मासिक लियाहोना सन्देश, मे २०२५
मरणशील जीवनका लागि दैवी सहयोगहरू
हाम्रा स्वर्गका पिताको योजनाले हाम्रा मरणशील यात्राहरूमा हामीलाई सहयोगहरू प्रदान गर्छ ।
१.
अगमवक्ता जोसेफ स्मिथका माध्यमद्वारा परमप्रभुले हाम्रो पृथ्वीपूर्वको जीवनका सम्बन्धमा केही विषयहरू प्रकट गर्नुभयो । त्यहाँ, हामी परमेश्वरका आत्मिक सन्ततिका रूपमा अस्तित्वमा थियौँ । परमेश्वरले आफ्ना सन्ततिहरूलाई प्रगति गर्नका लागि सहयोग गर्न चाहनुभएको हुनाले, उहाँले एउटा यस्तो पृथ्वी सिर्जना गर्ने निर्णय गर्नुभयो जहाँ हामीले शरीर प्राप्त गर्न सक्छौँ, अनुभवका माध्यमद्वारा सिक्न सक्छौँ, दैवी विशेषताहरू विकास गर्न सक्छौँ र हामी परमेश्वरका आज्ञाहरू पालना गर्छौँ कि गर्दैनौँ भनेर प्रमाणित गरिन सक्छौँ । योग्य हुनेहरूको “शिरमा सदासर्वदाका लागि महिमा थपिने छ” (अब्राहाम ३:२६) ।
यस दैवी योजनाको अवस्था स्थापित गर्न, परमेश्वरले आफ्ना जन्माइएका एकमात्र पुत्रलाई हाम्रा मुक्तिदाता हुन छनोट गर्नुभयो । लुसिफर, जसको सुझाव दिइएको विकल्पले मानिसको छनोटको स्वतन्त्रतालाई विनाश गर्ने छ, शैतान बने र “ तल फ्याँकियो ।” पृथ्वीबाट निस्कासन गरियो र मरणशील जीवनका सुअवसरबाट वञ्चित गरियो, शैतानलाई “मानिसहरूलाई छल गर्ने र अन्धा बनाउने र [परमेश्वरको] वाणी नसुन्ने ती धेरैलाई पनि आफ्नो चाहनामा तिनीहरूलाई बन्दी बनाउने” प्रयास गर्न अनुमति दिइयो” (मोशा ४:४) ।
परमेश्वरको महान् योजनामा उहाँका सन्ततिहरूको मरणशील जीवनमा विकासका लागि तिनीहरूले “सबै चीजहरूमा विपक्ष”को अनुभव गर्नु आवश्यक थियो (२ नफी २:११) । जसरी गुरुत्वाकर्षणको नियम विरुद्धको सामना बिना हाम्रा शरीरका मांसपेशीहरूको विकास वा व्यवस्थापन सम्भव छैन, त्यसरी नै मरणशील जीवनको विकासका लागि मानिसलाई शैतानको प्रलोभन र अन्य प्रकारका मरणशील जीवनका विपक्षहरूको सामना गर्नु आवश्यक हुन्छ । आध्यात्मिक विकासका लागि सबैभन्दा महत्त्वपूर्ण वस्तु भनेको असल र खराब बीच छनोट गर्ने आवश्यकता हो । जसले असल छनोट गर्छन् तिनीहरू आफ्नो अनन्त गन्तव्यतर्फ अगाडि बढ्ने छन् । सबैले जस्तै जसले—मरणशील जीवनमा विभिन्न प्रलोभनहरूमा खराब छनोट गर्छन्—तिनीहरूलाई मुक्ति दिलाउन दैवी सहयोग आवश्यक हुन्छ जुन प्रिय परमेश्वरले प्रदान गर्नका लागि योजना निर्माण गर्नुभएको थियो ।
II.
नि:सन्देह, परमेश्वरबाट मरणशील जीवनको सबैभन्दा उत्कृष्ट सहयोग भनेको मुक्तिदाता, येशू ख्रीष्टलाई प्रदान गर्नु थियो, जसले पश्चात्ताप गरिएका पापहरूका मूल्य तिर्न र क्षमापन प्रदान गर्न पीडा भोग्नुहुने छ । त्यो दयालु र महिमित प्रायश्चितले परमप्रभु येशू ख्रीष्टमा आस्था किन सुसमाचारको पहिलो सिद्धान्त हो भनेर वर्णन गर्छ । उहाँको प्रायश्चितले “मृतकहरूको पुनरुत्थान पूरा गर्छ” (अल्मा ४२:२३) र यसले “संसारका पापहरूको लागि प्रायश्चित गर्छ” (अल्मा ३४:८), हाम्रा सबै पश्चात्ताप गरिएका पापहरू मेटाउँछ र हाम्रा मुक्तिदातालाई मरणशील जीवनका हाम्रा कमजोरीहरूमा हामीलाई सहयोग प्रदान गर्न शक्ति दिन्छ ।
पापहरू मेटाउने र क्षमापन प्रदान गर्ने त्यो महिमित कार्यका अतिरिक्त, स्वर्गमा रहनुहुने प्रिय पिताको योजनाले हामीलाई रक्षा गर्न अन्य धेरै उपहारहरू प्रदान गर्छ, जसमा प्रारम्भ देखि नै पाप गर्नबाट हामीलाई बचाउने विषय समावेश हुन्छ । हाम्रो मरणशील जीवन सदैव पिता र माताबाट सुरु हुन्छ । आदर्श रूपमा, हाम्रो विकासलाई मार्गदर्शन गर्न दुबै भिन्न-भिन्न उपहारहरूसँग सम्बन्धित हुनुहुन्छ । यदि होइन भने, उहाँहरूको अनुपस्थिति हामीले पार गर्नुपर्ने विपक्षको अंश हो ।
III.
