EnglishConnect for Missionaries
पाठ २४: लक्ष्य र सपनाहरू


“पाठ २४: लक्ष्य र सपनाहरू,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ २४,” सिकारूहरूका लागि EnglishConnect २

बेन्चमा बसेर मुस्कुराउँदै महिला

Lesson 24

Goals and Dreams

उद्देश्य: म भविष्यका योजना र लक्ष्यहरूका सम्बन्धमा वर्णन गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Press Forward

अगाडि बढ्नुहोस्

With God’s help, I can press forward even when I face obstacles.

परमेश्वरको सहयोगले, म अवरोधहरू सामना गर्दा पनि अगाडि बढ्न सक्छु ।

मोर्मोनको पुस्तकमा अगमवक्ता लहीले एउटा सपना देखे जसले हामीहरूलाई कसरी अगाडि बढ्ने भनेर सिकाएको थियो । उनले धेरै मानिसहरूलाई स्वादिष्ट फलहरू भएको एक सुन्दर वृक्षको मार्गमा हिँडिरहेको देखे । त्यो फल परमेश्वरको प्रेम थियो । मार्गमा तिनीहरूको यात्रा कठीन थियो किनभने “अन्धकारको तुवाँलो” ले मार्गलाई ढाकेको थियो (१ नफी ८:२३) । सौभाग्यवश, त्यहाँ “फलामको छड” थियो जसलाई तिनीहरूले मार्गमा रहिरहन समाउन सक्थे (१ नफी ८:२४) । फलामको छड परमेश्वरको वचन हो, जसमा धर्मशास्त्रहरू समावेश छन् । लहीले तिनीहरूको यात्राका सम्बन्धमा यसो भने:

“अनि तिनीहरू अगाडि आए र फलामको छडको छेउमा समाते; अनि अगाडि नआउँदासम्म फलामको छडलाई निरन्तर रूपमा दह्रिलोसँग समात्दै … अनि तिनीहरूले वृक्षको फल खाए” (१ नफी ८:३०) ।

परमेश्वरमा भरोसा राख्दै तिनीहरू छडमा समातेर अगाडि बढिरहेका कारण, मानिसहरू वृक्षसम्म आइपुगे । जब अन्धकार छायो तिनीहरू विचलित वा निरुत्साहित भएनन् । तपाईंहरू अङ्ग्रेजी सिक्न परिश्रम गर्दै हुनुहुन्छ । कहिलेकाहीँ तपाईंहरूलाई थकाइ लाग्छ र अध्ययन गर्न मन लाग्दैन । कहिलेकाहीँ त्यहाँ अन्य विषयहरू हुन्छन् जसलाई तपाईंहरूको ध्यान र समयको आवश्यक हुन्छ । जे भए तापनि तपाईंहरूले अध्ययन गर्ने तरिकाहरू पत्ता लगाउनुभएको छ । अब नरोक्नुहोस् । येशू ख्रीष्टमा आशा राख्दै अगाडि बढ्दै जाँदा तपाईंहरूले शिक्षा प्राप्त गर्न निरन्तरता दिन सक्नुहुन्छ ।

फलामको छड समात्दै मानिसहरू

Ponder

  • अङ्ग्रेजी सिक्नमा तपाईंहरूको “अन्धकारको तुवाँला” के-के हुन्?

  • पढाइ कठीन हुँदा पनि तपाईंहरूले कसरी अगाडि बढ्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् ।

I hope to …

मलाई आशा छ …

I plan to …

म … का लागि योजना बनाउँछु

I want to …

म … का लागि चाहना राख्छु

I would like to …

म … गर्न चाहन्छु

After I …

म पछि …

When I …

जब म…

Nouns

goal/goals

लक्ष्य/लक्ष्यहरू

plan/plans

योजना/योजनाहरू

Verbs

become a teacher

शिक्षक बन्नुहोस्

buy a house

घर किन्नुहोस्

finish school

विद्यालयको शिक्षा समाप्त गर्नुहोस्

get a job

जागिर प्राप्त गर्नुहोस्

get married

विवाह गर्नुहोस्

go to college

विश्वविद्यालय जानुहोस्

move to New York City

न्यूयोर्क सहरमा सर्नुहोस्

retire

अवकाश पाउनुहोस्

save money

पैसा बचत गर्नुहोस्

study chemistry

रसायनशास्त्र अध्ययन गर्नुहोस्

travel

यात्रा गर्नुहोस्

Times

in the future

भविष्यमा

next year

आगामी वर्ष

three years from now

आजबाट तीन वर्ष

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: What are your future (noun)?A: I hope to (verb).

