२०१०–२०१९
पिता
अक्टोबर २०१८


10:18

पिता

हामी हरेकमा पिता जस्तै बन्ने सम्भाव्यता छ। त्यसो गर्न हामीले उहाँका पुत्रको नाममा पिताको आराधना गर्नुपर्छ।

मेरी श्रीमती मेलिन्डाले उहाँको सम्पूर्ण जीवन आफ्नो सारा हृदयले येशू ख्रीष्टको आस्थावान चेली बन्ने प्रयास गर्नुभएको छ। तरपनि उहाँको युवा अवस्थामा, उहाँले स्वर्गमा रहनुहुने पिताको प्रकृतिका बारेमा गलत बुझेका कारण उहाँको माया र आशीषहरूका लागि आफुलाई अयोग्य महसुस गर्नुभयो । भाग्यवस, मेलिन्डाले महसुस गरेको दु:खका बावजुद आज्ञाहरु निरन्तर पालना गर्नुभयो। केही वर्ष अघि उहाँले श्रृंखलावद्ध अनुभवहरु गर्नुभयो जसले उहाँलाई उहाँको कार्य गर्ने हाम्रो अपूर्ण प्रयासका बावजुद पनि आफ्ना सन्तानका लागि परमेश्वरको माया र कृतज्ञता लगायत उहाँको प्रकृतिका बारेमा अझै राम्ररी बुझ्न सहयोग गर्यो ।

यसले उहाँलाई कसरी प्रभावित पार्यो भनेर उहाँले ब्याख्या गर्नुभयो: “म अब निश्चित छु कि परमेश्वरको योजनाले काम गर्छ, कि उहाँले व्यक्तिगत रुपमा हाम्रो सफलतामा लगानी गर्नुभएको छ, उहाँले हामीलाई उहाँकोमा फर्कन चाहिने पाठहरू र अनुभवहरु दिनुहुन्छ । मैले आफैलाई र अरुलाई परमेश्वरले हेर्ने जस्तै गरि अझ बढी हेर्ने गर्छु । मैले धेरै माया र थोरै डरका साथ आमाको भूमिका निभाउन, पढाउन र सेवा गर्न सक्छु । मैले चिन्ता र असुरक्षाका अलवा शान्ति र आत्मविश्वास महसुस गर्छु । मूल्याङ्कन गरिएको साटो सहयोग गरेको महसुस गर्छु । मेरो आस्था अझ निश्चित भएको छ । मैले मेरा पिताको माया अझ धेरै पटक र अझ गहिरो रुपमा महसुस गर्छु ।”

स्वर्गमा रहनुहुने पिताको “चरित्र, सतगुणहरु र विशेषताहरुको सही बुझाइ” मुक्ति प्राप्त गर्न पर्याप्त आस्थाको अभ्यास गर्न आवस्यक छ।स्वर्गमा रहनुहुने पिताको चरित्रको सही बुझाइले हामीले आफैलाई र अरुलाई हेर्ने तरिकालाई परिवर्तन गर्न सक्छ र हामीलाई परमेश्वरको आफ्ना सन्तान प्रतिको विशाल माया र हामीलाई उहाँ जस्तै बन्न सहयोग गर्ने उहाँको इच्छालाई बुझ्न सहयोग गर्छ । उहाँको प्रकृतिको गलत बुझाइले हामी उहाँको उपस्थितिमा कहिलेपनि फर्केर जान असक्षम रहेको जस्तो महसुस गराउँछ ।

आज मेरो उद्देश्य भनेको पिताका बारेमा महत्वपूर्ण सैधान्तिक कुराहरु सिकाउनु हो जसले हामी सबैलाई खासगरि तिनीहरुलाई जसले परमेश्वरले उनीहरुलाई माया गर्नुहुन्छ कि गर्नुहुन्न भनेर सोच्नेलाई उहाँको सच्चा चरित्र बुझ्न र उहाँमा, उहाँको पुत्रमा र हाम्रो लागि उहाँको योजनामा आस्थाको अभ्यास गर्न सहयोग गर्छ ।

