“यो अडियोको स्रोत प्रयोग गर्दै,” EnglishConnect 3 Workbook Audio (२०२४)
“यो अडियोको स्रोत प्रयोग गर्दै,” EnglishConnect 3 Workbook Audio
यो अडियोको स्रोत प्रयोग गर्दै
EnglishConnect 3 कार्यपुस्तिकामा सुन्ने क्रियाकलापहरूका परिपूरकका रूपमा यी अडियो फाइलहरूतयार पारिएका हुन् । यो स्रोतको कार्यपुस्तिकामा, “memorize vocabulary,” “read” र “practice scenario” जस्ता क्रियाकलापहरूमा सम्बन्धित सुन्ने फाइलहरू समावेश छन् ।
कार्यपुस्तिका छाप्नुहोस्
यी सुन्ने क्रियाकलापहरूको लाभ अधिकतम बनाउन, तपाईंलाई EnglishConnect 3 कार्यपुस्तिकाको पूरा प्रतिलिपि आवश्यक छ । store.ChurchofJesusChrist.org मा छापिएको प्रतिलिपि खरीद गरेर वा englishconnect.orgमा डिजिटल संस्करण डाउनलोड गरेर आफ्नो कार्यपुस्तिका प्राप्त गर्नुहोस् ।
तपाईंको सुविधाका लागि, छापिएको कार्यपुस्तिकाको पूर्ण परिचय सहज सन्दर्भका लागि यस खण्ड पछि समावेश गरिएको छ ।