२०१०–२०१९
असल गोठालो, परमेश्वरको थुमा
अप्रिल २०१९ साधारण सभा


15:19

असल गोठालो, परमेश्वरको थुमा

हाम्रो असल गोठालोको रुपमा येशू ख्रीष्टले आफ्ना भेडाहरूलाई आफ्नो स्वर र आफ्नो नाउँमा बोलाउनुहुन्छ| उहाँले हामीहरूलाई खोज्नुहुन्छ र भेला गर्नुहुन्छ| उहाँले मायाका साथ् सेवा गर्न सिकाउनुहुन्छ|

प्रिय दाजु भाइ दीद बाहिनहरू, के तपाइले कहिले सुत्न कठिन भएर काल्पनिक भेडा गन्ने प्रयास गर्नुभएको छ? उनका भुवाले भरिएका भेडा एक गर्दै बार नाग्छन्, १, २, ३, … २४६, … ६५७, ६५८ …

मेरो मामलामा, ती भेडा गन्दैमा ममा निन्द्रा लाग्दैन| म एउटा भेडा हराएँ कि भनेर चिन्तित हुन्छु र त्यसले नै मलाई जागा राख्छा|

त्यो गोठालो केटा जो राजा बन्न पुगे उनी संग हामी घोषणा गर्छौं:

“परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केहि कुराको खाँचो छैन

उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई सान्त पानीको छेउमा डोर्याउनुहुन्छ|

“उहाँले मेरो प्राणलाई पुनर्जीवित बनाउनुहुन्छ|

असल गोठालोको शिसाको तस्बिर

यो इस्टरको मौसममा, हामी त्यो असल गोठालोको आराधना गर्छौं जो परमेश्वरको थुमा हुनुहुन्छ| उहाँका सबै स्वर्गिय उपाधिहरूमध्ये, अरू कुनै त्यति मायालु र बर्णन गर्ने छैनन् मुक्तिदाताले आँफैलाई असल गोठालोको रुपमा सम्बोंधन गरेको र उहाँका बारेमा अगमवक्ताहरूले परमेश्वरको थूमाको रुपमा दिएको गवाहीबाट हामीले धेरै सिक्न सक्छौं| ती भूमिका र संकेतहरू शक्तिशाली पुरक हुन्- गोठालो बाहेक को बढी योग्य छ थुमाहरूको सेवा गर्न, र गोठालो बन्न अरू को बढी योग्य छ परमेश्वरको थुमा भन्दा?

किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, र एकमात्र पुत्रले आफ्नो जीवन पिताप्रतिको आज्ञाकारिताका साथ् दिनुभयो| येशूले गवाही दिनुभयो , “म असल गोठालो हुँ| असल गोठालो आफ्ना भेडाहरूका निम्ति प्राण अर्पण गर्छ| येशूसँग आफ्नो जीवन दिने शक्ति छ र त्यो जीवन फेरि फिर्ता लिने पनि क्षमता छ| आफ्ना पितासँग एकीकृत भएर, हाम्रा मुक्तिदाता हाम्रो असल गोठालो र परमेश्वरको थुमाका रुपमा हामीलाई आशिष दिनुहुन्छ|

हाम्रो असल गोठालोको रुपमा येशू ख्रीष्टले आफ्ना भेडाहरूलाई आफ्नो स्वर र आफ्नो नाउँमा बोलाउनुहुन्छ| उहाँले हामीहरूलाई खोज्नुहुन्छ र भेला गर्नुहुन्छ| उहाँले मायाका साथ् सेवा गर्न सिकाउनुहुन्छ| हामीले यी तीन बिषयलाई मनन गरौँ, उहाँले हामीलाई आफ्नो स्वर र नाउँमा बोलाउनेबाट सुरु गरौँ|

पहिला, हाम्रा असल गोठालाले, “आफ्ना भेडाहरूलाई नाम काढी-काढी बोलाउँछन्| … तिनीहरूले उसको स्वर चिन्छन्|” हो, अनि उहाँको आफ्नो नाममा उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, जुन ख्रीष्टको नाम हो|” जब हामी सच्चा चाहनाले येशू ख्रीष्टको अनुसरण गर्छौं, असल गर्न, परमेश्वरलाई प्रेम गर्न, र उहाँको सेवा गर्न प्रेरणा आउँछन्| जब हामी अध्ययन् गर्छौं, मनन गर्छौं, र प्रार्थना गर्छौं, जब हामीले प्रभुभोजका र मन्दिरका करारहरूलाई नवीकरण गर्छौं, र जब हामी सबैलाई उहाँको सुसमाचारमा र विधिहरूमा आउन निम्त्याउंछौं, हामीले उहाँको स्वर सुनिरहेका हुन्छौं|

