EnglishConnect for Missionaries
परिचय


“परिचय,” EnglishConnect 3 कार्यपुस्तिका अडियो (२०२४)

“परिचय,” EnglishConnect 3 कार्यपुस्तिका अडियो

महिला सुसमाचार प्रचारकहरू अध्ययन गर्दै र हाँस्दै

परिचय

यो कार्यपुस्तिका कसरी प्रयोग गर्ने

तपाईंलाई तपाईंका अङ्ग्रेजी सीपहरूको विकास गर्न तथा क्रियाकलाप र कथाहरूद्वारा तपाईंको आस्था बढाउन सहयोग गर्नु यस कार्यपुस्तिकाको उद्देश्य हो । यस कार्यपुस्तिकामा दुई खण्डहरू छन्: ““Personal and Partner Language Study” र “Proficiency Practice ।” तपाईंले दुबै खण्डहरूमा कार्य गर्नका लागि हरेक हप्ता समय खर्च गर्नु पर्छ । प्रत्येक खण्डको विवरण तल दिइएको छ ।

Personal and Partner Language Study

व्यक्तिगत र संयुक्त भाषा अध्ययन

यस “व्यक्तिगत र संयुक्त भाषा अध्ययन” खण्डले तपाईंलाई अरूहरूसँग आफ्नो अङ्ग्रेजीको अभ्यास गर्नका लागि क्रियाकलापहरू प्रदान गर्छ । यो खण्ड १३ वटा पाठहरूमा विभाजित छ, जसमा हरेक खण्डमा दुई भागहरू छन् । पहिलो भाग Personal Language Study” हो जसले दोस्रो भाग Practice Partner Language Study.”का लागि तपाईंलाई तयार गर्छ । तिनीहरूलाई दिइएको क्रममा यी क्रियाकलापहरू पूरा गरिएको सुनिश्चित गर्नुहोस् ।

तपाईं यी पाठहरू कति छिट्टो पूरा गर्नुहुन्छ भन्ने विषय तपाईं र तपाईंसँग अध्ययन गर्ने साथीमा निर्भर गर्छ । उदाहरणका लागि, तपाईंले प्रति हप्ता एउटा पाठ पूरा गर्ने छनोट गर्न सक्नुहुन्छ वा पाठलाई तपाईंले दुई हप्तासम्म विस्तार गर्न सक्नुहुन्छ ।

प्रत्येक पाठको अन्त्यमा तपाईंको भाषा सिकाइलाई प्रतिबिम्बित गर्ने अवसर समावेश हुन्छ । तल केही विचारहरू छन् जसलाई तपाईंले आफ्नो अध्ययनका लागि प्रतिबिम्बित गर्दा मनन गर्न सक्नुहुन्छ:

  • प्रार्थना गर्नुहोस् र सुन्नुहोस् । स्वर्गका पिता तपाईंलाई सिक्नका लागि सहयोग गर्न उत्सुक हुनुहुन्छ । तपाईंले के गर्नु पर्छ भनेर तपाईंलाई देखाउन उहाँलाई सोध्नुहोस् र उहाँले तपाईंलाई विचार र उपायहरू प्रदान गर्नुहुने छ ।

  • के राम्रो भइरहेको छ र के खराब भइरहेको छ भन्ने विषयको सूची बनाउनुहोस् । तपाईं कसरी सुधार गर्न सक्नुहुन्छ भन्ने सम्बन्धमा योजनाहरू बनाउनुहोस् ।

  • तपाईंले आफ्नो भाषा अध्ययनमा गर्नुभएका सबै विषयहरूका सम्बन्धमा आफ्नो डायरीमा लेख्नुहोस् । प्रत्येक विषयको प्रभावकारिताको मूल्याङ्कन गर्नुहोस् ।

  • सिर्जनशील बन्नुहोस् । एउटा यस्तो चित्र कोर्नुहोस् वा छोटो कविता वा कथा लेख्नुहोस् जसले तपाईं आफ्नो सिकाइका सम्बन्धमा कस्तो महसुस गर्नुहुन्छ वा तपाईं कसरी सुधार गर्न सक्नुहुन्छ भनेर वर्णन गरोस् ।

