2020–2024
येशू नै जवाफ हुनुहुन्छ
अक्टोवर २०२२ को साधारण सम्मेलन


10:51

येशू नै जवाफ हुनुहुन्छ

तपाईंहरूका चुनौतीहरू जस्तोसुकै अप्ठ्यारा र भ्रमित तुल्याउने नै किन नहुन्, तपाईंहरूले सदैव सम्झन सक्नुहुन्छ कि जवाफ सरल छ; त्यो सदैव येशू नै हुनुहुन्छ ।

यस सम्मेलनको सत्रमा तपाईंहरूसामु बोल्न पाउनु मेरा लागि सम्मानको विषय हो । आज म तपाईंहरूलाई मित्रको नाताले सम्बोधन गर्दछु । यूहन्नाको सुसमाचारमा मुक्तिदाताले सिकाउनुभयो कि यदि हामीले उहाँले भन्नुभएका चीजहरू गर्‍यौँ भने हामीहरू उहाँका मित्र हौँ ।

यो हाम्रो मुक्तिदाताप्रतिको व्यक्तिगत अनि सामूहिक प्रेम र उहाँसँगको हाम्रो करार हो जसले हामीलाई सदैव बाँध्दछ । अध्यक्ष आइरिङले सिकाउनु भएको जस्तै: “तपाईंहरूलाई म भन्न चाहन्छु कि परमप्रभुले तपाईंहरूलाई धेरै प्रेम गर्नुहुन्छ र तपाईंहरूमा भरोसा राख्नुहुन्छ । अनि त्यो भन्दापनि, म तपाईंहरूलाई भन्न चाहन्छु उहाँ तपाईंहरूप्रति कति निर्भर हुनुहुन्छ ।”

जब मलाई अध्यक्ष नेल्सनद्वारा साधारण अधिकारीका रूपमा बोलावट गरियो, म संवेगले विह्वल भएँ । त्यो विह्वल पार्ने खालको थियो । मेरी श्रीमती, जूली र मैले शनिबार अपरान्हको सत्रको साधारण सम्मेलनलाई उत्सुकताका साथ गर्‍यौँ । समर्थन गरिनु एक विनम्र तुल्याउने अनुभव थियो । म सावधानीपूर्वक खुड्किलाहरू गन्दै मेरो कुर्सीतर्फ गएँ ताकि मेरो पहिलो कार्यभारमा नलऔँ ।

त्यस सत्रको अन्त्यमा केही कुरा भयो जसको ममा गहिरो असर परेको छ । गणका सदस्यहरू पङ्तिवद्ध रूपमा उभिनुभयो र हामीलाई एक एक गरी स्वागत् गर्नुभयो । हरेकले आफ्नो प्रेम र समर्थन देखाउनुभयो । हृदयदेखि अङ्कमाल गरेर उहाँहरूले भन्नुभयो, “चिन्ता नगर्नुहोस्— तपाईं हामीसँगै हुनुहुन्छ ।”

मुक्तिदातासँगको हाम्रो सम्बन्धमा, उहाँ हाम्रो हृदय हेर्नुहुन्छ र मानिसलाई पक्षपात गर्नुहुँदैन । कसरी उहाँले आफ्ना प्रेरितहरूलाई छनोट गर्नुभयो विचार गर्नुहोस् । उहाँले प्रतिष्ठा वा धनको वास्ता गर्नु भएन । उहाँले हामीलाई उहाँलाई अनुशारण गर्न आमन्त्रण गर्नुहुन्छ अनि म विश्वास गर्दछु कि उहाँले हामीलाई हामी उहाँकै हौँ भनेर आश्वासन दिनुहुन्छ ।

यो सन्देश विषेशगरी चर्चका युवाहरूकालाई लागू हुन्छ । म तपाईंहरूमा त्यो देख्छु जुन अध्यक्ष नेल्सन देख्नुहुन्छ । उहाँ भन्नुहुन्छ कि “यस पिढीका युवामा निर्विवाद रूपमा कुनै विशेष चीज छ । यो समयमा तपाईंलाई पृथ्वीमा पठाउनका लागि स्वर्गमा रहनुहुने तपाईंका पितासँग तपाईंमाथि महान् विश्वास रहेको हुनुपर्दछ । तपाइँ महानताका लागि जन्मनु भएको थियो !”

