धर्मशास्त्रका कथाहरू
अय्यूब


“अय्युब,” पुरानो करारका कथाहरू (२०२१)

“अय्युब,” पुरानो करारका कथाहरू

अय्यूब १–३; १९; ३८–४२

अय्यूब

परमप्रभुको प्रेममा विश्वास राख्दै

अय्यूब परिवार रातिको खाना खाँदै

अय्यूब एक असल मानिस थिए जसले परमप्रभुलाई प्रेम गर्थे र उहाँका आज्ञाहरू पालना गर्थे । उनी र तिनकी पत्नीका १० जना छोराछोरीहरू थिए र उनीसँग धेरै जनावरहरू र ठूलो धनसम्पत्ति थियो ।

अय्यूब १:१–५

अय्युब आँधी हेर्दै

परमप्रभुले अय्यूबको आस्थाको जाँच गर्न दिनुभयो । अय्यूबले कठीन विषयहरू अनुभव गरे ।

अय्यूब १:६-१२

अय्यूबको घरमा आगो

एक दिन अय्यूबका धेरै जनावर चोरिए । पछि आगोले अय्यूबको सबै सम्पत्ति जलायो र तिनका सबै नोकरहरू र अन्य जनावरहरू मारिए । त्यसपछि आँधीले अय्यूबको छोराको घर ढालायो । अय्यूबका छोराछोरीहरू भित्र थिए र तिनीहरू सबै मरे । स्वास्थ्य बाहेक अय्यूब र तिनकी पत्नीको अरू केही थिएन ।

अय्यूब १:१३–१९

अय्यूब र तिनकी पत्नी प्रार्थना गर्दै

अय्यूब र तिनकी पत्नी दुःखी थिए । तिनीहरूले आफ्ना छोराछोरी सहित सबै गुमाए । तर अय्यूबको अझै पनि परमप्रभुमा आस्था थियो । के भयो त्यसका लागि उनले परमप्रभुलाई दोष दिएनन् ।

अय्यूब १:२०–२२

अय्यूबकी पत्नी बिरामी अय्यूबलाई खुबाउँदै

त्यसपछि अय्यूब धेरै बिरामी भए । उनको शरीरमा पीडादायी घाउहरूले ढाकिएको थियो । अय्यूब र तिनकी पत्नी यी सबै नराम्रा विषयहरू किन भइरहेका छन् भनेर छक्क परे ।

अय्यूब २:७-९; ३:१-११

अय्यूबलाई ब्रह्माण्ड देखाउँदै येशू

परमप्रभुले अय्यूबसँग कुरा गर्नुभयो र उनलाई पृथ्वी, ताराहरू र सबै जीवित बस्तुहरू देखाउनुभयो । परमप्रभुले अय्यूबलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउनुभयो । सबै विषयहरू स्वर्गका पिताका छोराछोरीहरूलाई उहाँका पुत्र येशू ख्रीष्टका बारेमा सिक्न र उहाँलाई पछ्याउनका लागि सहयोग गर्न सृष्टि गरिएको थियो ।

अय्यूब ३८-४१

अय्यूब र परिवार

अय्यूबले पश्चात्ताप गरे र शङ्काका लागि उनलाई क्षमा गर्न परमप्रभुलाई अनुरोध गरे । उनले परमप्रभुमा विश्वास गर्ने प्रतिज्ञा गरे । अय्यूबले उहाँलाई माया गर्थे भनेर परमप्रभुलाई थाहा थियो । उहाँले अय्यूबलाई निको पार्नुभयो र उनलाई पहिलेको भन्दा दुई गुणा धेरै छोराछोरी र धनको आशीर्वाद दिनुभयो ।

अय्युब १९:२५–२६; ४२