2020–2024
पून: भरोसा गर्ने
अक्टोवर २०२१ साधारण सम्मेलन


पून: भरोसा गर्ने

परमेश्वर र एकअर्कामा भरोसाले स्वर्गका आशीषहरू ल्याउँछ।

एक पटक, जब म धेरै सानो थिएँ, मैले घरबाट भाग्ने बारेमा सोचेँ। सानो केटाको सोचाइमा, मलाई लाग्यो कि कसैले मलाई माया गर्दैन।

मेरी निरीक्षक आमाले सुन्नुभयो र मलाई आश्वासन दिनुभयो। म सुरक्षित रुपमा घरमा थिएँ।

के तपाईंले कहिल्यै महसुस गर्नुभयो कि तपाईं घरबाट भाग्दै हुनुहुन्छ? प्राय, घरबाट भाग्नुको अर्थ - हामी स्वयम् सँग, एकअर्कासँग, परमेश्वरसँग भरोसा भङ्ग भएको छ वा तोडिएको छ। जब भरोसालाई चुनौती दिइन्छ, कसरी पून: भरोसा गर्ने भनेर हामी सोचमग्न हुन्छौँ।

आजको मेरो सन्देश हो, चाहे हामी घर आउछौँ वा घर जाँदैछौँ, परमेश्वर हामीलाई भेट्न आउँदै हुनुहुन्छ। उहाँमा हामी आस्था र साहस, ज्ञान र विवेक पाउन पून: भरोसा गर्नसक्छौँ। त्यसै गरी, उहाँ हामीलाई एकअर्काका लागि , अधिक क्षमाशील बन्न र आफैँ अनि एकअर्काको कम न्यायिक बन्नका लागि प्रकाश राख्न भन्नुहुन्छ, ताकि उहाँको चर्च हामीले घरको महसुस गर्ने एक ठाउँ हुन सकोस् , चाहे हामी पहिलो पटक आउदैछौँ वा फर्कदैछौँ।

भरोसा आस्थाको एक कार्य हो। परमेश्वरले हामीसँग आस्था राख्नुहुन्छ। तैपनि, मानव भरोसा कमजोर वा भङ्ग हुन सक्छ जब:

  • एक साथी, व्यापारिक सहयोगी, वा कोही जस्लाई हामी भरोसा गर्दछौँ त्यो सत्यवादी भएन भने,, दु:ख दिन्छ, वा हाम्रो फाइदा लिन्छ।

  • वैवाहिक साथी अविश्वासी हुन्छ।

  • शायद अप्रत्याशित रुपमा, हामीले माया गर्ने कसैले मृत्यु, चोट, वा रोगको सामना गर्छ।

  • हामी एक अप्रत्याशित सुसमाचार प्रश्नको सामना गर्छौं, शायद चर्चको इतिहास वा चर्चका नीतिका बारेमा केही कुरा, अनि कसैले भन्छ हाम्रो चर्चले केही तरिकाले कुनै कुरा लुकायो वा सत्य बताएन।

अन्य परिस्थितिहरू कम विशिष्ट तर समान चासोका हुन सक्छन्।

शायद हामीले आफैँलाई चर्चमा देख्दैनौँ, हामी उपयुक्त नभएको महसुस गर्दछौँ, अरूले न्याय गरेको महसुस गर्दछौँ।

वा, हामीले अपेक्षित सबै कुराहरू गरिसकेका भए तापनि, केही कुराहरूमा अझै काम गर्न बाँकी छ। पवित्र आत्मासँग हाम्रा व्यक्तिगत अनुभवहरूका बावजूद, हामी अझै सम्म पनि परमेश्वर जीवित हुनुहुन्छ वा सुसमाचार सत्य छ भन्ने कुरा हामीले महसुस नगर्न सक्छौँ।

मानव सम्बन्ध र आधुनिक समाजमा आज धेरैले भरोसालाई पूर्नस्थापना गर्नु पर्ने एक महान आवश्यकतालाई महसुस गर्दछन्।<