युवाहरूबाट मैले सिक्ने विषयहरूका लागि म कृतज्ञ छु । म कृतज्ञ छु मेरा छोराछोरीहरूले मलाई सिकाउने विषयहरूका लागि, सुसमाचार प्रचारकहरूले मलाई सिकाउने विषयहरूका लागि, अनि मेरा भतिज भतिजीहरूले मलाई सिकाउने विषयहरूका लागि म कृतज्ञ छु ।

केही समय अघि, म मेरो भतिज नशसँग खेतमा काम गर्दै थिएँ । ऊ छ वर्षको भयो र विशुद्ध हृदयको छ । ऊ मेरो नश नाम गरेको मनपर्ने भतिज हो अनि म उसको मनपर्ने ठुलोबुबा हुँ जो आज सम्मेलनमा बोलिरहेको छु ।

जब हाम्रा परियोजनाका लागि उनले मलाई समाधान दिए, मैले भने, “नश, त्यो आति नै उत्तम विचार हो । तिमी कसरी यति तिष्ण वुद्धिका भयौ ? उनले आफ्नो अनुहारको भाव परिवर्तन गरेर मलाई हेरे जसले भने कि, “रायन ठुलोबुबा, यो प्रश्नको उत्तर तपाईंलाई कसरी थाहा छैन?”

उनले केवल आफ्ना कमहरू हल्लाए, मुस्कुराए र आत्मविश्वासका साथ भने, “येशू।”

त्यस दिन नशले मलाई यो साधारण तर गहन शिक्षा स्मरण गराए । साधारण प्रश्नहरू र सबैभन्दा अप्ठ्यारा समस्याहरूको जवाफ जहिलेपनि एउटै हुन्छ । येशू ख्रीष्ट नै जवाफ हुनुहुन्छ । उहाँमा हरेक समाधान पाइन्छ ।

यूहन्नाको सुसमाचारमा, मुक्तिदाताले उहाँका अनुयायीहरूलाई भन्नुभयो कि उहाँले तिनीहरूका लागि एक स्थान तयार पार्नुहुनेछ । थोमस भ्रममा परे र मुक्तिदातालाई सोधे:

“हे परमप्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ, हामी जान्दैनौँ, तब हामीले बाटो कसरी चिन्ने?”

येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ: मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।”

येशूले आफ्ना अनुयायीहरूलाई सिकाउनुभयो कि उहाँ नै “बाटो, सत्य र जीवन हुनुहुन्छ ।” स्वर्गमा रहनुहुने पिताकहाँ कसरी आउने भन्ने प्रश्नको जवाफ उहाँ नै हुनुहुन्छ । हाम्रो जीवनमा उहाँको दैवी भूमिकाका सम्बन्धमा गवाही प्राप्त गर्ने बारे एक युवकका रूपमा मैले सिकेँ ।

अर्जेन्टिनामा एक सुसमाचार प्रचारकका रूपमा सेवारत रहँदा, अध्यक्ष हन्टरले हामीलाई केही गर्न आमन्त्रण गर्नुभयो जसले मेरो जीवनमा गहिरो प्रभाव परेको छ । उहाँले भन्नुभयो: “हामीले ख्रीष्टलाई चिनेको भन्दा अझै राम्ररी चिन्नुपर्दछ; हामीले उहाँलाई समझिएको भन्दा अझै बढी उहाँलाई सम्झनु पर्दछ; हामीले उहाँलाई सेवा गरेको भन्दा साहसपूर्वक अझै बढी सेवा गर्नुपर्दछ ।6

त्यससमयमा, एक असल सुसमाचार प्रचारक कसरी बन्ने भन्ने बारेमा म चिन्तित थिएँ । यही नै जवाफ थियो: ख्रीष्टलाई चिन्ने, उहाँलाई सम्झने अनि उहाँको सेवा गर्ने । संसारभर सुसमाचार प्रचारकहरू : “अरूलाई पूनर्स्थापित सुसमाचार प्राप्त गर्न सहयोग गरेर ख्रीष्टमा र उहाँको प्रायश्चित्तमा आस्था राख्दै,” अनि “पश्चाताप, बप्तिस्मा, पवित्र आत्माको उपहार र अन्त्यसम्म सहँदै” ख्रीष्टकहाँ आउन आमन्त्रण गर्ने यो उद्देश्यमा एकत्रित हुन्छन् । ती सबै साथीहरू जो सुसमाचार प्रचारकहरूलाई सुन्दैहुनुहुन्छ, ख्रीष्टमा आउनुहोस् भन्दै म मेरो आमन्त्रण थप्दछु । हामी सँगै उहाँलाई बुझ्ने, उहाँलाई सम्झने अनि उहाँको सेवा गर्ने प्रयास गर्नेछौँ ।