भौतिक जीवन पूर्वको जीवन

भौतिक जीवन पूर्वको जीवनको संसारमा, हामी स्वर्गका मातापिताका आत्मिक सन्तानका रुपमा जन्मेका थियौँ र उहाँहरुसँग एक परिवारका रुपमा बसेका थियौँ । उहाँहरुले हामीलाई चिन्नुहुन्थ्यो, हामीलाई सिकाउनुभयो र हामीलाई माया गर्नुभयो ।हामि एकदम स्वर्गमा रहनुहुने पिता जस्तै बन्न चाहेका थियौँ । तथापि, त्यसो गर्न, हामीले थाहा पायौं कि हामीले निम्न कुराहरु गर्नुपर्छ :

  1. महिमित, अमर भौतिक शरीर प्राप्त गर्नुपर्छ;

  2. पादरित्वको बाँधने शक्तिद्वारा विवाह गरी परिवारको निर्माण गर्ने;

  3. सबै ज्ञान, शक्ति र दैवी गुणहरु हासिल गर्ने।

फलस्वरूप, पिताले एक योजना बनाउनुभयो जसले केही सर्तहरुमा, हामीलाई पुनरुत्थानमा अमर र महिमित हुने भौतिक शरीर प्राप्त गर्न सहयोग गर्छ; यो भौतिक जीवनमा विवाह र परिवारको निर्माण गर्न वा त्यो अवसर नपाउने आस्थावानहरुले यो मरन्सिल जीवन पछि; निपूर्ण तर्फ प्रगति गर्न; अन्तमा स्वर्गका मातापिताकहाँ फर्कने र उहाँहरु र हाम्रा परिवारहरुसँग मुक्ति र अनन्त खुसिको अवस्थामा बस्न दिन्छ ।

धर्मशास्त्रहरुले यसलाई मुक्तिको योजना भन्छ । हामी यो योजनाका लागि धेरै कृतज्ञ छौँ कि जब हामीलाई यो प्रस्तुत गरियो, हामी खुसीले उफ्रियौँ । हामी हरेकले हामीलाई दैवी गुणहरु विकास गर्न सहयोग गर्ने मरणशील जीवनका चुनौतीहरु र अनुभवहरु लगायत त्यो योजनाका सर्तहरु स्विकार्यौं ।

मरणशील जीवन

यो मरणशील जीवनमा, स्वोर्गका पिताले उहाँको योजना भित्र रहेर प्रगति गर्न हामीलाई चाहिने सर्तहरु दिनुहुन्छ । पिताले येशू ख्रिष्टलाई भौतिक जीवनमा ल्याउनुभयो र उहाँको मरणशील जीवनको उद्देश्य पूरा गर्न दैवी सहायता प्रधान गर्नुभयो । यदी हामीले पनि उहाँका आज्ञाहरु पालना गर्न प्रयास गर्यौं भने त्यसरी नै स्वर्गमा रहनुहुने पिताले हामी हरेकलाई सहयोग गर्नुहुन्छ । पिताले हामीलाई छनौटको अधिकार दिनुहुन्छ । हाम्रो जीवन उहाँको हातमा छ र हाम्रा दिनहरु “गिन्ती गरिएका छन्” र “ कम गनिने छैन ।” र उहाँले यो निश्चित गर्नुहुन्छ कि अन्ततः सबै कुराहरु उहाँलाई माया गर्नेहरुका लागि राम्रो हुनेछ ।

हाम्रो दैनिक भोजनस्वर्गमा रहनुहुने पिताले दिनुहुन्छ, जसमा हामीले खाने खाना र उहाँका आज्ञाहरु पालना गर्न हामीलाई चाहिने शक्ति दुवै हुन्छ । पिताले राम्रा उपहारहरु दिनुहुन्छ । उहाँले हाम्रा प्रार्थनहरु सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ । स्वोर्गका पिताले हामीलाई सैतानबाट मुक्ति दिलाउनुहुन्छ यदी हामीले उहाँलाई गर्न दियौं भने । हामी दुखमा पर्दा हाम्रा लागि रुनुहुन्छ । अन्ततः, हाम्रा सबै आशिषहरु हाम्रा पिताबाट आउँछ ।

