2020–2024
हे परमेश्वरका करारवद्ध सन्ततिहरू
अक्टोबर २०२४ को साधारण सम्मेलन


12:32

हे परमेश्वरका करारवद्ध सन्ततिहरू

उहाँका सबै सन्ततिहरूलाई सुरक्षित रूपमा उहाँकहाँ ल्याउने उहाँको कार्यमा सहयोग गर्नका लागि परमेश्वरले तपाईंहरू करारका सन्ततिहरूमा भरोसा गर्नुहुन्छ ।

एल्डर स्टिभेन्सनले भन्नुभयो, यो कदापि बिर्सन नहुने सम्मेलन हो ।

Children’s Letters to God (परमेश्वरका लागि बालबालिकाहरूका चिट्ठीहरू) भनिने सानो पुस्तकबाट हाम्रो परिवारले सदैव प्रसन्नता प्राप्त गरेको छ । ती मध्ये यहाँ केही छन्:

“प्रिय परमेश्वर, मानिसहरूलाई मर्न दिनु र नयाँ मानिसलाई जन्माउनुको सट्टा, अहिले हजुर सँग भएकाहरूलाई हजुरले किन राख्नुहुँदैन?”

“हजुर सँग किन दश नियमहरू मात्रै छन् तर हाम्रो विद्यालयमा असङ्ख्य छन्?”

“यदि हजुरले तिनीहरूलाई पुनः बाहिर निकाल्नु हुन्छ भने हजुरले घाँटीका गलतुण्डिकाहरू किन भित्र राख्नुभयो?”

आज यी सबै प्रश्नहरूको उत्तर दिने समय छैन तर त्यहाँ अर्को प्रश्न छ जुन म प्राय: युवाहरूबाट सुन्छु जुन म सम्बोधन गर्न चाहन्छु । उलानबाटार, मङ्गोलियादेखि थमस, आइडहोसम्म, प्रश्न एउटै छ: “किन? पछिल्ला दिनका सन्तहरूले किन अरूहरू भन्दा पृथक तरिकाले जिउनु पर्छ?”

मलाई जानकारी छ फरक हुन कठीन छ—विशेष गरी त्यस समयमा जब तपाईंहरू वयस्क हुनुहुन्छ र अरू मानिसहरूले तपाईंहरूलाई मन पराऊन् भनेर अति नै चाहनुहुन्छ । सबैजनाले आफूलाई स्वीकार गरिएको चाहनुहुन्छ र त्यो चाहना सामाजिक सञ्जाल र साइबर बुलिङले भरिपूर्ण आजको प्रविधिहरूपूर्ण संसारमा अस्वस्थ अनुपातमा बढाइएको छ ।

त्यसोभए, त्यो सबै दबाब सँगै, पछिल्ला दिनका सन्तहरूले किन यति पृथक तरिकामा जीवन जिउनुहुन्छ? त्यहाँ धेरै सही उत्तरहरू छन्: किनभने तपाईंहरू परमेश्वरको सन्तति हुनुहुन्छ । किनभने तपाईंहरूलाई अन्तिम दिनका लागि संरक्षण गरेर राखिएको छ । किनभने तपाईंहरू येशू ख्रीष्टको शिष्य हुनुहुन्छ ।

परन्तु ती उत्तरहरूले तपाईंहरूलाई सदैव पृथक देखाउँदैनन् । हरेक व्यक्ति परमेश्वरका सन्तति हुनुहुन्छ । हाल् पृथ्वीमा हुनुभएका सबैलाई यी पछिल्ला दिनहरूमा यहाँ पठाइएको थियो । अनि तैपनि सबैले ज्ञानका वचन वा पवित्रताको नियमलाई तपाईंहरूले प्रयास गर्ने तरीकामा पालना गर्नुहुँदैन । त्यहाँ ख्रीष्टका धेरै साहसी शिष्यहरू हुनुहुन्छ जो यस चर्चका सदस्यहरू हुनुहुँदैन । परन्तु उहाँहरूले सुसमाचार प्रचारका सेवाहरू गगर्नुहुँदैन र तपाईंहरूले जस्तै पुर्खाहरूका लागि परमप्रभुका गृहहरूमा विधिहरू निर्वाह गर्नुहुँदैन । ती मध्ये यसमा थप केही हुनु पर्छ —र त्यहाँ छ ।

