2020–2024
एक प्रतिशत राम्रो
अक्टोवर २०२१ साधारण सम्मेलन


एक प्रतिशत राम्रो

परिवर्तन गर्नका लागि हामीले गर्ने हरेक प्रयास - हामीलाई यो जतिसुकै सानो देखिए तापनि पश्चात्तापका लागि हामीले गर्ने प्रत्येक प्रयासले हाम्रो जीवनमा सबैभन्दा ठूलो फरक पार्न सक्छ।

एक शताब्दी भन्दा बढीका लागि, ग्रेट ब्रिटेनको राष्ट्रिय साइकल दौड समूह साइकल चलाउने संसारमा उपहासको पात्र भएको थियो। मध्यस्थतामा फसेको, ब्रिटिश राइडर्सले ओलम्पिक प्रतियोगिताको १00 वर्षमा मात्र एक स्वर्ण पदक जितेका थिए र ३ हप्ता लामो टुर डी फ्रान्सको सायक्लिङ्गको मार्की कार्यक्रममा अझै निराश भएका थिए —जहाँ ११० वर्षमा कुनै पनि ब्रिटिश सवारले जितेका थिएनन् । बेलायती सवारहरूको दु:खद दुर्दशा यो थियो कि केही प्रतिष्ठित बाइक निर्माताहरूले ब्रिट्सलाई बाइक बेच्न अस्वीकार गरे, यो डरले कि कम्पनीले कडा मेहेनत साथ आर्जन गरेको प्रतिष्ठालाई सदाका लागि खतम पार्नेछ । अनि अत्याधुनिक प्रविधि र हरेक नयाँ प्रशिक्षणमा विशाल संसाधनहरू खर्च गर्दा पनि केही काम गरेन।

बेलायती सवारहरूहरू

२००३ सम्म केही भएन, जब धेरै हदसम्म कुनै ध्यान नदिइएको एउटा सानो, परिवर्तन भयो जसले सदाका लागि ब्रिटिश साइक्लिङ्गको मार्गलाई परिवर्तन गर्नेछ। हामी आफैलाई सुधार्न कहिलेकाहीँ अन्योलमा पार्ने हाम्रो नश्वर खोजका सम्बन्धमा त्यो नयाँ दृष्टिकोणले प्रतिज्ञा सहितको एक अनन्त सिद्धान्त पनि प्रकट गर्नेछ । त्यसोभए ब्रिटिश साइक्लिङ्गमा के भएको थियो जुन परमेश्वरका असल छोरीहरू र छोराहरू बन्ने हाम्रो व्यक्तिगत खोजसँग सान्दर्भिकछ?

२००३ मा, सर डेव ब्रेल्सफोर्ड लाई नियुक्त गरिएको थियो। रातारात नाटकीय, परिवर्तनको प्रयास गर्ने अघिल्ला प्रशिक्षकहरूका विपरीत, सर डेव ब्रेल्सफोर्डले बरु “सीमान्त लाभको एकत्रीकरण” भनिने एक रणनीतिमा प्रतिवद्ध भए। यसले सबै कुरामा सुक्ष्म सुधार लागू गर्नु आवश्यक बनायो। यसको अर्थ प्रमुख तथ्याङ्कहरूको निरन्तर मापन र विशिष्ट कमजोरीहरूको हस्तक्षेप गर्नु हो।

यो केही हदसम्म लमानी अगमवक्ता सामुएलले भनेजस्तै “सर्तकतापूर्वक हिड्ने” हो। यो व्यापक, अधिक समग्र दृष्टिकोणले मात्र अहिले हातमा रहेको स्पष्ट समस्याहरू र पापमा स्थिर रहने जालबाट मुक्त हुन सन्छौँ। ब्रेल्सफोर्डले भने, “सम्पूर्ण सिद्धान्त यो विचारबाट आएका हुन् कि यदि तपाईंले बाइक चलाउनेसँग सम्बन्धित सबै कुरा टुक्राउनुभयो र त्यसपछि यसलाई एक प्रतिशतका दरले सुधार गर्नुभयो भने तपाईंले यी सबैलाई एकतृत गर्दा एक महत्वपूर्ण वृद्धि पाउनुहुनेछ।”

उहाँको दृष्टिकोण परमेश्वरसँग राम्ररी पङ्तिवद्ध भएको देखिन्छ, जसले हामीलाई ९९ प्रतिशतलाई दाउमा राखेर भए तापनि - १ प्रतिशतको महत्व सिकाउनुभयो । नि:सन्देह, उहाँले आवश्यकतामा परेका व्यक्तिहरूलाई खोजी गर्नका लागि जरूरी सुसमाचार सिकाइरहनुभएको थियो। तर यदि हामीले त्यही सिद्धान्तलाई सुसमाचारको मिठो र रसिलो दोस्रो सिद्धान्त, पश्चात्तापमा लागू गर्यौं भने के हुन्छ? मन्थनले अड्किनु भन्दा अनि नाटकीय रुपमा पाप र पश्चात्तापका बीच यताउता भौँतारिनु भन्दा, यसलाई फराकिलो बनाउदै गर्दा, हाम्रो दृष्टिकोण, हाम्रो ध्यानलाई साँघुरो गर्ने रह्यो भने के हुन्छ? सबै चीजहरूलाई सही पार्नका लागि प्रयास गर्नुको सट्टामा यदि हामीले केवल एक चीजको समाधान खोज्यौं भने ?

