2025
येशू ख्रीष्ट: इष्टरको आशा र प्रतिज्ञा
अप्रिल २०२५


“येशू ख्रीष्ट: इष्टरको आशा र प्रतिज्ञा,” लियाहोना, अप्रिल २०२५ ।

मासिक लियाहोना सन्देश, अप्रिल २०२५

येशू ख्रीष्ट: इष्टरको आशा र प्रतिज्ञा

इष्टरको आशा र प्रतिज्ञाका माध्यमद्वारा येशू ख्रीष्टले हाम्रो हृदयको आशा र चाहना पूरा गर्नुहुन्छ र हाम्रा आत्माका प्रश्नहरूको उत्तर दिनुहुन्छ ।

फल बिनाको रूखको हाँगा

माइकल डनफोर्डद्वारा चित्रण

यो सन्देश पढ्दै गर्दा कृपया शान्त क्षण र आध्यात्मिक पवित्र स्थान सिर्जना गर्नुहोस् ।

धेरैजसो अवस्थामा, हाम्रो संसार कोलाहलपूर्ण, गलत मनोवृत्ति र घमण्डले भरिपूर्ण हुन्छ । परन्तु जब हामी आफू र परमेश्वरसँग अन्तर्दृष्टिका लागी साँच्चै नै ग्रहणशील हुन्छौँ, तब येशू ख्रीष्टमा इष्टरको आशा र प्रतिज्ञा वास्तविक बन्छ । यस्ता क्षणहरूमा, हामी बिन्ती गर्छौँ:

“म कसरी मेरो परिवारका सदस्य, मेरा मित्र, मेरा प्रियजनलाई पुनः देख्न सक्छु?”

“प्रायश: ‘म आफू स्वयम् लाई छनोट गर्छु’ भन्ने सम्बन्धहरूको क्षणिक संसारमा मैले शान्ति, आशा र परमेश्वरसँगको मेलमिलाप कहाँ प्राप्त गर्न र महसुस गर्न सक्छु (हेर्नुहोस् सिद्धान्त र करार १०७:१९) ?”

“के मैले प्रेम गर्न सक्ने त्यहाँ कोही छ—र कसले मलाई वास्तवमा नै प्रेम गर्ने छ? के करारका सम्बन्धहरू परीका कथा जस्ता नभई मृत्युका बन्धन भन्दा पनि मजबुत बन्धनहरू भएर, वास्तवमा नै खुसी र सदासर्वदा वृद्धि हुन र टिक्न सक्छन् ?”

“जहाँ धेरै पीडा, कष्ट र अन्याय छ, त्यहाँ येशू ख्रीष्ट र उहाँको पुनर्स्थापित सुसमाचार र चर्चमा शान्ति, सद्भाव र समझदारीमा म कसरी योगदान प्रदान गर्न सक्छु?”

यस इष्टरको अवसरमा, येशू ख्रीष्ट र उहाँको प्रतिज्ञा र आशाका सम्बन्धमा म मेरो गवाही बाँढ्छु ।

करारका माध्यमद्वारा आफ्नोपनको अनुभूतिको प्रतिज्ञा र उद्देश्य

स्वर्गमा हुनुहुने हाम्रा अनन्त पिता परमेश्वर; उहाँका प्रिय पुत्र येशू ख्रीष्ट; र पवित्र आत्मा व्यक्तिगत रूपमा हाम्रो नजिक हुनुहुन्छ । उहाँहरूको असीमित र अनन्त प्रकाश, करुणा र उद्धार गर्ने प्रेम सृष्टिको उद्देश्य र हाम्रो अस्तित्वको संरचनामा अन्तर्निहित छन् (हेर्नुहोस् अल्मा ३०:४४; मोशा ६:६२–६३) ।

नश्वर जीवनपूर्वमा भएको परिषद् मा, “बिहानका ताराहरूले एकसाथ गाए र परमेश्वरका सबै छोराहरू [र छोरीहरू] प्रसन्नतामा चिच्याए” (अय्यूब ३८:७) । हामीले छनोट गर्न रोज्यौँ । अब हामी आस्थाद्वारा हिँड्छौँ । हाम्रो आफ्नै अनुभवका माध्यमद्वारा, मृत्युको अनिश्चितता, निराशा र चुनौतीहरूका बीचमा पनि हामीले परमेश्वरद्वारा प्रतिज्ञा गरिएको सुन्दरता, स्पष्टता, प्रसन्नता र उद्देश्य पत्ता लगाउँछौँ ।

