्वजनिक व्यवहारमा येशू ख्रीष्टको चर्चका शिक्षाहरू अनुसरण गर्नुहुन्छ ?

  • के तपाईंहरू पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको सिकाइ विपरितका कुनै पनि शिक्षा, अभ्यास वा सिद्धान्तलाई समर्थन वा प्रोत्साहन गर्नुहुन्छ ?

  • के तपाईंहरू आफ्ना सभाहरूमा सहभागी भएर; योग्य रूपमा प्रभुभोज ग्रहण गर्नका लागि तयार भएर अनि सुसमाचारका विधि र आज्ञाहरू अनुरुप तपाईंहरूको जीवन जिएर घर र चर्च दुबैमा शबाथको दिनलाई पवित्र राख्न सम्भव भएसम्म प्रयास गर्नुहुन्छ ?

  • के तपाईंहरू आफूले गर्ने सबै कार्यमा इमानदार हुन सम्भव भएसम्म प्रयास गर्नुहुन्छ ?

  • के तपाईंहरू पूर्ण दशांश तिर्नुहुन्छ ?

  • के तपाईंहरूले ज्ञानका वचन बुझ्नुहुन्छ र पालना गर्नुहुन्छ ?

  • के तपाईंहरूको जीवनमा गम्भीर पापहरू भएका छन् जसलाई तपाईंहरूको पश्चातापको अंशका रूपमा पादरित्व अधिकारीहरूसँग समाधान गर्नु आवश्यक छ ?

  • के तपाईंहरू आफैँलाई परमप्रभुको गृहमा प्रवेश गर्न र मन्दिरका विधिहरूमा सभागी हुन योग्य सम्झिनुहुन्छ ?

युवती महिलाका विषयवस्तु

म स्वर्गका मातापिताकी प्यारी छोरी हुँ, जसमा दैवी प्रकृति र अनन्त गन्तव्य छ ।

येशू ख्रीष्टकी शिष्यका रूपमा म उहाँ जस्तै बन्ने प्रयास गर्छु । म व्यक्तिगत प्रकाश खोज्छु र त्यसमा कार्य गर्छु र उहाँको पवित्र नाममा अरूलाई सेवा गर्छु ।

म सदैव र सबै विषयमा र सबै स्थानमा परमेश्वरको साक्षीका रूपमा खडा हुने छु ।

जब म उत्कर्षका लागि योग्य हुन प्रयास गर्छु, म पश्चात्तापको उपहारलाई सम्मान गर्छु र प्रत्येक दिन सुधार गर्न प्रयास गर्छु । आस्थाका साथ, म मेरो घर र परिवारलाई मजबुत बनाउने छु, पवित्र करारहरू निर्माण र पालना गर्ने छु र मन्दिरका पवित्र विधि र आशीर्वाद प्राप्त गर्ने छु ।

हारुनको पादरित्व गणका विषयवस्तु

म परमेश्वरको प्रिय पुत्र हुँ र उहाँसँग मेरा लागि कार्य छ ।

मेरो सम्पूर्ण हृदय, शक्ति, मस्तिष्क र समार्थ्यले म परमेश्वरलाई प्रेम गर्ने छु, मेरा करारहरू पालना गर्ने छु र उहाँको पादरित्वलाई मेरो आफ्नै घरबाट सुरु गर्दै अरूको सेवा गर्नका लागि प्रयोग गर्ने छु ।

जब म सेवा गर्ने, आस्था राख्ने, पश्चात्ताप गर्ने र प्रत्येक दिन सुधार गर्ने प्रयास गर्छु, म मन्दिरका आशीर्वाद र सुसमाचारको स्थायी प्रसन्नता प्राप्त गर्नका लागि योग्य हुने छु ।

म येशू ख्रीष्टको सत्य शिष्य भएर मेहनती सुसमाचार प्रचारक, इमानदार पति र प्रिय बुबा बन्न तयार हुने छु ।

म सबैलाई ख्रीष्टकहाँ आउन र उहाँको प्रायश्चितका आशीर्वाद प्राप्त गर्न आमन्त्रण गरेर मुक्तिदाताको पुनरागमनका लागि संसारलाई तयार पार्न सहयोग गर्ने छु ।

दश आज्ञाहरू

  • मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू

  • आफ्ना लागि खोपेर कुनै किसिमको मूर्ति नबनाउनू

  • तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको नाम व्यर्थमा नलिनू

  • शबाथको दिनलाई पवित्र राख्न सम्झिनू ।

  • आफ्ना बुबा र आमालाई आदर गर्नू

  • हत्या नगर्नू ।

  • व्यभिचार नगर्नू ।

  • चोरी नगर्नू ।

  • झूटो गवाही नदिनू ।

  • लालच नगर्नू ।

प्रस्थान २०:३-१७ हेर्नुहोस् ।