उदाहरणका लागि यदि तपाईंले आफ्नो नयाँ फराकिलो-कोण जागरूकतामा तपाईंले पत्ता लगाउनुभयो कि तपाईंले दैनिक रुपमा मोर्मोनको पुस्तक पढ्न उपेक्षा गर्नुभयो भने? ठीक छ, एकै रातमा सबै ५३१ पृष्ठहरू मा घोटिनुको सट्टा, यदि हामीले मात्रै १ प्रतिशत पढ्नका लागि प्रतिवद्ध बन्यौं भने—त्यो भनेको मात्र पाँच पृष्ठ प्रति दिन हुने छ, वा तपाईंको परिस्थिति अनुसार व्यवस्थित गर्न सक्ने लक्ष्य निर्धारण गर्दा कस्तो होला ? के हाम्रा जीवनका साना तर स्थिर सिमान्त लाभहरू को संग्रह हाम्रो जीवनमा समग्रमा अन्तमा हाम्रा अति कष्टप्रद व्यक्तिगत कमजोरीहरू माथि पनि विजय प्राप्त गर्ने बाटो हुन सक्छ? के खोटहरूसँग जुध्ने यो टोक्न सक्ने-आकारदृष्टिकोण साँच्चै काम गर्दछ?

प्रशंसित लेखक जेम्स क्लियर भन्छन् यो दृष्टिकोणले गणितलाई सिधै हाम्रो पक्षमा राख्छ। उनी भन्छन् कि “बानीहरू आत्म-सुधार को ‘चक्रवृद्धि ब्याज हो।’ यदि तपाईं हरेक दिन केवल एक प्रतिशत केही चीजमा राम्रो हुन सक्नुहुनुभयो भने, एक वर्षको अन्त्यसम्ममा तपाईं ३७ गुना राम्रो हुनुहुनेछ।”

ब्रेल्सफोर्डको सानो सुधार स्पष्ट कुराहरू सँग शुरू भयो, जस्तै उपकरण, किट कपडाहरू, र प्रशिक्षणका ढाँचाहरू। तर उनको टोली त्यहीँ रोकिएन। उनीहरूले बेवास्था गरिएका र अप्रत्याशित क्षेत्रहरू जस्तै पोषणर मर्मत जस्ता अति सुक्ष्म क्षेत्रहरूमा एक प्रतिशत सुधार खोज्ने कुरालाई निरन्तरता दिए। समयसँगै, यी र अन्य यस्तै अङ्ख्य सूक्ष्म सुधारहरू आश्चर्यजनक परिणाममा परिणत भए, जुन कसैले कल्पना गर्न सक्ने भन्दा छिटो आयो। साँच्चै नै, उनीहरू अनन्त सिद्धान्तमा थिए “लाइन पछि लाइन, समादेश पछि समादेश, यहाँ अलिकति र त्यहाँ अलिकति।”

के थोरै समायोजनले तपाईंले चाहनुभएको “वृहत परिवर्तन” ल्याउँछ? उचित तरिकाले कार्यान्वयन गरिएमा यो हुने कुरामा म ९९ प्रतिशत निश्चित छु! तर यो दृष्टिकोणसँग एक चुनौती यो छ कि साना लाभहरूलाईपरिणत गर्न, दिनरातको निरन्तर प्रयास हुनुपर्छ। अनि सम्भवतः हामी पूर्ण नहुने भए तापनि , हामी दृढतासँगै हाम्रो धैर्य प्रतिविम्वित गर्नका लागि दृढसङ्कल्पित हुनुपर्छ। त्यसो गर्नुहोस्, अनि धार्मिकतामा वृद्धिको मीठो पुरस्कारले तपाईंले खोज्नुभएको खुशी र शान्ति ल्याउनेछ। अध्यक्ष नेल्सनले सिकाउनुभएको जस्तै: “हाम्रो व्यक्तिगत प्रगतिका लागि पश्चात्तापमा नियमित, दैनिक रूपमा केन्द्रित हुनु भन्दा बढी मुक्ति दिने, बढी प्रभावशाली वा बढी महत्वपूर्ण केही कुरा छैन। पश्चात्ताप एक घटना होइन; यो एउटा प्रक्रिया हो। यो खुशी र मनको शान्तिको साँचो हो। जब आस्थासँगै जोडिर आउँछ, पश्चात्तापले येशू ख्रीष्टको प्रायश्चित्तको शक्तिमा हाम्रो पहुँच खोल्छ।”