हामी अस्तित्वको अनिश्चिततामा एक्लै भौँतारिने उद्देश्यले बनेका होइनौँ । हामी स्वर्गसँग सम्पर्क गर्न सक्छौँ, परिवारमा, सन्तहरूको घरपरिवार र समुदायमा आस्था र आफ्नोपन निर्माण गर्न सक्छौँ र परमेश्वरका आज्ञाहरूप्रति इच्छुक र प्रफुल्लित आज्ञाकारिताका माध्यमद्वारा हाम्रो सबैभन्दा सच्चा, स्वतन्त्र, सबैभन्दा प्रामाणिक, प्रफुल्लित व्यक्तित्व बन्न सक्छौँ । येशू ख्रीष्टमा र येशू ख्रीष्टका माध्यमद्वारा प्रायश्चितले यो करारका माध्यमद्वारा आफ्नोपनको अनुभूति गराउँछ ।

फूल फुलेको रूखको हाँगा

येशू ख्रीष्टको जीवन र उद्देश्यको आशा

प्रत्येक दिन, इष्टरको आशा र प्रतिज्ञामा येशू ख्रीष्टले आफ्नो परिपूर्ण नश्वर जीवनकालमा गर्नुभएको सेवाका क्रममा बाँढ्नुभएका आशीर्वाद र शिक्षाहरू समावेश छन् । सुरुमा पूर्वनिर्धारित, परमेश्वरका एक मात्र पुत्रका रूपमा येशू ख्रीष्टको जन्म भएको थियो (हेर्नुहोस् याकूब ४:५; अल्मा १२:३३–३४; मोशा ५:७, ९) । येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्‌दै जानुभयो । (हेर्नुहोस् लूका २:५२) । आफ्ना पिताको चाहना मात्र पूरा गर्न खोज्दै येशू ख्रीष्टले पापहरू क्षमा गर्नुभयो, कमजोरीहरू निको पार्नुभयो, मृतकहरूलाई जीवित पार्नुभयो र बिरामी र एक्लाहरूलाई सान्त्वना दिनुभयो ।

एक पटक, ४० दिन उपवास बसे पछि, उहाँले गवाही दिनुभयो, “परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका लागि उहाँले मलाई अभिषेक गर्नुभएको छ; उहाँले मलाई टुटेको हृदयलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न अनि अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका लागि पठाउनुभएको छ” (लूका ४:१८; यशैया ६१:१ पनि हेर्नुहोस्)।

त्यो हामी प्रत्येक हौँ ।

अन्तिम भोजमा, येशू ख्रीष्टले आफ्ना शिष्यहरूको गोडा धुनुभयो (हेर्नुहोस् यूहन्ना १३:४-८) । पुरानो र नयाँ संसार दुबैमा, “जीवित पानी” र “जीवनको रोटी” आफूस्वयम् ले प्रभुभोजको स्थापना गर्नुभयो । पवित्र प्रभुभोजको विधिमा, हामी पितालाई पुकार्छौँ र हामी आफूमा येशू ख्रीष्टको नाम लिन, उहाँलाई सदैव सम्झन र उहाँका आज्ञाहरू पालना गर्न करार गर्छौं, ताकि हामीसँग उहाँको आत्मा सदैव रहन सक्छ (हेर्नुहोस् लूका २२:१९-२०; ३ नफी १८:७, १०-११) ।

गेतसमनीको बगैँचामा, येशूले हाम्रो उद्धार गर्न र हाम्रा लागि प्रायश्चित गर्न मानिसले भन्दा बढी कष्ट सहनुभयो । हरेक प्वालबाट रगत बग्यो । उहाँले यी पीडाहरू सबैका लागि सहनुभयो, ताकि यदि हामीले पश्चात्ताप गर्‍यौँ भने हामीले पीडा सहनु पर्दैन (हेर्नुहोस् सिद्धान्त र करार १८:११; १९:१६) ।