हाम्रा दिनहरूमा, अध्यक्ष रसल एम. नेल्सनले हामीलाई सल्लाह दिनुभएको छ कि पुनर्स्थापित चर्चलाई येशू ख्रीष्टले प्रकट गरेको नाउँमा बोलाउन, -पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च| प्रभुले भन्नुभयो, “तिमीहरूले जे गर्छौ, त्यो तिमीहरूले मेरा नाउँमा गर्नेछौ; त्यसकारण तिमीहरूले चर्चलाई मेरा नाउँमा बोलाउनेछौ; र तिमीहरूले पितालाई मेरा नाउँमा पुकार्नेछौ ताकि उहाँले चर्चलाई मेरा निमित्त आशीष दिनुहुनेछ।“ संसारभरी, हाम्रा हृदय र घरमा, पितालाई येशू ख्रीष्टका नाउँवाट बिन्ति गर्छौं| हामी घर केन्द्रित चर्च समर्थित आराधना, सुसमाचारको अध्ययन र पारिवारिक क्रियाकालापहरू जस्ता दयालु आशिषहरू प्रति आभारी छौं|

दोस्रो, हाम्रो असल गोठालोले उहाँको बथानमा सम्मिलित गराउन हामीलाई खोजेर भेला गराउनुहुन्छ| उहाँले सोध्नुहुन्छ, “तिमीहरू मध्ये कुन मानिस होला, जसको एक सय भेडामध्ये एउटा हराउँदा उनान्सयलाई बनमै छाडेर हराएको भेडा नपाउन्जेलसम्म त्यसको खोजि गर्दैन?“

हाम्रा मुक्तिदाताले एकलाई र सयलाई अक्सर गरेर एकै समयमा छुन सक्नुहुन्छ| जब हामी सेवा गर्छौं, हामी बाटो हराएका एकलाई खोज्दा पनि अडिग र निश्चल भएर बस्ने उनान्सयको प्रसंसा गर्छौं प्रभुले हामीलाई पृथ्वीका चार कुनाका सबै स्थानबाट खोज्नुहुनेछा र बचाउनुहुनेछ| उहाँले पवित्र करार र आफ्नो प्रयाश्चित्तको रगतद्वारा हामीलाई भेला गर्नुहुन्छ|

हाम्रो मुक्दिदाताले आफ्ना नया करारका चेलाहरूलाई भन्नुभयो, “मेरा अरू भेडाहरू छन् जुन यस गोठका हैनन्|“ अमेरिकामा, पुनारुत्थित प्रभुले लहीका करारका सन्तानहरू सामु भन्नुभयो, “तिमीहरू मेरा भेडा हौ|“ अनि येशूले भन्नुभयो अझै अरू भेडाहरूले मेरो आवाज सुन्नेछन्| यो कस्तो महान आशिष हो कि मोर्मोन् को पुस्तक येशू ख्रीष्टको आवाजको गवाही दिने अर्को साक्षी हो!

येशू ख्रीष्टले चर्चलाई उहाँको आवाज सुन्ने र उहाँको आज्ञा पालना गर्ने सबैलाई प्राप्त गर्न निम्त्याउनुहुन्छ| ख्रीष्टका सिद्दान्तमा आगो र पानीमा बप्तिस्मा पर्छन, नफी सोध्छन्, “अनि अब, यदि परमेश्वरका थुमालाई, पवित्र हुँदाहुँदै पनि, सबै धार्मिकता पूरा गर्न, पानीद्वारा बप्तिस्मा लिन आवश्यक थियो भने, हे त्यसोभए, हामीलाई, अपवित्र भएकाले, अझ कति बढी आवश्यक छ होला, पानीद्वारा समेत, बप्तिस्मा लिनलाई!”