तोरीको दाना
तोरीको रुख

आस्थालाई पश्चातापको पूर्वापेक्षित शर्तमा, धर्मशास्त्रहरू स्पष्ट छन्। सुरुमा मात्र “विश्वासको कण” आवश्यक छ। अनि यदि हामीले यो “तोरीको दानालाई” मानसिक रुपमा जुटाउन सक्छौँ भने, हामीले पनि हाम्रो जीवनमा अनपेक्षित र असाधारण सुधारको अपेक्षा गर्न सक्छौँ। तर याद गर्नुहोस्, हामी एकै रातमा एटिल्ला हनबाट मदर टेरेसा बन्नका लागि कोशिश गर्दैनौँ, त्यसरी नै हामीले हाम्रो सुधारको ढाँचालाई क्रमशः दिशा निर्देश गर्नुपर्छ। तपाईंको जीवनमा आवश्यक परिवर्तनहरू थोक रुपमा भए तापनि , एक सानो स्तरबाट शुरू गर्नुहोस्। यो खासगरी सत्य हुन्छ यदि तपाईं आत्तिनुभएको छ वा निराश महसुस गर्दै हुनुहुन्छ ।

यो प्रक्रिया सधैं एक रेखीय व्यवहारमा पूरा हुँदैन। अत्याधिक समर्पितका बीचमा पनि असफलता हुन सक्छ। मेरो आफ्नै जीवनमा पनि यसको निराशा अनुभव भएका कारण , म जान्दछु कि यो कहिलेकाहीँ १ प्रतिशत अगाडि र २ प्रतिशत पछाडि भएको जस्तै महसुस गर्न सकिन्छ। तैपनि यदि हामी निरन्तर रुपमा ती १ प्रतिशत लाभ उठाउने हाम्रो दृढ सङ्कल्पमा नि:सन्देह रह्यौँ भने, उहाँ जसले “हाम्रो दु:खहरू बोक्नुभएको छ” निश्चय नै हामीलाई बोक्नुहुनेछ ।

स्पष्ट छ, यदि हामी गम्भीर पापमा संलग्न छौँ भने, परमप्रभु स्पष्ट हुनुहुन्छ; हामीले रोक्नुपर्छ, हाम्रो विशपबाट सहयोग लिनुपर्छ, र तुरुन्तै त्यस्ता अभ्यासहरूबाट टाढा जान आवश्यक छ। तर जसरी एल्डर डेभिड ए. बेडनारले सिकाउनुभयो: “सानो, स्थिर, वृद्धिशील आध्यात्मिक सुधार परमप्रभुले हामीलाई लियोस भनेर चाहेका कदमहरू हुन्। परमेश्वरको सामु दोषरहित हिड्ने तयारी गर्नु यो जीवनको प्राथमिक उद्देश्यहरू मध्ये एक हो र जीवनकालको खोजी; यो कडा आध्यात्मिक गतिविधिको छिटपुट उछालले परिणाम दिदैन।”१०

बेलायती साइक्लिस्टहरू

त्यसोभए, यो पकेट बरारको पश्चात्ताप अनि वास्तविक परिवर्तन वास्तवमा नै काम गर्दछ? के पेडलिङमा प्रमाण छ, भन्न सकिन्छ? यो दर्शनलाई लागु गरे पश्चात विगत दुई दशकमा ब्रिटिश साइक्लिङ्गमा के भयो भन्ने कुरालाई महत्त्व दिनुहोस्। बेलायती साइक्लिस्टहरूले अब छ पटकटूर डी फ्रान्स जितेका छन्। पछिल्लो चार ओलम्पिक खेलहरू को दौरानमा, ग्रेट ब्रिटेन साइकल चलाउने सबै विधाहरूमा सबैभन्दा सफल देश भएको छ। अनि हालसालै, टोकियोमा सम्पन्न ओलम्पिकमा यूके अन्य कुनै देशको तुलनामा साइक्लिङमा धेरै स्वर्ण पदक जित्यो।

ओलम्पिक च्याम्पियनहरू

ब्रिटिश साइकल चालकहरूको फोटो (माथि बायाँबाट घडीको दिशामा) फ्रीडेमेन भोगेल, जन गाइल्स, र ग्रेग बेकर/गेट्टी चित्रहरू द्वारा