सुसमाचार प्रचार सेवा गर्नु मेरो जीवनको एक पवित्र समय थियो । पूर्णकालिन सुसमाचार प्रचारकका रूपमा उहाँसँगको मेरो अन्तिम अन्तर्वार्तामा अध्यक्ष ब्लेयर पिनककले सुसमाचार प्रचार क्षेत्रमा अगुवाहरू परिवर्तन हुनेबारे बताउनुभयो किनकि उहाँ र उहाँकी श्रीमती पनि आफ्नो सेवाको अन्तिम चरणमा हुनुहुन्थ्यो । आफूलाई अति नै मन पर्ने विषय छोडेर जानुपर्ने हुनाले हामी दुबैजना दुखित थियौँ । अब म पूर्णकालीनसुसमाचार प्रचारक बन्ने छैन भन्ने सोचेर म चिन्तित भएको उहाँले महसूस गर्नुहुन्थ्यो । उहाँ आस्थाको महान् मानिस हुनुहुन्थ्यो अनि उहाँले पहिलाका ती दुई वर्ष जस्तै मलाई प्रेमपूर्वक सिकाउनुभयो । उहाँले आफ्नो टेबुलमाथि रहेको येशू ख्रीष्टको तस्वीर देखाउँदै भन्नुभयो, “एल्डर ओल्सन, सबै सही हुनेछ किनकि यो उहाँको कार्य हो । यो जानेर म विश्वस्त भयौँ कि मुक्तिदाताले हामीलाई सहयोग गर्नुहुनेछ, हाम्रो सेवाकालमा मात्र नभइकन तर सदैव—यदि हामीले उहाँलाई गर्न दियौँ भने ।

दिदी पिन्ककले आफ्ना हृदयको गहिराइदेखि साधारण स्पेनी वाक्यांशहरू मार्फत् हामीलाई सिकाउनुहुन्थ्यो । जब उहाँले, “हेसु ख्रिस्तो विवे (Jesus Christ lives),” भन्नुभयो मलाई थाहा थियो कि त्यो सत्य थियो र उहाँ जीवित हुनुहुन्थ्यो । जब उहाँले भन्नुभयो, “एल्डेर वाइ हेर्माना, लेस आमो (Elders and Sisters, I love you),” मलाई थाहा थियो कि उनले हामीलाई प्रेम गर्नुहुन्छ र हामीले मुक्तिदातालाई सदैव अनुशारण गरेको चाहनुहुन्थ्यो ।

मेरी श्रीमती र मैले हालै यूरुग्गेमा सुसमाचार प्रचारका अगुवाहरूका रूपमा विशिष्ट सुसमाचार प्रचारकहरूसँग सेवा गर्ने आशीष पापायौँ । म भन्दछु कि तिनीहरू संसारका उत्कृष्ट सुसमाचार प्रचारकहरू थिए अनि म विश्वास गर्दछु कि हरेक सुसमाचार प्रचारकका अगुवाहरूले यस्तै महसुस गर्नुहुन्छ । यी अनुयायीहरूले हामीलाई मुक्तिदातालाई अनुशरण गर्ने बारे हरेक दिन सिकाए ।

नियमित अन्तवार्ताको समयमा, हाम्रा एक उत्कृष्ट सुसमाचार प्रचारक बहिनी कार्यालयमा आइन् । उनी एक सफल सुसमाचार प्रचारक, एक उत्कृष्ट प्रशिक्षक अनि समर्पित अगुवा थिइन् । उनलाई सहकर्मीहरूले सम्मान गर्दथे भने मानिसहरूले प्रेम गर्दथे । उनी आज्ञाकारी, विनम्र र आत्मविश्वासी थिइन् । हाम्रा पहिलेका भेटहरूमा उनले आफ्ना क्षेत्र र उनले सिकाइरहेका मानिसहरूका बारेमा छलफल हुन्थ्यो । यो भेट भिन्न थियो । जब मैले उनलाई सोधेँ कि उनले कस्तो गर्दैछिन्, मलाई महसुस भयो कि उनलाई कुनै विषयले चिन्तित गरिरहेको छ । उनले भनिन्, “अध्यक्ष ओल्सन, मैले यो गर्न सक्छु कि सक्दिन मलाई थाहा छैन । मलाई थाहा छैन यदि म कहिल्यै असल हुन सक्छु कि सक्दिन । मलाई थाहा छैन यदि म परमप्रभुले मबाट चाहनुभएको त्यो सुसमाचार प्रचारक हुन्छु या हुँदिन ।