जब हामी भरोसामा प्रतिविम्वित हुन्छौँ, हामी जान्दछौँ कि परमेश्वर सत्यको परमेश्वर हुनुहुन्छ र “झूट बोल्न सक्नुहुन्न।” हामी जान्दछौँ कि भरोसा चीजहरूको ज्ञान हो जसरी तिनीहरू छन्, थिए, र आउने छन्। हामी जान्दछौँ कि निरन्तर प्रकाश र प्रेरणाले परिवर्तनशील परिस्थितिहरूमा अपरिवर्तनीय भरोसा उपयुक्त हुन्छ।

हामीलाई थाहा छ टूटेका वाचाहरूले हृदय तोड्छन्। “मैले मूर्खतापूर्ण काम गरेँ,” उनी भन्छन्, “के तपाईं मलाई कहिल्यै क्षमा गर्न सक्नुहुन्छ?” पून: भरोसा गर्ने आशामा पति र पत्नी हात समात्न सक्छन्। एक फरक व्यवस्थामा, एक जेल कैदीले स्मरण गर्दछन्, “यदि मैले ज्ञानका कुरा पालना गरेको भए, म यहाँ हुने थिइन।”

हामी जान्दछौँ कि परमप्रभुको करार मार्गमा , र उहाँको चर्चमा सेवाका लागि बोलावट गरिएको खुशी हामी र एकअर्काका लागि परमेश्वरको भरोसा र प्रेम महशुस गर्ने निमन्त्रणा हो। चर्चका सदस्यहरू, एकल वयस्क सहित, नियमित रुपमा चर्चमा र हाम्रो समुदायमा सेवा गर्छन्।

प्रेरणाद्वारा, विशप्रीकले एक युवा जोडीलाई वार्ड नर्सरीमा सेवा गर्न बोलावट दिन्छन्। पहिला, श्रीमान चाहिं कुनामा, अलग र टाढा बस्छन्। बिस्तारै, उनी केटाकेटीहरूसँग मुस्कुराउन थाल्छन्। पछि, ती जोडीले कृतज्ञता व्यक्त गर्दछन्। पहिले तिनीहरू भन्छन्, श्रीमतीले सन्तान चाहन्थिन्, श्रीमानले चाहेनन्। अब, सेवाले उनीहरूलाई परिवर्तन र एकतावद्ध गराएको छ। यसले तिनीहरूको विवाह र घरमा सन्ततिको खुशी पनि ल्याएको छ।

अर्को शहरमा, साना बालबालिकाहरू र उनका श्रीमानसँग एक जवान आमा चकित र अभिभूत छन् तरपनि स्वीकार गरीन् जब उनी वार्ड राहत समाजको अध्यक्षका रुपमा सेवाका लागि बोलावट गरियो। त्यसको केही समय पछि पसलका शेल्फहरू खाली र घरहरू आइसबक्सहरू जस्तै चिसा पारेर हिउँको आँधीले बिजुली काट्यो। उनीहरुसँग बिजुली र ताप भएका कारणले , तूफानको मौसममा यो युवा परिवारले उदारतापूर्वक आफ्नो घर धेरै परिवार र व्यक्तिहरूका लागि खोल्छन्।

भरोसा वास्तविक हुन्छ जब हामी आस्थासँग कठीन कुराहरू गर्छौँ। सेवा र बलिदानले क्षमता वृद्धि गर्छ र हृदय परिष्कृत गर्छ। परमेश्वर र एकअर्कामा भरोसाले स्वर्गका आशीषहरू ल्याउँछन्।