हाम्रा स्वर्गका पिताको योजनाले हाम्रो मरणशील जीवनका यात्राहरूमा हामीलाई मार्गदर्शन प्रदान गर्न आवश्यक अन्य सहयोगहरू प्रदान गर्छ । म यी मध्ये चारका सम्बन्धमा बोल्ने छु । कृपया मलाई मेरा चार सङ्ख्यामा मात्रै सीमित नराख्नुहोस् किनकि यी सहयोगहरू परस्पर अन्तरसम्बन्धित छन् । यसका अतिरिक्त, यी बाहेक अन्य दयालु सुरक्षाहरू पनि छन् ।
पहिलो, म ख्रीष्टको प्रकाश वा आत्माका सम्बन्धमा कुरा गर्छु । “ख्रीष्टको आत्मा हरेक मानिसलाई दिइएको छ, ताकि उसले असलबाट खराब छुट्याउन सकोस्” भनेर मोरोनीको पुस्तकमा उहाँको उत्कृष्ट शिक्षामा, मोरोनीले आफ्ना पिताका शिक्षा उद्धृत गर्नुभएको छ (मोरोनी ७:१६) । हामी आधुनिक प्रकाशहरूमा यही शिक्षा पढ्छौँ:
“अनि आत्माले संसारमा आउने हरेक मानिसलाई ज्योति दिन्छ; र आत्माले संसारमा हरेक मानिसलाई ज्ञान प्रदान गर्छ, जसले आत्माको आवाज सुन्छ” (सिद्धान्त र करार ८४:४६) ।
पुनः “किनकि मेरो आत्मालाई संसारमा विनम्र र पश्चात्तापीलाई ज्ञान प्रदान गर्न र धर्मभ्रष्टहरूको तिरस्कार गर्न पठाइएको छ” (सिद्धान्त र करार १३६:३३) ।
“परमप्रभुले मानिसहरूलाई (जब तिनीहरू यस संसारमा जन्मन्छन्) असहाय, प्रकाश र सत्यको अन्वेषण गर्नका लागि छटपटाउँने गरी छोड्नुभएको छैन तर प्रत्येक मानिस … ख्रीष्टको आत्मा वा सत्यको प्रकाशको मार्गदर्शन, निर्देशन, सल्लाह प्राप्त गर्ने अधिकार लिएर जन्मेको छ” भनेर अध्यक्ष जोसेफ फिल्डिङ स्मिथले यी धर्मशास्त्रहरूको व्याख्या गर्नुभयो ।
हामीलाई सही के छ भनेर छनोट गर्नका लागि सहयोग गर्न मुक्तिको योजना (खुसीको योजना) को अंशका रूपमा धर्मशास्त्रमा रहेका दैवी निर्देशनहरूको समूह परमप्रभुले हामीलाई प्रदान गर्नुभएको दोस्रो महान् सहयोग हो । यी निर्देशनहरू आज्ञाहरू, विधिहरू र करारहरू हुन् ।
आज्ञाहरूले हाम्रा स्वर्गका पिताले हामीलाई अनन्त जीवनतर्फ प्रगति गर्नका लागि चिन्ह लगाउनुभएको मार्गलाई परिभाषित गर्छन् । परमेश्वरले कसलाई दण्ड दिने भनेर निर्णय गर्ने तरिकाका रूपमा आज्ञाहरूलाई परिकल्पना गर्ने मानिसहरू परमेश्वरको खुसीको प्रिय योजनाको यो उद्देश्य बुझ्न असफल हुन्छन् । त्यो मार्गमा, हामीले बिस्तारै हाम्रा मुक्तिदातासँग आवश्यक सम्बन्ध प्राप्त गर्छौँ र परमेश्वरले हामी सबैका लागि अपेक्षा गर्नुभएको गन्तव्यमा पुग्नका लागि हामीलाई सहयोग गर्नका लागि उहाँको शक्ति वृद्धि गर्न योग्य बन्छौँ । हाम्रा स्वर्गका पिताले आफ्ना सबै सन्ततिहरूलाई सेलेस्टियल अधिराज्यमा फर्किएको र त्यो सेलेस्टियल महिमामा बस्नेहरूको जस्तै जीवन प्राप्त गरेको चाहनुहुन्छ, जहाँ परमेश्वर र हाम्रा मुक्तिदाता बस्नुहुन्छ ।