यहुन्नाले येशूलाई बप्तिस्मा दिन्छन्|

आज, हाम्रो मुक्तिदाता चाहानुहुन्छ कि हामी जे गर्छौं, जे बन्छौं त्यसले अरूलाई उहाँमा आउन र उहाँको पछि लाग्न निम्त्याउनेछ| आउनुहोस, प्रेम, चङ्गाई, सम्बन्ध, र उहाँमा र परमेश्वरको मन्दिरमा पाइने ती करार प्राप्त गर्नुहोस्, त्यो मन्दिर जहाँ मुक्तिका पवित्र विधिहरूले परिवारका सबै पुस्ताहरूलाई आशिष दिन सक्छन्, र पर्दाका दुवै तिर इस्राएलको भेला गर्छन्|

तेस्रो, “इस्राएलका गोठाला“, येशू ख्रीष्टले प्रेममा कसरी सेवा गर्ने भनी उदाहारण दिनुहुन्छ| जब हाम्रो प्रभुले सिमोन् पत्रुसलाई प्रभुको माया गर्छौ कि गर्दैनौ भनेर सोधे जस्तै हामीलाई सोध्नुहुन्छ, हाम्रो उद्धारकर्ताले हामीमा बिन्ति गर्नुहुन्छ : “मेरो भेडाहरूको हेरचाहा गर| … मेरा भेडाहरूको हेरचाहा गर| … मेरा भेडाहरूको हेरचाहा गर्“ प्रभुले वाचा गर्नुहुन्छ कि जब उहाँको गोठालाले उहाँका थुमा र भेडाको हेरचाहा गर्छ, उहाँका बथानकाले, “अरू डराउनु पर्दैन, हरेस खान पर्दैन, न त उनीहरूमा केहिको कमी हुनेनै छ|“

हाम्रा असल गोठालाले चेतावानी दिनुहुन्छ कि इस्राएलका गोठाला अल्छी हुनुहुँदैन, न त छरपष्ट हुनुहुन्व्छ या त आफ्ना भेडाहरूलाई बाटो हराउन दिनुहुन्छ न त हाम्रो आफ्नो फाइदाका लागि हामी तिर हेर्नुहुन्छ| परमेश्वरका गोठालाहरूले बलियो बनाउनु, चङ्गाई दिनु, र फुटेकालाई एकै साथ् बाध्नु, र लखेटिएकालाई फिर्ता ल्याउनु, हराइएकालाई खोज्नु पर्छ|

प्रभुले “भेडाहरूको वास्ता नगर्ने“ खेतालाका बारेमा, र “बाहिर भेडाको नकाब लगाएका भित्रका ब्वाँसाहरू“ का रुपका नक्कली अगमवक्ताहरूदेखि चेतावानी पनि दिनुहुन्छ|“

जब हामी सहि उद्धेश्य र आस्थाका साथ् आफ्नो व्यक्तिगत स्वतन्त्रताको उपयोग गर्छौं, तब हाम्रा असल गोठाला हर्षित हुनुहुन्छ| उहाँको बथानमा भएकाहरू उहाँको प्रयाश्चित्तको बलिदान प्रति आभारी हुँदै मुक्तिदाता प्रति बाटो हेर्छन| हामी उहाँको पछि हिड्छौं, निस्क्रिय, अन्धोभक्त, र भेडा झैं हैन तर त्यसको सट्टामा पुरा हृदय र मस्तिष्कका साथ् एक अर्काको बोझ बोक्दै र एक अर्काको हर्षमा खुसियालि मनाउदै परमेश्वर र आफ्ना छिमेकीलाई माया गर्न प्रयास गर्न सक्छौं| जसरी ख्रीष्टले आफ्नो चाहाना पिताको चाहानामा अर्पण गर्नुभयो, त्यसरी नै हामीले पनि उहाँको नाउँ सम्मानपुर्वक लिनुपर्छ| हामी खुसिसाथ् परमेश्वरका सबै सन्तानहरूलाई भेला गर्न र उनीहरूको सेवा गर्ने काममा सहभागी बन्न खोज्नुपर्छ|

दाजुभाई दिदीबहिनिहरू हो, येशू ख्रीष्ट हाम्रो असल गोठालो हुनुहुन्छ| किनभने उहाँले आफ्नो जीवन भेडाका निम्ति त्याग्नुभयो, येशू ख्रीष्ट परमेश्वरको असल थुमा हुनुहुन्छा|