Questions

नमूना १ प्रश्न तपाईंको भविष्यका संज्ञा के के हुन्?

Answers

नमूना १ उत्तर म क्रिया को आशा गर्छु

Examples

Q: What are your future goals?A: I hope to finish school.

शिक्षक र बालक

Q: What are your future plans?A: I want to move to another country and become a teacher.

Q: What do you plan to do next year?A: I plan to go to college and study chemistry.

Q: What do you plan to do three years from now?A: I would like to get a good job and save money.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको दैनिक अभ्यासको समयमा यी नमूनाहरूलाई ध्यान दिने प्रयास गर्नुहोस् ।

Q: What do you plan to do when you (verb)?A: When I (verb), I plan to (verb).

Questions

नमूना २ प्रश्न तपाईंहरूले क्रिया हुँदा के गर्ने योजना गर्नुहुन्छ

Answers

नमूना २ उत्तर क्रिया हुँदा म क्रिया गर्ने योजना गर्छु ।

Examples

मानिस कम्प्युटर प्रयोग गर्दै

Q: What do you plan to do when you finish school?A: When I finish school, I plan to get a job.

विमानस्थलमा एउटा सुटकेस

Q: What do you plan to do after you retire?A: After I retire, I would like to travel.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Press Forward

(20–30 minutes)

मानिसहरू फलामको छड समात्दै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

कुनै सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

भूमिका- निर्वाह । सहपाठी ख तस्वीरमा भएका व्यक्ति हुनुहुन्छ । सहपाठी क ले त्यस व्यक्तिको भविष्यको योजनाका सम्बन्धमा प्रश्नहरू सोध्नुहुन्छ । सिर्जनशील हुनुहोस्! भूमिका परिवर्तन गर्नुहोस् ।

Example

महिला स्टेथोस्कोप समात्दै
  • A: What are your future goals?

  • B: I hope to finish school.

  • A: What do you plan to do after you finish school?

  • B: After I finish school, I plan to become a doctor.

  • A: What do you plan to do when you become a doctor?

  • B: When I become a doctor, I would like to travel.

Image 1

किशोर औँलामा बास्केटबल घुमाउँदै

Image 2

शिक्षक र बालक

Image 3

दम्पत्ति फोटो खिँच्न तयार हुँदै

Image 4

प्रौढ दम्पत्ति बाहिर हिँड्दै

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंले के चाहनुहुन्छ, के आशा गर्नुहुन्छ र भविष्यमा के गर्ने योजना बनाउनुहुन्छ भनेर प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । आजबाट एक वर्ष, आजबट पाँच वर्ष र आजबाट दश वर्षसम्मको बारेमा संवाद गर्नुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

have children

सन्तान जन्माउने

in one year

एक वर्षमा

one year from now

आजबाट एक वर्ष भित्रमा

work for a company

कुनै कम्पनी मा काम गर्ने

Example

  • A: What do you hope to do in one year?

  • B: I hope to work for a good company and get married.

  • A: What do you want to do ten years from now?

  • B: In ten years, I would like to have children. I also want to buy a house.

Evaluate

(5–10 minutes)

तपाईंहरूको उद्देश्य र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask about others’ goals and plans for the future.

    भविष्यका लागि अरूहरूका लक्ष्य र योजनाहरूका सम्बन्धमा सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about my goals and plans for the future.

    भविष्यका लागि मेरो लक्ष्य र योजनाहरूका सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठीसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“दाजुभाइ तथा दिदीबहिनीहरू, यस चर्चमा, हामी परमेश्वरका सबै सन्ततिहरूको दैवी क्षमतामा र ख्रीष्टमा केही बन्ने हाम्रो क्षमतामा विश्वास गर्छौँ । परमप्रभुको समयमा, हामीले कहाँबाट सुरु गर्छौँ भन्ने होइन तर हामी कहाँ जाँदैछौँ भन्ने विषय सबैभन्दा महत्त्वपूर्ण छ” (क्लार्क जी. गिल्बर्ट, “Becoming More in Christ: The Parable of the Slope,” लियाहोना, नोभेम्बर २०२१, १९) ।