आज म मेरो जीवनमा अर्थपूर्ण रहेको थप कारणका सम्बन्धमा ध्यान केन्द्रित गर्न चाहन्छु । १९८८ मा, रसल एम्. नेल्सन नाम हुनुभएका एक युवा प्रेरितले ब्रिघम यङ्ग विश्वविद्यालयमा “Thanks for the Covenant.” “करारका लागि धन्यवाद” भन्ने विषयमा सम्बोधन गर्नुभयो । यसमा, तत्कालीन-एल्डर नेल्सनले व्याख्या गर्नुभयो कि जब हामी हाम्रो मरणशील जीवनको छनोटको स्वतन्त्रतालाई परमेश्वर सँग करारहरू निर्माण र पालना गर्न प्रयोग गर्छौं, हामी परमेश्वरले हाम्रा पुर्खाहरू सँग हरेक समयावधिमा गर्नुभएको अनन्त करारको उत्तराधिकारी बन्छौँ । अर्को तरिकामा भन्दा, हामी “करारका सन्ततिहरू” बन्छौँ । यसले हामीहरूलाई पृथक बनाउँछ । यसले हामीलाई उत्तराधिकार सहित हाम्रा पुर्खाका पिता र माताहरूले प्राप्त गर्नुभएको समान आशीर्वादहरूमा पहुँच दिन्छ ।

उत्तराधिकार! तपाईंहरूले त्यो शब्द सुन्नु भएको होला । हामी यस सम्बन्धमा भजन पनि गाउँछौँ: “हे परमेश्वरका करारवद्ध सन्ततिहरू, निरन्तरता दिनुहोस्, निरन्तरता दिनुहोस्, निरन्तरता दिनुहोस्!” यो एक मोहित गर्ने शब्द हो । परन्तु यसको अर्थ के हो?

पुरानो करारको समयमा यदि कुनै पिताको मृत्यु भयो भने, उत्तरधिकार प्राप्त गर्ने उनका छोरा आफ्नो आमा र दिदीबहिनीहरूको हेरचाहका लागि उत्तरदायी हुन्थे । उहाँका भाइहरूले आफ्नो उत्तराधिकार प्राप्त गर्थे र आफूलाई स्थापित् गर्न र जीवनमा सफलता प्राप्त गर्ने प्रक्रियामा संलग्न हुन्थे तर उत्तराधिकार प्राप्त गर्ने छोरा कतै जाँदैनथे । उहाँले विवाह गर्नुहुन्थ्यो र उहाँको आफ्नै परिवार हुन्थ्यो तर उहाँले आफ्नो पिताको सम्पत्तिको संरक्षण गर्न आफ्नो जीवनको अन्त्यसम्म रहिरहनुहुन्थ्यो । यो थपिएको उत्तरदायित्वका कारण, उहाँलाई उत्तराधिकारीका रूपमा थप सम्पत्ति दिइन्थ्यो । के अगुवाइ गर्न र अरूहरूको हेरचाह गर्न भनिदा अति नै मागिएको थियो? जब तपाईंहरू उहाँलाई दिइएका अतिरिक्त उत्तराधिकारलाई विचार गर्नुहुन्छ तब यस्तो थिएन ।