स्वर्गमा रहनुहुने पिताले हामीलाई निर्देशन गर्नुहुन्छ र हाम्रा सबल पक्षहरु, कम्जोरीहरु र छनौटहरुका आधारमा हामीलाई चाहिने अनुभवहरु दिनुहुन्छ ताकी हामीले राम्रो फल दिन सकौँ । पिताले हामीलाई आवस्यक अनुसार अनुशासीत गर्नुहुन्छ किनभने उहाँले हामीलाई माया गर्नुहुन्छ । उहाँ “सल्लाह दिने व्यक्ति हो” जसले यदी हामीले सोध्यौं भने हामीसँग सल्लाह गर्नुहुन्छ ।

उहाँ स्वर्गमा रहनुहुने पिता नै हुनुहुन्छ जसले हाम्रो जीवनमा पवित्र आत्माको उपहार र प्रभाव दुवै दिनुहुन्छ । पबित्र आत्माको उपहारद्वारा पिताको महिमा वा ज्ञान, प्रकाश र शक्ति हामीमा बास गर्न सक्छ । यदी हामीले हाम्रो आँखा परमेश्वरको महिमामा एकत्रित नहुन्जेल प्रकाश र सत्यमा बृद्दी गर्न प्रयास गर्यौं भने हामीलाई अनन्त जीवनमा बाँध्न र उहाँको अनुहार प्रकट गर्न स्वर्गमा रहनुहुने पिताले प्रतिज्ञाको पवित्र आत्मा पठाउनुहुनेछ - यो जीवनमा वा आउने जीवनमा ।

मरणशील जीवन पश्चात

मरणशील जीवन पश्चातको आत्मिक संसारमा, स्वोर्गका पिताले पबित्र आत्मा पठाउन निरन्तरता दिनुहुन्छ र सुसमाचारको आवस्यक हुनेलाई सुसमाचार प्रचारकहरु पठाउनुहुन्छ । उहाँले प्रार्थनाहरुको उत्तर दिनुहुन्छ र नहुनेहरुलाई प्रतिनिधिक मुक्तिका बिधिहरु प्राप्त गर्न सहयोग गर्नुहुन्छ ।

पिताले येशू ख्रिष्टलाई हुर्काउनुभयो र पुनरुत्थान ल्याउन उहाँलाई शक्ति दिनुभयो, जसद्वारा हामीले अमर शरीर प्राप्त गर्न सक्छौँ । मुक्तिदाताको उद्दार र पुनरुत्थानले हामीलाई पिताको उपस्थितिमा फिर्ता ल्याउछ जहाँ हामीलाई येशू ख्रिष्टले न्याय गर्नुहुनेछ ।

जो “पबित्र मसिहको गुणहरु, दया र करुणामा” भर पर्छन्, उनीहरुले पिता जस्तै महिमित शरीरहरू प्राप्त गर्नेछन् र उहाँसँग “कहिलेपनि अन्त नहुने खुसीको” अवस्थामा बस्नेछन् ।त्यहाँ पिताले हाम्रा सबै आँशुहरु पुछिदिनुहुनेछ र उहाँ जस्तै बन्ने हाम्रो यात्रामा हामीलाई सहयोग गर्नुहुनेछ ।

तपाइले देख्न सक्नुहुन्छ, स्वर्गमा रहनुहुने पिता सधै हाम्रोलागि हुनुहुन्छ ।

पिताको चरित्र

पिता जस्तै बन्न, हामीले उहाँका चारित्रिक विशेषताहरुको बिकाश गर्ने पर्छ । स्वर्गमा रहनुहुने पिता सतगुणहरु र विशेषताहरु निम्नुसारका छन्:

