EnglishConnect for Missionaries
पाठ १०: दैनिक दिनचर्या


“पाठ १०: दैनिक दिनचर्या,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ १०,” सिकारूहरूका लागि EnglishConnect २

दुईजना महिलाहरू हाँस्दै

Lesson 10

Daily Routines

उद्देश्य: म दैनिक र साप्ताहिक दिनचर्याहरूका सम्बन्धमा वर्णन गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: You Are a Child of God

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ

I am a child of God with eternal potential and purpose.

म अनन्त सम्भाव्यता र उद्देश्य भएको परमेश्वरको सन्तति हुँ ।

तपाईंहरू परमेश्वरकाछोरी वा छोरा हुनुहुन्छ । तपाईंहरूलाई सिक्नका लागि सहयोग गर्न उहाँसँग धेरै छ । उहाँले तपाईंहरूलाई आफ्नो अनन्त क्षमतामा पुग्न सहयोग गर्न चाहनुहुन्छ । कहिलेकाहीँ यो असम्भव लाग्न सक्छ । हामीले बाइबलमा, मरियम नाम गरेकी युवतीका सम्बन्धमा पढ्छौँ । एक स्वर्गदूत उनका सामु देखा परे र उनलाई भने कि उनी येशू ख्रीष्ट, सबैका मुक्तिदाताका आमा हुने छिन् । उनले परमेश्वरको पुत्रलाई पृथ्वीमा आफ्नै छोराको रूपमा हुर्काउने छिन् । सम्भवतः मरियमले स्वर्गमा हुनुहुने पिताले उनले के गरेको र के बनेको चाहनुहुन्छ भन्ने विषयमा अभिभूत भएको महसुस गरिन्, तर स्वर्गदूतले उनलाई भने:

“किनकि परमेश्वरका लागि केही असम्भव छैन” (लूका १:३७) ।

परमेश्वरसँग, असम्भव सम्भव हुन्छ । मरियम परमेश्वरका पुत्रको आमा बनिन् । मरियम जस्तै, परमेश्वरले तपाईंहरूलाई आफ्नो क्षमतामा पुग्न र जीवनमा आफ्नो उद्देश्य पूरा गर्न सहयोग गर्न चाहनुहुन्छ । उहाँलाईप्रार्थना गर्नुहोस् र उहाँलाई सोध्नुहोस् कि उहाँले तपाईंहरूले के गरेको चाहनुहुन्छ । तपाईंहरूले उहाँको आत्माबाट प्राप्त गरेका विचार र भावनाहरूलाई अनुसरण गर्नुहोस् । उहाँले तपाईंहरूको मार्गदर्शन गर्नुहुने छ । सम्भवतः तपाईंहरूले शिक्षा प्राप्त गर्न वा आफ्नो परिवारका आवश्यकता पूरा गर्नका लागि सक्षम बन्न अङ्ग्रेजी सिक्नु आवश्यक छ । स्मरण गर्नुहोस् कि “परमेश्वरका लागि केही असम्भव छैन ।” परमेश्वरसँग, तपाईंहरू अङ्ग्रेजी सिक्न सक्नुहुन्छ । परमेश्वरसँग, तपाईंहरू आफ्नो अनन्त क्षमतामा पुग्न सक्नुहुन्छ ।

गब्रिएल र मरियम

Ponder

  • तपाईंहरूको विचारमा परमेश्वरले तपाईंहरूले के गरेको चाहनुहुन्छ ?

  • जब परमेश्वरले तपाईंहरूलाई असम्भव लागेका कार्यहरू गर्न तपाईंहरूलाई आमन्त्रण गर्नुहुन्छ, तपाईंहरू कसरी आस्थामा कार्य गर्न छनोट गर्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । नयाँ शब्दहरू प्रयोग गरेर तपाईंको EnglishConnect समूहबाट साथीलाई सन्देश पठाउनुहोस् ।

every

हरेक

Time

day

दिन

week

हप्ता

weekend

सप्ताहान्त

morning

बिहान

afternoon

अपह्रान्न

evening

साँझ

month

महिना

Verbs

clean the house

घरसफा गर्नुहोस्

do laundry

लुगा धुनुहोस्

eat breakfast

बिहानको खाना खानुहोस्

get dressed

लुगा लगाउनुहोस्

get up

उठ्नुहोस्

go dancing

नृत्य गर्न जानुहोस्

go shopping

किनमेल गर्न जानुहोस्

take a shower

नुहाउनुहोस्

watch videos

भिडियो हेर्नुहोस्

Adverbs

always

सदैव

usually

प्रायश:

sometimes

कहिले काहीँ

never

कहिल्यै पनि होइन

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: What do you do every (time)?A: I (verb) every (time).