तर सांसारिक चाँदी वा सुन भन्दा धेरै चम्किलो, अनन्त मार्गतिरको हाम्रो बहुमूल्य प्रतिज्ञा यो हो कि हामी वास्तवमा नै “ख्रीष्टमा विजयी” हुनेछौँ।”११ अनि यदि हामी साना तर स्थिर सुधारहरू गर्न प्रतिवद्ध भयौं भने हामीलाई “नखुइलिने गौरवको मुकुट” प्रतिज्ञा गरिएको छ।”१२ त्यो निर्विवाद चमकको आनन्द सँगै, म तपाईंलाई आफ्नो जीवनमा केले तपाईंलाई सुस्त बनाएको छ वा करारको मार्गमा स्थिर रहन समस्या बनाएको छ परीक्षण गर्न आमन्त्रित गर्दछु। त्यसपछि व्यापक रुपमा हेर्नुहोस्। तपाईंको जीवनमा साना तर सम्भव हुने सुधारहरु खोज्नुहोस् जसले अलिकति राम्रो भएको मीठो आनन्दको परिणाम ल्याउन सक्छ।

याद गर्नुहोस्, डेभिडले एउटा सानो ढुङ्गाको प्रयोग गरी एक अजेय, विशाल दैत्यलाई तल झारे। तर उनीसँग चार अन्य ढुङ्गाहरू तयार थिए। त्यस्तैगरी, सानो अल्माको दुष्ट स्वभाव र अनन्त गन्तव्य केवल मात्र एक एउटा सरल, मौन विचारले परिवर्तन गरिदियो - येशू ख्रीष्टको बचाउने अनुग्रहका बारेमा उनका बुबाको शिक्षाको सम्झना। अनि हाम्रा मुक्तिदातासँग पनि त्यस्तै हो, जो, पापरहित भए तापनि,”पहिले नै पूर्णता प्राप्त गरेनन्, तर अनुग्रहबाट अनुग्रह सम्म निरन्तर जानुभयो, जबसम्म उहाँले पूर्णता प्राप्त गर्नुभएन।”१३

येशू ख्रीष्ट

यो उहाँ हुनुहुन्छ जसले एउटा भँगेरा कहिले खस्छ भनेर जान्नुहुन्छ त्यस्तै गरी हाम्रो जीवनका मिनेटका साथै महत्वपूर्ण क्षणहरूमा केन्द्रित छ र जो यस सम्मेलनबाट बाहिर आउने एक प्रतिशत खोजमा तपाईंलाई सहयोग गर्नका लागि अहिले नै तयार हुनुहुन्छ। किनकि हामीलाई यो जतिसुकै सानो देखिए तापनि पश्चात्तापका लागि हामीले गर्ने प्रत्येक प्रयासले हाम्रो जीवनमा सबैभन्दा ठूलो फरक पार्न सक्छ।

यस बिषयमा एल्डर निल ए. मेक्सवेलले सिकाउनुभयो, “पवित्र इच्छाको प्रत्येक प्रयास, सेवाको प्रत्येक कार्य, र आराधनाको प्रत्येक कार्य, जति सानो तर वृद्धिशील भए तापनि, हाम्रो आध्यात्मिक गतिमा जोड्दछन्।”१४ साँच्चै, सानो, सरल, र, हो, केवल एक प्रतिशत चीजहरूबाट महान् चीजहरूलाई ल्याउन सकिन्छ।१५ अन्तिम विजय १०० प्रतिशत सुनिश्चित छ, “हामीले गर्न सक्ने गरिसकेपछि,”१६ हाम्रा परमप्रभु र मुक्तिदाता, येशू ख्रीष्टको शक्ति, गुणहरू र दयाबाट। म यो गवाही येशूख्रीष्टको नाममा दिन्छु, आमीन ।

सूचीहरू:

  1. हेलामान १५:५

  2. See James Clear, “This Coach Improved Every Tiny Thing by 1 Percent and Here’s What Happened,” jamesclear.com/marginal-gains.

  3. James Clear, in Whitney Johnson, “James Clear: Just One Percent Better,” whitneyjohnson.com/james-clear.

  4. २ नफि २८:३०

  5. अल्मा ५:१४

  6. रसल एम. नेल्सन, “हामी अझ राम्रो गर्न सक्छौं र अझ राम्रो बन्न सक्छौं,”लियाहोना मे २०१९, ६७ ।

  7. अल्मा ३२:२७

  8. मत्ती १७:२०.

  9. यशैया ५३:४

  10. विड ए. बेडनार, “”सफा हात र एक शुद्ध हृदय,”लियाहोना, नोभेम्वर २००७, ८२।

  11. २ कोरिन्थी २:१४

  12. १ पत्रुस ५:४

  13. सिद्धान्त र करार ९३:१३

  14. निल ए मेक्सवेल,”[हाम्रो] हृदयको चाहना अनुसार,”Ensign,नोभेम्वर १९९६, २२।

  15. हेर्नुहोस् अल्मा ३७:६

  16. २ नफी २५:२३