क्यान्सरबाट बचिसकेपछि, एक वफादार भाइलाई कारले ठक्कर दियो। उहाँ स्वयंका लागि दु: खी हुनुको सट्टा, उहाँले प्रार्थनापूर्वक सोध्नुहुन्छ, “म यो अनुभवबाट के सिक्न सक्छु?” उहाँको गहन हेरचाह कक्षमा, आफ्ना श्रीमान र केटाकेटीहरूका लागि चिन्तित एक नर्सलाई हेर्नका लागि उहाँले प्रेरणा पाएको महसुस गर्नुहुन्छ। जब पीडामा परेका एक विरामीले परमेश्वरमा भरोसा राख्छन् र अरूहरूसम्म पुग्छन् उनले जवाफ पाउँछन् ।

अश्लील सामग्रीको समस्या भएको एक भाइ आफ्नो कार्यालय बाहिर पर्खिरहेको बेला, एक किला अध्यक्षले कसरी सहयोग गर्ने भनेर जान्नका लागि प्रार्थना गर्नुहुन्छ। एक स्पष्ट धारणा आउँछ, “ढोका खोल र उनलाई भित्र आउन देउ।” आस्था र भरोसासँगै परमेश्वरले सहयोग गर्नुहुनेछ, पादरित्ववाहक अगुवाले ढोका खोले र ती भाइलाई अङ्कमाल गरे। प्रत्येकले परमेश्वर र एकअर्काका लागि रुपान्तरण माया र भरोसा भरोसालाई महसूस गर्छ। दृढताका साथ, ती भाइले पश्चात्ताप र परिवर्तन गर्न सुरु गर्न सक्छ।

जब हाम्रो व्यक्तिगत परिस्थितिहरू व्यक्तिगत छन्, सुसमाचार सिद्धान्तहरू र पवित्र आत्माले कसरी, र कहिले अरूहरूमा पून: भरोसा गर्न सकिन्छ भनेर थाहा पाउन हामीलाई सहयोग गर्दछन्। जब भरोसा भङ्ग हुन्छ वा धोका हुन्छ, निराशा र भ्रम वास्तविक हुन्छन्; त्यसैले आस्था र साहसले मानव सम्बन्धमा फेरी भरोसा गर्न योग्य कहिले बन्नेछ भनेर बुझ्नका लागि विवेक को आवश्यकता पर्दछ।

तैपनि, परमेश्वर र व्यक्तिगत प्रकाशको सम्मानसँगै अध्यक्ष रसल एम नेल्सनले आश्वासन दिनुभयो, “तपाईं आश्चर्यचकित हुनुहुन्न कि तपाईंले कसलाई सुरक्षित रुपमा भरोसा गर्न सक्नुहुन्छ।” हामी सधैँ परमेश्वरमा भरोसा गर्न सक्छौँ। हामीलाई थाहा भएको वा हामीले आफुस्वयंलाई माया गर्ने भन्दा बढी परमप्रभुले हामीलाई चिन्नुहुन्छ र माया गर्नुहुन्छ। उहाँको असीम प्रेम र भूत, वर्तमान, र भविष्यको सही ज्ञानले उहाँका करार र प्रतिज्ञाहरूलाई स्थिर र निश्चित बनाउँछन्।

भरोसा गर्नुहोस् धर्मशास्त्रहरूले के भन्छन् “समयको प्रक्रिया मा।” परमेश्वरको आशीर्वाद सँगै, समयको प्रक्रिया, र आस्था र आज्ञाकारिताको निरन्तरतामा, हामीले सङ्कल्प र शान्ति पाउन सक्छौँ।

परमप्रभुले सान्त्वना दिनुहुन्छ:

“रोदन रात भारी रहन सक्छ, तर खुशी बिहान आउँछ।”

“आफ्नो बोझ परमप्रभुमा राख्नुहोस् र उहाँको निरन्तर हेरचाहमा भरोसा गर्नुहोस्।”