आज हामी सांसारिक परिवारमा तपाईंहरूको जन्मको क्रम वा पुरानो करारका लिङ्गका भूमिकाहरूका सम्बन्धमा छलफल गरिरहेका छैनौँ । संयुक्त उत्तराधिकारीका रूपमा तपाईंहरूले ख्रीष्टबाट प्राप्त गर्नुहुने उत्तराधिकारका सम्बन्धमा हामी छलफल गर्दै छौँ करारबद्ध सम्बन्धका कारण तपाईंहरूले उहाँ र स्वर्गमा रहनुहुने पिता सँगै प्रवेश गर्न छनोट गर्नुभएको छ । तपाईंहरूले उहाँहरूलाई सही रूपमा अगुवाइ र सेवा गर्न सक्नुहुन्छ भनेर उहाँका अन्य सन्ततिहरू भन्दा पृथक रूपमा जीवन बिताउनुहोस् भनेर तपाईंहरूबाट अपेक्षा गर्नु परमेश्वरका लागि अति नै हो? यो त्यतिबेला हुने छैन जब तपाईंहरूले ती आशीर्वादहरूका सम्बन्धमा विचार गर्नुहुन्छ—जुन सांसारिक र आत्मिक दुबै रूपमा—तपाईंहरूलाई दिइएको छ ।

के तपाईंहरूको उत्तराधिकार भनेको तपाईंहरू अरूहरू भन्दा असल हुनुहुन्छ भन्ने हो? होइन, तर यसको अर्थ यो हो कि अरूहरूलाई अझै असल बन्न सहयोग गर्नुहोस् भनेर तपाईंहरू सँग अपेक्षा गरिएको छ । के तपाईंहरूको उत्तराधिकारको अर्थ तपाईंहरू छनोट गरिनुभयो भन्ने हो? हो,तर अरूमाथि शासन गर्न छनोट गरिएको होइन; तपाईंहरूलाई उहाँहरूको सेवा गर्न छनोट गरिएको हो । के तपाईंहरूको उत्तराधिकार परमेश्वरको प्रेमको प्रमाण हो? हो, तर अझै महत्त्वपूर्ण विषय, यो उहाँको भरोसाको प्रमाण हो ।

प्रेम गरिनु एउटा विषय हो र भरोसा गरिनु पूर्ण रूपमा भिन्न विषय हो । युवाहरूको शक्तिका लागि निर्देशिकामा हामी पढ्छौँ : “स्वर्गमा रहनुहुने तपाईंहरूका पिताले तपाईंहरूलाई भरोसा गर्नुहुन्छ । उहाँले तपाईंहरूलाई सुसमाचारको पूर्णता र पवित्र विधि र करारहरू सहित महान् आशीर्वादहरू दिनुभएको छ जसले तपाईंहरूलाई उहाँमा बाँध्छ र उहाँको शक्तिलाई तपाईंहरूको जीवनमा ल्याउँछ । ती आशीर्वादहरू सँगै थप उत्तरदायित्व आउँछन् । तपाईंहरूले संसारमा भिन्नता ल्याउन सक्नुहुन्छ र त्यसका लागि, धेरै अवस्थामा, तपाईंहरू संसारबाट पृथक हुनु आवश्यक छ भनेर उहाँलाई जानकारी छ ।

हाम्रो मरणशील अनुभवलाई एउटा क्रूज जहाज सँग तुलना गर्न सकिन्छ जसमा परमेश्वरले आफ्ना सबै सन्ततिहरूलाई एक किनारबाट अर्को किनारसम्मको यात्रामा पठाउनुभएको छ । यो यात्रा सिक्ने, उन्नति गर्ने, खुसी हुने र प्रगति गर्ने अवसरहरूले भरिपूर्ण छ तर यो खतराहरूले पनि भरिपूर्ण छ । परमेश्वरले आफ्ना सबै सन्ततिहरूलाई प्रेम गर्नुहुन्छ र तिनीहरूको कल्याणका सम्बन्धमा चिन्तित हुनुहुन्छ । तिनीहरूमध्ये कसैलाई पनि उहाँले गुमाउन चाहनुहुँदैन, त्यसैले उहाँले उहाँका दलका सदस्यहरू बन्न इच्छुकहरूलाई आमन्त्रण गर्नुहुन्छ—तपाईंहरू तिनै व्यक्तिहरू हुनुहुन्छ। करारहरू निर्माण र पालना गर्ने तपाईंहरूको छनोटका कारण, उहाँले तपाईंहरूलाई आफ्नो भरोसा प्रदान गर्नुहुन्छ । उहाँ तपाईंहरू प्रथक, विशिष्ट र अलग भएको चाहनुहुन्छ तपाईंहरूले गर्नुपर्ने महत्त्वपूर्ण कार्यका कारण उहाँले तपाईंहरूलाई भरोसा गर्नुहुन्छ ।