परमेश्वरको बलिको थुमाको बारेमा सुरुवात देखिनै बोलिएको थियो| अनि स्वर्गदुतले आदमलाई भने उनको बलिदान “पिताको जन्माइएका एकमात्र पुत्रको बलिदानको एक नमूना हो“ जुनले हामीलाई “पश्चात्ताप गर्न र सदाका निम्ति परमेश्वरसामु पुत्रको नाम लिन“ निम्त्याउँछ|

पृथ्वीका सारा राष्ट्रहरूको करारहरूको आशिषको स्थापना गर्ने पिता अब्राहामले आफ्नो जन्माइएको पुत्रको बलिदान गर्दाको अनुभव भोग्नुभएको थियो|

“इसहाकले आफ्ना पिता अब्राहामलाई भने , बुबा!; तिनले भने, के हो छोरा? त्यसले भन्यो, यो आगो र दाउरा त छन्, तर होमबलिको थुमा खोइ …?

अनि अब्राहामले भने, “छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाउनुहुनेछ|“

प्रेरितहरू र अगमवक्ताहरू परमेश्वरको थुमाको पूर्वनिर्धारित मिसन देखेका थिए र हर्षित भएका थिए| पुरानो संसारका यूहन्ना र नयाँ संसारका नफीले परमेश्वरका थुमाका बारेमा गवाही दिए| “हो अनन्त पिता पुत्र समेत … संसारका उद्धारकर्ता“

अबिनादीले येशू ख्रीष्टको प्रयाश्चित्तको बलिदानका बारेमा गवाही दिए; “हामी सबै, भेडा जस्तै, पथभ्रष्ट भएका छौँ, हामी प्रत्येक आफ्नै बाटोतिर लागेका छौँ; अनि परमप्रभुले हामी सबैका दुष्टताहरू उहाँमाथि थुपार्नु भएको छ।” अल्माले परमेश्वरका पुत्रको त्यो महान र अन्तिम बलिदानलाई “अरू सबै भन्दा बढी महत्वपूर्ण एक कुरा“ भनेका थिए|” अल्माले प्रोत्साहन दिन्छन्, “परमेश्वरका थुमामा विश्वास् गर्“, “अरू भयभित नहोऊ|“

मेरी एक प्रिय मित्रले उनले कसरी यशू ख्रीष्टको अनमोल प्रयाश्चित्तका बारेमा गवाही प्राप्त गरेकी थिइन भनी मलाइ सुनाइन| उनले सधैं विश्वास गर्थिन् कि पापले कसरी सदैव हामीले बेहोर्न पर्ने ठुला सजायं ल्यायो| उनले परमेश्वरसामु इश्वरीय क्षमाको सम्भावना बुझ्नका निम्ति विन्ती गरिन्| उनले पश्चात्ताप गर्नेलाई येशू ख्रीष्टले कसरी क्षमा गर्नुहुन्छ, र दयाले न्यायलाई सन्तुलन् गर्छ भने बुझ्न प्रार्थना गरिन्|

एक दिन उनको प्रार्थनाको उत्तर आत्मिक रुपमा परिवर्तन ल्याउने अनुभवद्वारा दिइएको थियो| एक निराशाजनक युवक एक तरकारी पसलबाट दुइ झोला भरि खाना बोकेर बाहिर आउंदै थिए| उनि एक व्यस्त सडकतिर दौडिए, पसले उनलाई लखेट्दै थिए, र उनले त्यो केटालाई भेटाए र गाली गर्न थाले| त्रशित केटालाई दोषी ठहर्याउनुको सट्टा मेरो साथिले ऊमाथि अपेक्षाभन्दा विपरित विशाल दयाको अनुभव गर्न थालिन| आफ्नो सुरक्षाको वास्ता नगरी, उनी सिधै ती झगडा गरिरहेका दुई जना मानिसहरूसामु पुगिन्| उनले ति दुइ मानिसलाई भनिन, “त्यो खानाको पैसा म तिर्छुं| उसलाई जान दिनुहोस| मलाई पैसा तिर्न दिनुहोस|“

पवित्र आत्माले भरिएर र पहिले कहिले अनुभव नगरेको मायाले भरिएर, मेरी साथिले भनिन, “मैले गर्न चाहेको त्यो युवा केटालाई सहयोग गर्न र उसलाई बचाउनु थियो|“ मेरी साथि भन्छिन, उनले येशू ख्रीष्ट र उहाँको प्रयाश्चित्तका बारेमा बुझ्न थालिने कि कसरी र किन येशू ख्रीष्ट पवित्र प्रेमका कारण उनको उद्दारकर्ता र मुक्तिदाता बन्न आफैंलाई स्वेच्छाले बलिदान दिनुभयो, र उनले किन उहाँलाई त्यस्तै भएको चाहिन्|