  • पिता “अन्तहिन र अनन्त हुनुहुन्छ।”

  • उहाँ पूर्ण रुपले न्यायिक, दयालु, सहिष्णु र हाम्र लागि राम्रो मात्र चाहनुहुन्छ ।

  • स्वर्गमा रहनुहुने पिता को माया हुनुहुन्छ ।

  • उहाँले आफ्ना करारहरु राख्नुहुन्छ ।

  • उहाँ परिवर्तन हुनुहुन्न ।

  • उहाँले झुटो बोल्न सक्नुहुन्न ।

  • पिता कुनै व्यक्तिको पक्षपाती हुनुहुन्न ।

  • उहाँलाई सबै कुरा थाहा छ – भुत, वर्तमान र भविष्य – सुरुदेखिनै ।

  • स्वर्गमा रहनुहुने पिता हामी सबै भन्दा धेरै ज्ञानी हुनुहुन्छ ।

  • पितासँग सबै शक्ति छ र आफ्नो मनमा लागेका सबै गर्नुहुन्छ ।

दाजुभाई तथा दिदीबहिनीहरु, हामीले पितालाई विश्वास गर्न र उहाँमा भर पर्न सक्छौँ । उहाँसँग अनन्त दृष्टिकोण भएकाले, स्वर्गमा रहनुहुने पिता हामीले नदेखेका कुराहरु देख्नुहुन्छ । उहाँको खुसी, कार्य र महिमा अमरत्व र मुक्ति ल्याउने हो । उहाँले गर्ने सबै कुरा हाम्रो फाइदाका लागि हो । उहाँले “ हामीले भन्दा बढी हाम्रो अनन्त खुसि चाहनुहुन्छ।” र उहाँले हाम्रो वा हामीले माया गर्नेहरुको फाइदाका लागि नितान्त आवस्यक भन्दा एक क्षणपनि हामीलाई समस्या अनुभव गर्न दिनुहुन्न । फलस्वरूप, उहाँले हाम्रो ठिकबेठिक खोज्ने र निन्दा नगरी हाम्रो प्रगतिमा ध्यान केन्द्रित गर्नुहुन्छ ।

हाम्रो पिता जस्तै बन्ने

परमेश्वरका आत्मिक छोराहरु र छोरीहरुका रुपमा, हामी हरेकमा पिता जस्तै बन्ने क्षमता छ । त्यसो गर्न हामीले पुत्रको नाममा पिताको आराधना गर्नुपर्छ । पिताको इच्छा प्रति आज्ञाकारी हुन प्रयास गरेर, जसरी मुक्तिदाता हुनुहुन्थ्यो, र निरन्तर रुपमा पश्चताप गरि हामीले यसो गर्छौँ । जब हामी यी कुराहरु गर्छौँ, हामीले “करुणा माथी करुणा” प्राप्त गर्छौ तबसम्म जबसम्म हामीले पिताको पूर्णता प्राप्त गर्दैनौँ र उहाँका “चरित्र, सतगुणहरु र विशेषताहरुले अशिषित नगरिए सम्म ।”

मरणशील प्राणीका रुपमा हामी जे छौँ र स्वोर्गका पिता जे हुनुभएको छ र त्यो दुरी हेर्दा, यो आश्चर्यको कुरा हैन कि केहिले पिता जस्तै बन्नु असम्भव महसुस गर्छन् । तथापी, धर्मशास्त्रहरु स्पस्ट छन् । यदी हामीले ख्रिष्टप्रतिको आस्थामा अडीक भएमा, पश्चताप गरेमा र आज्ञाकारिताद्वारा परमेश्वरको करुणाको खोजि गरेमा, अन्ततः हामी पिता जस्तै हुनेछौँ । म यो सत्यमा धेरै विवस्त छु कि जो आज्ञाकारी हुन प्रयास गर्नेले “करुणा माथि करुणा प्राप्त”गर्नेछन् र अन्ततः “उहाँको पूर्णता प्राप्तगर्नेछन् ।” अर्को शब्दमा हामी आफैले पिता जस्तो बन्न सक्दैनौं । बरु यो करुणाको उपहारद्वारा आउँछ, केहि ठूलो तर प्रायजसो साना जुन हामीले पूर्णता नपाउन्जेल एकअर्कामा थपिन्छ । तर यो आउँछ !