त्यसका सम्बन्धमा मनन गर्नुहोस्! परमेश्वरले—पृथ्वीका सबै मानिसहरू, करारका सन्ततिहरू—उहाँका चालक दलका सदस्यहरू—उहाँका सबै सन्ततिहरूलाई सुरक्षित रूपमा उहाँकहाँ ल्याउने उहाँको कार्यमा सहयोग गर्न करारबद्ध सन्ततिहरू—तपाईंहरूमा भरोसा गर्नुहुन्छ । कुनै आश्चर्य बिना अध्यक्ष ब्रिघम यङ्गले एक पटक भन्नुभयो, “स्वर्गका सबै स्वर्गदूतहरूले यो सानो मुट्ठीभरका मानिसहरूलाई हेरिरहेका छन् ।”

जब तपाईंहरू पृथ्वी भनिने यो क्रूज जहाजमा वरिपरि हेर्नुहुन्छ, तपाईंहरूले अरू मानिसहरूलाई लाउन्ज कुर्सीहरूमा बसेर पिउँदै, क्यासिनोमा जुवा खेल्दै, धेरै पातला लुगा लगाउँदै, सेल फोनमा उद्देश्यविहिन भई निरन्तर रूपमा हेर्दै र इलेक्ट्रोनिक खेलहरू खेल्दै अत्यधिक समय बर्बाद गरिरहेको देख्न सक्नुहुन्छ । परन्तु “त्यो मैले किन गर्न सक्दिन?” भनेर सोच्नुको सट्टामा, तपाईंहरू एक साधारण यात्री होइन भनेर तपाईंहरूले सम्झन सक्नुहुन्छ । तपाईंहरू चालक दलको सदस्य हुनुहुन्छ । तपाईंहरू सँग उत्तरदायित्वहरू छन् जुन अन्य यात्रुहरूसँग छैन । दिदी आर्डेथ क्यापले एक पटक भन्नुभएको थियो, “यदि तपाईंहरू समुद्र तटमा पौडी खेल्ने अरूहरू जस्तै देखिनुहुन्छ भने तपाईंहरू जीवन [रक्षक] हुन सक्नुहुँदैन ।”

अनि तपाईंहरूले सबै अतिरिक्त दायित्वहरूबाट निरुत्साहित हुनुपूर्व, कृपया चालक दलका सदस्यहरूले अन्य यात्रुहरूले नपाउने चीज : क्षतिपूर्ति प्राप्त गर्छन् भनेर सम्झनुहोस् । एल्डर नील एल. एन्डरसनले भन्नुभएको छ, “धर्मीहरूका लागि त्यहाँ प्रतिपूरक आत्मिक शक्ति छ,” जसमा “महान् आश्वासन, महान् प्रमाणीकरण र महान् आत्मविश्वास” समावेश छ । प्राचीन समयका अब्राहामले जस्तै, तपाईंहरूले महान् खुसी र शान्ति, महान् धार्मिकता र महान् ज्ञान प्राप्त गर्नुहुने छ । स्वर्गको महल र सुनका पक्की सडकहरू मात्रै तपाईंहरूका लागि क्षतिपूर्ति होइन । उहाँसँग भएका सबै वस्तु तपाईंहरूलाई दिनु स्वर्गका पिताका लागि सजिलो छ । उहाँको चाहना तपाईंलाई उहाँ जस्तै बन्न सहयोग गर्नु हो । यसरी, तपाईंहरूका प्रतिबद्धताहरूले तपाईंहरूबाट अझै बढी अपेक्षा गर्छन् किनभने परमेश्वरले यसरी नै तपाईंहरूलाई थप उन्नति गर्ने बनाउनु हुन्छ ।