यो आश्चर्य हैन कि हामी गाउँछौं:

हेर, असल गोठालो खोज्दै हुनुहुन्छ,

हराइएका थुमालाई खोज्दै,

उनीहरूलाई हर्षका साथ् ल्याउँदै|,

त्यसलाई मूल्यले बचाइएको छ|

परमेश्वरको थुमाको रुपमा हाम्रो मुक्तिदातालाई थाहा छ हामी कहिले एक्लो हुन्छौं, एक सानो, अनिश्चित अथवा त्रशित अनुभव गर्छौं| उनको दर्शनमा, नफीले परमेश्वरको थुमाको शक्ति “थुमाका चर्चाका सन्तहरूमाथि र प्रभुका करारका जनहरू माथि [बिस्तारै झरेको]” देखे| “पृथ्वीको सतहभारी फैलिएको भए पनि उनीहरू महान महिमामा परमेश्वरको शक्ति र धार्मिकतामा सज्जिएका थिए|“

हाम्रा दिनमा आशा र शान्त्वनाको वाचा उपलब्ध छ|

के तपाईं परिवारमा, विद्यालयमा , कार्यालयमा र समाजमा चर्चको एक मात्र सदस्य हुनुहुन्छ? के कहिलेकाहीं तपाइँको शाखा सानो र भिन्न भएको जस्तो लाग्छ? के तपाइँ नयाँ ठाउँमा सर्नुभएको छ, साहेद नयाँ भाषा र रितिरिवाजमा पुग्नुभएको छ? साहेद, तपाइँको जीवनको परिस्थितिमा परिवर्तन आएको छ, र तपाईलाई कहिल्यै सम्भव नहोला भनेको सबैले तपाइको ध्यान चाहन्छन्? हाम्रो मुक्तिदाताले हामी जो भए पनि, जस्तो सुकै परिस्थितिमा भए पनि हामीलाई निश्चय गर्नुहुन्छ, “उहाँले थुमाहरूलाई आफ्नै अंगालोमा लिनुहुन्छ, र तिनीहरुलाई आफ्नै हृदयको नजिक बोक्नुहुन्छ, उहाँले ससाना बच्चा भएकाहरूलाई चाहिं बिस्तार-बिस्तार डोर्याउनुहुन्छ|“

असल गोठालोले आफ्ना भेडाहरूलाई भेला गर्दै

दाजुभाई दिदीबहिनीहरू, हाम्रा असल गोठालोले हामीलाई उहाँकै आफ्नै स्वरमा र उहाँकै आफ्नै नाउँमा बोलाउनुहुन्छ| उहाँले आफ्ना जनहरूलाई खोज्नुहुन्छ, भेला गर्नु हुन्छ, उहीहरू सामु आउनुहुन्छ| उहाँको आफ्नो अगमवक्ता मार्फत, र हामी प्रत्येक मार्फत, उहाँले हामीलाई शान्ति, लक्ष्य, चङ्गाई, र उहाँको पुनर्स्थापित सुसमाचार र उहाँको करारको पथमा खुसियाली फेलापार्न निम्ता गर्नुहुन्छ| उदाहारण मार्फत, उहाँले इस्राएलका गोठालाहरूलाई उहाँको आफ्नो प्रेममा सेवा गर्न सिकाउनुहुन्छ|

परमेश्वरको थुमाका रुपमा उहाँको इश्वरीय मिसन पुर्वनिर्धारित थियो र प्रेरित र अगमवक्ताद्वारा हर्ष मनाइएको थियो| उहाँको अनन्त र सदावाहर प्रयाश्चित्त सृष्टिको उद्धेश्य र खुसियालीको योजनाको केन्द्र बिन्दु हो| उहाँले हामीलाई हामी जे जस्तो अवस्थामा भए पनि हामीलाई निस्चय गर्नुहुन्छ कि उहाँले हामीलाई आफ्नो हृदयको नजिकै बोक्नुहुन्छ|