म तपाईंहरूलाई तपाईंलाई कसरी उन्नयन गराउने, कसरी समर्थन प्रदान गराउने; र तपाईंले परमेश्वरको प्रेमको अनुभूति गर्न नसक्दा पनि ख्रीष्टको आस्थामा कसरी अगाडि बढाउने भनेर स्वर्गमा रहनुहुने पितालाई थाहा छ भनेर विश्वास गर्न आमन्त्रण गर्दछु।

पिता जस्तै बन्ने बारेमा हामीलाई धेरै कुरा थाहा छैन । तर म निश्चितताका साथ गवाही दिन सक्छु कि पिता जस्तै बन्ने प्रयासको हरेक त्याग मुल्यवान छ। हामीले यो जीवनमा गर्ने त्यागहरु जति ठुलो भएतापनि हामीले परमेश्वरको उपस्थितिमा महसुस गर्ने अथाह हर्ष, खुसियाली र मायासँग तुलना गर्नै सकिदैन । तपाइलाई गर्न भनिएका त्यागहरु मुल्यवान छन् भन्ने कुरा तपाइलाई विश्वास गर्न गाह्रो भैरहेकोछ भने, मुक्तिदाताले तपाईलाई यसो भन्नुहुन्छ, “तिमीहरुलाई अझै थाहा छैन कि पिताले कति महान आशिषहरु तिमिहरुका लागि तयार गर्नुभएको छ; तपाइले अहिले सबै कुरा सहन सक्नुहुन्न; तथापी, खुसी रहनुहोस्, किनभने म तिमीहरुलाई निर्देशन गर्नेछु ।”

म गवाही दिन्छ कि तपाइका स्वोर्गका पिताले तपाइलाई माया गर्नुहुन्छ र तपाई फेरी उहाँसँग बसोस भन्ने चाहनुहुन्छ । येशू ख्रिष्टका नाममा, आमिन ।

नोटहरू

  1. Notes in possession of the author; see also D. Melinda Ashton, “The Holy Ghost: Direction, Correction, and Warning” (Brigham Young University Women’s Conference, Apr. 28, 2016), byutv.org.

  2. Lectures on Faith(१९८५), ३८

  3. See “The Family: A Proclamation to the World,” Liahona, May 2017, 145; “Mother in Heaven,” Gospel Topics, topics.lds.org.

  4. प्रेरित पावलले संकेत गर्नुभयो कि हामीले पितालाई धेरै राम्रोसँग चिन्थ्यौँ कि हाम्रा आत्मा अझै उहाँलाई आब्बा भन्न इच्छा गर्छ, जसको अर्थ “बुबा,” हो – हामीसँग अतिनै परिचित पिताहरुका लागि प्रयोक गर्ने शब्द (रोमी ८:१५)हेर्नुहोस् ।

  5. सिद्धान्त र करार १३०:२२हेर्नुहोस्।

  6. सिद्धान्त र करार १३२:१९-२० हेर्नुहोस् ।

  7. मत्ती ५:४८हेर्नुहोस्; २ पत्रुस १:३-८पनि हेर्नुहोस् ।

  8. यी सर्तहरुमा समावेश थियो हाम्रो पहिलो अवस्था राखिराख्नु (अब्राहाम ३:२६ हेर्नुहोस्) र यो मरणशील जीवनमा येशू ख्रिष्ट र उहाँको प्रायश्चित्तमा आस्थाको अभ्यास गर्ने, पश्चाताप गर्ने, परमेश्वरको पादरित्व अधिकार भएको व्यक्तिबाट पानीमा डुबाएर बप्तिस्म लिने, पबित्र आत्माको उपहार प्राप्त गर्ने र अन्तसम्म रहिरहने (३ नफी २७:१६-२० हेर्नुहोस्) ।

