युवाहरूको शक्तिका लागि
हाम्रो निस्तारको चाड—प्रभुभोज
युवाहरूको शक्तिका लागि मार्च २०२६


मासिक युवाहरूको शक्तिका लागि सन्देश, मार्च २०२६

प्रस्थान १२

हाम्रो निस्तारको चाड—प्रभुभोज

प्राचीन निस्तारको चाड र हाम्रो साप्ताहिक प्रभुभोज बीच एक साझा सम्बन्ध छ ।

युवती

अलिसा ट्यालेन्टद्वारा चित्रण

प्राचीन इस्राएलीहरूले मिश्रको दासत्वबाट छुटकारा पाउनुपूर्व नै तिनीहरूलाई परमप्रभुका विशेष निर्देशनहरू पालना गर्न भनिएको थियो ताकि विनाशकारी स्वर्गदूतले तिनीहरूलाई छुन नसकून् वा तिनीहरूलाई पार गरेर जाऊन् (प्रस्थान १२ हेर्नुहोस्) । तिनीहरूले मिश्रदेश छोडेपछि, इस्राएलीहरूले प्रत्येक वर्ष निस्तारको चाड भनिने चाड मनाउँथे, जसका कारण परमप्रभुले आफ्ना करारका जनहरूलाई कसरी उद्धार गर्नुभयो भनेर सम्झन सकियोस् ।

आफ्नो मरणशील जीवनको अन्तिम हप्तामा, येशू ख्रीष्ट निस्तारको चाडको भोजमा हुनुहुन्थ्यो । हामी अब त्यो भोजलाई अन्तिम भोज भन्छौँ । मुक्तिदाताले त्यो अवसरलाई प्रभुभोजको विधि परिचय गराउन प्रयोग गर्नुभयो, जुन हामी अब हरेक हप्तामा ग्रहण गर्छौँ । (हेर्नुहोस् मत्ती २६:२६-२८; लूका २२:१९-२०; सिद्धान्त र करार २०:७७, ७९

यहाँ पहिलो निस्तारको चाड, परमप्रभुको अन्तिम भोज र आजको प्रभुभोज बीच दुई साझा सम्बन्धहरू छन् जसले हामीलाई मुक्तिदाताद्वारा हाम्रो उद्धार स्मरण गर्नका लागि सहायोग गर्न सक्छन् ।

निस्तारको चाडमा ढोकाको चौकोस
अन्तिम भोज
प्रभुभोजको रोटी र पानी

रोटी

निस्तारको चाड: सात दिनसम्म इस्राएलीहरूले खमिर रोटी खाए (जुन छिटो बन्छ, ढुसी लाग्ने र कुहिने सम्भावना कम भएको दुबै हुन्छ) ।

अन्तिम भोज: येशू ख्रीष्टले निस्तारको चाडको खमिर रोटीलाई आशीर्वाद दिनुभयो र टुक्रा पार्नुभयो र उहाँले यो शिष्यहरूलाई दिनुभयो । उहाँले तिनीहरूलाई आफ्नो शरीरको सम्झनामा यो खान भन्नुभयो, जुन उहाँलाई जानकारी थियो कि छिट्टै तोडिने छ र मृत्यु हुने छ तर पुनः उठ्ने छ ।

प्रभुभोज: हामी येशू ख्रीष्टको शरीरको सम्झनामा रोटी खान्छौँ ।

येशू ख्रीष्ट जीवनको रोटी हुनुहुन्छ । उहाँको पुनरुत्थानद्वारा हामी सबै पूर्ण, अविनाशी, अमर शरीरसहित पुनरुत्थान हुने छौँ । उहाँले हामीलाई मृत्युबाट छुटकारा दिनुहुन्छ ।

थुमाको रगत

निस्तारको चाड: निस्तारको चाडको थुमा एक निष्कलङ्क, एक वर्ष पुरानो पुरुष थुमा थियो । यसलाई मारियो र यसको रगत कचौरामा सङ्कलन गरियो । हिसप (जडीबुटी) कचौरामा डुबाइयो र घरको बाहिरी ढोकाको चौकोस वरिपरि रगत छ्याप्नका लागि प्रयोग गरियो । यो परमप्रभुका करारका जनहरूलाई पहिचान गर्ने बाहिरी सङ्केत थियो जुन विनाशकारी स्वर्गदूतले पार गर्ने छन् ताकि उनीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिन सकियोस् ।

अन्तिम भोज: येशू ख्रीष्टले आफ्नो रगतको प्रतिनिधित्व गर्न दाखमद्य प्रयोग गर्नुभयो । उहाँले आफ्ना शिष्यहरूलाई उहाँको रगतको सम्झनामा यो पिउन भन्नुभयो जुन पापहरूको क्षमाका लागि र नयाँ करारको अंशका रूपमा तिनीहरूका लागि बगाइने छ ।

प्रभुभोज: हामी येशू ख्रीष्टको रगतको सम्झनामा पानी पिउँछौँ ।

येशू ख्रीष्ट परमेश्वरको थुमा हुनुहुन्छ । उहाँले हाम्रा पाप र कमजोरीहरूका लागि पीडा भोग्नुहुँदा उहाँको रगत बगाइएको थियो । उहाँको रगत—उहाँको बलिदानले—हामीलाई शुद्ध पार्छ । उहाँले हामीलाई पापबाट छुटकारा दिनुहुन्छ ।