धोका दिइयो र झूटो आरोप लगाइयो, येशू ख्रीष्टलाई खिल्ली उडाइयो र कोर्रा हानियो र उहाँको कोमल शिरमा काँडाको मुकुट पहिर्याइयो (हेर्नुहोस् मत्ती २७:२६, २९; मर्कूस १५:१५, १७, २०, ३१; लूका २२:६३; यूहन्ना १९:१-२)। “हाम्रा दुष्टताहरूका लागि चोट लागेको … उहाँका कोर्राको चोटले हामीले चङ्गाइ प्राप्त गर्‍यौँ” (यशैया ५३:५) । हामीलाई उहाँतर्फ आकर्षित गर्न उहाँलाई “क्रूसमा उचालियो” (हेर्नुहोस् ३ नफी २७:१४-१५) । तैपनि, क्रूसमा पनि, येशू ख्रीष्टले क्षमा गर्नुभयो (हेर्नुहोस् लूका २३:३४) । उहाँले यूहन्नालाई आफ्नी आमाको हेरचाह गर्न भन्नुभयो (हेर्नुहोस् यूहन्ना १९:२६–२७) । उहाँले त्यागिएको महसुस गर्नुभयो (हेर्नुहोस् मत्ती २७:४६; मर्कूस १५:३४) । ताकि धर्मशास्त्र पूरा हुन सकोस्, उहाँले भन्नुभयो उहाँलाई तिर्खा लाग्यो (हेर्नुहोस् यूहन्ना १९:२८) । जब सबै कार्य पूरा भयो, उहाँले आफूस्वयम् ले “आत्मा त्याग गर्नुभयो” (लूका २३:४६; यूहन्ना १०:१७-१८ पनि हेर्नुहोस्) ।

येशू ख्रीष्टलाई हाम्रा रोग, कमजोरी, एक्लोपना, पृथकता र कठिनाइहरूमा कसरी सहयोग गर्ने भनेर जानकारी छ (हेर्नुहोस् आल्मा ७:१२) । यस्ता कष्टहरू प्रायश: अरूहरूका छनोटका परिणामस्वरूप आउँछन् । हाम्रो प्रसन्नता र कृतज्ञतामा हामीसँग कसरी प्रफुल्लित हुने, हाम्रो प्रसन्नता पूर्ण हुँदा हामीसँग कसरी रुने भन्ने विषय पनि उहाँलाई जानकारी छ । कोमलतापूर्वक, उहाँले हामीलाई आफ्नो नाममा, आफ्नो वाणीले, आफ्नो गोठमा बोलाउनुहुन्छ । उहाँले सबै स्थानका हरेक व्यक्तिलाई बोलाउनुहुन्छ । उहाँले हामीलाई अनन्त दृष्टिकोणबाट मरणशील जीवनलाई अवलोकन गर्न र बुझ्न आमन्त्रण गर्नुहुन्छ । हामी इमानदार भएर हिँड्दा र हाम्रा करारहरू पालना गर्दा, सबै चीजहरूले हाम्रो लाभका लागि सँगै कार्य गर्न सक्छन् भनेर उहाँले प्रतिज्ञा गर्नुहुन्छ (हेर्नुहोस् सिद्धान्त र करार ९०:२४; रोमी ८:२८) ।

उहाँको समयमा र तरिकाले, पुनर्स्थापना आउँछ—केवल विषयवस्तुहरू कसरी थिए भन्नेमा मात्र नभई तिनीहरू के बन्न सक्छन् भन्नेमा पनि । वास्तवमा नै, येशू ख्रीष्टले हामीलाई बन्धन र पापबाट, मृत्यु र नरकबाट मुक्त गर्न सक्नुहुन्छ र आस्था र पश्चात्तापका माध्यमद्वारा हामीले कल्पना गरेको भन्दा बढी बन्ने क्रममा हाम्रो दैवी पहिचान पूरा गर्नका लागि हामीलाई सहयोग गर्न सक्नुहुन्छ ।

उद्धारको प्रतिज्ञा

येशू ख्रीष्टका कारण, मृत्यु अन्त्य होइन । इष्टरमा हामी घोषणा गर्छौँ:

मृत्युमाथि विजय प्राप्त भएको छ; मानिस स्वतन्त्र भएको छ ।

ख्रीष्टले विजय प्राप्त गर्नुभएको छ ।

आफ्ना पिताको आज्ञा र शक्तिद्वारा, येशूले आफ्नो जीवन त्याग्न र पुनः उठाउन सक्नुभयो (हेर्नुहोस् यूहन्ना १०:१७) । उहाँको शरीर चिहानमा हुँदा, येशू ख्रीष्टले “मृत्युको बन्धनबाट उनीहरूको उद्धार” को घोषणा गर्दै आत्माहरूको संसारमा सेवा र आत्माहरूको संसारलाई व्यवस्थित गर्नुभयो (सिद्धान्त र करार १३८:१६) ।

तेस्रो दिनको बिहान, उहाँ चिहानबाट बौरी उठ्नुभयो । उहाँले मरियमसँग बोल्नुभयो । उहाँ इम्माउस जाने मार्गमा दुई शिष्यहरू, उहाँका प्रेरितहरू र अरूहरूसामु प्रकट हुनुभयो । (हेर्नुहोस् मत्ती २८; मर्कूस १६; लूका २४; यूहन्ना २० ।)