  9. अध्यक्ष डालिन एच. ओक्सले सिकाउनुभयो: “यो सन्देश सुन्ने कोहिले भनिरहेको हुनसक्छ, ‘तर मेरो बरेमा के त?’ हामीलाई थाहा छ कि धेरै योग्य र असल अन्तिम दिनका सन्तहरुसँग हाल उनीहरुको प्रगतिका लागि उपयुक्त अवसरहरु र चाहिने आवस्यकताहरु छैनन् । एक्लोपन, निसन्तान, मृत्यु र पारपाचुके आदर्शहरुलाई हतोत्साहित गर्छ र प्रतिज्ञा गरिएका आशिषहरु स्थगित गर्दिन्छ । …तर यी निराशाहरु अस्थायी हुन् । परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ कि अनन्तमा आज्ञाहरु पालना, आफुले गरेका करारहरू प्रति सत्य रहने, सहि कुराको इच्छा राख्ने उहाँका छोराहरु र छोरीहरु कुनैपनि आशिषहरुबाट बन्चित गरिने छैन । (“The Great Plan of Happiness,” Ensign, Nov. 1993, 75).

  10. मोसीयाह २:४१ हेर्नुहोस् ।

  11. आलमा ४२:५; यसलाई मुक्तिको योजना पनि भनिन्छ (उदाहरुण का लागि याकूब ६:८ हेर्नुहोस् ) र खुसीको योजना (आल्मा ४२:८, १६) हेर्नुहोस् ।

  12. अय्यूब ३८:४-७ हेर्नुहोस् ।

  13. उदाहरणका लागि, हिब्रू ५:८;१२:११;एतेर१२:२७हेर्नुहोस् । सुरुमा, हाम्रो सिमित बुझाईले हामीले यो मरणशील जीवनमा सामना गर्ने केहि चुनौतिहरुले हामीले अति आशा गरेका प्रतिज्ञा गरिएका आशिषहरु प्राप्त गर्नबाट हामीलाई बन्चित गराउछ जस्तो लाग्न सक्छ । यी विरोधाभास बावजुद, यदि हामी आस्थावान रहयौँ भने परमेश्वरले प्रतिज्ञा गरिएका हरेक आशिष दिनुहुनेछ ।

  14. लुका १:३१-३५;यूहन्ना १:१४; १ नफी ११:१८-२१; Guide to the Scriptures, “Jesus Christ,” scriptures.lds.org. हेर्नुहोस् ।

  15. सिद्धान्त र करार ९३:४-५,१६-१७,१९-२० हेर्नुहोस्।

  16. मोशा ७:३२ हेर्नुहोस् ।

  17. सिद्धान्त र करार १२२:९

  18. रोमी ८:२८ हेर्नुहोस्।

  19. मत्ती ६:११ हेर्नुहोस् ।

  20. See N. Eldon Tanner, “The Importance of Prayer,” Ensign, May 1974, 50–53.

  21. लुका ११:१०-१३;याकूब १:१७ हेर्नुहोस्।

  22. लुका ११:५-१०, जोसेफ स्मिथको अनुवाद, लुका ११:५-६(लुका ११:५-६ मा, फुटनोट ); ३ नफी १३:६