Questions

नमूना १ प्रश्न तपाईं हरेक पटक के गर्नुहुन्छ

Answers

नमूना १ उत्तर हरेक पटक म क्रिया गर्छु

Examples

Q: What do you do every week?A: I do laundry every week.

नुहाउने फोहरा

Q: What do you do every morning?A: I get up and I take a shower.

Q: What does he do on Mondays?A: He goes shopping on Mondays.

घरमा नाँच्दै दुई महिला

Q: What do they do on weekends?A: They go dancing on weekends.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । सहपाठी सँग वार्तालापमा नमूनाहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरू संवाद गर्न वा सन्देश पठाउन सक्नुहुन्छ ।

Q: When do you (verb)?A: I (adverb) (verb) every (time).

Questions

नमूना २ प्रश्न तपाईंहरूले कहिले क्रिया गर्नुहुन्छ

Answers

नमूना २ उत्तर म हरेक पटक क्रियाविशेषण क्रिया गर्छु

Examples

किनमेल गर्ने झोला बोक्दै व्यक्ति

Q: When do you go shopping?A: I always go shopping every week.

Q: When does he take a shower?A: He usually takes a shower every morning.

दुई जना मानिस घर सफा गर्दै

Q: When do they clean the house?A: They sometimes clean the house on Fridays.

Q: When does she watch videos?A: She never watches videos.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: You Are a Child of God

(20–30 minutes)

गब्रिएल र मरियम
  • यस पाठको लागि सिकाइका सिद्धान्त ठूलो स्वरमा पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमा छलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

तालिकाहरूमा हेर्नुहोस् । सारा र डेनिएलले के गर्नुहुन्छ भन्ने सम्बन्धमा प्रश्न सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

go to school

विद्यालय जानुहोस्

play computer games

कम्प्यूटरमा खेलहरू खेल्नुहोस्

work

काम

Examples

बाहिर नाच्दै मानिसहरू
  • A: What does Sara do on Fridays?

  • B: She goes dancing on Fridays.

ट्याब्लेटमा हेर्दै युवा
  • A: When does Daniel watch shows?

  • B: He watches shows on Monday, Wednesday, and Friday evenings.

Chart 1: Sara’s Schedule

साराको साप्ताहिक तालिका

Chart 2: Daniel’s Schedule

डेनिएलको साप्ताहिक तालिका

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंको दिनचर्याका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

exercise

व्यायाम

play games

खेलकुदहरू खेल्नुहोस्

Example

  • A: What do you do every evening?

  • B: I play games and take a shower every evening.

  • A: What do you do on Thursdays?

  • B: I exercise on Thursdays.

  • A: When do you do laundry?

  • B: I usually do laundry on Saturdays.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask about others’ routines.

    अरूहरूका दिनचर्याका सम्बन्धमा सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about my and others’ routines.

    मेरो र अरूहरूको दिनचर्याका सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“तपाईंहरू वास्तवमा को हुनुहुन्छ भनेर बुझ्नुहोस् । तपाईंहरूका स्वर्गका पितालाई येशू ख्रीष्टको नाममा सोध्नुहोस्, उहाँले तपाईंहरू र यहाँ पृथ्वीमा तपाईंहरूको लक्ष्यका सम्बन्धमा कस्तो महसुस गर्नुहुन्छ । यदि तपाईंहरूले वास्तविक उद्देश्यका साथ सोध्नुभयो भने, समयसँगै आत्माले तपाईंहरूलाई जीवन-परिवर्तन गर्ने सत्य मन्द आवाजमा बताउने छ । ती प्रेरणाहरूको अभिलेख राख्नुहोस् र तिनीहरूलाई प्रायश: समीक्षा गर्नुहोस् र जस्ताको त्यस्तै अनुशरण गर्नुहोस् ।

“म तपाईंहरूलाई प्रतिज्ञा गर्छु कि जब तपाईंहरूले आफ्ना स्वर्गका पिताले तपाईंहरूलाई कसरी हेर्नुहुन्छ र उहाँका लागि तपाईंहरूले के गर्नुभएको चाहनुहुन्छ भन्ने विषयको एक झलक प्राप्त गर्न सुरु गर्नुहुन्छ, तपाईंहरूको जीवन कदापि उस्तै हुने छैन!” रसल एम्. नेल्सन, Facebook, सेप्टेम्बर १०, २०१९, facebook.com/russell.m.nelson) ।