आफ्नो स्पष्ट गवाहीमा, उहाँले आफ्ना शिष्यहरूलाई पानी जहाजको अर्को छेउमा जाल हान्न आमन्त्रण गर्नुभयो; यस पटक, माछाले पुनः भरिएका भए तापनि, जालहरू च्यातिएनन् (हेर्नुहोस् यूहन्ना २१:६-११; लूका ५:३-७) । उहाँले शिष्यहरूलाई खुवाउनुभयो र पत्रुसलाई तीन पटक आफ्ना भेडा र थुमाहरूलाई खुवाउन बिन्ती गर्नुभयो (हेर्नुहोस् यूहन्ना २१:१२-१७) । उहाँ स्वर्गमा उक्लनुभयो, उहाँले घोषणा गर्नुभयो कि उहाँका शिष्यहरूले त्यतिबेला र अहिले हामी सबैले इष्टरका महिमित समाचारहरू र उहाँको सुसमाचार प्रत्येक राष्ट्र, कुटुम्ब र मानिसहरूलाई बाँढ्नु पर्छ (हेर्नुहोस् मत्ती २८:१९-२०; मर्कूस १६:१५) ।

येशू ख्रीष्ट हाम्रा असल गोठाला र परमेश्वरको थुमा हुनुहुन्छ । उहाँले आफ्नो जीवन आफ्ना भेडाहरूका लागि र तिनीहरूलाई दिनुभयो । बगैंचामा र क्रूसमा, उहाँले असहनीय विषयहरू वहन गर्नुभयो र हाम्रा लागि प्रायश्चित गर्नुभयो । समय र अनन्ततामा, “मृत्युले कसरी अनन्ततामा जाने बाटो खोल्छ” भनेर उहाँले हामीलाई उदाहरणका माध्यमद्वारा देखाउनुहुन्छ ।

ख्रीष्टको प्रायश्चित र पुनरुत्थानको शक्तिका माध्यमद्वारा, हाम्रा शरीर र आत्माहरू भौतिक पुनरुत्थानमा पुनर्मिलन हुने छन् । हामी महिमित हुने छौँ, अनुहार र शारीरिक बनावटमा, अङ्ग-अङ्गमा पुनर्स्थापित हुने छौँ । हाम्रो टाउकोका रौँहरू पनि पुनर्स्थापित हुने छन् । हामी समयावधिका रोगहरू, पीडाहरू, शारीरिक दुर्घटना र मानसिक असक्षमताहरूबाट मुक्त हुने छौँ । ख्रीष्टको प्रायश्चितले हामीलाई हरेक प्रकारको आध्यात्मिक विभाजन र आध्यात्मिक मृत्युलाई पार गर्न आशीष दिन सक्छ । पश्चात्तापको सर्तमा, हामी हरेक पाप र दुःखबाट मुक्त हुन्छौँ र प्रेम र प्रसन्नताको अनन्त परिपूर्णताका लागि स्वतन्त्र हुन्छौँ । विशुद्ध, सफा, स्वतन्त्र, हामी हाम्रा सबैभन्दा प्रिय पारिवारिक सम्बन्धहरूमा हाम्रा पिता परमेश्वर र येशू ख्रीष्टको महिमित, सेलेस्टियल उपस्थितिमा फर्कन सक्छौँ ।

हामीले हाम्रा प्रियजनहरूलाई पुनः भेट्ने छौँ । जब हामी आफूले प्रेम गर्नेहरूसँगको पुनर्मिलनमा फर्कन्छौँ, हामीले—अझै बढी प्रेम, समझ र दयाका साथ एकअर्कालाई अनन्त अवधारणामा देख्ने छौँ । येशू ख्रीष्टको प्रायश्चितले हामीलाई महत्त्वपूर्ण विषयहरू सम्झन र महत्त्वपूर्ण नभएका विषयहरूलाई बिर्सन सहयोग गर्न सक्छ । हाम्रा मुक्तिदातालाई र हाम्रा सम्बन्धहरूलाई अझै बढी आस्था र कृतज्ञताका साथ हेर्नाले शान्ति ल्याउँछ, बोझ हटाउँछ, हृदयमा सामन्जस्यता र समय अनि अनन्ततामा परिवारहरूलाई एकताबद्ध गर्छ ।