विधिहरू र करारहरू अनन्त जीवनको मार्ग परिभाषित गर्ने नियमका अंश हुन् । विधिहरू र तिनीहरूका माध्यमद्वारा हामीले परमेश्वरसँग गर्ने पवित्र करारहरूका ती मार्गमा आवश्यक खुड्किलाहरू र आवश्यक रेलिङहरू हुन् । परमेश्वरको योजना अन्तर्गत, उहाँको सर्वोच्च आशीर्वाद ती व्यक्तिहरूलाई दिइन्छ जसले निश्चित आज्ञाहरू पालना गर्न अग्रिम प्रतिज्ञा गर्छन् र ती प्रतिज्ञाहरूको पालना गर्छन् भनेर म करारहरूको भूमिकालाई यो प्रदर्शन गर्ने विषयका रूपमा मनन गर्न चाहन्छु ।
सही छनोट गर्नका लागि परमेश्वरले दिनुभएका अन्य सहयोगहरू पवित्र आत्माका अभिव्यक्ति हुन् । पवित्र आत्मा देवप्रमुखको तेस्रो सदस्य हो । धर्मशास्त्रमा परिभाषित गरिएको उसको कार्य भनेको पिता र पुत्रको गवाही दिनु, हामीलाई सिकाउनु, सबै विषय हाम्रो स्मरणमा ल्याउनु र हामीलाई सम्पूर्ण सत्यमा अगुवाइ गर्नु हो । धर्मशास्त्रहरूमा पवित्र आत्माको “प्रकट” का विषयमा मोर्मोनको पुस्तकको सत्यताका सम्बन्धमा खोजी गर्दा आध्यात्मिक गवाही जस्ता धेरै विवरणहरू समावेश छन् । बप्तिस्मा पछि प्रदान गरिने पवित्र आत्माको उपहारसँग प्रकट दिगभ्रमित हुनु हुँदैन ।
पवित्र आत्माको उपहार उहाँका आस्थावान् सन्ततिहरूका लागि परमेश्वरको सबैभन्दा महत्त्वपूर्ण सहयोग हो । यो औपचारिक रूपमा पश्चात्ताप र पानीद्वारा बप्तिस्मा पछि प्रदान गरिन्छ भन्ने तथ्यका आधारमा यस उपहारको महत्त्व स्पष्ट हुन्छ “अनि त्यसपछि [धर्मशास्त्रहरूले वर्णन गर्छन्] आगो र पवित्र आत्माद्वारा तपाईंका पापहरूबाट छुट्कारा आउँछ” (२ नफी ३१:१७) । पापहरूबाट छुट्कारा प्राप्त गरेका—र त्यसपछि नियमित रूपमा दैनिक पश्चात्ताप गरेर र प्रभुभोजको विधिका माध्यमद्वारा आफूहरूले गरेका करारअनुसार जीवन जिएर व्यक्तिहरूले आफ्नो विशुद्धीकरणलाई नवीकरण गर्छन्—पवित्र आत्मा, परमप्रभुको आत्मा, “सदैव … तिनीहरूसँग रहन सक्छ” भन्ने प्रतिज्ञाका लागि योग्य हुन्छन् (सिद्धान्त र करार २०:७७) ।
यसरी अध्यक्ष जोसेफ एफ्. स्मिथले सिकाउनुभयो कि पवित्र आत्माले “परमेश्वरका कार्यहरूका सम्बन्धमा मानिसहरूको मस्तिष्कहरूलाई अलङ्कित पार्छ, तिनीहरूको रूपान्तरणको समयमा उनीहरूलाई पिताको चाहना पूरा गरेको विषयमा विश्वस्त पार्छ र मित्रका रूपमा जीवनभर तिनीहरूसँगै स्थायी गवाही बन्ने छ, सबै सत्यमा निश्चित र सुरक्षित मार्गदर्शकका रूपमा कार्य गर्ने छ र सबै मानिसहरूलाई भलाइ गर्ने स्वभाव सहित तिनीहरूलाई दिनहुँ प्रसन्नता र खुसीले भरिपूर्ण पार्ने छ, गलत गर्नुको सट्टा गलत भोग्न, दयालु र करुणामयी हुनुहुने छ, सहनशील र परोपकारी हुनुहुने छ । यो अमूल्य उपहार, यो बहुमूल्य मोती भएका सबैलाई धार्मिकताको निरन्तर तिर्खा हुन्छ । पवित्र आत्माको सहयोग बिना” “कुनै पनि मरणशील मानिस साँघुरो र कोप्चो मार्गमा यात्रा गर्न सक्दैन” भनेर अध्यक्ष स्मिथले निष्कर्ष निकाल्नुभयो ।”
४.