Proficiency Practice

दक्षताको अभ्यास

Proficiency Practice” यस कार्यपुस्तिकाको खण्डले तपाईंलाई तपाईंको पढाइ, लेखन, सुन्ने र बोल्ने कार्यमा सुधार गर्ने अवसरहरू प्रदान गर्दछ । कुनै एकमा अर्कोमा भन्दा अधिक प्रयत्न गर्नु पर्ने भए तापनि तपाईंले प्रत्येक हप्ता पढ्न, लेख्न, सुन्न र बोल्नमा समय खर्च गर्नु पर्दछ । यदि तपाईं आफूलाई प्रश्नहरू पढ्ने सन्दर्भमा अगाडि भएको महसुस गर्नुहुन्छ भने तपाईं हरेकमा समान स्थानमा नहुँदा सम्म प्रश्नहरूको लेखन कार्यमा थप समय खर्च गर्नुहोस् । यसले तपाईंलाई तपाईंका पढ्ने, लेख्ने, सुन्ने र बोल्ने क्षमताहरूका बीचमा सन्तुलन कायम राख्न सहयोग गर्ने छ ।

पढ्ने र लेख्ने दुबै खण्डका चार तहहरू छन् । प्रत्येक तहभित्र प्रश्नहरूका चार कार्यहरू (वा समूहहरू) छन्: “Ask/Answer,” “Describe,” “Narrate,” र “Negotiate ।”

Englishconnect दक्षताको अभ्यास कार्यहरू

जब सम्म तपाईंले त्यो तहका कार्यमा विज्ञता हासिल गर्नुभएको महसुस गर्नुहुँदैन तबसम्म तपाईंले प्रत्येक कार्यका प्रश्नहरूमा कार्य गर्नु पर्दछ । एकपटक तपाईंले कार्यमा लगभग सबै प्रश्नहरूको सही जवाफ दिन प्रारम्भ गर्नुभयो भने, तपाईंले अन्य कार्यहरूमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ । तपाईंले सबै चार कार्यहरूमा प्रश्नहरूको सही जवाफ दिनुभयो भने तपाईं अर्को तहमा जान सक्नुहुन्छ ।

तहलाई छोड्नु आवश्यक छैन । इच्छा भएमा तपाईं तह १ को सुरुमा प्रारम्भ गर्न सक्नुहुन्छ र क्रमबद्ध रूपमा सबै प्रश्नहरूमा कार्य गर्दै जान सक्नुहुन्छ । आफूलाई चुनौती दिने प्रश्नहरू पत्ता लगाउन प्रयास गर्नुभन्दा अभ्यासमा समय खर्च गर्नु महत्त्वपूर्ण हुन्छ ।

Answers

उत्तरहरू

यस पुस्तकको अन्तिम खण्डमा प्रत्येक पाठको पढाइको बोध गराउने प्रश्नहरूको जवाफ समावेश छ । उपलब्ध गराइएको समाधान हेर्नु पूर्व प्रत्येक प्रश्नको जवाफ दिने प्रयास गर्नुभयो भने तपाईंले उत्तम तरिकाले सिक्नुहुने छ ।

यस खण्डले प्रत्येक तुरुन्त Write का लागि उत्प्रेरित गर्ने उदाहरणीय अनुच्छेदहरू पनि प्रदान गर्दछ । उदाहरणहरूले तपाईंको लेखनमा सुधार गर्ने तरिकाहरूमा विचार गर्न वा तपाईंको सहपाठीको लेखनमा प्रतिक्रिया प्रदान गर्न तपाईंलाई सहयोग गर्न सक्छन् । सर्वप्रथम यदि तपाईंले आफ्नै अनुच्छेद लेख्नुभयो अनि त्यसपछि उदाहरण पढ्नु भयो भने तपाईंले उत्तम तरिकाले सिक्नुहुने छ ।

सारांश

आफ्नो अध्ययन प्रभावकारी बनाउन निम्न सुझावहरू अनुसरण गर्नुहोस्:

  1. प्रत्येक हप्ता “Personal and Partner Language Study” र “Proficiency Practice” खण्डहरूको कार्यमा समय खर्च गर्नुहोस् ।

  2. तपाईं अर्को तहमा जानु अघि “Proficiency Practice” खण्डमा तपाईंले सबै चार कार्यहरू “Ask/Answer,” “Describe,” “Narrate,” र “Negotiate”मा प्रश्नहरूको सही जवाफ दिन सक्नुहुन्छ भनी सुनिश्चित गर्नुहोस् ।

  3. Proficiency Practice” खण्डमा, प्रत्येक हप्ता पढ्ने, लेख्ने, सुन्ने र बोल्ने खण्डहरूका बीचमा आफ्नो समय विभाजन गर्नुहोस् तर तपाईंले सबैभन्दा बढी सुधार गर्नु पर्ने आवश्यक सीपमा बढी समय खर्च गर्नुहोस् । उदाहरणका लागि, यदि तपाईं अङ्ग्रेजी पढ्न भन्दा लेख्न बढी कठीन महसुस गर्नुहुन्छ भने लेखन खण्डमा बढी अभ्यास गर्नुहोस् ।