  23. मत्ती ६:१३ हेर्नुहोस्।

  24. मोशा ७:३१-४० हेर्नुहोस्

  25. याकूब १:१७ हेर्नुहोस्

  26. यूहन्ना १५:१-२; सिद्धान्त र करार १२२:६-७हेर्नुहोस् ।

  27. हिब्रू १२:५-११; सिद्धान्त र करार ९५:१ हेर्नुहोस् ।

  28. मोशा ७:३५

  29. आल्मा ३७:१२, ३७ हेर्नुहोस् ।

  30. यूहन्ना १४:२६;२ नफी ३१:१२हेर्नुहोस् ।

  31. यूहन्ना १७:२१-२३, २६; सिद्धान्त र करार ९३:३६हेर्नुहोस् ।

  32. सिद्धान्त र करार ७६:५३; ८८:६७-६८

  33. १ पत्रुस ४:६ हेर्नुहोस् । एल्डर मेल्बिन जे. बलार्ड, उहाँले बप्तिस्म दिएको एक व्यक्तिले किन चर्चमा शमिल हुनुभयो भन्ने सम्बन्धमा बोल्दै भन्नुभयो, “मलाई यो थाहा दिइयो कि उसका पुर्खाहरुले आत्मिक संसारमा धेरै वर्ष अगाडी सुसमाचारलाई स्वीकार अरिसक्नुभयो र प्रार्थना गरिरहेका थिए कि पृथ्वीमा उनीहरुको परिवारका कुनै सदस्यले उनीहरुका लागि ढोका खोलिदियोस् र उनीहरुको प्रार्थना सफल भयो र परमप्रभुले सुसमाचार प्रचारकहरुलाई उहाँको ढोकामा निर्देशित गर्नुभयो” (in Melvin R. Ballard, Melvin J. Ballard, Crusader for Righteousness [1966], 250).

  34. मोर्मोन ७:५-६ हेर्नुहोस्; यूहन्ना ५:२१,२६; १ कोरिन्थी ६:१४; २ नफी ९:११-१२; आल्मा ४०:२-३;३ नफी २७:१४पनि हेर्नुहोस् ।

  35. यूहन्ना ५:२२; याकूब ६:९; आल्मा ११:४४; हेलामान १४:१५-। ख्रिष्टको प्रायश्चितले आदमको पतनको सबै असरहरु माथि विजय गर्दछ, दुवै भौतिक र आत्मिक मृत्यु, जुन स्वोर्गका पिताको उपस्थितिमा जान पाउनका लागि दुवै माथि विजय प्राप्त गर्नुपर्छ । आफ्ना पापहरुको पश्चाताप गर्नेहरु पिता र पुत्रसँग अनन्तमा बस्न पाउनेछन् । तर पश्चताप गर्न असफल हुनेहरुले दोश्रो मृत्यु बहन गर्नुपर्छ, जुन उनीहरुकै पापले ल्याउछ (हिलामान १४:१५-१८) ।

  36. २ नफी २:८

  37. सिद्धान्त र करार ७६:५६;८८:२८–२९. हेर्नुहोस्।

  38. मोसीयाह २:४१

  39. प्रकाश ७:१७हेर्नुहोस् ।

  40. मोशा ७: हेर्नुहोस् । स्वर्गमा रहनुहुने पिता ले तेरेस्त्रियल राज्यमा रहनेहरुलाई येशू ख्रिष्ट र अरु सेलेस्तियल बासिका सेवाद्वारा (सिद्धान र करार ७६: ७७, ८७ हेर्नुहोस्) र तिलेस्तियल राज्यमा रहनेहरुलाई पवित्र आत्मा र देवदुतहरुका सेवाद्वारा (सिद्धान्त र करार ७६: ८६, ८८) हेरचाह र आवस्यकता प्रदान गर्नुहुन्छ ।

  41. मोशा ७:३५; भजनसंग्रह ९०:२ पनि हेर्नुहोस् ।

  42. भजनसंग्रह १०३:६-८;लुका ६:३६; मोशा ७:३० हेर्नुहोस्।

  43. १ यूहन्ना ४:१६हेर्नुहोस्

  44. सिद्धान्त र करार ८४:४०हेर्नुहोस् ।

  45. याकूब १:१७हेर्नुहोस् ।

  46. गन्ती २३:१९ हेर्नुहोस् ।

  47. प्रेरित १०:३४-३५ हेर्नुहोस् ।

  48. नफी ९:६; सिद्धान्त र करार १३०:७हेर्नुहोस्।

  49. Dictionary.com ले बुद्दी लाई “सिक्ने, तर्क गर्ने, बुझ्ने र त्यस्तै खालका मानसिक क्रियाकलाप; सत्यहरु, सम्बन्दहरु, तथ्यहरु, अर्थहरु, आदि बुझ्न सक्ने योग्यता” र “ज्ञान” भनि व्याख्या गर्दछ।