“स्वर्गले चङ्गाइ दिन नसक्ने कुनै दु:ख पृथ्वीमा छैन।”१०

परमेश्वर११र उहाँका चमत्कारहरूमा भरोसा गर्नुहोस्। हामी र हाम्रो सम्बन्ध बदलिन सक्छ। परमप्रभु ख्रीष्टको प्रायश्चित्तका माध्यमबाट, हामी हाम्रो स्वार्थी प्राकृतिक आत्मा छोड्न सक्छौँ र परमेश्वरको बालक बन्न सक्छौं, नम्र, विनम्र,१२ आस्था र उचित भरोसाले भरिएको। जब हामी पश्चात्ताप गर्छौं, जब हामी स्वीकार गर्छौं र हाम्रा पापहरू त्याग्छौँ, परमप्रभु भन्नुहुन्छ कि तिनीहरू उहाँलाई अब याद छैन।१३ यो होइन कि उहाँले बिर्सिनुहुन्छ; बरु, एक उल्लेखनीय तरीकामा, यस्तो लाग्छ कि उहाँले तिनीहरूलाई याद नगर्न छनौट गर्नुहुन्छ, न त हामीलाई चाहिन्छ।

वुद्धिमानीपूर्वक बुझ्नका लागि परमेश्वरको प्रेरणामा भरोसा गर्नुहोस्। हामी सही समय र तरिकामा अरूलाई माफ गर्न सक्छौँ, परमेश्वरले भन्नुभएको जस्तै,१४ जब हामी “सर्प जस्तै वुद्धिमानी, र परेवा जस्तै हानीरहित” बन्छौं।१५

कहिलेकाहीँ जब हाम्रा हृदयहरू धेरै भाँचिएका हुन्छन् र दुःखित हुन्छन्, हामी सबैभन्दा धेरै आराम र पवित्र आत्माको मार्गदर्शनका लागि खुल्ला हुनेछौं।१६ निन्दा र क्षमा दुबै गलत पहिचान गरेर सुरु हुन्छ। अक्सर निन्दा अतीतमा केन्द्रित हुन्छ। क्षमा भविष्यका लागि स्वतन्त्रतापूर्वक देखिन्छ। “परमेश्वरले आफ्नो पुत्रलाई संसारको निन्दा गर्न संसारमा पठाउनुभएको होइन; तर उहाँको माध्यमबाट संसारलाई बचाउन सकिन्छ भनेर हो।”१७

प्रेरित पावल सोध्छन्, “कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ?” उहाँ जवाफ दिनुहुन्छ, “न मृत्यु, न जीवन, न उचाइ, न गहिराइ, ले … हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्न सक्षम हुनेछ, जुन ख्रीष्ट येशू हाम्रा परमप्रभुमा छ।”१८ तैपनि, त्यहाँ कोही छ जसले हामीलाई परमेश्वर र येशू ख्रीष्टबाट अलग गर्न सक्छ - र त्यो कोही हामी आफैं हौँ। यशैयाले भनेझैं, “तिम्रा पापहरूका कारण उहाँको अनुहार तिमीबाट लुकाएका छन्।”१९

दैवी प्रेम र दैवी कानूनद्वारा, हामी हाम्रा छनौट र तिनीहरूका परिणामका लागि जिम्मेवार छौँ। तर हाम्रा मुक्तिदाताको प्रायश्चित्तको प्रेम “अनन्त र शाश्वत” हो।२० जब हामी घर आउनका लागि तयार हुन्छौँ, हामी “त्यहाँ पुग्न धेरै टाढा” भए तापनि,२१ परमेश्वरले हामीलाई स्वागत् गर्नका लागि उहाँसँग भएको सबै भन्दा उत्तम चीज, धेरै करुणा सहित तयार हुनुहुन्छ।२२

अध्यक्ष जे रुबेन क्लर्कले भन्नुभयो, “मलाई विश्वास छ कि हाम्रा स्वर्गका पिता आफ्ना हरेक सन्ततिहरूलाई बचाउन चाहनुहुन्छ, … कि उहाँको न्याय र दयामा उहाँले हाम्रा कार्यहरूका लागि अधिकतम इनाम दिनुहुनेछ, हामीलाई दिनसक्ने सबै कुराहरू दिनुहुनेछ, र अर्को तर्फ, मलाई विश्वास छ कि उहाँले हामीमा न्यूनतम जरिवाना लगाउनुहुन्छ जुन उहाँलाई लगाउन सम्भव छ। “२३