हाम्रा प्यारा दाजु भाइ दिदी बहिनीहो, “परमेश्वर र थुमाका विनम्र अनुयायी बन्न सकौं “ साहेद, कुनै दिन थुमाको जीवनको पुस्तकमा आफ्नो नाम लेखिन थुमाको भाजना गाउन थुमाको रात्रिभोजमा निम्त्याइन|

गोठालो र थुमाका रुपमा, उहाँले बोलाउनुहुन्छ: फेरी आऊ, “[तिम्रो] मुक्तिदाताको, … [तिम्रो] महान र सच्चा गोठालाको … सच्चा ज्ञानमा|” उहाँले वाचा गर्नुहुन्छ कि “उहाँको अनुग्रहद्वारा, हामी ख्रीष्टमा सिद्धि पाउन सकूँ|“

हामी यो इस्टरको मौसममा, उहाँको प्रसंसा गर्छौं :

“थुमा योग्य हुनुहुन्छ!“

“परमेश्वर र थुमामा होसंना!“

म हाम्रो असल गोठालोको, परमेश्वरको थुमाको, उहाँको गवाही दिन्छु| उहाँले हामीलाई हाम्रो आफ्नो नाउँमा बोलाउनुहुन्छ, उहाँकै नाउमा—येशू ख्रीष्टको पवित्र नाउँमा—आमिन|

सूचीहरुः

  1. एक प्रसिद्द गितले भन्छ:

    जब म चिन्तित र सुत्न सक्दिन,

    भेडाको सट्टामा आशिष गन्छु|

    म आशिष गन्दै निदाउंछु|

    (अर्भिन बर्लिन, “भेडाको सत्ताको आशिष गन“ [१९५२])

  2. भजन संग्रह २३:१-३|

  3. यूहन्ना १:२९|

  4. यूहन्ना १०:११|

  5. हेर्नुहोस यूहन्ना १०:१५, १७-१८|

  6. यूहन्ना १०:३-४|

  7. अल्मा ५:३८; यी पनि हेर्नुहोस अल्मा ५:३७, ३९, ५९-६०|

  8. हेर्नुहोस मोरोनी ७:१३; सिद्धान्त र करार ८:२–३ पनि हेर्नुहोस्।

  9. See Russell M. Nelson, “The Correct Name of the Church,” Liahona, Nov. 2018, 87–89.

  10. ३ नफी २७:७

  11. लुका १५:४, सिद्धान्त र करार १८:१५ पनि हेर्नुहोस।

  12. हेर्नुहोस इजेकिएल ३४:१२; यी पनि हेर्नुहोस यर्मिया ३१:१०; इजेकिएल ३४:६, ११-१४; मिका ५:८; मात्ति १०:६; १५:२४। यी तितरवितरका अगमवाणीहरू र भेला गर्ने करारका वाचाका अगमवाणीहरू अध्यक्ष रसल एम. नेल्सन लगायतका अगमवक्ताहरूका प्रमुख नीतिहरू संग मिल्दछन्|

  13. १ नफी २२:२५

  14. हेर्नुहोस हिब्रु १३:२०

  15. यूहन्ना १०:१६; यी पनि हेर्नुहोस: ३ नफी १५:२१; १६:१, ३; सिद्धान्त र करार १०:५९-६०

  16. ३ नफी १५:२४; ३ नफी १५:१७, २१ पनि हेर्नुहोस।

  17. ३ नफी १६:१, ३; सिद्धान्त र करार १०:५९-६० पनि हेर्नुहोस ।

  18. मोसियाह २६:२१

  19. हेर्नुहोस २ नफी ३१:१३-१४, २१

  20. २ नफी ३१:५; अल्मा ७:१४ पनि हेर्नुहोस।

  21. हेर्नुहोस् मलाकी ४:५-६; यूहन्ना १५:९-१३; मोसीयाह २५:१८; हेलामान ११:२१; पनि हेर्नुहोस् रासल एम.नेल्सन, “Hope of Israel” (worldwide youth devotional, जून ३, २०१८), HopeofIsrael.ChurchofJesusChrist.org; रासल एम.नेल्सन, “The Gathering of Scattered Israel,” लेयाहोना, नोभ. २००६, ७९-८२।