  50. अब्राहम ३:१९ हेर्नुहोस् । महिमित, निपूर्ण व्यक्तिका रुपमा येशू ख्रिष्ट पनि हामी सबै भन्दा बुद्धिमानी हुनुहुन्छ।

  51. प्रकाश २१:२२ हेर्नुहोस् ।

  52. अब्राहम ३:१७हेर्नुहोस्।

  53. मोशा १:३९हेर्नुहोस् ।

  54. Richard G. Scott, “Trust in the Lord,” Ensign, Nov. 1995, 17.

  55. Richard G. Scott, “Trust in the Lord,” 17.

  56. यूहन्ना ५:२२; मोशा १:३९ हेर्नुहोस्। सैतान र हामी आफैले हामीलाई निन्दा गर्छौँ । (प्रकाश १२:१०; आल्मा १२:१४हेर्नुहोस्) ।

  57. यूहन्ना ४:२३; सिद्धान्त र करार १८:४०;२०:२९ हेर्नुहोस् ।

  58. ३ नफी ११:११;सिद्धान्त र करार ९३:११-१९हेर्नुहोस् ।

  59. पश्चाताप त्यो प्रक्रिया हो जसद्वारा हामीले आफ्नो प्रकृति परिवर्तन गर्छौँ ताकी हामी परमेश्वर जस्तै बन्न सकौं। तसर्थ, हामीले निरन्तर पश्चाताप गर्नुपर्छ, हामीले गल्ती गरेरको बेला मात्र पश्चाताप गर्ने होइन।”

  60. सिद्धान्त र करार ९३:१९-२०हेर्नुहोस् ।

  61. Lectures on Faith,३८; मोरोनी ७:४८;१०:३२-३३;सिद्धान्त र करार ७६:५६,९४-९५;८५:३३-३८ पनि हेर्नुहोस् ।

  62. सिद्धान्त र करार ९३:२०; जोड दिएर थपिएको।

  63. मोरोनी १०:३२-३३; सिद्धान्त र करार ७६:६९,९४-९५हेर्नुहोस् ।

  64. किन परमेश्वरले उहाँ जस्तै बन्ने प्रक्रियाका बारेमा अझै प्रकाश पर्नुहुन्न वा सक्नुहुन्न ? मलाई साँचैनै सबै कारणहरु थाहा छैन । तर दुईवटा छन् जुन मैले बुझ्छु । पहिलो यो हो कि केहि कुराहरु यो मरणशील जीवनमा हामीले बुझ्नै सक्दैनौं (सिद्धान्त र करार ७८:१७) । त्यो भनेको मध्य युगका मानिसहरुलाई इन्टरनेटका बारेमा व्याख्या गर्न खोजेको जस्तै हो । प्रसंग र दृष्टिकोण र्नै हुदैन । अनि दोश्रो यो हो कि करुणाका उपहार हामीलाई ठिक्क आउँछ किनभने हामीले नजानी तडपन र संघर्ष गर्नै पर्छ ।

  65. हामीलाई गर्न भनिएका त्यागहरु निपूर्णता प्राप्त गर्न आवस्यक हुन सक्छ (जोसेफ स्मिथ अनुवाद, हिब्रू ११:४० हेर्नुहोस् [हिब्रू ११:४०, फुटनोट मा] )

  66. रोमी ८:१८ हेर्नुहोस् ।

  67. सिद्धान्त र करार ७८:१७-१८ हेर्नुहोस्