क्रुसमा, हाम्रा मुक्तिदाताको दयालु बिन्ती उहाँको पिताका लागि बिना शर्त “पिता, उनीहरूलाई क्षमा गर्नुहोस्” थिएन, बरु “पिता, उनीहरूलाई क्षमा गर्नुहोस्; किनकि उनीहरूलाई थाहा छैन कि उनीहरू के गर्छन्। “२४ हाम्रो छनौटको स्वन्त्रता र स्वतन्त्रताको अर्थ छ किनकि हामी को हौँ, हामी के जान्दछौँ र के गर्छौं, का लागि हामी परमेश्वरका सामु उत्तरदायी छौँ। धन्यवाद, हामी हाम्रा इरादा र कार्यहरूलाई न्याय गर्ने परमेश्वरको पूर्ण न्यायमा भरोसा गर्न सक्छौँ।

हामीले सुरु गरे जस्तै निष्कर्षमा पुग्छौँ-जब हामी परमेश्वरको करुणामा उहाँ र एकअर्काको घरमा आउँछौँ।

के तपाईंले दुई जना छोराहरू भएको एक जना मानिसका बारेमा येशू ख्रीष्टको दृष्टान्त स्मरण गर्नुहुन्छ?२५ एउटा छोरोले घर छोड्यो र उसको पैतृक सम्पत्ति बर्बाद भयो। जब उनी आफु स्वयंमा आए, यो छोरा घर आउन खोज्यो। अर्को छोरा, यो महसुस गर्दै कि उसले आज्ञाहरूको पालना गरेको थियो “ल, यी धेरै वर्षहरूमा,” उसको भाइलाई घरमा स्वागत् गर्न चाहँदैन।२६

दाजुभाइ तथा दिदी बहिनीहरू, तपाईं कृपया ध्यान दिनुहुन्छ कि येशूले हामीलाई हाम्रो हृदय, हाम्रो समझ, करुणा, र विनम्रता खोल्न, र दुबै भूमिकामा आफैंलाई हेर्नका लागि भन्नुभएको छ?

पहिलो छोरा वा छोरी जस्तै, हामी भट्किन सक्छौँ अनि पछि घर फर्कन खोज्छौँ। परमेश्वर हामीलाई स्वागत् गर्न प्रतिक्षा गरिरहनुभएको छ।

अनि अन्य छोरा वा छोरी जस्तै, परमेश्वरले हामी प्रत्येक उहाँको घरमा आउँदा हामीलाई सँगै रमाउनका लागि आग्रह गर्नुहुन्छ। उहाँले हामीलाई हाम्रा सभाहरू, गण, कक्षाहरू, र गतिविधिहरू, एकअर्काका लागि प्रामाणिक, सुरक्षित घर बनाउन खुला गर्न आमन्त्रण गर्नुहुन्छ। दया, समझ, र आपसी सम्मानसँगै, हामी प्रत्येकले विनम्रतापूर्वक परमप्रभुलाई खोज्छौँ र प्रार्थना अनि उहाँको पूनर्स्थापित सुसमाचारलाई स्वागत् गरेर सबैका लागि आशीर्वादहरू खोज्छौँ।

हाम्रा जीवन यात्राहरू व्यक्तिगत हन्, तर हामी हाम्रा पिता परमेश्वर र उहाँका प्रिय पुत्रका माध्यमबाट परमेश्वर, हामी एकअर्का र आफैंमा भरोसा गरेर फेरी परमेश्वरमा आउन सक्छौँ।२७ येशूले इशारा गर्नुभयो, “नडराओ, मात्र विश्वास गर।”२८ अगमवक्ता जोसेफले गरेको जस्तै, नि:सन्देह हामी हाम्रा स्वर्गका पिताको हेरचाहमा भरोसा गर्न सक्छौँ।२९ दाजुभाइहरू, दिदीबहिनीहरू, साथीहरू कृपया आस्था र भरोसाका लागि पून: हेर्नुहोस् - एक चमत्कार उहाँ आज तपाईंलाई प्रतिज्ञा गर्नुहुन्छ। येशू ख्रीष्टको पवित्र र अलौकिक नाउँमा, आमिन।