यो “कसैका लागि अधिक माग्नु हो तर तपाईंहरू कोही मात्रै हुनुहुँदैन”! तपाईंहरू परमेश्वरका करारवद्ध सन्ततिहरू हुनुहुन्छ । परमेश्वर र येशू ख्रीष्ट सँगको तपाईंहरूको करारको सम्बन्ध भरोसाको सम्बन्ध हो जसमा तपाईंहरू सँग उहाँहरूको अनुग्रह—उहाँहरूको दैवी सहयोग, सामर्थ्यको अभिदान र सक्षम गराउने शक्तिको अधिकतम मात्रामा पहुँच हुन्छ । त्यो शक्ति केवल अभिलाषी सोच, भाग्य चम्काउने वस्तु वा चमत्कार-पूर्ण अगमवाणी होइन । यो वास्तविक हो ।

जब तपाईंहरू आफ्ना जन्मसिद्ध उत्तरदायित्वहरू पूरा गर्नुहुन्छ, तपाईंहरू कहिल्यै एक्लो हुनुहुँदैन । बाटिकाका परमप्रभुले तपाईंहरू सँगै परिश्रम गर्नुहुन्छ । तपाईंहरूले येशू ख्रीष्ट सँगै निकट र प्रभावकारी रूपमा कार्य गर्दै हुनुहुन्छ । प्रत्येक नयाँ करार सँगै—अनि जब उहाँ सँगको तपाईंहरूको सम्बन्ध गहिरो हुँदै जान्छ—तपाईंहरूले एकअर्कालाई मजबुत रूपमा र दृढतापूर्वक तपाईंहरू सँगै समाहित नहुँदासम्म अझै मजबुत रूपमा समात्नुहुन्छ । उहाँको अनुग्रहको त्यो पवित्र प्रतीकमा, तपाईंले मुक्तिदाताले जिउनु भएको जीवन जस्तै—संसारले जिएको भन्दा भिन्न जीवन जिउने चाहना र सामर्थ्य दुबै प्राप्त गर्नुहुने छ । येशू ख्रीष्टले तपाईंहरूलाई प्रदान गर्नुभएका करण तपाईंहरूले यो प्राप्त गर्नुभएको छ!

२ नफी २:६ मा हामी पढ्छौँ, “यसकारण, उद्धार पवित्र मसीहमा र उहाँमार्फत् आउँछ; किनकि उहाँ अनुग्रह र सत्यले भरिपूर्ण हुनुहुन्छ ।” किनभने उहाँ सत्यले भरिपूर्ण हुनुहुन्छ,—तपाईंहरूमा त्रुटिहरू, कमजोरीहरू, पछुतोहरू र सबै हुँदा पनि उहाँले तपाईंहरूलाई त्यही रूपमा देख्नुहुन्छ जुन तपाईंहरू वास्तवमा नै हुनुहुन्छ । किनभने उहाँ अनुग्रहले भरिपूर्ण हुनुहुन्छ, उहाँले तपाईंहरूलाई वास्तवमा नै तपाईंहरू के बन्न सक्नुहुन्छ त्यही रूपमा देख्नुहुन्छ । उहाँले तपाईंहरू जहाँ हुनुहुन्छ त्यहीँ तपाईंहरूलाई भेट्नुहुन्छ र तपाईंहरूलाई पश्चात्ताप गर्न र सुधार गर्न, विजय प्राप्त गर्न र सफल बन्न सहयोग गर्नुहुन्छ ।

