मासिक युवाहरूको शक्तिका लागि सन्देश, जुन २०२५
मैले वास्तवमा नै पश्चात्ताप गरेको छु र मलाई क्षमा गरिएको छ भनेर कसरी जान्न सक्छु?
Coming Full Circle, जेनेडी पेज द्वारा
परमप्रभुले भन्नुभएको छ: “ऊ जसले आफ्ना पापहरूको पश्चात्ताप गरेको छ, उसैलाई क्षमा दिइन्छ र म, परमप्रभु, तिनीहरूलाई कहिल्यै सम्झन्नँ ।
“यदि कुनैपनि व्यक्तिले आफ्ना पापहरूको पश्चात्ताप गर्छ भने—हेर, उसले तिनीहरूलाई आत्मसात गर्ने छ र तिनीहरूलाई त्याग्ने छ भनेर यसद्वारा तिमीहरूले बुझ्न सक्छौ ।” (सिद्धान्त र करार ५८:४२–४३) ।
इमानदार पश्चात्तापद्वारा, हामीले क्षमा प्राप्त गर्न सक्छौँ । “जब तपाईंले आत्माबाट सान्त्वना महसुस गर्नुहुन्छ, मुक्तिदाताको प्रायश्चितको शक्तिले तपाईंको जीवनमा कार्य गरिरहेको छ भनेर तपाईंले जान्न सक्नुहुन्छ ।” अनि यदि हामी पुनः चुक्यौँ भने, हामीले पुनः पश्चात्ताप गर्न सक्छौँ, क्षमा प्राप्त गर्न सक्छौँ र प्रयास गरिरहन सक्छौँ ।
यसको अतिरिक्त, बाह्र प्रेरितहरूको गणका एल्डर डिटर एफ उक्डोर्फले सिकाउनुभएको छ: “ हाम्रा पापहरूको क्षमा हुँदैन किनभने हामी तिनीहरूलाई सम्झन सक्छौँ भनेर शैतानले हामीलाई विश्वास दिलाउन खोज्ने छ । शैतान मिथ्यावादी हो । … परमेश्वरले प्रतिज्ञा गर्नुभएन कि हामीले हाम्रा पापहरूलाई सम्झने छैनौँ । स्मरणले हामीलाई पुनः उही गल्तीहरू नगर्न सहयोग गर्ने छ । परन्तु यदि हामी सत्य र आस्थावान् रह्यौँ भने, समयसँगै हाम्रा पापहरूको स्मरण कोमल हुँदै जाने छ ।”
© 2025 द्वारा Intellectual Reserve, Inc. All rights reserved । संयुक्त राज्य अमेरिकामा मुद्रित । अङ्ग्रेजी अनुमोदन: ६/१९ । अनुवाद अनुमोदन: ६/१९ । Monthly For the Strength of Youth Message, June 2025 को अनुवाद ।Nepali. 19629 372