हाम्रो मरणशील यात्रामा हामीलाई मार्गदर्शन गर्न धेरै प्रभावशाली सहयोगहरू उपलब्ध भए तापनि यति धेरै व्यक्तिहरू हाम्रा मुक्तिदाता र उद्धारकर्ता, येशू ख्रीष्टसँग आफ्नो निर्धारित भेटघाटका लागि तयार नहुनु निराशाजनक छ । उहाँलाई भेट्न आमन्त्रण गरिएकाहरू मध्ये, आधामात्रै तयार हुने छैन भनेर यस सम्मेलनमा बरम्बार चर्चा गरिएको दस कन्याहरूको उहाँको दृष्टान्तले सुझाव दिन्छ ।
निष्क्रिय बनेका कारण आफ्नो आध्यात्मिक विकासमा व्यवधान सिर्जना गरेका सेवा सम्पन्न गरी फर्किएका सुसमाचार प्रचारकहरू, चर्चका शिक्षा र क्रियाकलापहरूमा सहभागी हुन असफल भई आफ्नो आध्यात्मिक वृद्धिलाई जोखिममा पार्ने युवाहरू, मल्कीसेदेक पादरीत्वमा आफ्नो नियुक्तिलाई स्थगित गर्ने पुरुषहरू, यदाकदा महान् अग्रगामीहरू वा योग्य मातापिताका वंशज—पुरुष र महिलाहरू—जसले पवित्र मन्दिरमा करारहरू निर्माण गर्ने र पालना गर्ने विषयमा करारको मार्गबाट विचलित भएका उदाहरणहरूका सम्बन्धमा हामी सबैलाई जानकारी छ ।
व्यक्तिगत प्रार्थना, नियमित धर्मशास्त्र अध्ययन र बारम्बार पश्चात्तापका आधारभूत आध्यात्मिक योजनाको पालना गर्न सदस्यहरू असफल हुँदा यस्ता धेरै विचलनहरू उत्पन्न हुन्छन् । यसको विपरीत, कसै-कसैले प्रभुभोजमा सहभागी नभएर साप्ताहिक रूपमा करारहरू नवीकरण गर्ने विषयलाई बेवास्ता गर्नुहुन्छ । कसै-कसैले परमप्रभुले उहाँका धेरै शिक्षाहरू र अरुहरूका लागि हाम्रा अत्यावश्यक सेवाका अवसरहरूसँग उहाँहरूले आफ्नो भविष्यका आवश्यकताका सम्बन्धमा बुझेका विषयहरूलाई प्रतिस्थापन गर्दै चर्चले उहाँहरूका आवश्यकताहरू अनुरुप प्रदान गरिरहेको छैन भनेर बताउनुहुन्छ ।
परमप्रभुमा विनम्रता र भरोसा यस्ता विचलनहरूको समाधान हो । मोर्मोनको पुस्तकले सिकाए जस्तै, परमप्रभुले “उहाँमा भरोसा राख्नेहरूलाई आशीर्वाद दिनुहुन्छ र समृद्ध बनाउनुहुन्छ” (हेलामान १२:१)। परमेश्वरका आज्ञाहरू र उहाँका अगमवक्ताहरूका शिक्षाहरूको गलत रूपमा मापन गर्ने र नवीनतम खोज र ज्ञानसँग तुलना गर्ने सबैका लागि परमेश्वरमा भरोसा गर्नु विशेष आवश्यकता हो ।
मैले स्वर्गमा रहनुहुने प्रिय पिताले आफ्ना सन्ततिहरूलाई उहाँकहाँ फर्काउन दिनुभएका धेरै मरणशील सहयोगहरूका सम्बन्धमा भनेको छु । यस दैवी योजनामा हाम्रो भूमिका भनेको परमेश्वरमा भरोसा राख्नु र यी दैवी सहयोगहरू खोज्नु र प्रयोग गर्नु हो, विशेष गरी उहाँको प्रिय पुत्र, हाम्रा मुक्तिदाता र उद्धारकर्ता, येशू ख्रीष्टको प्रायश्चित । म प्रार्थना गर्छु कि हामी यी सिद्धान्तहरू सिकाउने छौँ र पालना गर्ने छौँ, येशू ख्रीष्टको नाममा, आमीन ।
© २०२५ Intellectual Reserve, Inc. द्वारा All rights reserved । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly Liahona Message, May 2025को अनुवाद, Nepali. 19602