“महान् उत्तराधिकार भएका हे परमेश्वरका करारवद्ध सन्ततिहरू, निरन्तरता दिनुहोस्, निरन्तरता दिनुहोस्, निरन्तरता दिनुहोस्!” आज, २० वर्ष पछि र सदाका लागि—तपाईंहरूलाई प्रेम गरिएको छ—र तपाईंहरूको भरोसा गरिएको छ भनेर म गवाही दिन्छु । सुरुवाको खानाका लागि आफ्नो उत्तराधिकार नबेच्नुहोस् । मूल्यहीन वस्तुका लागि मूल्यवान् वस्तु नत्याग्नुहोस् । जब तपाईं संसार परिवर्तन गर्न जन्मनुभएको हो भने संसारले तपाईंलाई परिवर्तन गर्न नदिनुहोस् । येशू ख्रीष्टको नाममा, आमीन ।

सूचीहरू

  1. स्टुअर्ट ह्याम्पल र एरिक मार्शलमा, Children’s Letters to God (१९९१) ।

  2. हेर्नुहोस् रसल एम्. नेल्सन, “Thanks for the Covenant” (Brigham Young University devotional, नोभेम्बर २२, १९८८), speeches.byu.edu ।

  3. ३ नफी २०:२६; यो पनि हेर्नुहोस् रसल एम्. नेल्सन, “Choices for Eternity” (युवा वयस्कहरूका लागि विश्वव्यापी भक्ति सभा, मे १५, २०२२), Gospel Library; रसल एम्. नेल्सन, “Children of the Covenant,” Ensign, मे १९९५, ३२-३५ ।

  4. हेर्नुहोस् ३ नफी २०;२५; Guide to the Scriptures पनि हेर्नुहोस्, “अब्राहामिक करार”; यो पनि हेर्नुहोस् अब्राहाम २:६ (प्रतिज्ञा गरिएको भूमि: सेलेस्टियल महिमा, अनन्त परिवारहरू),उत्पत्ति १३:१६ सिद्धान्त र करार १३२:३०–३१ (वंशज: अनन्त वृद्धि), र अब्राहाम १:१८; २:११ (पादरित्व: अधिकार, साँचाहरू, विधिहरू, करारहरू र दैवी शक्ति; यो पनि हेर्नुहोस् रसल एम्. नेल्सन, “Rejoice in the Gift of Priesthood Keys,”Liahona, मे २०२४, ११९-२३) ।

  5. “Carry On,” , Hymns, नं. २५५ ।

  6. हेर्नुहोस् रसल एम्. नेल्सन, “Youth of the Noble Birthright: What Will you Choose?” (युवा वयस्कहरूका लागि चर्चको शैक्षिक प्रणाली भक्ति सभा, सेप्टेम्बर ६, २०१३), सुसमाचारको पुस्तकालय; यो पनि हेर्नुहोस् रसल एम्. नेल्सन, “Thanks for the Covenant,” speeches.byu.edu; 4; Guide to the Scriptures, “Firstborn,” Gospel Library ।

  7. हेर्नुहोस लूका १२:४२; १७:७-१०

  8. हेर्नुहोस् रोमी ८:१७; यो पनि हेर्नुहोस् सिद्धान्त र करार ७६:५४-५५; ८८:१०७

  9. परमप्रभुले भन्नुभयो, “यो सजिलो विषय हो” (१ नफी २१:६) ।

  10. हेर्नुहोस् १ पत्रुस २:९

  11. परमप्रभुले भन्नुभयो, “हे इस्राएल, तिमी मेरो सेवक हौ” (१ नफी २१:३) ।

  12. हेर्नुहोस् प्रस्थान २:२५

  13. For the Strength of Youth: A Guide for Making Choices (२०२२), ४; यो पनि हेर्नुहोस् सिद्धान्त र करार ८४:१८-२५; १०७:१८-२१; रसल एम्. नेल्सन, “Youth of the Noble Birthright: What Will you Choose?”

