2020–2024
अहिले नै समय हो
अप्रिल २०२२ को साधारण सम्मेलन


5:57

अहिले नै समय हो

हामीले सिक्न सक्ने समय अहिले नै हो। हामीले पश्चाताप गर्न सक्ने समय अहिले नै हो। हामीले अरूलाई आशीष दिन सक्ने समय अहिले नै हो।

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, यो सम्मेलन धेरै अर्थमा ऐतिहासिक रहेको छ। हामी प्रार्थना, सन्देश र सङ्गीतले आशीषित भएका छौं। हामी परमप्रभुका सेवकहरूबाट प्रेरित भएका छौं।

हामीले भविष्यका लागि महत्त्वपूर्ण निर्देशन प्राप्त गरेका छौं। मेरो प्रार्थना यो छ कि परमप्रभुले तपाईंबाट चाहनुहुने कुराहरु आत्माले तपाईंसँग प्रत्यक्ष बोलेको छ।

भविष्य सधैं अनिश्चित छ। मौसम परिवर्तनशील छ । आर्थिक चक्रहरू अप्रत्याशित छन्। प्राकृतिक प्रकोप, दुर्घटना अनि विरामीपनाले जीवनलाई तुरन्तै परिवर्तन गर्न सक्छ। यी विषयहरू धेरै हदसम्म हाम्रो नियन्त्रण भन्दा बाहिर छन्। तरपनि यसमा हामीले प्रत्येक दिन हाम्रो समय कसरी बिताउँछौं भन्ने सहित हामीले नियन्त्रण गर्न सक्ने , त्यहाँ केही चीजहरू छन् ।

न्यू योर्कको वेल्स कलेजको सनडायलमा पोस्ट गरिएको हेनरी भान डाइकको यो कविता मलाई मन पर्छ । यसरी पढिन्छ:

मेरा औंलाद्वारा छाया

विगतबाट भविष्य विभाजित गर्दछ:

यस भन्दा पहिले, भविष्य सुसुप्त छ,

अन्धकारमा, अनि तपाईंको सामर्थ्यभन्दा बाहिर।

फिर्ता नहुने रेखा पछाडि,

बितिसकेको समय, अब तपाईंको होइन:

केवल एक घण्टा मात्र तपाईंको हातमा छ,

अहिले जसमा छाया खडा छ।

हो, हामीले विगतबाट पाठ सिक्नुपर्छ, अनि हो, हामीले भविष्यका लागि तयारी गर्नुपर्छ। तर हामीले अहिले मात्र गर्न सक्छौँ। हामीले सिक्न सक्ने समयअहिले नै हो । हामीले पश्चाताप गर्न सक्ने समयअहिले नै हो। अहिले हामीले अरूलाई आशीष दिन अनि “झुकेका हातहरू उठाउन सक्ने समय हो।” मोर्मोनले आफ्नो छोरा मोरोनीलाई सल्लाह दिएझैं, “हामी लगनशील भई काम गरौं; … किनकि माटोको यस प्यालामा [जब] हामीले काम गर्ने श्रम छ, कि हामीले सबै धार्मिकताको शत्रुलाई जित्न सक्छौं, र हाम्रो आत्मालाई परमेश्वरको राज्यमा आराम दिन सक्छौं।”

विरोधी कहिल्यै सुत्दैन। यसरी, त्यहाँ सत्यको सधैं विरोध भइरनेछ। आज बिहानदेखि म ती चीजहरू गर्नकोलागि मेरो आग्रहलाई दोहोर्याउँछु कि जसले तपाईंको सकारात्मक आध्यात्मिक गतिलाई बढाउनेछ, जुन उठाईको बारेमा एल्डर डिटर एफ. उक्डर्फले भन्नुभएकोथियो, जसलेजुनसुकै चुनौती र अवसरहरू आए पनि तपाईंलाई अगाडि बढाईरहन्छ।

जब हामी मन्दिरमा आराधना गर्छौं अनि त्यहाँ हामीले प्राप्त गर्ने आशीषहरूको हाम्रो वृहत् अनि गहन बुझाइमा अग्रसर हुन्छौँ, हामीमा सकारात्मक आध्यात्मिक गति बढ्छ । म तपाईंलाई मन्दिरका अनन्त आशीषहरूमा ध्यान केन्द्रित गरेर सांसारिक मार्गहरूको प्रतिरोध गर्न बिन्ती गर्दछु। तपाईंको त्यहाँको समयले अनन्तकालका लागि आशीष ल्याउँछ।

चर्चको विस्तारसँगै, हामी थप मन्दिरहरूको निर्माणको गति कायम गर्ने प्रयास गदर्छौं। हाल ४४ वटा नयाँ मन्दिर निर्माणाधीन छन् । अधिक नवीकरण गरिँदैछन् म संसारभरीका ती परियोजनाहरूमा काम गर्ने दक्ष व्यक्तिहरूका लागि प्रार्थना गर्दछु।

प्रार्थनापूर्ण कृतज्ञताको भावनामा, म निम्न स्थानहरू मध्ये प्रत्येकमा नयाँ मन्दिर निर्माण गर्ने हाम्रो योजनाहरू घोषणा गर्न पाउँदा खुसी छु: वेलिङ्टन, न्यूजील्याण्ड; ब्राजाभिल, कङ्गो गणतन्त्र; बार्सिलोना, स्पेन; बर्मिंघम, युनाइटेड किङ्गडम; कस्को, पेरु; मेसीको, ब्राजिल; सान्तोस, ब्राजिल; सान लुइस पोटोसी, मेक्सिको; मेक्सिको सिटी बेनेमेरिटो, मेक्सिको; ताम्पा, फ्लोरिडा; नक्सभिल, टेनेसी; क्लिभल्याण्ड, ओहायो; विचिटा, कन्सास; अस्टिन, टेक्सस; मिसौला, मोन्टाना; मोन्टोपिलर, आइडहो; र मोडेस्टो, क्यालिफोर्निया ।

ती १७ मन्दिरहरूले पर्दाको दुबै तर्फका अनगिन्ती जीवनलाई आशीर्वाद दिनेछन्। म तपाईंहरूलाई माया गर्छु, मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू। अझै महत्त्वपूर्ण कुरा, परमप्रभुले तपाईंलाई प्रेम गर्नुहुन्छ। उहाँ तपाईंको मुक्तिदाता र तपाईंको उद्दारकर्ता हुनुहुन्छ। उहाँ आफ्नो चर्चको नेतृत्व र अगुवाइ गर्नुहुन्छ। “तिमीहरू मेरा जनहरू हुनेछौ, अनि म तिमीहरूका परमेश्वर हुनेछु” भन्नुहुने परमप्रभुका योग्य मानिसहरू हामी बनौं।

यसका लागि म येशू ख्रीष्टको पवित्र नाममा प्रार्थना गर्दछु, आमीन।

सूचीहरू

  1. हेनरी भ्यान डाइक, “The Sun-Dial at Wells College,” Music and Other Poems (1904), ११६।

  2. हिब्रू १२:१२

  3. मोरोनी ९:६

  4. यर्मिया ३०:२२