उनी एक उत्कृष्ट सुसमाचार प्रचारक थिइन् । हरेक चीजमा उत्कृष्ट । एक सुसमाचार प्रचार अध्यक्षको सपना । एक सुसमाचार प्रचारकका रूपमा उनका क्षमताका बारेमा मैले कहिल्यै चिन्ता गरिन ।

जब मैले उनका कुरा सुनेँ, मैले के जवाफ दिने भन्ने बारे द्विविधाम परेँ । मैले मौन प्रार्थना गरेँ: “स्वर्गमा रहनुहुने पिता, यिनी एक विशिष्ट सुसमाचार प्रचारक हुन् । उनी तपाईंकी हुन् । उनले सबैकुरा सही गरिरहेकी छिन् । म यसलाई बिगार्न चाहन्न । मैले के भन्नुपर्दछ भन्ने बारे कृपया मलाई सहयोग गर्नुहोस् ।”

शब्दहरू ममा आए । मैले भने, “हेर्माना (बहिनी), म दु:खित छु कि तपाईंलाई यस्तो महसुस भइरहेको छ । म एउटा प्रश्न गर्न चाहन्छु । यदि तपाईंले सिकाइरहनु भएको एक साथीलाई यस्तो महसुस भएको छ भने, तपाईं के भन्नुहुन्छ ?

उनले मलाई हेरिन् र मुस्कुराइन् । त्यो त्रुटीरहित सुसमाचार प्रचारकको आत्मा र दृढ़ विश्वासका साथ उनले भनिन्, “अध्यक्ष, त्यो त सजिलो छ ।” म उनलाई भन्नेछु कि मुक्तिदाताले उनलाई पूर्णरूपमा चिन्नुहुन्छ । म उनलाई भन्नेछु कि उहाँ जीवित हुनुहुन्छ । उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ । तपाईं पर्याप्त रूपमा असल हुनुहुन्छ अनि तपाईंले यो गर्न सक्नुहुन्छ !”

थोरै मुस्कुराउँदै उनले भनिन्, “मेरो अनुमानमा यदि यो हाम्रा साथीहरूमा लागू हुन्छ भने ममा पनि लागू हुन्छ ।”

जब हामीमा प्रश्न र सन्देहहरू हुन्छन्, हामीलाई लाग्न सक्छ कि समाधानहरू धेरै कठिन छन् अथवा जवाफ प्राप्त गर्नु भ्रमपूर्ण छ । हामीले सम्झियौँ कि शत्रु, त्यो सबै झुटको पिता, अस्तव्यस्तताको रचनाकार हो ।

मुक्तिदाता सरलताको मालिक हुनुहुन्छ ।

अध्यक्ष नेल्सनले भन्नुभएको छ:

“शत्रु चतुर छ । सहस्राब्दीभर उसले राम्रोलाई खराब र खराबलाई राम्रो देखाइरहेका छन् । उसका सन्देशहरू चर्का, धृष्ट र घमन्डपूर्ण छन् ।

“यद्यपि, स्वर्गमा रहनुहुने हाम्रा पिताबाट प्राप्त सन्देशहरू उल्लेखनीय रूपमा भिन्न छन् । उहाँले सरल, शान्त, र यस्तो आश्चर्यजनक स्पष्टताका साथ वार्तालाप गर्नुहुन्छ कि हामी उहाँलाई गलत सम्झन नै सक्दैनौँ।”

हामी कति कृतज्ञ छौँ कि परमेश्वरले हामीलाई धेरै प्रेम गर्नुहुन्छ कि उहाँले आफ्ना पुत्रलाई पठाउनुभयो । उहाँ नै जवाफ हुनुहुन्छ ।

अध्यक्ष नेल्सनले भर्खरै भन्नुभयो:

“येशू ख्रीष्टको सुसमाचार आज जति आवश्यक छ त्यति कहिल्यै आवश्यक भएको थिएन। …

“…परमप्रभुले आफ्ना चेलाहरूलाई दिनुभएका निर्देशन हामीले तीव्र इच्छाका साथ पालना गर्नुपर्ने आवश्यकतामा यसले जोड दिन्छ ‘सारा संसारमा गएर सारा प्राणीलाई सुसमाचारको प्रवचन देऊ ।’”१०

ती सबै जसले सेवा गर्न रोज्ने छन्, म भन्दछु कि यदि तपाईंले अगमवक्ताको बोलावटलाई स्वीकार गर्नुभयो भने ती आशीषहरू रोचक हुनेछन् । सेवा गर्ने भनेको तपाईंका लागि होइन; यो त मुक्तिदाताका लागि हो । तपाईंलाई एक ठाउँमा बोलाइनेछ तर अझै महत्वपूर्ण यो छ कि तपाईंलाई मानिसहरूका लागि बोलाइनेछ । येशू नै जवाफ हुनुहुन्छ भनेर नयाँ साथीहरूलाई बुझ्न सहयोग गर्ने महान् उत्तरदायित्त्व र आशीष तपाईंमा हुनेछ ।

यो नै पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च हो, अनि हामी यहाँका हौँ । अध्यक्ष नेल्सनले प्रेमपूर्वक हामीलाई गर्नका लागि प्रोत्साहन प्रदान गर्नुभएका चीजहरूले हामीलाई मुक्तिदाताको नजीक लैजान्छन् ।

हाम्रा विशिष्ट युवाहरू—मेरा भतिज नाश सहित—तपाईंहरूका जीवनभर, तपाईंहरूका चुनौतीहरू जस्तोसुकै अप्ठ्यारा र भ्रमित नै किन नहुन्, तपाईंहरूले सदैव सम्झन सक्ने सरल जवाफ छ: त्यो सदैव येशू नै हुनुहुन्छ ।

हामीले समर्थन गर्ने अगमवक्ताहरू, द्रष्टाहरू अनि प्रकाशकर्ताहरूले धेरै अवसरहरूमा भन्नुभएको जस्तै, म पनि भन्दछु कि हामी तपाईंहरूलाई प्रेम गर्दछौँ, हामी तपाईंहरूलाई धन्यवाद दिन्छौँ र हामीहरूलाई तपाईंहरूको आवश्यकता छ । यो नै तपाईंको ठाउँ हो ।

म मुक्तिदातालाई प्रेम गर्छु । म उहाँको नामको गवाही दिन्छु, यहाँ सम्म कि येशू ख्रीष्टको नामको गवाही दिन्छु । म गवाही दिन्छु कि उहाँ नै “हाम्रो आस्थाको लेखक र समापनकर्ता हुनुहुन्छ,”११ अनि उहाँ सरलताको मालिक हुनुहुन्छ । येशू नै समाधान हुनुहुन्छ । येशू ख्रीष्टको नाउँमा, आमीन ।

सूचीहरू

  1. हेर्नुहोस् यूहन्ना १५:१४

  2. हेनरी बि. आइरिङ्ग, “Hearts Bound Together,” लियाहोना, मे २००५, ७७ ।

  3. हेर्नुहोस् शमूएल: १६:७; प्रेरित १०:३४-३५; सिद्धान्त र करार १:३४-३५

  4. रसल एम. नेल्सन, “Worldwide Youth Devotional: Messages from President Russell M. Nelson and Sister Wendy W. Nelson,” मा, जुन ३, २०१८, ChurchofJesusChrist.org.

  5. यूहन्ना १४:५-६|

  6. हावर्ड डबल्यू. हन्टर, “What Manner of Men Ought Ye to Be?,” Ensign, मे १९९४, ६४ ।

  7. Preach My Gospel: A Guide to Missionary Service (2019), 1।

  8. हेर्नुहोस् १ कोरिन्थी १४:३३; याकूब३:१६; सिद्धान्त र करार १२३:७; १३२:८

  9. रसल एम. नेल्सन, “Hear Him,” लियाहोना, मे २०२०, ८९ ।

  10. रसल एम. नेल्सन, “Preaching the Gospel of Peace,” लियाहोना, मे २०२२, ६ ।.

  11. हिब्रु १२:२