सूचीहरू:

  1. हेर्नुहोस् लूका १५:२०

  2. उदाहरणका लागि, म जान्दछु अनि ती व्यक्तिहरूलाई सम्मान गर्दछु जसले वर्षौंसम्म अरुहरूद्वारा उनीहरूलाई छोडिएको बोझ उठाउनका लागि इमान्दारितापूर्वक काम गर्दछन्।

  3. भरोसा समाजमा मानव पूँजीको एक आवश्यक तत्व हो, जसले आर्थिक, सामाजिक, र राजनैतिक समृद्धि र कल्याणमा योगदान गर्दछ; हेर्नुहोस्, उदाहरणका लागि, फ्रान्सिस फुकुयामा, भरोसा: सामाजिक सद्गुण र समृद्धिको निर्माण (1995), 3–59, ।

  4. एतर ३:१२; पनि हेर्नुहोस। इनक १: ६

  5. हेर्नुहोस् सिद्धान्त र करार ९३:२४; पनि हेर्नुहोस् ८८:९१|याकूब ४:१३

  6. Russell M. Nelson, “Revelation for the Church, Revelation for Our Lives,” Liahona, May 2018, 95.

  7. मोशा ७:२१”सियोन, समयको प्रक्रियामा,स्वर्गमा लगियो।

  8. भजन संग्रह ३०:५

  9. How Gentle God’s Commands,” Hymns, no. 125; see also Psalm 55:22: “Cast thy burden upon the Lord, and he shall sustain thee,” which is quoted in “Cast Thy Burden upon the Lord,” Hymns, no. 110.

  10. Come, Ye Disconsolate,” Hymns, no. 115.

  11. हेर्नुहोस् अल्मा ५:१३

  12. हेर्नुहोस् मोसीयाह ३:१९

  13. हेर्नुहोस् सिद्धान्त र करार ५८:४२-४३

  14. हेर्नुहोस् सिद्धान्त र करार ६४:१०

  15. मत्ती १०:१६; पनि हेर्नुहोस अल्मा १८:२२|

  16. हेर्नुहोस ३ नफि ९:२०

  17. यूहन्ना ३:१७

  18. रोमी ८:३५, ३८–३९

  19. यशैया ५९:२

  20. अल्मा ३४:१०

  21. लुका १५:२०.

  22. सबैभन्दा राम्रो लुगा, औँठी, जुत्ता, यहाँ सम्म कि मोटो बाच्छो जस्तै थियो (हेर्नुहोस् लूका १५:२२-२३

  23. जे रूबेन क्लर्क, सम्मेलनको रिपोर्टमा, अक्टोवर १९५३, ८४ मा।

  24. लूका २३:३४; पनि हेर्नुहोस् मत्ती ६:१२: “हामीलाई क्षमा गर्नुहुन्छ, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गर्दछौँ।”-जुन हाम्रो क्षमापनका लागि क्षमा गर्ने हाम्रो चाहना सँग सम्बन्धित छ।

  25. लूका १५:११-३२

  26. लूका १५:२९.

  27. हामी पूनर्स्थापित् विधिहरू र करारहरूका माध्यमबाट “परमेश्वरको शक्ति” का आशीषिसहरू प्राप्त गर्न सक्छौँ, जस्तै सिद्धान्त र करार ८४:२० ले सिकाउँछ।

  28. मर्कूस ५:३६; पनि हेर्नुहोस लूका ८:५०|

  29. हेर्नुहोस् “Joseph Smith’s First Prayer,” Hymns, no. 26.