फूल फुलेको रूखको हाँगा

प्रशस्तता र प्रसन्नताको आशा

येशू ख्रीष्टमा भएको इष्टरमा स्वर्गका झ्यालहरू खुल्ने, दाखको बोटको फल बढ्ने र जमिनहरू मनमोहक हुने विषय समावेश हुन्छ । येशू ख्रीष्टमा भएको इष्टरमा विधवा र अनाथहरू, भोका र असहायहरू, डराएका, दुर्व्यवहार गरिएका वा निर्दोष रूपमा हानिको बाटोमा फसेकाहरूलाई सान्त्वना र हेरचाह प्रदान गर्ने विषय समावेश हुन्छ । प्रत्येकलाई ध्यानमा राख्दै, येशू ख्रीष्टले हामीलाई उहाँले जस्तै प्रेम र करुणाका साथ हेर्न र सेवा गर्न आमन्त्रण गर्नुहुन्छ ।

सबै असल कार्यहरूमा, येशू ख्रीष्टले प्रशस्त मात्रामा पुनर्स्थापना गर्नुहुन्छ (हेर्नुहोस् यूहन्ना १०:१०; अल्मा ४०:२०-२४) । उहाँले प्रतिज्ञा गर्नुहुन्छ कि “पृथ्वी भरिएको छ र त्यहाँ पर्याप्त र अतिरिक्त मात्रामा उब्जनी छ” (सिद्धान्त र करार १०४:१७) । उहाँको सबै कार्यको पुनर्स्थापनामा उहाँको सुसमाचारको पूर्णता, उहाँको पादरित्वको अधिकार र शक्ति र उहाँको चर्चमा प्राप्त हुने पवित्र विधिहरू र करारहरू समावेश छन्, जसलाई उहाँको नाममा बोलाइएको छ, पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च ।

येशू ख्रीष्टमा भएको इष्टरले धेरै स्थानहरूमा परमेश्वरका सन्ततिहरू नजिक ल्याउने परमप्रभुका पवित्र गृहहरूलाई समावेश गर्छ जसले हाम्रो हृदयमा “सियोन पर्वतमा मुक्तिदाताहरू” को सिद्धान्त ल्याउँछ (हेर्नुहोस् ओबदिया १:२१) । दिवङ्गत हुनुभएका प्रियजनहरूले आफूस्वयम् का लागि प्राप्त गर्न नसक्ने उहाँहरूलाई आवश्यक पर्ने र अनन्तकालमा चाहना गरिएका पवित्र, नि:श्वार्थ तरिका यस पृथ्वीमा परमप्रभुले हामीहरूलाई प्रदान गर्नुहुन्छ ।

मेरो आशा, प्रतिज्ञा र गवाही यही हो । म हाम्रा पिता परमेश्वर; हाम्रा मुक्तिदाता र उद्धारकर्ता, येशू ख्रीष्ट; र पवित्र आत्माको गवाही दिन्छु । मरणशीलताबाट अमरत्व र अनन्त जीवनमा दैवी रूपान्तरणको आफ्नो करार मार्ग सहित हामीले इष्टरमा र हरेक दिन, परमेश्वरको खुसीको दैवी योजनामा ​​अनन्त आशा र प्रतिज्ञा प्राप्त गर्न सकौँ । प्रत्येक दिन येशू ख्रीष्टको प्रायश्चितको निश्चितताले हाम्रो बोझ उठाओस्, अरूहरूलाई उनीहरूको दुःखमा सान्त्वना दिन सहयोग गरोस् र हाम्रो आत्मालाई उहाँको पूर्ण प्रसन्नता प्राप्त गर्न मुक्त गरोस् ।

इष्टरको आशा र प्रतिज्ञाका माध्यमद्वारा येशू ख्रीष्टले हाम्रो हृदयको चाहना पूरा गर्नुहुन्छ र हाम्रा अन्तरआत्माका प्रश्नहरूको उत्तर दिनुहुन्छ ।

सूचीहरू

  1. यूहन्ना ४:१०, १४; ६:३५; ७:३७; यशैया ४९:१०पनि हेर्नुहोस् ।

  2. हेर्नुहोस् मत्ती २६:२६–२९; मर्कूस १४:२२-२५; लूका २२:१७-२० ३ नफी १८:१–११

  3. उहाँ बौरी उठ्नुभयो!,” भजन, नं. १९९ ।

  4. क्याल्वरीको क्रूसमा,” भजन, नं. १८४ ।

  5. हेर्नुहोस् Teachings of Presidents of the Church: Joseph Smith (२०११), ४७३, सुसमाचार पुस्तकालय ।