  14. हेर्नुहोस् सिद्धान्त र करार २०:७७

  15. हेर्नुहोस् १ पत्रुस २:९

  16. हेर्नुहोस् मोशा १:६; यो पनि हेर्नुहोस् “Aaronic Priesthood Quorum Theme,” सुसमाचारको पुस्तकालय ।

  17. Teachings of Presidents of the Church: Brigham Young (१९९७), ३०९ ।

  18. आर्डेथ ग्रीन क्याप, I Walk by Faith (१९८७), ९७ ।

  19. हेर्नुहोस् मोसीयाह २:२२, ४१; सिद्धान्त र करार ५९:२३

  20. नील एल्. एन्डर्सन, “A Compensatory Spiritual Power for the Righteous” (Brigham Young University devotional, अगष्ट १८, २०१५), ३, speeches.byu.edu ।

  21. हेर्नुहोस् अब्राहम १:२

  22. हेर्नुहोस् ड्यालिन एच्. ओक्स, “With Full Purpose of Heart,” (२००२), ३८ ।

  23. केनेथ कोप, “The Best for Last,” Voices (एल्बम, १९९१) ।

  24. हेर्नुहोस् अल्मा ५३:२०; ५७:२७

  25. हेर्नुहोस् डिटर एफ्. उक्डोर्फ, “The Gift of Grace,” Liahona, मे २०१५, १०७; यो पनि हेर्नुहोस् Guide to the Scriptures, “Grace,” Gospel Library ।” धर्मशास्त्रहरूमा गरिएका परमेश्वरको शक्तिका भिन्न वर्णनहरूका कारण म अन्योलमा पर्थेँ । तिनीहरूले सक्षम शक्तिका रूपमा अनुग्रहका सम्बन्धमा बताउँछन् (हेर्नुहोस् फिलिप्पी ४:१३) परन्तु शक्तिको रूपमा ख्रीष्टको ज्योतिलाई पनि ( सिद्धान्त र करार ८८:१३ हेर्नुहोस्) । हामी आस्थाका शक्तिका सम्बन्धमा पढ्छौँ (हेर्नुहोस् अल्मा १८:३५), पवित्र आत्माको शक्ति (हेर्नुहोस् मोरोनी १०:७) र मन्दिरहरूमा प्रतिज्ञा गरिएको उच्चबाट आउने शक्ति (हेर्नुहोस् सिद्धान्त र करार ३८:३२; १०५:११) । धर्मशास्त्रहरूले पादरित्वका शक्तिका सम्बन्धमा पनि सिकाउँछन् (हेर्नुहोस् सिद्धान्त र करार ११३:८ । एउटा कहाँ समाप्त भयो र अर्को कहाँ सुरु भयो भनेर मैले पत्ता लगाउन सकिन । अन्त्यमा, ‘परमेश्वरको शक्ति बाहेक अन्य कुनै शक्ति छैन’ भनेर मैले महसुस गरेँ (सिद्धान्त र करार ८:७; यो पनि हेर्नुहोस् रोमी १३:१) । परमेश्वरको शक्तिका भिन्न तहहरूले भिन्दाभिन्दै शक्तिहरूको वर्णन गर्दैनन् तर एउटै शक्तिका भिन्न मात्रा, उपयोग र पक्षहरूको वर्णन गर्छन् । (ब्राड विल्कोक्स, Changed through His Grace [२०१७], ४७) ।

  26. हेर्नुहोस् याकूब ५:७२

  27. हेर्नुहोस् याकूब ६:५

  28. हेर्नुहोस् ३ नफी २२:१७

  29. भजनहरू नं. २५५ ।

  30. हेर्नुहोस् उत्पत्ति २५:२९-३४

  31. ३ नफी २०:३८; यशैया ५५:२पनि हेर्नुहोस् ।