  22. भजनसंग्रह ८०:१

  23. यूहन्ना २१:१५-१७; पूरै अध्याय पनि हेर्नुहोस।

  24. यर्मिया २३:४

  25. नाहुम ३:१८

  26. हेर्नुहोस यर्मिया २३:१; ५०:६, ४४

  27. हेर्नुहोस यसैया ५६:११; इजकिएल ३४:२-६

  28. हेर्नुहोस इहकिएल ३४:२-६

  29. यूहन्ना १०:१३

  30. ३ नफी १४:१५; यी पनि हेर्नुहोस मात्ति ७:१५; अल्मा ५:६०

  31. हेर्नुहोस २ नफी ९:१०-१२। भौतिक मृत्यु र आत्मिक अलग्ग्याईमाथि विजय प्राप्त गरेर, परमेश्वरका थुमा सबैको भेला सम्भाव्य बनाउनुभयो त्यसैले समय र अनन्तमा एउटा गोठालो हुनुहुन्छ|

  32. मोसा ५:7-८

  33. उत्पत्ति २२:-८; याकूब ४:५ पनि हेर्नुहोस।

  34. यूहन्ना १:२९; १ नफी ११:२१

  35. १ नफी ११:२१, २७

  36. मोसियाह १४:६; यसैया ५३:६ पनि हेर्नुहोस।

  37. अल्मा ७:७, १४-१५

  38. Conversation with Pornthip “Tippy” Coyle, Feb. 2019, used with permission.

  39. “Dear to the Heart of the Shepherd,” Hymns, no. 221. Other hymns that highlight our Shepherd and His sheep include the following: “The Lord My Pasture Will Prepare,” Hymns, no. 109:

    प्रभु मेरो हरियो खर्क तयार गर्नुहुनेछ

    अनि मलाइ गोठालोको माया खुवाऊ।

    उहाँको उपस्थिति मेरो चाहनाको आपूर्ति हुनेछ,

    मलाइ एक सुपेरिवेक्षणको नजरले रक्षा गर।

    उहाँलेर मेरो मध्यान्हको हिडाई हेर्नुहुनेछ

    अनि मेरा सुनसान मध्यरात उहाँले रक्षा गर्नुहुनेछ।

    “Help Me Teach with Inspiration,” Hymns, no. 281:

    भौंतारिएका मेरा थुमालाई फेला पार्न सहयोद देऊ;

    उनीहरूलाई हजुरका रक्षामा ल्याउन सहयोग् देऊ।

    प्रभु मलाई गोठालो हुन सिकाउनुहोस;

    पिता मलाई हजुरका भेडाको पालना गर्न मद्दत गर्नुहोस।

    “Come, All Ye Sons of God,” Hymns, no. 322:

    पछिल्ला दिनको कार्यको थालनी भएको छ,

    छरिएका इस्राएललाई भेला गर्न,

    थुमाको प्रशंसा गर्न सियोंन् मा ल्याउन।

    छरिएका भेडा हो, आऊ, तिम्रो गोठालोलाई सुन।

  40. १ नफी १४:१४; १ नफी १३:३५, ३७: “स्पष्ट र बहुमूल्य [लेखहरू] … आउनुहोस् … थुमाका उपहार र शक्तिद्वारा। … यदि [हामीले] अन्त्य सम्म सह्यौ भने … [हामीलाई] थुमाको अन्त्यसम्म रहने अधिराज्यमा बचैनेछ।”

  41. यसैया ४०:११

  42. हेलामान ६:५

  43. हेर्नुहोस् प्रकाश २१:२७

  44. हेर्नुहोस प्रकाश १५:३; सिद्धान्त र करार १३३:५६

  45. हेर्नुहोस् प्रकाश १९:९; सिद्धान्त र करार ५८:११; प्रकाश ७:१७ पनि हेर्नुहोस्: “किनकि ठुमाले उनीहरूको पोषण गर्नुहुनेछ, र उनीहरूलाई पानीको जीवित मुहान सम्म लैजानुहुनेछ; र परमेश्वरले उनीहरूका आँखाको सबै आँसु पुछ्नुहुनेछ”; प्रकाश२२:१: “जीवनको पानीको पवित्र नदि, क्रिस्टल जस्तै सफा, परमेश्वर र थुमाको सिंहाशन देखि बहिरहेको छ ।”

  46. हेलामान १५:१३

  47. हेर्नुहोस मोरोनी १०:३२-३३

  48. प्रकाश ५:१२

  49. सिद्धान्त र करार १०९:79